पाठः- ३ सन्दुक रुइत

सन्दुक रुइत

१. तलका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस्‌ :

क) रुइतको बाल्यकाल कस्तो थियो ?

उतर:- ताप्लेजुङ जिल्लाको अति नै दुर्गम मानिएको ओलाङचुङगोलाको सुन्दर प्रकृतिको काखमा सन्दुक रुइतको बाल्यकाल बित्यो । चिनसँग सिमाना जोडिएको ओलाङचुङगोला तमोर नदीको सिरानमा पर्छ तर उनको घर अलि तल खोचमा थियो । त्यही होचो ठाउँमा उनी प्रत्येक बिहान डाँडापाखा रातै फुलेका फुलहरू हेरेर मुर्ध हुन्थे र सेताम्मे देखिने हिमालहरू हेरेर रमाउँदै आमाबुबा र साथीभाइसँग बेरोकटोक खेल्न र रमाउन पाएका रुइतको बाल्यकाल असाध्यै रमाइलो र लोभलाग्दो थियो । उनी पढ्नका लागि दार्जिलिङ गएपछि भने उनको जीवन बढी सङ्घर्षशील बन्यो । उनले परदेशमा बस्दा अनेक दु:खकष्ट भोग्नुपर्यो । प्रारम्भमा उनको बाल्यकाल निकै आनन्दको थियो भने पढाइ सुरु गरेपछि सङ्घर्षपूर्ण बन्यो । बर्सौसम्म घर परिवारबाट टाढा बस्नुपर्दा उनलाई दिक्क लाग्थ्यो तर पनि उनले हिम्मत नहारी अध्ययन गरे र जीवनमा सफलता पाए ।

 

ख) सन्दुक रुइतले डाक्टर बन्ने अठोट कसरी पुरा गरे

उतर:- आफ्नो छोरो सन्दुक डाक्टर बनोस्‌ भन्ने इच्छा उनका बाबु थियो। उनले सिद्धार्थ बनस्थली स्कुलबाट वि.सं. २०२५ सालमा प्रवेशिका उत्तीर्ण गरी त्रिचन्द्र कलेजबाट आइ.एस्सी. पूरा गरे । डाक्टर बन्ने सपना बोकेका रुइतले वि.सं. २०२९ मा एम.वि.वि.एस. पढ्न भारतको लखनउस्थित किङगस्‌ जर्ज मेडिकल कलेजमा छात्रवृत्ति पाएँ । त्यहाँबाट एम.बि.बि.एस. पास गरेपछि उनको डाक्टर बन्ने अठोट पूरा भयो ।

 

ग) रुइ्तेक्टोमी के हो र यसमार्फत कसरी आँखा उपचार गरिन्छ ?

उतर:- मोतीबिन्दु भएका बिरामीलाई नवीन प्रविधिबाट शल्यक्रिया गरी उपचार गरिने रुइतद्वारा प्रतिपादित नयाँ उपचार विधि रुइतेक्टोमी हो । यसमा मोतीबिन्दु भएका बिरामीलाई नयाँ प्रविधिबाट शल्यक्रिया गरी ‘इन्ट्रओकुरलेन्स’ लगाई आँखाको उपचार गरिन्छ ।

 

घ) सन्दुक रुइत कसरी विश्वका चर्चित र सफल डाक्टर बने

उतर:- पुरानो र खर्चिलो विधिबाट आँखाको मोतीबिन्दुको उपचार गर्ने विधि विपरीत सन्दुक एउटा सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे । अनुसन्धान क्रममा शल्यक्रिया गर्दै जाँदा उनले नयाँ प्रविधिको अविष्कार गरे । उनले अविस्कार गरेको प्रविधि सबैभन्दा सस्तो र भरपर्दो सावित भयो । उनले आँखामा मोतिबिन्दु भएका बिरामीका लागि एउटा ‘इन्ट्राओकुर लेन्स’  को विकास गरे । उनले निर्माण गरेको उपचार पद्धतिलाई संसारमा प्रचार गर्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, समाजसेवी तथा साहित्यकार लगायतले सहयोग गरेका कारण उनी विश्वका चर्चित र सफल डाक्टर बन्न पुगे ।

 

