पाठ-१६ माउजङ बाबुसाहेबको कोट

पाठ-१६

माउजङ बाबुसाहेबको कोट

१. तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्‌ :

(क) माउजङ बाबुसाहेबको स्वभाव कस्तो थियो ?

उतर:- माउजङ बाबुसाहेब एकोहोरो स्वभावका थिए । कुनै पनि नाच, सभा, भोज भतेरमा वा मारपिट, त्रास, आतङ्क जुनसुकै बेलामा पनि उनी गहिरो मास रङको बेन्सनको लामो ओभर कोट लगाएर उपस्थित हुन्थे । घरानियाँ राणा परिवारका सदस्य भएका नाताले उनमा राणाहरूको स्वभाव प्रस्ट रूपमा देखिन्थ्यो । नेपालगन्ज इलाकाका बिर्तबाल माउजङ बाबुसाहेब अत्यन्त क्रोधी, उद्दण्ड स्वभाव भएका मानिस थिए । कसैको घर  काटी खेत जफत लिनु, कसैलाई लुटी छाड्नु र कसैलाई आमाचकार गाली गरी बेसरी बेइजत गर्नुमा उनी गर्व गर्थे । यसरी उनको स्वभाव असामान्य प्रकृतिको थियो । उनका गतिविधिबाट सर्वसाधारणहरु निकै त्रसिद हुन्थे ।

 

(ख) माउजङ बाबुसाहेबले नयाँ कोट किन्न नचाहनुको कारण के हो ?

उतर:- माउजङ बाबुसाहेबको कोट आतङ्कको प्रतीक थियो । त्यही कोट लगाएर हिँडेपछि सर्वसाधारणले राणाकालीन आतङ्ककी स्मरण गर्थे । अजेय गौरवशाली त्यस कोटाबाट कनै कुरा कोट्याउन कसैले हिम्मत गर्दैनथे । चहकिलो मास रङको त्यो कोट घुस्रो फुस्रो र मैलो, विरूप हुन गएको. भए पनि साराका आँखा त्यसैमा पर्थे । प.क.ज साहेबबाट प्राप्त त्यो कोट हिन्दुस्थानीबाट बनाइएको हो । राजसी रवाफ, अतितको गौरव र महिमामय अतीतको प्रतीक बेन्सन कपडा, हवाइट्वे रेलिङ विभागमा तयार पारिएको भएर पनि त्यसको महत्त्व ठुलो रहेको छ । हरेक उत्सवहरूमा आकर्षणको केन्द्र र अतीतको गौरवको प्रतीकका रूपमा रहेकाले नै माउजङ बाबुसाहेबले नयाँ कोट किन्न नचाहनुको प्रमुख कारण हो ।

 

(ग) माउजङ बाबुसाहेबको कोटकथामा नेपालको कुन ठाउँ र कुन समयको चित्रण गरिएको छ

उतर:- ‘माउजङ बाबुसाहेबको कोट’कथामा पश्चिम तराईको नेपालगन्ज इलाका क्षेत्रको चित्रण गरिएको छ । माउजुङ बाबुसाहेबको उच्चता ग्रन्थी (ठुलो खानदान को हुँ भन्ने मानसिकता) देखाउन गाउँ नै उपयुक्त हुने भएकाले कथाकारले गाउँलाई रोजेको बुझिन्छ । गाउँमा परम्परागत आदर्श टिक्ने र सम्मान पाउने अवस्था हुन्छ । माउजङमा रहेको अतीतप्रतिको भ्रमपूर्ण मोहलाई देखाउन गाउँमा नै उपयुक्त हुने हुनाले यस कथामा गाउँलाई नै पृष्ठभूमि बनाइएको छ ।

कोट च्यातिएको घटना यस कथाको केन्द्रबिन्द हो । यो घटना नेपालगन्ज (सहर) मा घटेको छ । यस कथाका महत्त्वपूर्ण घटनाहरू भने सहरमै घटेका छन्‌ । घटना घटेको आधारमा सहर नै हो कि भन्ने स्थिति देखिए पनि कार्यपीठिका चाहिँ गाउँ नै रहेको छ । यस कथामा २००७ सालको क्रान्तिपछि उच्च वर्गका राणा परिवारमा परेको असर र मानसिकताको चित्रण गरिएको छ ।

 

(घ) माउजङ बाबुसाहेबको कोटकथाको शीर्षक के कति कारणले उपयुक्त छ ?

