पाठ:- ९ सफलताको काथा

पाठ:- ९          

सफलताको काथा

 

शब्दभण्डार

१. दिइएको योगसँग सम्बन्धित पारिभाषिक शब्दको अर्थ शब्दकोशका सहायताले लेख्नुहोस्:

उत्तर: 

यम      =    अष्टाङ्ग योगमध्येको पहिलो योग

नियम  =     पविता, सन्तोष, तपस्या, स्वाध्याय र ईश्वर चिन्तन गरिने, योगका आठ अङ्गमध्ये एक अङ्ग

आसन    =   योग गर्दा बसिने आसनका पद्मासन, सिद्धासन आदि चौरासी प्रकार

प्राणायम   =   श्वासप्रश्वासका गतिलाई नियमित पार्ने क्रिया, योगका आठ अङ्गहरूमध्ये एक 

प्रत्याहार   =   इन्द्रियहरूलाई विषयवासनाबाट हटाएर चित्त एकाग्र पार्ने साधना, योगका आठ अङ्गमध्ये      एक,इन्द्रियनिग्रह

धारणा   =    योगमा ब्रहमको मात्र ध्यान रहने मनको स्थिति

ध्यान   =   मनमस्तिष्क एकाग्र भएको स्थिति, योग, साधना

समाधि  =   ब्रह्मचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था

२. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

उत्तर: 

(क) हलचल नगर्ने        =  निश्चल

(ख) ओइलाएको         =   म्लान

(ग) बौद्धस्मारक         =   स्तूप

(घ) प्राचीन चिकित्साशास्त्र       =  आयुर्वेद

(ङ) एकचित्त       =   एकाग्रता

(च) कथाहिनता   =   अकथा

(छ) एम.ए. वा सो सरह    =   स्नातकोत्तर

 

३. दिइएको शब्दहरुलाई अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस्:

उत्तर: 

व्यग्र       =  अमित पत्रिकामा छाप्ने कथाको विषय नभेटेर व्यग्र भएको थियो ।

चैत्य       =  अमितले बौद्ध भिक्षुहरूको ध्यान र योग हेर्न लुम्बिनीका स्तूप र चैत्यहरू पनि चाहारेका थिए ।

योग       =   योग र ध्यानले सुन्दरको जीवनमा ठूलो परिवर्तन ल्याइयो ।

स्नातक   =   स्नातक उत्तीर्ण गरेको सुन्दरले प्राविधिक अधिकृतमा नाम निकाल्यो ।

समग्रता  =  मैले ‘सफलताको कथा’ समग्र रूपमा पढिसकेँ ।

मनोचिकित्सक = बुबाको मृत्युले विक्षिप्त बनेको सुन्दरलाई मनोचिकित्सकले पनि सल्लाह र सुझाव दिएका थिए।

 

बोध र अभिव्यक्ति

१. दिइएका प्रश्नहरुको उत्तर दिनुहोस्:

(क) रिपोर्ताज कुन विषयमा लेखिएको छ ?

उत्तर: रिपोर्ताज जीवनको सफलताको विषयमा लेखिएको छ।

(ख) रिपोर्ताजमा कति जना व्यक्तिको नाम उल्लेख भएको छ?

उत्तर: रिपोर्ताजमा चारजना व्यक्तिको नाम लेखिएको।

(ग) रिपोर्ताज कतिओटा अनुच्छेदमा संरचित छ ?

उत्तर: रिपोर्ताज २५ ओटा अनुच्छेदमा संरचित छ।

(घ) रिपोर्ताजमा प्रयुक्त भाषाशैली कस्तो छ?

