पाठ-५ म पनि सक्छु

पाठ-५       

म पनि सक्छु

लेखाइ

१. तलका प्रश्नको सङक्षिप्त उत्तर दिनुहोस्‌: 

(क) कुमारका आमाबुबा के काम गर्छन्‌?

उतर:- कुमारका आमाबुबा रातदिन काम गर्नुहुन्छ । उहाँहरूको आफ्नो एउटा सानो फर्निचर पसल छ । उहाँहरू काठ चिर्ने, काँटी ठोक्ने, काठ चिल्लो पार्ने, राङ लगाउने आदि जस्ता फर्निचरका सारा काम आफैँ गर्नुहुन्छ । त्यतिमात्र होइन आफ्ना छोराछोरीको राम्रो हेरचाह, भात भान्सा आदि घरभित्रका काम पनि कुमारका आमाबुबाले गर्नुहुन्छ ।

 

(ख) कुमार र उनकी बहिनी अतिरिक्त क्रियाकलापमा पनि अगाडि छन्‌ भन्ने कुरा कसरी पुष्टि हुन्छ?

उतर:- पोलियोका कारणले सानैमा खुट्टा गुमाएका कुमार र उनकी बहिनी अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि छन्‌ । शारीरिक रूपमा सबल नभए पनि कुमार मानसिक रूपमा उत्कृष्ट थिए । उनले जिल्ला स्तरीय चेस प्रतियोगितामा सम्पूर्ण खेलाडीलाई पछाडि पारेर स्वर्ण पदक हात पारे । त्यस्तै जिल्लास्तरीय कविता प्रतियोगितामा पनि सबैलाई उछिन्दै प्रथम स्थान हाँसिल गरी स्वर्ण पदक हात पारे । त्यस्तै बहिनी सीताले प्रतिनिधित्व गरेको महिलाहरूको टिमले रिले दौड र भलिबल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो । तसर्थ जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने भएकाले कुमार र उनी बहिनी अतिरिक्त क्रियाकलापमा पनि अगाडि छन्‌ भन्ने पुष्टि हुन्छ ।

 

(ग) अपाङ्गता भएकाहरूका लागि के कस्तो प्रतिकूलता छन्‌

उतर:- अपाङ्गता धेरै प्रकारका हुन्छन्‌ । कोही व्यक्ति सामान्य अपाङ्ग हुन्छन्‌, सामान्य हिँडडुल गर्न सक्छन्‌ भने कोही ओछ्यानबाट उठ्न पनि अरूको सहयोग चाहिन्छ । केही हात खुट्टाले कमजोर भएका हुन्छन्‌ भने कोही आँखा नदेख्ने, कान नसुन्ने, बोल्न नसक्ने आदि हुन सक्छन्‌ । अपाङ्गता भएका मानिसलाई समाजम पनि त्यति राम्रो दृष्टिकोणले हेरिँदैन । उनीहरूलाई घरपरिवारमा पनि हेलाको दृष्टिकोणले हेरिन्छ । खेल्न, खान, सुत्न अरू सरह रमाउने कार्य गर्न उनीहरुलाई सहज हुँदैन ।

 

२. भाब विस्तार गर्नुहोस्‌ :

(क) आफूले जेमा राम्रो गर्न सकिन्छ, त्यसैमा मेहनत गर्ने हो ।

उत्तरः- एउटा मान्छे सबै क्षेत्रमा राम्रो हुन सक्दैन । उसले आफूलाई जे कुरामा राम्रो बनाउन खोजेको हो त्यसैमा मेहनत गर्नु बुद्धिमानी हुन्छ । आफ्नो क्षमता र प्रतिभाको ख्याल नगरी मान्छेले दसतिर पाइला चाल्ने हो भने असफलता बाहेक केही हात लाग्न सक्दैन । अतः मानिसले आफ्नो लागत र रुचिलाई विचार गरी एउटै क्षेत्रमा हात हाली सफलता हासिल गर्नु बुद्धिमानी हुन्छ ।

