पाठ- १२ क्लारा जेटकिन

पाठ- १२

क्लारा जेटकिन

१. तलका शब्द /पदावलीलाई वाक्यमा प्रयोग गर्नुहोस्‌ ।

(गुणस्तरीय जीवन, मानव अधिकार, मताधिकार, औपचारिक, प्रसिद्धि, होनहार अविस्मरणीय, स्तुत्य)

उतर:-

गुणस्तरीय जीवन – हरेक मानिस गुणस्तरीय जीवन बाँच्न चाहन्छ ।

मानव अधिकार – हरेक स्थानमा मानव अधिकारको संरक्षण हुनुपर्छ ।

मताधिकार – जर्मनमा धेरै अगाडि महिलाहरूलाई मताधिकार थिएन्‌ ।

औपचारिक – क्लारा औपचारिक विवाह गर्न चाहन्थिन तर आफूले जर्मनी नागरिकता त्याग्नु पर्ने भएकाले उनले ओसिपसँग बिवाह गरिन्‌ ।

प्रसिद्धि :- क्लाराले आफ्नो पहिलो श्रीमान्‌को थर जोडेर प्रसिद्धि पाइन्‌ ।

होनहार – विश्वकी एक होनहार छोरी क्लाराको निधन सन्‌ १९३३ मा भयो।

अविस्मरणीय – क्लाराको योगदान अविस्मरणीय छ । स्तुत्य – श्रमिक वर्गको हक हितका विषयमा पनि क्लाराका विचार सङ्घर्ष स्तुत्य छन्‌ ।

 

२. तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्‌ :

(क) क्लारा कसरी ओसिपसँग नजिक भइन्‌?

उतर:- ओसिपको वैज्ञानिक समाजवादी विचारबाट प्रभावित भएर क्लारा उनको नजिक भइन्‌ ।

 

(ख) क्लाराको दोस्रो विवाह कोसँग कहिले भयो र उनीहरूको दाम्पत्य जीवनव कहिलेसम्म कायम भयो?

उतर:- क्लाराको दोस्रो विवाह फ्रेडरिक जन्डलसँग सन्‌ १८९९ मा भयो । उनीहरूको दाम्पत्य जीवन सन्‌ १९२६ सम्म रहयो ।

 

(ग) क्लारा जेटकिनको आफू संलग्न भएको पार्टीसँग कुन विषयमा मतभेद भयो?

उतर:- क्लारा जेटकिनको आफू संलग्न भएको पार्टीसँग राजनीतिक पार्टीमा महिला सहभागिताको विषयमा मतभेद भयो ।

 

(घ) क्लारा विश्वयुद्धको विरुद्धमा किन लागिन्‌?

उतर:- विश्वयुद्ध धनी राष्ट्रहरूको हतियार बेच्ने बाहाना मात्रै हो, यसले आम श्रमिकको हित गर्दैन भनेर क्लारा विश्वयुद्धको विरुद्धमा लागिन्‌ ।

 

(ङ) क्लाराको मृत्यु कहाँ र कहिले भयो?

उतर:- क्लाराको मृत्यु २० जुन १९३३ मा सोभियत सङ्घमा भयो ।

 

३. क्लारा जेटकिन अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता हुन्‌, पुष्टि गर्नुहोस्‌ ।

उतर:- ” सन १८५७ जुलाई ५ का दिन जर्मनीको एक्सोनी प्रदेशको गाउँमा जम्निएकी क्लारा जेटकिन १५ वर्षको उमेरमा माध्यमिक शिक्षा उत्तीर्ण गरेकी थिइन्‌ । त्यतिबेला महिलालाई विश्वविद्यालय शिक्षा ग्रहण गर्न त्यति सहज थिएन । त्यतिवेला महिलालाई मतदानको अधिकार थिएन । महिलाले पुरुषको अनुमति बिना घरबाहिर जान पाउँदैनथे । राजनैतिक पार्टीमा महिला संलग्नता प्रतिबन्धित थियो ।

महिलामाथि यस प्रकारका विभेदहरू क्लारालाई मन परेको थिएन । हर समय महिलालाई कसरी अधिकार प्राप्त बनाउन सकिन्छ भनेर सोचिरहन्थिन्‌ । त्यतिबेला जर्मन बाहिर महिला अधिकारका विषयमा छलफल हुन थालिसकेको थियो त्यसपछि उनी विभिन्न महिलाहरूको पक्षमा काम गर्ने संस्थाहरूको सम्पर्कमा पुगिन्‌ । त्यतिखेर जर्मन सरकारले समाजवादीहरूप्रति प्रतिबन्ध लगाएको थियो । जर्मन सरकारले त्यो प्रतिबन्ध सन्‌ १५९० मा फुकुवा गरयो । यसपछि उनी जर्मन सोसल डेमोक्रेटिक पार्टीमा रहेर काम गर्न थालिन्‌ । औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्न नपाइने भएकाले उनले लामो समयसम्म अनौपचारिक रूपमै भए पनि पार्टीमा सक्रिय रहिन्‌ । त्यही सङ्घर्षकै कारण सन्‌ १९०६ मा उनी पार्टी शिक्षा केन्द्रिय समितिकी सदस्य बनिन्‌ । उनले त्यहाँ रहँदा महिलाहरूलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नता हुनुपर्छ भनी आवाज उठाइन्‌ र अन्तत: सन्‌ १९०८ मा त्यो अधिकार स्थापित भयो । यसपछि उनले जर्मनका श्रमिक महिलाहरूलाई सङ्गठित गरेर आन्तर्राष्ट्रिय महिला आन्दोलनकी अगुवा भइन्‌ ।