उत्तर: रिपोर्ताजमा प्रयुक्त भाषा सरल, बुझिने र सवादात्मक छ।

 

२. पाठका आधारमा जोडा मिलाउनुहोस्:

(क) अमित ठाकुर       –  पत्रकार

(ख) सुन्दर छन्त्याल     –  योग्साधनका कारण पुनर्जीवन र सफलता पाउने व्यक्ति

(ग) रत्नराज्यलक्ष्मी      –  अमित ठाकुरले पत्रकारिता पढेको क्याम्पस

(घ) धुलिखेल             –   अमित ठाकुर फिचर स्टोरी खोज्न गएको ठाउँ

(ङ) आरुबारी             –   काठमाडौंमा सुन्दर छन्त्यालहरुको बसोबास रहेको ठाउँ

(च) म्याग्दी                –   सुन्दरको जन्मथलो

(छ) हृदयाघात            –   सुन्दरको पिताको मृत्युको कारण

(ज) क्यान्सर              –   सुन्दर छन्त्यालकी आमालाई लागेको रोग 

(झ) तौलिहवा             –   अमित ठाकुरको घर भएको ठाउँ

 

३. ‘योग, ध्यान…. ताँती सुरु भयो’ रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:

(क) ध्यान गर्नका लागि म पात्र कहाँ कहाँ पुगेको थिए?

उत्तर: ध्यान गर्नका लागि म पात्र लुम्बिनी, गोठाटार,पशुपति छेउको मैदान र धुलिखेल पुगेको थिएँ।

(ख) गोठाटारले म पात्रलाई किन आकर्षित गर्छ?

उत्तर: पिपलको रुखमुनि बसेरगरिने प्राणयाम र नजिकैको देवालयको खुला मैदानमा गरिने योगासन गर्ने स्थान गोठाटारमा भएका कारण म पात्रलाई आकर्षित गरेको हो।

(ग) ‘हजारौँ माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ’ भन्नुको तात्पर्य के हो?

उत्तर: हरेक कार्यको सुरुवात सानो र थोरैबाट हुन्छ, निरन्तरताको कारण पछि त्यो ठूलो र धेरै हुँदै जान्छ भन्ने नै ‘हजारौ माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ’ भन्नुको तात्पर्य हो।

(घ) योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ?

उत्तर: योग चिन्तन, ज्ञान, मनको एकाग्रता हो। यसले जीवन बुझ्न र तनावलाई हटाउन सहयोग गर्ने भएकाले यसले मानव जीवनलाई परिवर्तन गर्छ।

 

४. दिइएको रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्:

प्रश्नहरु:

(अ) सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो?

उत्तर: विक्षिप्त बनेको सुन्दरलाई गुरुले योग र ध्यानका सबै विधि सिकाउनुभयो र गर्न पनि लगाउनुभयो। योग गर्न थालेपछि सुन्दरको मन शान्त हुन थाल्यो। योगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान हुँदै समाधिसम्मको यात्रा गरिन्छ भन्ने बुझेपछि सुन्दरका मनका विकारहरू हट्दै गए र बाँच्ने इच्छाशक्ति जागृत भयो।

(आ) योग साधनाले मानव स्वास्थ्यमा पर्ने प्रभावहरु के-के हुन्?

उत्तर: योग साधनाले मानिसको शारीरिक र मानशिक दुवै अवस्थालाई ठिक पार्छ। यसले शारिरिक तन्दुरुस्ती राख्न ठूलो भूमिका खेल्छ। यो गर्ने मानिस स्वस्थ हुन्छ। यसले मानवको मानशिक अवस्थालाई पनि ठिक पार्छ। निरन्तरको योगाभ्यासले मानवको मनका विकारलाई हटाएर मनलाई शान्त पार्ने भएकाले यसले मानव स्वास्थ्यमा मानशिक प्रभाव पार्दछ।

 

५. उत्तर लेख्नुहोस्:

(क) रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?

उत्तर: रिपोर्ताजमा जङ्गल, एकान्त स्थल, ठूला चउर, आदिलाई शान्त, ज्ञान प्राप्त गर्ने स्थलका रुपमा वर्णन गरिएको छ। अमितलाई गोठाटार औधि मन पर्नुको कारण पनि प्राकृतिक परिवेश नै थियो। गोठाटारको सानो वन, केही पर रहेको पशुपतिको जङ्गल र गोठाटारको प्रतीक बनेर उभिएका पिपलका रूखले पनि रिपोर्ताजमा प्राकृतिक परिवेशलाई सुन्दर ढङ्गले सङ्केत गरेको छ। सुन्दरको घरबाट देखिने पहाडी चुचुरो, घामको प्रकाशलाे उज्यालो बनाएको आरुबारीको सुन्दर प्राकृतिक चित्रण यस रिपोर्ताजमा गरिएको छ। तसर्थ रिपोर्ताजमा प्राकृतिक परिवेशलाई सुन्दर, शान्त र आकर्षक ढङ्गले वर्णन गरिएको छ।