उतर:- कथाकार भवानी भिक्षुद्वारा लिखित ‘माउजङ बाबुसाहेबको कोट’ एक सामाजिक विषय वस्तुमा आधारित चर्चित कथा हो । यो कथा राणाहरूको जीवनमा आधारित छ। २००७ सालको ऐतिहासिक जनक्रान्तिपछि राणाहरूको जीवनमा देखिएको दुर्गतिलाई माउजङ बाबुसाहेब नामक पात्रका माध्यमबाट देखाइएको छ । बाबुसाहेबको कोटलाई केन्द्रबिन्दुमा राखेर तत्कालीन राणाहरूको अवस्था देखाइएकाले प्रस्तुत कथाको शीर्षक विषय अनुकूल सार्थक रहेको छ ।

माउजङ बाबुसाहेब यस कथाका प्रमुख चरित्र हुन्‌ । उनी पुरानो विचारधाराका मानिस हुन्‌ । उनमा राणाकालीन अतीतप्रतिको मोह तीव्र रूपमा जागेको छ । राणाशासन समाप्त भई देशमा प्रजातन्त्र आए पनि राणाहरूको धाक, रवाफ र सुख तथा विलासमय जीवनप्रति उनको मोह छ । त्यसैले उनी समयानुसार चल्न सक्दैनन्‌ । राणाहरूकै रोव, रवाफ र खानदानप्रति मोह राख्ने व्यक्तिको प्रतीकका रूपमा थोत्रो र मक्किसकेको कोटलाई अघि सारिएको छ । उनको कोट अभिव्यक्ति हो । यस घटनाले राणा शासनको पतनलाई जनाउँछ र त्यो कौट पनि एउटा काङ्ग्रेस मधेसीका हातबाट च्यातिएको देखाएर प्रतीकात्मक रूपमा राणाशासनको अन्त्यमा काङ्ग्रेसबाट भएको जनाइएको छ । यस कथामा बाबुसाहेबले अति मोह राखेर आफ्नो आत्मीय वस्तु कोट नै नष्ट भएको देखाएर उनमा यस घटनाले ठुलो मानसिक दुर्घटना भएको देखाइएको छ । यस कथाका सारा घटनाहरू  माउजङ बाबुसाहेबको कोटकै सेरोफेरोमा घटित छन्‌ । त्यही कोटलाई केन्द्रबिन्दु बनाएर व्यक्तिको मानसिकता र तत्कालीन राजनीतिक परिवेशको समेत चित्रण गरिएका कारण यस कथाको शीर्षक विषय वस्तु अनुकूल सार्थक रहेको छ ।

 

(ङ) पाठको कथाले के कस्तो सन्देश दिएको छ

उतर:- कथाकार भवानी भिक्षुद्वारा लिखित ‘माउजङ बाबुसाहेबको कोट’ कथामा एकजना राणाकालीन उच्च वर्गको पात्रका माध्यमबाट परम्पराप्रति मानिसको अति मोह प्रीतिकार हुँदैन भन्ने सन्देश दिइएको छ । यस कथामा उच्च घरानियाँ जीवनचर्यालाई आधार बनाएर ‘हिङ नभएर पनि हिङ बाँधेको टालो, जस्तो सम्झने २००७ सालपछिको राणाहरूको मनोवृत्तीयमा संस्कारलाई चिनाइएको छ ।

राणाशासनका बेला उनीहरूको समाजमा धाक रवाफ थियो । उनीहरू आफूलाई सर्वेसर्वा ठान्थे । आफूलाई शासक र सर्वसाधारणलाई भुसुना सरह ठान्ने प्रवृत्ति उनीहरूमा थियो । त्यस्तै राणाकालीन मानसिकताबाट ग्रसित पात्रका रूपमा यस कथाका माउजङ बाबुसाहेब देखा पर्छन्‌ । उनीसँग एउटा पुरानो कोट छ । धुलै धुलो र मक्किसकेको भए पनि उनी त्यसलाई आफ्नो कूलको इज्जत र प्रतिष्ठाको प्रतीक ठान्छन्‌ । इतिहास बोकेको त्यसै कोटले गर्दा उनको समाजमा रवाफ कायम रहेको उनले बुझेका छन्‌ । राजनीतिक र मानसिक रूपबाटै परिवर्तन भइसकेका अवस्थालाई उनले बुझ्न सकेका हुँदैनन्‌ । राणाकालीन रोव रवाफले गर्दा राणाहरू २००७ सालको परिवर्तनमा समाहित हुन नसक्दा राजनीतिक रूपले मात्र होइन मानसिक रूपले पनि पतनोन्मुख बन्दै गएको कुरालाई यस कथामा देखाइएको छ ।

अत: परम्पराप्रतिको अति मोह मानिसले त्याग्नु पर्ने र समयको परिवर्तनसँगै आफूलाई समाहित गनुपर्ने सन्देश यस कथाले दिएको छ । समायानुकूल आफूलाई समाहित गर्न नसक्दा मांउजङ बाबुसाहेबको जुन हालत भयो, त्यही हालत मानिसले बेहोर्नुपर्ने कुराप्रति पनि सचेत गराइएको छ ।