सन्‌ १९०७ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट उनी सचिव चुनिएर सन्‌ १९१७ सम्म त्यही पदमा रहिन्‌ । सन्‌ १९१० मा कोपन हेगेनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताब राखिन्‌ । त्यो प्रस्ताव पारित भयो र सन्‌ १९११ देखि हरेक मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ ।

यसरी राज्यले दोस्रो दर्जाको रूपमा राखेकी नारीलाई पूर्णरूपमा स्वतन्त्र र पुरुष सरह बनाएर मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव लगेर पास गराएका कारण उनलाई अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता भनिन्छ ।

 

४. महिला हक अधिकारका लागि क्लारा जेटकिनले के कस्ता काम गरिन्‌, विवेचना

गर्नुहोस्‌ ।

उतर:- उच्चशिक्षा, स्वास्थ्य,रोजगार, मताधिकार जस्ता मानिसका महत्त्वपूर्ण आवश्यकताबाट बञ्चित महिलाहरूलाई जर्मनमा क्लारा जेटकिनले ठूलो सङ्घर्ष पछि ती मानवीय आवश्यकता दिलाएकी थिएन्‌ ।

सन्‌ १८५७ जुलाई ५ मा जर्मनीको सक्सोनी प्रदेशको एउटा सानो गाउँमा जन्मिएकी क्लारा जेटकिनले तीक्ष्ण बृद्धिका कारण १५ वर्षकै उमेरमा माध्यमिक शिक्षा उत्तीर्ण गरेकी थिइन्‌ । जर्मनमा त्यतिखेर महिलालाई उच्च शिक्षाका लागि अवसर थिएन । त्यतिवेला महिलालाई दोस्रो दर्जाको मानिस जस्तो व्यवहार गरिन्थ्यो । उनीहरूलाई उच्च शिक्षा लिनबाट बञ्चित गरिएको थियो । महिलाहरूलाई रोजगारीको अवसर थिएन्‌ । घरबाहिर जानु पर्यो भने पुरुषको स्वीकृति लिनु पर्थ्यो राजनीतिक पार्टीमा मतदान गर्ने अधिकार महिलाहरूमा थिएन । राजनीतिक पार्टी खोल्ने पार्टीमा संलग्न हुने अधिकार महिलामा थिएन । महिलालाई बजारीया  वस्तु सरह हेरिन्थ्यो । श्रममा पनि महिलाहरूलाई शोषण गरिन्थ्यो । यति धिरै उत्पीडन देखेर क्लाराले महिलालाई कसरी अधिकार दिलाउन सकिन्छ भनी सोच्न थालिन । जर्मन बाहेक अन्य राष्ट्रहरूमा महिला उन्मुक्ति का विषयमा कुराहरू उठ्न थालिसकेका थिए । त्यसैले क्लारा महिलाहरूको उन्मुक्तिका लागि काम गर्ने संस्थाहरूसँग पुगिन्‌ ।

समाजमा समाजवादीहरूको बढ्दो सक्रियताका कारण तत्काल जर्मन सरकाले सन् १८७८ मा समाजवादीहरू माथि प्रतिबन्ध लगाएकाले क्लाराले आफ्नो जर्मन सरकारले फुकुवा गरयो । सन् १८९० मा समाजवादीहरूप्रतिको प्रतिबन्ध जर्मन सरकारले फुकुवा गरयो । यसपछि क्लारा राजनीतिमा संलग्न भइन्‌ । अनौपचारिक रूपमा संलग्न भएकी क्लाराको सङ्घर्षका कारण सन् १९०७ मा उनी शिक्षा केन्द्रीय समितिको सदस्य भइन्‌ । उनले त्यहाँ महिलाका पक्षमा आवाज उठाइन्‌ । महिलाहरूलाई राजनीतिक औपचारिक संलग्नता हुनु पर्छ भन्ने मूल कुरालाई सन्‌ १९०८ मा स्थापितँ गराएरै छाडिन्‌ । यसपछि उनले जर्मनका श्रमिक महिलाहरूलाई पुरुष सरहको अधिकार दिलाइन्‌ । यसरी उनी अन्तर्राष्ट्रिय महिला आन्दोलनकी एक अगुवा भइन्‌ । यसरी महिलाहरूको हकै अधिकार संरक्षण र सुरक्षित गर्ने कार्यमा लागेकी क्लारा सन्‌ १९०७ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट सचिव पदमा चुनिइन्‌ । सन्‌ १९१० मा को पोनहेगेनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले हरेक ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्तावलाई पारित गराएर महिला हक अधिकार स्थापित गरिन् ।