(ख) सुन्दर छन्त्यालको सफलताको कथा संक्षिप्त रुपमा लेख्नुहोस्।

उत्तर: (ख) सुन्दर छन्त्यालको सफलताको कथा सङ्क्षिप्त रूपमा लेख्नुहोस् ।

बुबा सरकारी अधिकृत र आमा माध्यमिक तहको शिक्षकको एक मात्र सन्तानको रूपमा जन्मिएको सुन्दरको बाल्यकाल- सुखमा बित्यो । म्याग्दीको गाउँमा जन्मिए पनि सुन्दरले काठमाडौंको नाम चलेको विद्यालयबाट एस.एल.सी. पास गरी विज्ञान विषय लिई उच्च माध्यमिक तह उत्तीर्ण गरेका र सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए । स्नातकोत्तर तह अध्ययन गर्ने बेलामा हृदयघातका कारण उनका बुबाको मृत्युले उनलाई ठूलो चोट पुर्यायो । आमा विधालय गएका बेला एक्लै घरमा बस्ने र केहीसँग बोल्न पनि नरुचाउने सुन्दर डिप्रेसनका सिकार भए । त्यतिखेरै आमा पनि बिरामी हुनुभयो । आमालाई जचाउँदा क्यान्सर । लागेको रहेछ । डाक्टरको सल्लाह अनुसार दिल्लीमा गई उपचार गराउँदा आमा ठिक हुनुभयो। ऋणमा डुबेको यो सानो परिवारले आफ्नो पहाडको केही जमिन बेचेर ऋण तिर्यो । त्यसपछि आमाछोरा एक दिन डा. युरेन्द्र झाको चिकित्साकेन्द्र नयाँ बानेश्वर गए । त्यहाँ वहाँले योग र ध्यानका सबै विधि सिकाउनु भयो र आयुर्वेदिक औषधी पनि दिनुभयो । नभन्दै नियमित योग गर्न थालेपछि सुन्दरको मन शान्त हुन थाल्यो । उनले योगका आठप्रकारलाई बुझे । यसले उनकाे मनका विकार हट्दै गयो र जीवनमा बाँच्ने इच्छाशक्ति जागृत भयो । त्यसपछि सुन्दर ध्यानकाे प्रशिक्षक बने । निरन्तरको मिहिनेत र अध्ययनका कारण सन्दरले प्राविधिक तर्फ अधिकृतमा नाम निकाले।

(ग) पाठको मुख्य सन्देश के हो ?

उत्तर: जस्तो परिस्थिति छ, त्यससँग सहमत भएर अघि बढे जीवन स्वाभावित रुपमा चल्छ। सहमत हुन नसक्दा मानसिक चिन्ता सुरु हुन्छ। आफ्नो मन आफैँ विस्तारै मान्छ भनियो भने यसले दु:ख मात्र दिन्छ। यसका लागि एकाग्रता चाहिन्छ। मनलाई सधै शान्त र स्थिर पार्नुपर्छ। मनको एकाग्रता नै शान्तिको आधार हो। गहिरो शान्ति  ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ। त्यसले सुखी र निरोगी जीवनका लागि योगाभ्यास आवश्यक हुन्छ भन्ने भाव नै यस पाठको मुख्य सन्देश हो।

 

६. व्याख्या गर्नुहोस्:

(क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउनेछ र पुनर्जीवित गर्छ।

उत्तर: प्रस्तुुत गद्यांश कक्षा ११ को अनिवार्य नेपाली पठ्यपुस्तक अन्तर्गत पर्ने ‘सफलताको कथा’ नाम रिपोर्ताजबाट साभार गरिएको हो। यस रिपोर्ताजको लेखक यसै पुस्तकका लेखक तथा सम्पादक हुन्। योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ भन्ने भावलाई यस रिपोर्ताजले प्रस्तुत गरेको छ।

