एकाई-३, पाठ-४:- अन्तर्राष्ट्रिय रोजगारी

पाठ-

अन्तर्राष्ट्रिय रोजगारी

अभ्यास

१. अन्तर्राष्ट्रिय रोजगारी भन्नाले के बुझ्छौ, व्याख्या गर् । 

उत्तर:- स्वदेशमा रहेको अन्तर्राष्ट्रिय स्तरको सङ्घ संस्था वा कार्यालयमा सेवा काम नै अन्तर्राष्ट्रिय रोजगारी हो। अथवा कुनै देश वा अन्य धेरै देशको संयुक्त लगानिमा स्थापना भएका सङ्घ संस्थामा रोजगारीलाई अन्तर्राष्ट्रिय रोजगारी भनिन्छ । संयुक्त राष्ट्र स अन्तर्राष्ट्रिय श्रम सङगठन, विश्व जनसङ्ख्या कोप आदि अन् रोजगारी दिने संस्थाहरू हुन । त्यसैगरी बहुराष्ट्रिय कम्पनी विद्यालय तथा विश्व विद्यालयले पनि अन्तर्राष्ट्रिय रोजगारी दिइरहेका छन् ।

. अन्तर्राष्ट्रिय रोजगारी किन महत्त्वपूर्ण छ, यसले देशको आर्थिक अवस्था सुधार गर्न के कस्तो सहयोग गर्छ, लेख।

उत्तर:- अन्तराष्ट्रिय रोजगारीले रोजगारीका अवसरहरू सिर्जना गरेर रोजगारीको क्षेत्रलाई व्यापक बनाउँछ जसले गर्दा शिक्षित बेरोजगारीहरुको सङ्ख्यामा कमी आउँछ। आम्दानीमा वृद्धि भई पुँजी बचत हुन्छ । देशको आर्थिक स्थिति पनि सुदृढ हुँदै जान्छ । वैदेशिक पुँजीको लगानि भित्र्याउन सहयोग गर्छ । वैदेशिक ज्ञान, सिप र प्रविधिको अनुकूलन गर्छ । सामग्री उत्पादन विविधता ल्याउँछ । स्वदेशमा नै रोजगारीका अवसर सिर्जना हुने हुनाले बेरोजगारी सङ्ख्या घटेर समाजमा विकृतिहरू हराउँछन् । व्यक्ति आयस्तरमा वृद्धि भई पुँजी वचत हुन गई देशको राजस्वमा वृद्धि हुन्छ। जसको फलस्वरूप देशको अर्थ तन्त्र मजबुत हुनाले आर्थिक स्तरमा सुधार हुँदै जान्छ ।

३. नेपालमा रहेका अन्तर्राष्ट्रिय रोजगारी प्रदान गर्ने सङ्घ संस्थाहरूको नाम लेखी कुनै एक संस्थाका बारेमा बयान गर ।

उत्तर:- नेपालमा रहेका अन्तर्राष्ट्रिय रोजगारी प्रदान गर्ने संघसंस्थाहरू युनिसेफ, युएनडिपी, सेभ द चिल्ड्रेन, युनेस्को, विश्व व्यापार संगठन, विश्व जनसंख्या कोप, संयुक्त राष्ट्र सङ्घ, आदि हुन् ।

युनिसेफ:- युनिसेफ भनेको संयुक्त राष्ट्र संघीय बालकोष अर्थात (United Nations) हो। संयुक्त राष्ट्रसंघको प्रथम अधिवेसनमा महासभाद्वारा सन् १९४६ डिसेम्बरमा स्थापित विश्व स्वास्थ्य बालकोपले नातृशिशु कल्याण रोपण, स्वच्छ खानेपानी औपचारिक र अनौपचारिक शिक्षा, सामुदायिक सेवा आदि कार्यहरू द्वारा बालविकास सम्बन्धी कामहरू गर्दछ । यसले जाति, भाषा, धर्म, देशको भेदभाव नगरी विश्वका बालवालिकाहरूलाई भोजन, दूध र औषधीको सेवा पुर्याउँदछ। यसको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्क शहरमा छ । यो कोषले विश्व समुदायलाई गरेको सेवाको कदर गर्दै सन् १९६५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। हाल यो संस्थाले १९० भन्दा बढी देशहरूमा २०० भन्दा बढी कन्ट्री अफिसको स्थापना गरी आफ्नो कार्य गर्दै आएको छ।

Leave a Reply