एकाईः- १ बल ( Force)

बल ( Force)

१). बल भनेको के हो ? यसको एस.आइ. एकाइ लेख्नुहोस्।

उत्तर:- कुनै वस्तु स्थिरमा छ भने चालमा र चालमा छ भने स्थिरमा ल्याउन गरिने प्रयासलाई बल भनिन्छ। अथार्त बल एउटा बाहिरी तत्त्व हो जसले वस्तुमा प्रवेग उत्पन्न गराउँछ । यसको एस.आइ. एकाइ न्युटन(N) हो।

 

२). एक न्युटन बल भनेको के हो?

उत्तर:- एक किलोग्राम पिण्ड भएको वस्तुलाइ 1m/sec² प्रवेग उत्पन्न गराउन आवश्यक पर्ने बललाइ एक न्युटन बल भनिन्छ।

 

३). गुरुत्वाकर्षण बल भनेको के हो ? यसको एकाइ लेख्नुहोस् ।

उत्तर:- दुईवटा आकाशिय पिण्डहरु बिच उत्पन्न हुने आकर्षण बललाई गुरुत्वाकर्षण बाल भनिन्छ। यसको एकाइ न्युटन हो।

 

४). G ले के जनाउँछ ।

उत्तर:- G ले गुरुत्वाकर्षण को स्थिर अङगलाइ जनाउँछ।

 

५). F = G कुन अवस्थामा हुन्छ।

उत्तर:- कुनै दुई वस्तुको पिण्ड एकाइ किलोग्राम हुन्छ र तिनीहरु बिचको दुरी एक मिटर भए भने F = G हुन्छ।

 

६). गुरुत्वाकर्षण बलको स्थिर अङग वा G भनेको के हो?

उत्तर:- दुईवटा एकाइ पिण्डहरु बिचको दुरी एक मिटर हुदा उत्पन्न हुने गुरुत्वाकर्षण बललाइ गुरुत्वाकर्षण बलको स्थिर अङग वा G भनिन्छ।

 

७). गुरुत्व प्रवेग भनेको के हो? पृथ्वीको कुन स्थानमा यसको मान सबैभन्दा कम र कुन स्थानमा सबैभन्दा बढी हुन्छ ? यसको औसत मान र दिशासमेत लेख्नुहोस्।

उत्तर:- गुरुत्व बलको कारण उत्पन्न हुने प्रवेगलाई गुरुत्व प्रवेग भनिन्छ।

पृथ्वीको केन्द्रमा यसको मान सबैभन्दा कम र पृथ्वीको सतहमा यसको मान सबैभन्दा बढी हुन्छ।

यसको औसत मान 9.8m/sec² र दिशा पृथ्वीको केन्द्रतिर हुन्छ।

 

८). न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम लेख्नुहोस्।

उत्तर:- न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम अनुसार, “दुईवटा पिण्डहरु बिच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती दुई पिण्डहरुको गुणन फूलसँग समानुपातिक र तिनीहरु बिचको दुरीको वर्गसँग व्युक्तक्रमानुपातिक हुन्छ।”

 

९). F =Gm1.m2/d² प्रमाणित गर्नुहोस ।

उत्तर:- सँगैको चित्रमा दुईवटा पिण्डहरु m1 kg र m2 kg बिचको d मिटर दुरी र तिनीहरू बचको गुरुत्वाकर्षण बल f न्युटन छ ।

अब, 

न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियमबाट,

   F ∝ m1 . m …….   (i)  [  d लाइ स्थिर राख्दा ]

   F ∝  1/d²   ……….. (ii)  [  m1 . m2 लाइ स्थिर राख्दा ]

समिकरण  (i) र (ii) बाट ,

F ∝  m1 . m2/d² 

F = G m1 . m2/d²    [ G एउटा अचल राशि हो। जसलाई गुरुत्वाकर्षण बलको स्थिर अगँ भनिन्छ    जसको मान 6.67x 10-11  newton हाे ]

∴ F = G m1 . m2/d² 

Proved.