 

२) माउजङ बाबुसाहेबको कोटकथाको सारांश लेख्नुहोस्‌ ।

उतर:- माउजङ बाबुसाहेब पश्चिम नेपालको नेपालगन्ज इलाका क्षेत्रमा बसोबास गर्ने एक उच्च राणापरिवारका मानिस थिए । उनीसँग एउटा गहिरो मास रङको बेन्सनको लामो अनि पुरानो कोट थियो । उनी त्यस कोटलाई हरेक अवसरमा लगाउँथे । उद्ण्ड र क्रोधी स्वभावका बाबुसाहेब सर्वसाधारणलाई हेप्ने, गाली गर्नै र बेइजत समेत गर्थे । उनको कोट आतङ्ककै प्रतीक बनेको थियो । उनको पुरानो कोटलाई अरूले उपहार गरे पनि उनी त्यस कोटको इतिहास र त्यसले पार्ने प्रभावलाई सम्झेर मख्ख पर्थे । उनको त्यो कोट हरेक उत्सव र कार्यक्रमहरूमा सबैको ध्यानाकर्षण गराउने वस्तुको रूपमा रहेकाले उनी भित्रभित्रै गदगद हुन्थे । गृहमन्त्रीको दौडाहामा स्वागत प्रबन्ध मिलाउन जानुपर्ने भएकाले उनले त्यही आफ्नो ,कोटलाई सफा गर्ने निधो गरे । कोट धुलाम्मै थियो र मक्किसकेको पनि थियो । कोट पोको पारेर नेपालगन्जस्थित गुरदिनको घरमा पुगी इस्त्री लगाइदिन अराए । उसले इस्त्री लगाएर दिएको पुरानो कोट लगाएर बडा हाकिमसँग भेट हुँदा कोठ पुरानै भए पनि उनी गर्व गर्छन्‌ । यस्तैमा एकजनाले मन्त्रीको सवारी हुँदा पनि पुरानै कोट लगाउने भनेर  खिल्ली उडाए पनि उनी मानसिक रूपबाट पत्याउने पक्षमा थिएनन्‌ । कोटको गर्धनमा मैलो परेको कुराले चिन्तित हुँदै उनी आफ्नौ कोठाँमै फर्किन्छन्‌ । मन्त्रीको दैडाहा हुन एकदिन मात्र बाँकी रहँदा लखनउ गएर कोट ड्राइक्लिनिङ गराउने र गर्धनमा घस्केको ठाउँमा रफु गर्न लगाउनै निधो गरेर सबैलाई जानकारी गराउँछन्‌ । लखनउबाटे कोटको कायाकल्प गराएर ल्याई मन्त्रीको भोजमा सामेल हुन जानका  लागि तयार हुँदा त्यही कोटे लँगाएँपछि उनमा सरलताको भाव झल्कियो । मन्त्रीसँग भोज खाएर फर्कन लाग्दा उनको कौट च्यातियो । यसै घटनसले उनलाई ठुलो आघात पुर्यो र उनलाई बल्ल राणाहरूको राज गएको अनुभव भयो ।

 

(३) माउजङ बाबुसाहेबको कथामा के कस्तो मनौविज्ञानको चित्रण गरिएको छ, विवेच गर्नुहोस्‌ । 

उतर:- कथाकार भवानी भिक्षु (१९६६-२०३८) द्वारा लिखित ‘माउजङ बा्बुसाहेवेको कोट सामाजिक विषय वस्तुमा अधारित चर्चित कथा हो । २००७ सालको ऐतिहासिक पृष्ट भूमिमा संरचित यस कथामा राणाशासन समाप्त भई नयाँ युगको सुरुवात भए पनि उच्च घरानियाँ राणा परिवारमा देखिने धाक रवाफ एक सुख सफल जस्ता कुरा मानसिक रूपबाट हट्न नसकेको वास्तविक अवस्थाको चित्रण यस कथामा गरिएको छ ।

यस कथाका प्रमुख चरित्रका रूपमा आएका माँउजङ बाबुसाहेब एवम्‌ उच्च घरानियाँ राणा परिवारका सदस्य हुन्‌ । उनी राणाहरू जस्तै स्वभावका थिएँ । अर्कालाई दुःख दिनु, उदण्ड स्वभाव देखाउनु, तथानाम गाली’ गर्नु उनका लगि सामान्य कुरा थिए । उनीसँग बक्सिसका रूपमा पाएको एउटा पुरानो र थीत्रो कोट थियो । त्यसलाई उनी आफ्नो गौरव सुम्झन्थेँ । त्यहीँ कोट लगाएर उनी हरेक कार्यक्रममा उपस्थित हुन्थे र त्यस कोटको इतिहास सँगै आफ्नो खानदानी धाक रवाफ देखाउँथे । उनी पुरानो विचारधाराको मानिस थिए । उनमा राणाकालीन अतीतप्रतिको तीव्र मोह मरेको थिएन । राणाशासन समाप्त भई देशमा प्रजातन्त्र आइसके पनि उनमा राणाकालीन रोव रवाफ र सुख सयलको जीवनप्रति मोह छ । उनी समयअनुसार चल्न र समायोजन हुन सक्दैनन्‌ । उनमा आफै राणाकालीन गौरवको प्रतिनिधि हुँ भन्ने अहम्‌ छ । यही उच्च अहम्‌को प्रतीक बनेर उनको कोट देखापर्छ, । उनको त्यही पुरानो प्रतीकका रूपमा रहेको कोटप्रतिको अतिशय मोहका कारण उनको नराम्रोसँग पतन भएको छ ।

