बैङ्क नगदी किताब

बैङ्क नगदी किताब

छोटो उत्तर

. बैङ्क नगदी किताब किन तयार गरिन्छ ? यसका चार ओटा महत्वहरु उल्लेख गर्नुहोस्

उत्तर :- सरकारी कार्यालयमा नगदको उचित प्रयोग गर्ने, हिनामिना तथा दुरुपयोग हुन नदिने र नियन्त्रण गर्ने उदेश्यले बैङ्क नगदी किताब तयार गरिन्छ। बैङ्क नगदी किताबको महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

() गल्ती पत्ता लगाउन सहयोग गर्ने :- बैंक नगदी किताबमा प्रत्येक आर्थिक कारोबारहरुलाई नियमित रुपमा डेबिट र क्रेडिटको नियमअनुसार प्रविष्टि गरिने हुँदा गल्ती भएमा पत्ता लगाउन सकिन्छ।

() आर्थिक स्थितिको जानकारी गराउने :- बैङ्क नगदी किताबबाट कार्यालयमा के कति रकम प्राप्त भयो, के कति रकम खर्च भयो तथा नगद र बैंक मौज्दात के कति बाँकी छ भने कुराको यथार्थ जानकारी लिन सकिन्छ।

() पेश्की रकमको जानकारी :- कार्यालयले कुनै पनि कर्मचारी वा संस्थालाई दिएको पेश्की र फर्छिएको पेश्कीको यथार्थ विवरण बैङ्क नगदी किताबमा छुट्टै विवरण खोली उल्लेख गरिएको हुन्छ । जसबाट पेश्की रकमको जानकारी लिन सकिन्छ।

() बरबुझारथ गर्न सरल :- कुनै पनि कार्यालयको आर्थिक कारोबार गर्ने कर्मचारी सरुवा वा बढुवा भई अरु कार्यालयमा जानुपर्ने भएमा आफ्ना जिम्मामा रहेको हिसाब बुझाउन सजिलो हुनेछ भने नयाँ कर्मचारीलाई पनि हिसाब बुझेर लिन सजिलो हुन्छ।

 

. बैंक नगदी किताबको परिचय दिदै यसमा समावेश हुने खाताहरुको छोटकरीमा चर्चा गर्नुहोस् अथवा यसमा समावेश हुने खाताहरु कुनकुन उदेश्यले तयार पारिन्छ

उत्तर :- बैङ्क मार्फत भएका आर्थिक कारोबारहरुको विवरण तयार पार्ने फारम म.ले.प.फा. नं. ५ लाई बैंक नगदी किताब भनिन्छ । नगदको हिनामिना हुन नदिई त्यसको नियन्त्रण गर्न बैंक  नगदी किताब तयार गरिन्छ। बैङ्क नगदी किताबमा समावेश हुने खाताहरु यस प्रकार छन् :

() नगद खाता :- कार्यालयमा नगद सम्बन्धी कुन शीर्षक अन्तर्गत प्राप्त भएको र कार्यालबाट बाहिर गएको छ सोको रेकर्ड नगद खातामा प्रविष्टि गरिने भएकाले सोको जानकारी पाउन सकिन्छ। साथै यसबाट कार्यालयमा रहेको नगद मौज्दातको जानकारी पनि प्राप्त गर्न सकिन्छ।

() बैंक खाता :- नेपाल सरकारको नयाँ स्रेस्ता प्रणालीमा सरकारी कार्यालहरुले सबै आर्थिक कारोबारहरु बैङ्क मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । यस खाताबाट कुनै निश्चित अवधिको मौज्दातको जानकारी तुरुन्त प्राप्त गर्न सकिन्छ।

() बजेट खाता :- कार्यालयमा तोकिएको बजेट शीर्षकमा गरिएको खर्चहरु प्रविष्टि गरिने भएकाले यस खाताबाट कुल खर्चको जानकारी प्राप्त गर्न सकिन्छ।

() पेस्की खाता:- यसबाट कुनै निश्चित अवधिमा दिएको र फछ्यौट भएको पेस्कीका आधारमा फछ्यौट हुन बाँकी पेस्कीका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

() विविध गोश्वारा भौचरका खाता :- यस खाताबाट चालुकोष, बजेट निकासा, सानो नगदी कोष, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष जस्ता कारोबारहरुको जानकारी लिन सकिन्छ।

 

३. बैंक नगदी किताब तयार पर्दा ध्यान दिनुपर्ने कुनै पाँच कुराहरु लेख्नुहोस् l

उत्तर:-बैंक नगदी किताब तयार पर्दा ध्यान दिनुपर्ने कुनै पाँच कुराहरु यसप्रकार छन् l

(क) प्रत्येक आर्थिक कारोबारहरूको गोश्वारा भौचर तयार पारेर बैङ्क नगदी किताबमा प्रविष्टी गर्नुपर्दछ l

(ख) गोश्वारा भौचरमा जुन खात्ता डेबिट छ, बैङ्क नगदी किताबमा पनि सोही खातालाई डेबिट र जुन खाता क्रेडिट छ, बैङ्क नगदी किताबमा पनि सोही खातालाई क्रेडिट गर्नुपर्दछ ।

(ग) नगद, बैङ्क, बजेट खर्च र पेस्की ‘खातासँग सम्बन्धित नभएका कारोबारलाई विविध खाताको सम्बन्धित पक्षमा चढाउनुपर्दछ, जस्तै : चालु कोष, बजेट निकासा, सानो नगदीं कोष, कर्मचारी सञ्चय कोष आदि ।

(घ) रकमान्तरसम्बन्धी कारोबारको गोश्वारा भौचरलाई बैङ्क नगदी किताबमा प्रविष्ट गर्नुपर्दैन ।

(ङ) पेस्कीसम्बन्धी कारोबारलाई बैङ्क नगदी किताबमा तीनओटा महल (बैङ्क वा नगद खाता, बजेट खर्च खाता र पेस्की खाता) मा प्रविष्टी गर्नुपर्दछ ।

 

अति छोटो उत्तर :

. बैंक नगदी किताबको . ले. . फा. नं. लेख्नुहोस्

उत्तर :- बैङ्क नगदी किताबको म. ले. प. फा. नं. ५ हो।

 

. बैंक नगदी किताबमा कति ओटा  महलहरू हुन्छन्

उत्तर :- १७ ओटा

 

. बैंक नगदी किताबमा कति ओटा  खाताहरू हुन्छन्

उत्तर:-बैंक नगदी किताबमा पाँच ओटा  खाताहरू हुन्छन् ।

 

४. बैंक नगदी किताबमा समावेश हुने कुनै दुई खाताहरुको नाम लेख्नुहोस्

उत्तर :-(क) नगद खाता

            (ख) बैंक खाता

 

५. पेस्की सम्बन्धि कारोबारलाई बैंक नगदी किताबमा कतिओटा खातामा प्रविष्टि गर्नुपर्छ l

उत्तर:- पेस्की सम्बन्धि कारोबारलाई बैंक नगदी किताबमा तीन ओटा खातामा प्रविष्टि गर्नुपर्छ l

Leave a Reply