यसरी महिलाहरूलाई समाजका पुरुष सोसरह हक र अधिकार दिलाउने कार्यमा क्लारा जेकटिनले ठूलो योगदान दिएकी छन्‌ ।

 

५. कनै हिमाल आरोहण गर्दाको अनुभव गरी २५०-३०० शब्दसम्मको रचना तयार पार्नुहोस्‌ । 

उतर:- अग्ला अग्ला पहाड र हिमचुलीमा चढ्ने कार्यलाई हिमाल आरोहण भनिन्छ । हिमाल आरोहण मानिसको सोखको कुरा हो । यस्तो सोख सबैमा हुँदैन । कसैमा पहाड चढ्ने तीव्र चाहना हुन्छ भन्ने कसैलाई हुँदैन । कतिपय मानिसले हिमाल आरोहणलाई आफ्नो पेसा नै बनाएका हुन्छन्‌ । हिमाल आरोहण गर्दा असङ्ख्य डाडाकाँडा, अग्ला हिमालहरू हिड्नु पर्ने हुन्छ । मलाई हिमाल आरोहण गर्न सारै मन पर्छ ।

नेपालको धेरै ठाउँबाट देखिने मकालु हिमाल आरोहण गर्न भनी हामी तीन भाइ मदनराज बराल, म र हरिश सागवान धरानबाट उकालो लाग्यौँ । हामी बिहान ७:०० बजेतिर हरिशले व्यवस्था गरेको गाडीमा टुटे देउराली भन्ने ठाउँसम्म गयौँ । त्यहाँ हामीले नास्ता खाँदा लगभग १०:०० बजेको थियो । त्यहाँबाट हामीले पैदल हिड्नु थियो । मदन सर मकालु हिमालको काखमा हुर्किएको मानिस, हरिश ट्रेकिङ गर्न मन पराउने, म चाहिँ त्यति हिड्न नसक्ने । हामी विस्तारै त्यहाँबाट हिड्न सुरू गर्यौं । सुरुमा गुराँसको जङ्गल देख्दा अत्यन्तै खुसी लाग्यो । त्यति नजिकबाट गुराँसको फूल र गुराँसको जङ्गल मैले चाहिँ कहिल्यै देखेको थिइन्‌ । मेरो हिँडाइका कारण हाम्रो हिँडाइ ढिलो भयो । हामी साँझमा पनि बस्ने ठाउँ गुफा पोखरी पुग्न सकेनौँ । रातिको समय, शरीरमा पानीको कमी भएर होला म हिँड्नै सकिन ।

मेरो अवस्था देखेर मदन सर र हरिश दुबैले पालै पालो मेरो झोला बोकिदिनु भयो । लाइट बालेर हामी लगभग १०:०० बजेतिर गुफा पोखरी पुग्यौं । त्यहाँ बास बस्यौं । अत्यन्तै थकाइ लागेकाले बिहान अबेरसम्म सुत्यौं । बिहान नास्ता खाना खाएर हामी बाहिर हिमालको अवलोकन गर्न निस्कियौं । आकाश खुल्ला भएकाले हामीले हाम्रै आँखा अगाडि मकालु हिमाललाई देख्न पाउँदा अत्यन्तै खुसी भयौँ । बिहान हामी मकालु हिमाल हेर्न भनेर त्यहाँबाट हिड्यौ । हिड्दा बाटामा अनेक मठ-मन्दिरहरू भेट्यौँ । सात दिनको हिडाइ पछि हामी मकालु हिमालको फेदिमा पुग्यौँ । अत्यन्तै जाडो ठाउँ भएकाले हामीले लगेको लुगाहरू अत्यन्तै कमी भयो । मकालु हिमाललाई नजिक बाट हेर्दा पाएको अलौकिक आनन्दले हाम्रा हिँडाइका सारा दुःखहरू मेटिएका थिए ।

यसरी १५ दिनको हिँडाइ पश्चात्‌ हामी पुन: आ-आफ्ना घर फर्कियौ । यसरी हिमाल आरोहण गर्न भनी हिँडेका हामी तीन जना साथीहरू हिमालको फेदीमा पुगेर फर्कियौं । त्यो यात्रामा अनेकन दुःख कष्ट हामीले भोग्यौं तर त्यहाँ पुगेपछि हामीले ती सारा कष्टहरू बिर्सियौं । आजपनि ती दृश्यहरूको सम्झनामा म घण्टौं हराउन सक्छु । त्यो हिमाल आरोहण गर्दाको मेरो अनुभव अविस्मरणीय र अलौकिक रहयो ।