मानिसका रुचि फरक-फरक हुने गर्छन्‌ । कसैको खेलमा हुन सक्छ भने कसैको कला साहित्यमा । त्यस्तै कसैको रुचि उद्योग धन्दामा त कसैको जागिरमा हुन सक्छ । मानिसले आफ्नो रुचि जेमा छ त्यसैमा मेहनत गर्नु आवश्यक छ । बिना मेहनत जीवनमा सफलता हासिल गर्न सकिन्न । मेहनतले गर्दा ढुङ्गाका सुन्दर मूर्ति बनेझैँ मानिसले मेहनतकै कारण कुनै एक क्षेत्रमा सफलता हासिल गर्न सक्छ । तसर्थ, जीवनलाई सफल बनाउन कुनै एक क्षेत्रमा दक्षता वा विशेषज्ञता हासिल गर्नु आवश्यक छ ।

 

(ख) अपाङ्गता भएकाहरूलाई हेला र तिरस्कार गर्नु मुर्ख्याइँ हो ।

उतर:-मानिसले आफूले चाहेर अपाङ्ग भएको हुन्न । गरिबी, परिस्थिति, विभिन्न प्रतिकूलताका कारण मानिस अपाङ्ग बन्ने गर्छ । जन्मँदै आँखा नदेख्नु, पोलियोले गर्दा हातखुट्टा लुला हुनु वा कुनै कारण अङ्गहरू कमजोर हुनुमा व्यक्तिको दोष हुन्न । अप्राङ्ग हुन कसैको रहर हुन्न । यस्तो धुवसत्यलाई जान्दा जान्दै अपाङ्गताहरूप्रति हेल्ला र तिरस्कार गर्नु मूर्खता सिवाय केही हुन सक्दैन ।

कुनै पनि मानिस रहरले अपाङ्ग भएको हुन्न । परिस्थिति र बाध्यताले अपाङ्ग हुन पुगेको मानिसलाई मानिसहरू हेला र तिरस्कार गर्छन्‌ । उनीहरूमा सद्दे मान्छेमा जस्तै प्रतिभा र क्षमता हुन्छ भन्ने थाहा नपाई हेला र अपमान गर्न पाउँदा गर्व गर्छन्‌ । वास्तवमा अपाङ्गहरूले सपाङ्गले भन्दा उत्कृष्ट काम गरेका प्रशस्त उदाहरण छन्‌ । साहित्यिक तथा साहसिक कामदेखि लिएर कला साहित्य आदिका क्षेत्रमा उनीहरूले उदाहरणीय काम गरेका छन्‌ । त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई हेला र तिरस्कार गर्नु मुर्ख्याइँ हो भन्ने कुरा स्पष्ट हुन्छ ।

 

(ग) इच्छा शक्ति र निरन्तरको प्रयत्न भएका मानिसले ठुला ठुला उपलब्ध हासिल गर्छ।

उतर:- मानिसमा इच्छा शक्ति र निरन्तरको प्रयत्न भएमा उसले जस्तासुकै काम पनि गर्न सक्छ । आँखा नदेख्ने मानिस, बोल्न नसक्ने मानिस, हिँडडुल गर्न नसको मानिसमा इच्छा शक्ति भएमा ठूला भन्दा ठूला कार्य गर्न सक्छन्‌ । साङ्ग, अपाङ्ग जस्तासुकै मानिसमा पनि कुनै कार्य गर्ने दृढ इच्छा शक्ति र निरन्तरको मेहनत भएमा उसले जस्तोसुकै काम गर्न सफल हुन्छन्‌ । मानिसमा आफूले काम गर्ने दृढ इच्छा शक्ति निरन्तरको प्रयत्न भएमा मानिसले ठुला ठुला उपलब्धि हाँसिल गर्न सक्छ तसर्थ हामीले आफूले गर्ने काममा ठलो इच्छा शक्ति र निरन्तर प्रयास गर्नुपर्छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ ।

 

३. परिवर्तित अवस्थामा अपाङ्गता भएकाहरूले चिन्ता लिन किन आवश्यक छैन ? पाठका आधारमा विवेचना गर्नुहोस्‌ ।

