पाठ-६ व्यापारिक चिठी

पाठ-६

व्यापारिक चिठी

() तलका प्रश्नहरूको उत्तर लेख्नुहोस्‌ :

क) पाठमा दिइएको व्यापारिक चिठीको प्रत्यत्तरमा लेख्ने चिठीको नमुना तयार पार्नुहोस्‌ ।

साझा बिक्री कक्ष

भृकुटी मण्डप, काठमाडौं, नेपाल.

पत्र सं…….

च. नं……..

मितिः २०७३/०४/१०

विषय: पुस्तक पठाइ दिएको सम्बन्धमा ।

प्रो. विनोद अर्याल,

लुम्बिनी पुस्तक पसल, बुटबल ।

महोदय,

उपर्युक्त सम्बन्धमा तपाईंले पेस्की स्वरूप पठाउनुभएको रू. ५१,०००।- (अक्षरेपि रुपियाँ एकाउन्न हजार मात्र) को ड्राफ्ट र पत्र प्राप्त भयो । तपाईँले मगाउँनु भएका निम्नानुसारका साहित्यिक पुस्तकहरू पठाइएको बेहोरा जानकारी गराइन्छ ।

 

क्र.सं.    पुस्तकको नाम              लेखक                                       प्रति

१.         मुनामदन                       लक्ष्मीप्रसाद देवकोटा                  ३५० प्रति

२.         जुँगाट                            हुदयचन्द्रसिंह प्रधान                    १५० प्रति

३.         अनिँदो पहाडसँगै            पारिजांत                                   १५० प्रति

४.         राधा                            कृष्ण धरावासी                           २५० प्रति

५.         गैरी                              माधवप्रसाद घिमिरि                   ३५० प्रति

६.         पल्लो घरको झ्याल         गोविन्द बहादुर मल्ल “गोठाले’     २५० प्रति

७.         नयाँ घर                         आहुति                                       १५० प्रति

८.         आमा                             म्याक्सिम गौर्की                          ३५० प्रति

९.         तरुण तपसी                    लेखनाथ पौड्याल                        ३५० प्रति

१०.      सेतो धर्ती                       अमर न्यौपाने –                           २५० प्रति

११.      खुसी                             विजय कुमार                              ३५० प्रति

जम्मा                                       २८५० प्रति

उल्लिखित पुस्तकहरूको मूल्य रू ५,१५,०००।- हुन गएकोले अपुग रकम सामान प्राप्त हुनासाथ पठाइदिनु होला ।

भवदीय

महाप्रबन्धक

साझ बिक्री कक्ष

भृकुटी मण्डप, काठमाडौँ

 

खामको नमुना

प्रेषक

साझा बिक्री पक्ष

भृकुटी मण्डप, काठमाडौँ

प्रापक

प्रो. रमेश आर्याल

नबिन पुस्तक पसल, बीरगञ्ज, पर्सा

 

२) तलका शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस्‌ ।

पेस्की, भुक्तानी, वाणिज्य, भौचर, बिल

पेस्की:- एकजोर सिलाउँदा मैले टेलरलाई १५,०००।- पेस्की दिएको थिएँ ।

भुक्तानी:- तपाईंले पठाएको सामानको भुक्तानी ड्राफ्टमार्फत पठाएको छु ।

वाणिज्य:- मैले नेपाल वाणिज्य बैङ्कमा बचत खाता खालेको छु ।

भौचर:- पैसा जम्मा गर्दा भौचरमा रकमलाई स्पष्ट लेख्नुपर्छ ।

बिल:- पुस्तक खरिद गर्दा पसलेहरू बिल दिन आनाकानी गर्छन्‌ ।

 

३) माथिको पाठबाट हस्व इकार र दीर्घ ईकार लागेका पाँच-पाँचओटा शब्द लेख्नुहोस्‌ ।

हृस्व इकार लागेका पाँच शब्द :- विगत, बिक्री, वितरक, साहित्यिक , बिल

दीर्घ ईकार लागेका पाँच शब्द :- लुम्बिनी, श्रीमान्‌, शीघ्रातिशीघ्र, पेस्की, भुक्तानी

 

४) शुद्ध गरी सार्नुहोस्‌ ।

# बाँकी रकम पुष्टकहरूका साथै बिल प्राप्त हुनासाथ भूक्तानि गरीने बेहोरा अनुरोद

गरीन्छ ।

उतर:- बाँकी रकम पुस्तहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध

गरिन्छ ।