पाठः- १ जन्मभूमि

जन्मभूमि

१. तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस:

(क) लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुको कारण के हो?

उतर:- लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुका कारणहरू संसारमा आफूभन्दा ठूलो कोही छैन भन्ने घमण्ड गर्नु, लोभ लालच बढ्नु, अर्काकी श्रीमतीलाई छल गरेर अपहरण गर्नु, सत्य र साचो कार्य नगर्नु, अरूलाई दुःख दिनु आदि हुन्।

 

(ख) विभीषणका विचारमा राम किन अयोध्या नगई लङ्कामै राज गर्नु उपयुक्त थियो?

उतर:- लडाइमा जितेको भूभाग स्वत: विजेताको हुने, अयोध्यामा राज्य सञ्चालन गर्न भरत रहेकाले र आफूले जितेको राज्य अरूलाई दिनु हुदैन भन्ने लागेर विभीषणले रामलाई अयोध्या नगई लङ्काकै राजा हुन उपयुक्त हुन्छ भनेका हुन् ।

 

(ग) लङ्का सहर कस्तो थियो?

उतर:- सुनै सुनले बनेको लङ्का सहर दुनियामा कतै नभएको सुन्दर, समृद्ध र शान्त थियो।

 

(घ) के कारणले रावणको हार भएको हो?

उतर:- अन्याय, अधर्म र असत्यका पक्षबाट लडाइ गरेका र आफ्नै भाइ विभीषण पनि आफ्नो विपक्षी भएको हुनाले रावणको हार भएको हो ।

 

(ङ) रामराज्यको अर्थ के हो?

उतर:- जनताको निर्णयलाई आत्मसात् गरी असल र आदर्श शासन भएको, अरूका लागि अनुकरणीय, आफ्ना सारा वैभव त्यागी जनभावनाको कदर गरी रामले सञ्चालन गरेको राज्य व्यवस्था नै रामराज्य हो।

 

२. सुन्दर र सम्पन्न लड्काको राजकाज छाडेर किन राम अयोध्या फर्किए ? कथाका आधारमा विवेचना गर्नुहोस् ।

उतर:- पौराणिक कथा रामायणमा आधारित ‘जन्मभूमि’ कथामा जन्म दिने आमा र आफू जन्मिएको जन्मस्थान स्वर्गभन्दा पनि प्यारा हुन्छन् भन्ने मान्यता रामको भएकाले आफूले जितेको सुन्दर र सम्पन्न लङ्काको राजकाज छोडेर राम अयोध्या फर्किएका हुन्। लङ्का सहर सुनैसुनले बनेको समुद्रको बिचमा अवस्थित अत्यन्तै सुन्दर सहर थियो । बिहानीको सूर्यको किरणले लङ्का सहरलाई स्पर्श गर्दा अझ उत्कृष्ट देखिन्थ्यो । लङ्काका राजा रावण अत्यन्तै ज्ञानी, विद्वान र बलसाली थिए । आफूमा भएको बलको घमण्डले उनलाई अन्धो बनायो र रामकी श्रीमती सीतालाई छल गरेर लङ्का लग्यो । लङ्काका राजा रावण र राम बिचमा ठूलो युद्ध भयो। युद्धमा रामले नै विजय प्राप्त गरे । रामलाई आफ्ना भाइ लक्ष्मण र अन्य बानर सेनाले पनि त्यस राज्यको राजा हुनुपर्छ भनी आग्रह गरे तर उनले त्यस आग्रहलाई अस्वीकार गरे । ‘लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य अहिलेको दुनियामा छैन फेरि यो आफ्नै बलवृत्ताले जितेको पनि हो, यहा राज्य गर्दा केही फरक पर्दैन तर लक्ष्मण आफ्नो जन्मभूमि त जन्मदिने आमा जत्तिकै हो भनी रामचन्द्रले सम्झाए । शास्त्रमा वर्णन भए अनुसार सुखै सुखको नाम स्वर्ग हो त्यसैले मरेपछि मानिस स्वर्ग जान खोज्छन् । त्यस्तो स्वर्ग भन्दा पनि प्यारो चाहिं आफ्नो मातृभूमि हुन्छ भनी रामचन्द्रले लक्ष्मणलाई सम्झाए । विभीषण र अन्य शुभचिन्तकहरूले पनि आफूले जितेको ठाउँको राज्य आफैले सञ्चालन गर्नुपर्छ भन्दा रामचन्द्रले सुख, सुविधा र अवसर भन्दा आफू जन्मिएको जन्मभूमि अत्यन्तै प्यारो हुने भएकाले आफू जन्मिएको हुर्किएको जन्मभूमि अयोध्याभन्दा ठूलो अरू केही छैन भनी आफू अयोध्या जाने निर्णय गरे ।

