पाठ:-१२
जलस्रोत र ऊर्जा
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् :
अथाह : ज्यादै धेरै
नौका : डुङ्गा
अलावा : अतिरिक्त
ख्तियार : नियम कानुनद्वारा दिइएको अधिकार
नित्य : सधैं
सर्वेक्षण : कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरीक्षण
निकाय : कुनै संस्था वा सदन
२.मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्:
(क) नेपाल प्राकृतिक ………… दृष्टिले संसारकै एउटा धनी देश हो ।
उत्तर: नेपाल प्राकृतिक सम्पदाका दृष्टिले संसारकै एउटा धनी देश हो।
(ख) घरायसी रूपमै पनि जलविद्युत्काे खपत बढाउन …… नीति ……… गर्नु जरुरी छ।
उत्तर: घरायसी रूपमै पनि जलविद्युत्को खपत बढाउन हौस्याउने नीति अख्तियार गर्नु जरुरी छ।
(ग) ………… आदिको सुविधाले नेपालको पर्यटनलाई दरिलो बनाएको छ।
उत्तर: नौका विहार आदिको सुविधाले नेपालको पर्यटनलाई दरिलो बनाएको छ ।
(घ) नेपालको अर्थतन्त्र ……… हुन्छ र देशोन्नतिका सिँढीहरू थपिन्छन् ।
उत्तर: नेपालको अर्थतन्त्र चलायमान हुन्छ र देशोन्नतिका सिँढीहरू थपिन्छन् ।
(ङ) नेपालको विकासमा …….. सर्वोपरि महत्त्व छ ।
उत्तर: नेपालको विकासमा जलश्रोतको सर्वोपरि महत्त्व छ।
३. दिइएका शब्दहरूको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
कृत्रिम, विपन्न, प्राचीन, साँघुरो, आन्तरिक, सङ्कुचन, कुरूप, सदुपयोग, व्यय, अटुट, विष
कृत्रिम – प्राकृतिक
विपन्न – सम्पन्न
प्राचीन – आधुनिक
साँधुरो – फराकिलो
आन्तरिक – बाह्य
सङ्कुचन – विस्तार
कुरूप – सुन्दर
सदुपयोग – दुरुपयोग
व्यय – आय
अटुट – अटल
विष – अमृत
४. दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात
मञ्चासीन = मिनाले वक्तृत्वकला प्रतियोगितामा बोल्दा मञ्चासीन सबै व्यक्तिलाई सम्बोधन गरिन्।
द्रुततर = द्रुततर गतिमा बगेका नदीहरूलाई हामीले सदुपयोग गर्नुपर्छ।
सामर्थ्य = देश बनाउने सामर्थ्य देशबासीमा हुनुपर्छ।
खपत = हाम्रो देशमा उत्पादन गरेको विद्युत यहीं खपत गर्नुपर्छ ।
पैनी = अब हामीले पैनीका माध्यमबाट खेतका गह्रा गह्रामा पानी पुयाउनु पर्छ।
उर्वरा = माटोको उर्वरा शक्तिलाई नाश गर्नु हुँदैन ।
अभियान = अब हामीले ‘गाउँ बनाऔं’ अभियान चलाउनु पर्छ।
सङ्कट = उच्च हिमालमा रहेका कतिपय तालहरू उच्च सङ्कटमा परेका छन्।
गगनचुम्बी = हाम्रो देशमा कति हिमालहरू गगनचुम्बी छन् ।
अन्नामृत = तराई क्षेत्रका फाँटहरूले हामीलाई अन्नामृत प्रदान गरेका छन्।
निर्यात = अब हामीले हाम्रो देशको स्वच्छ पानीलाई बोतलमा हालेर निर्यात गर्नुपर्छ।
५. तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्:
सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी
उत्तर: प्रकृतिको सुन्दरताले भरिपूर्ण भएको देश नेपाल सानो छ तर यहाँ स्वर्गको अनुभव हुन्छ । खोलानाला, पहाड, वन, जङ्गल, वन्यजन्तु आदिका कारण यो देश पर्यटकीय गन्तव्य बन्न पुगेको छ । यसलाई हामीले देशोन्नतिको सिँढी बनाउनु पर्छ । यहाँको सेतो सुन (पानी) कृषिजन्य उत्पादन र पर्यटन व्यवसायलाई विकास गर्न सके देशले छिट्टे काँचुली फेर्ने थियो । यहाँ एक पटक आएर प्रकृतिको छटालाई नियाल्ने पर्यटक फेरि आउन चाहन्छ । फेवाको फैलावट, राराको रमिता, गण्डकीको गहिराई र चमत्कारी पानीले हाम्रो सम्पन्नताको ढोका खोल्दै छ । त्यसैले अब हामीले आफ्नो बारेमा होइन देशका बारेमा सोच्नु पर्छ ।
बोध र अभिव्यक्ति
१. ‘जलस्रोत र ऊर्जा पाठ पढी दिइएका प्रश्नको उत्तर दिनुहोस्:
(क) पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
उत्तर: पहिलो वक्ताले छ अनुच्छेद र दोस्रो वक्ताले आठ अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ।
(ख) वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरिएको छ ?