 

१०). पृथ्वीलाइ चन्द्रमाको आयतन बराबर हुने गरि खाँदन सकियो भने यसको गुरुत्व प्रवेगमा के असर पर्छ।

उत्तर:- पृथ्वीलाइ चन्द्रमाको आयतन बराबर हुने गरि खाँदन सकियो भने गुरुत्व प्रवेग १४ गुणाले बढ्छ ।

 

११). बृहस्पतिको पिण्ड पृथ्वीको पिण्डभन्दा करिब ३१९ गुणाले बढी छ, तर यसको गुरुत्व प्रवेग (9.8m/sec²) भन्दा करिब 2.5 गुणाले मात्र छ। यसको कारण के होला ?

उत्तर:- बृहस्पतिको पिण्ड पृथ्वीको पिण्डभन्दा करिब ३१९ गुणाले बढी छ, जसले बृहस्पतिको गुरुत्व प्रवेगको मान घटाउँछ । अर्को तिर वृहस्पतिको अर्धव्यास ११ गुणाले बढी छ, जसले गुरुत्व प्रवेगको मान घटाउँछ। त्यसैले गुरुत्व प्रवेगमा पर्ने असर = ३१९/१२१= २.५ लगभग मात्र हुन्छ।

 

१२). स्वतन्त्र खसाई भनेको के हो? कस्तो अवस्थामा वस्तुको खसाई स्वतन्त्र हुन्छ।

उत्तर:- कुनै पनि बाहिरी अवरोधबिना खस्ने खसाईलाइ स्वतन्त्र खसाई भनिन्छ।

हावा शुन्य (०) भएको अवस्थामा वस्तुको खसाई स्वतन्त्र हुन्छ।

 

१३). पारासुट लिएर हामफाल्दा गुरुत्व प्रवेगमा कस्तो असर पर्छ।

उत्तर:- पारासुट लिएर हामफाल्दा स्वतन्त्र खसाईमा रहेको वस्तुको गुरुत्व प्रवेग (g) र प्रवेग (a) को मान बराबर हुन्छ।

 

१४). पिण्ड र तौल  बिच फरक लेख्नुहोस्।

उत्तर- गुरुत्व बल र गुरुत्व प्रवेग बिच फरक निम्न छन्:-

क्र.स. पिण्ड तौल
क. बस्तुमा भएको पर्दाथको मात्रालाई त्यस बस्तुको पिण्ड भनिन्छ। वस्तुमा पर्ने गुरुत्व बलको नाप लाई तौल भनिन्छ।
ख. यसको मान ठाउँ अनुसार फरक पर्दैन। यसको मान ठाउँ अनुसार फरक पर्छ।

 

१५). कुनै वस्तुको पिण्ड स्थिर हुन्छ तर तौल ठाउँ अनुसार फरक हुन्छ। किन?

उत्तर:- कुनै वस्तुको पिण्ड स्थिर हुन्छ तर तौल ठाउँ अनुसार फरक हुन्छ किनभने वस्तुको तौल गुरुत्व प्रवेगमा निर्भर रहन्छ जुन ठाउँ अनुसार फरक रहन्छ। त्यसैले गर्दा वस्तुको तौल ठाउँ अनुसार फरक हुन्छ।

 

१६). पृथ्वीको ध्रुवीय क्षेत्र र भुमध्य देखियो क्षेत्रमा समान उच्चाईबाट खसाइएका वस्तुहरु मध्ये ध्रुवमा छिटो खस्छ। किन?

उत्तर:- किनभने पृथ्वी पुर्ण रुपले गोलो छैन। पृथ्वीको ध्रुवीय खण्डमा थेप्चिएको र भु-मध्य रेखिय खण्डमा फुकेको छ। जसले गर्दा ध्रुवीय खण्डको अर्धव्यास सानो भइ गुरुत्व प्रवेग बढि र भु-मध्य रेखिय खण्डको अर्धव्यास ठुलो भइ गुरुत्व प्रवेग कम हुन्छ त्यसैले ध्रुवीय खण्डमा गुरुत्व प्रवेग बढि भइ समान उचाइबाट खसाइएका वस्तु ध्रुवमा छिटो खस्छ।

 

१७). डल्ला पारिएका र डल्ला नपारिएका कागजका पानाहरु हावामा एकै साथ खसाल्दा डल्ला पारिएका कागजका पानाहरु छिटो खस्छ। किन?

उत्तर:- डल्ला पारिएका कागजमा हावाको अवरोध कम पर्छ र डल्ला नपारिएका कागजमा हावाको अवरोध बढी पर्छ त्यसैले डल्ला पारिएका कागजका पाना छिटो खस्छ।

 

१८). पृथ्वीको सतहमा ठुलो ढुङ्गा उचाल्न गारो हुन्छ तर सानो ढुङ्गा उचाल्न सजिलो हुन्छ। किन?