उत्तरः- केही वर्ष अघिसम्म अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो जीविकोपार्जन कसरी गर्नै होला भनी चिन्ता लिने गरेको पाइन्छ । दुर्गम गाउँ, गरिबी, भौगोलिक विकटता र सामाजिक विश्वासका कारण मानिसहरू अपाङ्ग हुनेबित्तिकै उसले केही गर्न सक्दैन र राज्यबाट पनि कुनै प्रकारको सहयोग प्राप्त हुँदैन भन्ने सोचाइमा थिए । तर आज धेरै कुरा परिवर्तन भएको छ । शिक्षाको प्रचारले मानिसको चेतनाको स्तर उठेको छ र समाजमा अपाङ्गहरूप्रति हेर्ने दृष्टिकोण र व्यवहार बदलिएको छ । आज संविधानमा अपाङ्गता भएकाहरूका लागि पनि राम्रो व्यवस्था गरिएको छ । त्यसैले परिवर्तित अवस्थामा अपाङ्गता भएकाहरूले चिन्ता लिन आवश्यक छैन ।

निश्चित रूपमा घर परिवारमा अपाङ्ग व्यक्ति भएका परिवारका सदस्यहरूले चिन्ता लिनु स्वाभाविक मान्न सकिन्छ । समाजमा अपाङ्गहरूप्रति गरिने व्यवहार र मान्यतामा अफै पनि परिवर्तन आएको पाइँदैन । यस अपाङ्गले खोइ के गरिखाला भनी सबैले हेला र तिरस्कारको दृष्टिले हेर्छन्‌ । छोराछोरी अपाङ्ग भएमा बाबुआमा बढी नै चिन्तित हुने गर्छन्‌ । सामाजिक रूपान्तरणको स्थिति देखा परे पनि त्यसलाई व्यवहारमा पूर्णतः उतार्न सकिएको छैन । पुरानो सोच र मान्यता राख्ने मानिसहरूले आफ्नो असली चरित्र ऐन मौकामा देखाएरै छाड्छन्‌ । यति भएर पनि आज संवैदानिक स्तरबाटै अपाङ्गताप्रति गरिने व्यवहारलाई निराकरण गर्ने र अपाङ्गमैत्री वातावरण जताततै सिर्जना गर्ने कुरामा जोड दिइएको छ । त्यसैले आजको परिवर्तित अवस्थामा अपाङ्गता भएकाहरूले धेरै चिन्ता लिनु आवश्यक छैन ।

 

४. पाठको शीर्षक म पनि सक्छुकत्तिको उपयुक्त छ ? तर्कसहित आफ्नो धारणा लेख्नुहोस्‌ । 

उत्तरः- म पनि सक्छु भन्नुको तात्पर्य आफू अपाङ्ग भए पनि पढाइका साथै अतिरिक्त क्रियाकलापमा विजय वा सफलता हासिल गर्छु भन्ने हो । यही मर्मलाई यस पाठमा कुमारले आफू अपाङ्ग भए पनि आफ्नो क्षमता र प्रतिभाले अनि निरन्तरको प्रयत्नले जिल्ला स्तरीय चेस तथा कविता प्रतियोगितामा स्वर्णपदक जितेका छन्‌ । साथीभाइले मात्र होइन, समाज तथा घर परिवारले नपत्याए पनि कुमारमा इच्छा शक्ति भएका कारण उनले स्वर्णपदक जित्न सकेका हुन्‌ । उनमा इच्छा शक्ति नहुँदो हो त पक्कै पनि स्वर्ण पदक जित्न सक्ने थिएनन्‌ । उनी आफूलाई सधैँ हेला र तिरस्कार गर्ने साथीहरूलाई पछि पार्दै अधि बढ्न सकेका छन्‌ । उनको मनोबल बढाउनमा आमाबुबा र नेपाली पढाउने शिक्षकको ठुलो हात रहेको छ । नेपाली पढाउने शिक्षकले अपाङ्गता भएका व्यक्तिहरूले साहित्य, कला आदिका क्षेत्रमा मात्र होइन, साहसिक काम गरेका प्रशस्त उदाहरण दिएर उनको हौसला बढाइदिएका थिए । त्यही प्रेरणाले उनमा इच्छा शक्ति जाग्यो र सफलता हात पारे । त्यसैले कुमार जस्तो अपाङ्गता भएका व्यक्तिले सफलता प्राप्त गरेकाले, “म पनि सक्छु’ मनोवादको शीर्षक विषयवस्तु अनुकूल छ र पर्याप्त मात्रा उपयुक्त छ भन्न सकिन्छ ।