मन्त्रीको सवारी हुँदा टालटुल गरी कोट लगाएर उनी हाँजिर हुन्छन्‌ । त्यस अघि बडा हाकिमसँगको भेटमा पनि उनले त्यही कोट लगाएका हुन्छन्‌ । उनमा त्यही पुरानो र थोत्रो कोटप्रति अतिशय मोह भएर नै अर्को नयाँ कोट सिलाउँदैनन्‌ । पुरानो कीटलाई लखनउसम्म गएर मर्मत गरी ल्याउँछन्‌ । तर अन्तिममा त्यो कोट च्यातिन्छ । यस घटनाले उनी मर्माहत हुन्छन्‌ । उती मानसिक रूपमा कोटलाई आधार मानेर धाक देखाउने, त्यसको मर्मतमा श्रम र खर्च बढी गर्ने अनि अरूले केही टिप्पणी गरे पनि रिसको आवेगमा आई तुच्छ गाली गर्ने समेत गर्छन्‌ । उनलाई कोटको गर्धनमा केही मैलौ भएकोमा निकै छटपटी र पीडा हुन्छ ।

यस कथामा राणाहरूको जीवनलाई आधार बनाएर ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ जस्तो सम्झने २००७ सोलपछिका राणाहरूको  मनोवत्तीय संस्कारलाई देखाइएको छ । राणाहरू राजनैतिक रूपले मात्र होइन मानसिक रूपले पनि पतनोन्मुख अवस्थामा पुगेको ‘कुरालाई यस कथामा प्रस्तुत गरिएको छ । बाबुसाहेबमा देखिएको उच्चता ग्रन्थीका कारण उनेले भोग्नुपरेको मानसिक अवस्थाको चिरफार यस कथामा गरिएको छ र यसमा सामान्यभन्दा असामान्य मनोविज्ञानको प्रयोग भएको छभन्न सकिन्छ ।

 

४) तलका बुँदा समेटी भवानी भिक्षुको जीवनी लेख्नुहोस् ।

उतर:- साहित्यकार भवानी भिश्षुको जन्म वि.स ९६६ साल जेठ २१ गतेका दिन तौलिहबामा भएको थियो ॥ यिनको वास्तविक नाम भवानीप्रसाद गुप्ता भए पनि भवानी भिक्षुकै नामबाट यिनी नेपाली साहित्यका क्षेत्रमा चर्चित छन्‌ । माता यशोदादेबी र पिता इन्द्रप्रसाद गुप्ताका सुपुत्र भिक्षुले हिन्दी साहित्यमा साहित्य कूलभूषणको परीक्षा उत्तिर्ण गरेका थिए । अरू कूनै औपचारिक शिक्षा हासिल नगरेका साहित्यकार भिक्षुले कथा, उपन्यास, कविता आद्विका क्षेत्रमा ठुलो योगदान पुर्याएका छन्‌ । यिनका गुनकेशरी (२०१७), मैया साहेब (२०१७), आवर्त (२०२४), अवान्तर (२०६५) नामक कथा सङ्ग्रहहरू, आगत (२०३२), पाइप नं.२ (२०३४), सुन्तली (२०४०) जस्ता उपन्यासहरू, छाया (२०१७), परिष्कार (२०१७) आदि कविता सङ्ग्रहहरू प्रकाशित भएको पाइन्छन्‌ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यका रूपमा रहेर काम गरेका भवानी भिक्षुले नेपाली साहित्यका विविध विधामा विशिष्ट किसिमको योगदान पुर्याएवापत मदन पुरस्कर (२०३२), साझा प्रुरस्कार (२०३२), त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६) जस्ता पुरस्कारद्वारा यिनलाई सम्मानित र पुरस्कृत गरिएको थियो । नेपाली साहित्यका बिशिष्ट व्यक्तित्व भिक्षुको निधन वि.स. २०३८ साल बैशाख ४ गतेका दिन काठमाडौँमा भएको हो ।

 

Leave a Reply