उत्तर: विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रमको अध्यक्ष, तीन जना शिक्षकहरू निर्णायक, एक जना शिक्षक समय पालक राखेर क्रमश: प्रतियोगी विद्यार्थीहरूलाई उद्घोषकले बोलाएर आफ्नो वक्तृता प्रस्तुत गर्ने । अन्त्यमा निर्णायकले निर्णय सुनाउने र अध्यक्षले पुरस्कृत विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी कार्यक्रम टुङ्ग्याउने विधिलाई पाठमा प्रस्तुत गरिएको छ।
(ग) पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?
उत्तर: पहिलो वक्ताले जलस्रोतमा हिमाल, समुद्र, नदीनाला, झरना, छहरा, तालतलैया, आफै पानी
निस्कने मूलहरू, इनार, ट्युबवेल तथा वर्षादलाई समेटेको छ ।
(घ) दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?
उत्तर: पहिलो वक्ताले सेतो सुनका रूपमा परिचित पानीलाई हामीले सही सदुपयोग गरेमा नेपालको विकास गर्न सकिन्छ भनी वक्तृता समापन गरेका छन् भने दोस्रो वक्ताले जलस्रोतलाई सदुपयोग गर्न सके हामीले बेरोजगार हुनुपर्ने छैन भनी वक्तृता समापन गरेका छन्।
(ङ) नेपालमा उपलब्ध जलस्रोत के के हुन् ?
उत्तर: नेपालमा उपलब्ध जलस्रोतहरू हिमाल, नदीनाला, झरना, छहरा, तालतलैया, आफैँ पानी
निस्कने मूलहरू, इनार, ट्यूबवेल, वर्षाद् हुन् ।
२. “नेपालमा जलस्रोतको…वातावरण तयार गर्नुपर्छ” वक्तृतांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्ः
(क) नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
उत्तर: नेपाली जलराशिमा ८३ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने क्षमता छ।
(ख) के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?
उत्तर: नेपालमा भएको जलस्रोतको सम्पूर्ण क्षमताको पचास प्रतिशत मात्रै विद्युत् उत्पादन गर्न सके
देशको आर्थिक समृद्धि हुने सम्भावना छ ।
(ग) विद्युत्को खपत कसरी बढाउन सकिन्छ ?
उत्तर: राज्यले विद्युत्सँग सम्बद्ध उद्योग, कलकारखानाहरू खोल्ने, घरायसी रूपमै विद्युत्को खपत बढाउन हौस्याउने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत् विदेश पुर्याउन सके विद्युत्को खपत बढाउन सकिन्छ।
(घ) जल विद्युतीकरणका लागि नेपालको भूभाग किन उपयुक्त मानिएको छ ?