मानिस सुख, सुविधा र अवसरको खोजीमा भौतारिन्छ तर मानिसले कहिल्यै पनि आफ्नो जन्मभूमिलाई विर्सनु हुदैन । रामचन्द्रले संसारको समद्ध स्थान, सुनैसुनले निर्माण गरिएको लङ्काका राजालाई जितेर पनि उनी त्यहाका राजा भएनन् किनकि आफ्नो जन्मभूमिभन्दा ठूलो कुरा केही हुँदैन । आफू जन्मिएको जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुने भएकाले सुन्दर र सम्पन्न लङ्काको राजकाज छोडेर राम आफ्नै जन्मस्थान अयोध्या फर्किए।

 

३.सपसँग व्याख्या गर्नुहोस:

(क) यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रो पक्षमा थिए ।

उतर:- प्रस्तुत गद्याशं कक्षा १० को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘जन्मभूमि’ नामक पौराणिक कथाबाट साभार गरिएको हो । यस कथाका लेखक यसै पुस्तकका लेखक तथा सम्पादक हुन् । आफू जन्मिएको जन्मभूमि सबैभन्दा प्यारो हुन्छ भन्ने आशयलाई पाठले प्रस्तुत गरेको छ।

राम र रावणको युद्धमा रावणले हारेपछि मर्नेबेलामा रामलाई ‘यो युद्ध मैले हारे तिमीले जित्यौ किनभने यस युद्धमा तिमीसंग तिम्रा भाइ थिए तर मसंग मेरो भाइ थिएन” भनी रावणले भनेको प्रसङ्गमा माथिको अभिव्यक्ति आएको हो । युद्धमा जित्न एकताको खांचो हुन्छ । परिवारमा भाइ फुटे भने वैरीले लाभ उठाउँछ । त्यस्तै आफ्नो दाइ रावणले गलत बाटो लिएका कारण आफ्नै भाइ विभीषणले रावणलाई साथ दिएको छैन र युद्धमा रावणको हार भएको छ ।

तसर्थ कुनै पनि युदध जित्न भाइ भाइ एक हुन जरुरी छ भन्ने आशयलाई माथिका अंशले बताउन खोजेको छ । सरल भाषा गद्य शैली र भाइ भाइको फुटले आफू र आफ्नै कुललाई नाश गर्छ भन्ने भावका कारण माथिको अंश उत्कृष्ट बनेको छ ।

 

(ख) मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् ।

उतर:- प्रस्तुत गद्यांश कक्षा १० को नेपाली विषयअन्तर्गत पर्ने ‘जन्मभूमि’ नामक पौराणिक कथाबाट साभार गरिएको हो । यस कथाका लेखक यसै पुस्तकका लेखक तथा सम्पादक हुन् । आफू जन्मिएको जन्मस्थान सबैभन्दा प्यारो हुन्छ भन्ने भावलाई पाठमा व्यक्त गरिएको छ ।

लक्ष्मणले रामलाई लङ्काको राजा हुन अनुरोध गरेपछि रामले आफू जन्मिएको जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने प्रसङ्गमा माथिको अंश आएको हो । भाइलाई सम्झाउने क्रममा आएको माथिको प्रसङ्गले सच्चा देशभक्तले आफ्नो जन्मस्थानलाई प्राणभन्दा प्यारो ठान्छ । हामीले सुख, सुविधा र अवसरको खोजी गर्दा आफ्नो जन्मस्थानलाई कदापि भुल्नु हुदैन । सुख र सुविधाकापछि लागेर जन्मभूमिलाई लात हान्नेहरू कदापि देश भक्त हुन सक्दैनन् भन्ने आशयलाई माथिको अंशले व्यक्त गर्न खोजेको छ । त्यसैले आफू जन्मिएको जन्मभूमि र जन्मदिने आमा स्वर्ग भन्दा पनि प्यारा हुन्छन् भन्ने आशयलाई माथिको उद्धरणले व्यक्त गरेको छ ।

सरल भाषा गद्य शैली र आफू जन्मिएको जन्मस्थानलाई हामीले कुनै अवस्थामा पनि त्याग्नु हुँदैन भन्ने आशयका कारण माथिको अंश उत्कृष्ट बनेको छ ।

This Post Has One Comment

  1. Laxman Koirala

    This app is really a life savor for us, S.E.E students. Thank you so much

Leave a Reply