एकाई-३, पाठ-५:- वैदेशिक रोजगारीका अवसर र चुनौतीहरु

पाठ -५

वैदेशिक रोजगारीका अवसर र चुनौतीहरु

 अभ्यास

१. वैदेशिक रोजगारीका कुनै पाँच ओटा अवसर उल्लेख गर । 

उत्तर:- वैदेशिक रोजगारीका कुनै पाँच ओटा अवसर निम्नलिखित छन् l

i)  वैदेशिक रोजगारीका कारण देश विदेश घुम्न पाइन्छ ।

ii)  फरक रहनसहन, भाषा संस्कृति, भौगौलिक परिवेशबारे जानकारी हुन्छ।

iii)  वैज्ञानिक सिप, ज्ञान, दक्षता र प्रविधिका बारेमा जानकारी हुन्छ।

iv)  वैदेशिक रोजगारबाट आयमा वृद्धि हुन्छ ।

v)  विभिन्न देशका मानिससँग चिनजान हुन्छ, सम्पर्क बढ्छ ।

२. वैदेशिक रोजगारीमा हुने चुनौती के के हुन् ?

उत्तर:- वैदेशिक रोजगारीमा हुने चुनौतीहरु निम्न लिखित छन्:

i)  वैदेशिक रोजगारीमा जाँदा त्यहाँको बोलीचाली, रहनसहन भिन्न हुनाले भाषा नजानेमा बोलिचालीमा कठिनाइ हुन्छ ।

ii)  काम सम्बन्धी ज्ञानको कमी, विदेशी प्रविधि, समग्री र कामको प्रकृति फरक हुनाले धेरै कठिनाइ भोग्नुपर्दछ ।

iii)  विभिन्न समस्याले गर्दा मानसिक तनाव बढ्छ ।

iv)  परिवारबाट छुट्टिएर टाढा बस्नुपर्दा एक्लोपनको महशुस हुन्छ।

v)   काम गरेको पारश्रमिक समयमा नपाउनु, स्वास्थ्योपचार नहुनु, कतिपय ठाउँमा रोजगारीमा लागि विदेश गएका युवायुवतिले खान बस्न नपाएको , मानसिक तनाव, कुटपिटका घट्ना भोगिरहेको अवस्था छ । यसले गर्दा वैदेशिक रोजगारीमा धेरै नै चुनौतिहरू छन्

Leave a Reply