एकाई-७, पाठ-८:- तरकारीको बिउ उत्पादन र भण्डारण

पाठ-८

तरकारीको बिउ उत्पादन र भण्डारण

अभ्यास

. तरकारी उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाऊ।

उत्तर:- तरकारीको बिउ उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्न अनुसार छ:

  • तरकारीको बिउ उत्पादन गर्दा सर्वप्रथम बिउको छनोट गरी उपयुक्त स्थानमा बिउ रोप्ने वा छर्ने गर्नु पर्छ।
  • बिउ उत्पादन गर्दा अन्य बिउको परसेचनबाट गुण मिसिनबाट बालीलाई बचाउनुपर्छ ।
  • समय समयमा आवश्यकता अनुसार सिँचाइ र गोडमेल गनुपर्छ।
  • निश्चित समय पुगेपछि मात्र बिउको परिपक्क हुने भएकाले सोही अनुसार टिप्नु वा बाली भित्र्यानु पर्छ।
  • बिउ दाना छुट्याउने र सफा गर्ने गर्नुपर्छ।
  • १२ डिग्री तापक्रममा चिस्यान हुँदासम्म सुकाउनुपर्छ।
  • प्रयोगशालामा ल्याव टेस्ट गरी प्रमाणीकरण गर्नुपर्छ।
  • बिउलाई विभिन्न प्रकारका प्याकेज बनाई लेबलिङ गर्नुपर्छ।

२. तरकारीको बिउ उत्पादन गर्दा तरकारी खेती गर्दा भन्दा बढी लागत लाग्छ, किन ? 

उत्तर:- तरकारी प्रकृति अनुसार फरक फरक तरिकाले तरकारीका बिउ उत्पादन गरिन्छ। विउ उत्पादन गर्न विभिन्न कुराहरूमा विशेष ध्यान पुयाउनु पर्छ । विभिन्न जात अनुसार तरकारी उत्पादन गर्न करिब तीन महिना लाग्छ भने बिउ उत्पादनका लागि करिब नौ महिना लाग्छ। बिउ उत्पादन गर्दा समय र श्रम वढी लाग्ने हुँदा तरकारी खेती गर्दा भन्दा बीज उत्पादन गर्दा बढी लागत लाग्छ।

Leave a Reply