     विगतको स्मृति वर्तमानको सुखद पक्ष हो। यसको सम्झनाले मानिसलाई काम गर्ने ऊर्जा दिन्छ। यसले वर्तमानलाई रमाइलो र रङ्गिन बनाइदिन्छ। विगतले मानिसको वर्तमानलाई धेरै कुरा सिकाएको हुन्छ। यसले शब्दहरूलाई जोड्ने र भत्काउने काम गर्छ। विगतका सम्झनाले अमितलाई आफ्नो गन्तव्यमा पुग्न सहयाेग सहयोग गरेको छ। स्मृतिले लेखकलाई ठूला ठूला विषय प्रदान गरेका हुन्छन्। यसले शब्दलाई जोड्ने भत्काउने वा कुनै स्मृति राम्रो लेख बन्ने वा कुनै स्मृति त्यतिकै खेर जाने खालका पनि हुन्छन्। अगाडिका स्मृतिले समस्यामा परेका बेला धैर्य गर्ने शक्ति प्रदान गर्छन्। त्यसैले स्मृतिले मानिसलाई मानिस बनाउँछ र नयाँ जीवन पनि दिन्छ। मानवको जीवनमा स्मृतिको मत्वपूर्ण स्थान छ।

(ख) मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ।

उत्तर: प्रस्तुत गद्यांश कक्षा ११ को अनिवार्य नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘सफलताको कथा’ नामक रिपोर्ताजबाट सभार गरिएको हो। यस रिपोर्ताजका लेखककी यसै पुस्तकका लेखक तथा सम्पादक हुन्। योग र ध्यानले मानिसलाई शारीरिक र मानशिक शान्ति दिन्छ भन्ने भावलाई यस रिपोर्ताजमा गरिएको छ।

         मानसिक चिन्ताले मानिसलाई चितामा पनि पुर्याउन सक्छ। मानसिक चिन्ताले मानिसलाई विक्षिप्त बनाउँछ । परिस्थितिसँग सहमत भइएन भने मानसिक चिन्ता सुरु हुन्छ। आफ्नो मन हो मिलिहाल्छ भनियो भने पनि यसले असर गर्छ। मानिसले आफू अगाडि जस्तो परिस्थिति आउनेछ त्यससँग सहमत भएर अघि बढे मात्र जीवन स्वभाविक रुपमा चल्छ। एकाग्रताले मनलाई शान्त र स्थिर बनाउँछ। मनको एकाग्रता नै शान्तिको आधार हो। गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ। विक्षिप्त भएको मानिसलाई योगले शान्ति दिन्छ। बिक्षिप्त बनेको सुन्दरलाई योगले नै शान्ति दिलाएको छ। 

तसर्थ हामी मनको शान्ति खोज्न अन्यत्र जानु पर्दैन त्यो त हामीसँगै हुन्छ । इच्छाशक्ति भएमा मानिसले आफुले आफुलाई बुझाउन सक्छ र जीवनलाई अगाडि बढाउन सहयोग मिल्छ भन्ने आशयलाई माथिको गद्यांशले व्यक्त गरेको छ।

 

७. दिइएका अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्:

प्रश्नहरु:

(क) स्वस्थ हुनु भनेको के हो ?

उत्तर: स्वस्थ हुनु भनेको शारीरिक,मानसिक र सामाजिक रुपले पूर्ण तन्दुरुस्ती हुनु हो।

(ख) देशका नागरिकको स्वास्थ्य स्थिति कुन-कुन कुरामा निर्भर हुन्छ ?

उत्तर: देशका नागरिकको स्वास्थ्य स्थिती सुर्तीजन्य पदार्थको स्थिति, उच्च रक्तचाप तथा मोटोपनको स्थिति, शुध्द पानीको उपलब्धता, कुपोषणलग्रस्त जनसङ्ख्याको प्रतिशतका साथै दुर्घटना, द्वन्द्व वा प्राकृतिक विपत्ति जस्ता कुरामा निर्भर हुन्छ।

(ग) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?