उत्तर: बाह्रै महिना परिरहने हिउँ नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटका कारण जल विद्युतीकरणका लागि नेपालको भूगोल उपयुक्त मानिएको छ।
३. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्।
प्रश्नहरू:
(क) जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ ?
उत्तर: जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो पूर्वाधार विकासका योजना निर्माण गरी विदेसिने युवा शक्तिलाई प्रयोग गरेर कार्यान्वयन गरेमा यस क्षेत्रमा दिगो विकास गर्न सकिन्छ।
(ख) राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको कस्तो भूमिका हुन्छ ?
उत्तर: भूमिमा पर्याप्त सिँचाइ पुर्याउन सके राष्ट्रले खाद्यान्नमा परनिर्भर हुनुपर्दैन । राष्ट्रले खाद्यान्नमा खर्च गर्नुपर्ने नभएपछि राष्ट्रको अर्थतन्त्र केही हदसम्म सबल हुन्छ । सम्पूर्ण उर्वर भूमिलाई सिचाइ पुर्याएर उत्पादित खाद्यान्न निर्यात गर्न सकेमा राष्ट्रको अर्थतन्त्र दह्रो हुने भएकाले राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको भूमिका महत्त्वपूर्ण हुन्छ ।
४. ‘जलस्रोत र ऊर्जा’ विषयक बक्तृताका दुबै वक्ताहरूले आफ्नो बक्तृतालाई प्रभावकारी बनाउन के कस्ता सहायक तर्क वा तथ्यहरू पेस गरेका छन्, दुवैको वक्तृताबाट कम्तीमा तीन तीनओटा बँदाहरू टिपोट गर्नुहोस्।
उत्तर: पहिलो बक्ताका बँदाहरू:
– हामीसँग समुद्रबाहेक पानीका सबै खाले स्रोतहरू भएकाले यसलाई सही रूपमा सदुपयोग गर्नसके राज्यले काँचुली फेर्ने,
– बाह्रै महिना परिरहने हिउँ, नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटको सहमिलनबाट यहाँ ८३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्ने क्षमता रहेको,
– भमिमा सिँचाइ गरी पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिने र नेपाली युवाहरूलाई आफ्नै भूमिमा काम दिन सकिने,
दोस्रो वक्ताका बँदाहरू:
– हाम्रो देशमा भएका नदीहरूलाई सिँचाइमा प्रयोग गर्न सके धरती हराभरा हुने र पोषणयुक्त अन्नामृत उत्पादन गर्न सकिने,
– जलस्रोतबाट पर्याप्त विद्युत् उत्पादन गरी ठुला ठुला कलकारखाना खोलेर रोजगारीको अवसर सिर्जना गर्न सकिने,
– हाम्रो देशमा पाइने शुद्ध पानीलाई विश्वबजारमा लगी बेच्ने, हाम्रो देशमा उत्पादित फलफूललाई विश्वमा लगी बेचेर समृद्ध हुनुपर्ने ।
५. माथिको ‘जलस्रोत र ऊर्जा’ वक्तृता विषय पढी त्यसमा अपुग विषयहरू के के हुन्, कक्षामा छलफल गरी लेख्नुहोस् ।
– विद्युत् उत्पादन गर्दा लाग्ने खर्च स्वदेशका जनताबाटै राज्यले सेयरका रूपमा माग गर्नुपर्छ ।
– विदेश जान चाहने युवाको लगानी र श्रम नेपालको जलस्रोत र ऊर्जामा खर्च गर्नुपर्छ र कामदारलाई नै त्यहाँको मालिक बनाउनु पर्छ।
– उब्जनी हुने स्थान र उब्जनी नहुने जमिनलाई वर्गीकरण गरी उब्जनी हुने स्थानमा सिँचाइको व्यवस्था गर्नुपर्छ र उब्जनी नहुने स्थानमा गुरुयोजना बनाई सहरीकरण गर्नुपर्छ ।
– यहाँ उत्पादन हुने जडिबुटी, खाद्यान्न, फलफूल आदिलाई प्राथमिकता दिनुपर्छ।