ङ) सन्दुक रुइतको जीवनबाट के-कस्तो प्रेरणा पाउन सकिन्छ ।

उतर:- भौगोलिक रुपमा विकट हिमाली क्षेत्रको मध्यमवर्गीय परिवारमा जन्मिएका सन्दुक रुइतले बाल्यकालमा अभिभावकबाट टाढिएर अध्ययन गरेका थिए ।। अध्ययन गर्ने स्थान बन्दा घर टाढा भएकोले चार पाँच वर्षसम्म पनि आफ्ना अभिभावकसँग भेट नगरी अध्ययन गर्न बाध्य भएका थिए । आफ्नो लगनशीलता र मिहिनेतले गर्दा उनी डाक्टरी पढ्न सफल भए । आँखाको डाक्टर बलेका रुइतले संसारकै सस्तो पद्धतिबाट मोतिबिन्दुको उपचार गर्ने नवीन पद्धति पत्ता लगाए । तसर्थ सन्दुकको जिवनी बाट हामीले मिहिनेत परिश्रम गर्नुपर्छ भन्ने प्रेरणा पाउन सकिन्छ ।

 

२. पाठको बारौँ अनुच्छेदबाट मुख्य पाँच ओटा बुन्दा टिप्नुहोस ।

उतर:- बुँदाहरू

क) बढ्दो प्रविधिसँगै अहिले विश्वमै आँखाको समस्या गम्भीर रूपमा देखा पर्नु,

ख) हरिया सागसब्जी, फलफूल, गेडागुडी, दुध आदि खाद्य वस्तुले आँखालाइ फाइदा गर्छ भने चुरोट र रक्सी, मोवाइल, कम्प्युटर, टेलिभिजन आदिको प्रयोगले आँखालाई बेफाइदा गर्नु,

ग) हाल रुइतले तिलगङ्गा आँखा केन्द्रलाई कर्मथलो बनाएका,

घ) तिलगंगा आँखा अस्पताललाई एसिया क्षेत्रकै प्रमुख तालिम केन्द्र बनाउने सपना रूइतले देख्नु,

ङ) आगामी दिनमा उनले विश्वका करिब नौ दस ओटा देशमा तिलगङ्गा जस्तै आँखा अस्पताल र अनुसन्धान शाखा खोल्ने योजना बनाउनु,

 

३. भाव स्पष्ट गर्नुहोस्‌ :

क) प्रत्येक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ ।

उतर:- मानिसको आ-आफ्नै पहिचान हुन्छ । कुनै पनि मानिसको आफ्नो जातीय पहिचान हन्छ । मानिसले आफ्नो जातीय पहिचानलाई माथि उठाउन ठूलो प्रयास गरेक  हुन्छ । त्यतिमात्र होइन आफ्नो जातको भाषा र धर्मलाई पनि मानिसले समाजमा स्थापना गर्न खोजिरहेको हुन्छ । मानिस आफ्नो जातीय, धार्मिक र भाषिक पहिचानलाई समाजमा स्थापित गर्न चाहन्छ । आफ्नो जातिले प्रयोग गर्ने भाषा अन्य व्यक्तिहरूले पनि प्रयोग गरुन, आफ्नो भाषामा साहित्य सिर्जना होस्‌, आफ्नो जातीय पहिचान आफ्नो भाषा र धर्मले गरोस्‌ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ।

 

(ख) नेपालको एउटा दुर्गम गाउँमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन्‌।

उतर:- नेपालको उच्च हिमाली क्षेत्रमा जन्मिएका रुइतले दार्जिलिङमा पढी आफ्नो बाबुको डाक्टर बन्ने इच्छालाई पूरा गरे । आफ्नो अध्ययनलाई पूरा गरेपछि उनी आँखाका डाक्टर बने । उनले आँखाको उपचार गर्ने पुरानो र महङ्गो विधिलाई हटाएर सस्तो अनि सरल विधि पत्ता लगाए । उनले मोतीबिन्दको शल्यक्रिया भिडियोमार्फत हुन्छ भन्ने कुरालाई संसारभर बताइदिए । उनले नेपालमा तिलगङ्गा आँखा उपचार केन्द्र खोले जुन कुरालाई विश्वका उत्कृष्ट सञ्चार माध्यमहरूले प्रचारप्रसार गरिदिए भन्ने आशयलाई माथिको गरधांशले व्यक्त भएको छ ।