उत्तर: विभिन्न किसिमको खोप, जनहितमा जारी हुने विभिन्न जनस्वास्थ्यसम्बन्धि सूचना, जनकारी तालिम आदिको व्यवस्थाले चिकित्सा विज्ञान रोकथामतिर पनि केन्द्रीत हुन थालेको छ।

(घ) चिकित्सा विज्ञानमा कुन कुराले बढी महत्व पाइएको छ?

उत्तर: चिकित्सा विज्ञानमा निदान र निवारण जस्ता कुराले बढी महत्व पाएको छ।

 

८. दिइएका शीर्षकमा टिप्पणी लेख्नुहोस्:

(क) विश्वसम्पदाको संरक्षण र संवर्द्धनमा लेखिएका चुनौतीहरु 

उत्तर: संयुक्त राष्ट्रिय संघीय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचिकृत विश्वका स्मारक र स्थानहरुलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ। युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै: वन, पहाड, द्वीप, मरुभुमि, स्मारक, भावना वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ ।

    प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पत्ति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ। अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यसले काम गरेको हुनुपर्छ र पिढीलाई तथा मानवताको हितमा पनि यस्ता सम्पदाको संरक्षण गरिनु पर्छ।

विश्वसम्पदाको संरक्षण र सम्वर्द्धनमा देखिएका चुनौतिहरु निम्नानुसार छन्:

  • सशस्त्र सङ्घर्षको बेलामा सांस्कृतिक सम्पदाको संरक्षण गर्न चुनौतीपूर्ण रहेको,
  • विश्व सम्पदा सूचीमा परेका सम्पदाको अतिक्रमणलाई रोक्नु चुनौतीपूर्ण रहेको,
  • विश्व  सम्पदा सूचीमा परेका सम्पदाको संरक्षण गर्ने आर्थिक पक्षको कमी हुनु चुनौतीपूर्ण छ,
  • विश्व सम्पदा सूचीमा परेका धरोहरलाई पर्यटकको गन्तव्य बनाउन चुनौतीपूर्ण छ,
  • विश्व सम्पदामा परेका धरोहरहरुलाई प्राकृतिक प्रकोपले बिगारेपछि पुन: पहिलेकै जस्तो बनाउन चुनौतीपूर्ण हुन्छ।

 

(ख) समाजिक सञ्जालको अतिशय प्रयोगले मानव जीवनमा परेको प्रभाव

उत्तर: कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदान प्रदान गर्न प्रयोग गरिने माध्यमलाई समाजिक सञ्जाल भनिन्छ। यो वेवसाइड एवम् इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना अदानप्रदान गर्ने साधन हो। यो समुदायमा अधारित सामग्री अदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई समाजिक सञ्जाल भनिएको हो। यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिकर रुप हो। यस्ता च्यानलहरु प्राय: निःशुल्क हुन्छन्। फेसबुक, युट्युब,भाइबर, द्वीटर आदि यसका उदाहरण हुन्। यो खास गरी कम्प्युटर र मोबाइलमा जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ। यसको प्रयोगको दायरा फराकिलो छ। हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न थालेपछि मानिस रचनात्मक हुन छाडेको छ। यसको अतिशय प्रयोगले मानव जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ।

समाजिक सञ्चालको अतिशय प्रयोगले मानवजीवनमा निम्नानुसार प्रभाव पारेको छ:-

  • मानिस रचनात्मक हुन नसक्नु,
  • घरमा बस्ने मानिसले परिवारका सदस्यहरुलाई समय दिन नसक्नु,
  • समाजिक सञ्जालनमा बढी समय खर्च हुनु,
  • समाजिक सञ्जलमा अरूप्रति नकारात्मक टिकाटिप्पणी सेयर गर्नु,
  • समाजलाई हानी नोक्सानी गर्ने विषय बढी शेयर हुनु,
  • अश्लील भिडियो तथा फोटो खिचेर अप्लोड गर्ने, सेयर गर्ने,
  • अर्काको फोटो, भिडियोको दुरुपयोग हुनु,

तसर्थ मानिसको आफ्नो अध्ययन गर्ने, घरायसी काम गर्ने समयलाई समाजिक सञ्जालको अतिशय प्रयोगले नाश गरेको छ। यो अनुसन्धानको साधन भन्दा बढी मनोरञ्जनको साधन बन्दै गएको छ।

Leave a Reply