उत्तर:- किनभने ठुलो ढुङ्गाको पिण्ड बढी हुन्छ र बल पनि बढी लगाउनुपर्छ तर सानो ढुङ्गाको पिण्ड कम हुन्छ र पिण्ड कम भएकोले बल कम लगाउनुपर्छ। त्यसैले सानो ढुङ्गा उचाल्न सजिलो हुन्छ।

 

१९). भ्याकुम भित्र एउटा फलामको गुच्चा र एउटा चराको प्वाँख एकैसाथ खसाल्दा एकैसाथ जमिन मा पुग्छन। किन?

उत्तर:- भ्याकुम भित्र रहेको फलामको गुच्चा र एउटा चराको प्वाँखको खसाई स्वतन्त्र खसाई हुन्छ। जसले वस्तुको पिण्डमा निर्भर रहदैन र तिनीहरुको प्रवेग बराबर हुन्छ। त्यसैले एकैसाथ जमिनमा पुग्छन।

 

२०). गुरुत्वाकर्षण बलका असरहरु लेख्नुहोस्।

उत्तर:- गुरुत्वाकर्षण बलका असरहरु यस प्रकार छन् :

क. समुद्रमा ज्वार( Tides) उत्पन्न हुनु।

ख. सुर्य परिवारमा ग्रह, उपग्रह, शिशुग्रह इत्यादिले एक अर्कालाइ परिक्रमा गर्नु।

ग. उलका वर्षा हुनु।

 

२१). पारासुतको मद्दतले चन्द्रमा र पृथ्वीमा हाम फाल्दा के हुन्छ।

उत्तर:- पारासुतको मद्दतले हाम फाल्नका लागि हावाको आवश्यक पर्छ र चन्द्रमाको सतहमा हावा छैन त्याहाँको खसाई स्वतन्त्र खसाई हुन्छ। जसले गर्दा पारासुत छिटो तल झर्छ र चोटपटक लाग्ने सम्भवना बढि हुन्छ। पृथ्वीको सतहमा हावा भएकोले पारासुतको खसाई रोकावट खसाई हुन्छ जसले गर्दा पारासुत विस्तारै तल झर्छ र चोटपटक लाग्ने सम्भवना हुदैँन।

 

२२). सिक्का र चराको प्वाँख सम्बन्धी प्रयोगको निस्कर्ष लेख्नुहोस।

उत्तर:- सिक्का र चराको प्वाँख सम्बन्धी प्रयोगको निस्कर्ष, स्वतन्त्र खसाईमा रहेको वस्तुको खसाई पिण्डमा निर्भर रहदैन र तिनीहरुको खस्ने प्रवेग बराबर हुन्छ।

 

२३). तौल बिहिनता (weightlessness ) भनेको के हो?

उत्तर:- स्वतन्त्र खसाईमा रहेको वस्तुको तौल 0 N  ( Zero Newton) हुन्छ। जसलाई तौल बिहिनता भनिन्छ।

 

२४). पृथ्वीको सतहमा गुरुत्वप्रवेग (g)= 9.8m/sec² हुन्छ भन्नाले के बुझिन्छ?

उत्तर:- पृथ्वीको सतहमा स्वतन्त्र खसाईमा रहेको वस्तुको गति प्रति एक सेकेन्डमा 9.8m/sec का दरले बढ्छ भन्ने बुझिन्छ।

 

२५). सिक्का र चराको प्वाँख सम्बन्धी प्रयोग कुन बैग्यानिकले गरेको थिएँ?

उत्तर:- सिक्का र चराको प्वाँख सम्बन्धी प्रयोग ग्यालिलियो ग्यालीली ले गरेको थिएँ।

 

२६). धेरै उचाइबाट हाम फाल्दा चोटपटक लाग्ने सम्भवना बढि हुन्छ। किन?

उत्तर:- धेरै उचाइबाट हाम फाल्दा बढी समय लाग्छ र गति पनि बढ्छ, जसले गर्दा चोटपटक लाग्ने सम्भवना बढि हुन्छ।

This Post Has 5 Comments

  1. dhanman

    How to download note sir

  2. Pramisha subedi

    It is very useful thank you

    1. Anurag

      Yes right

  3. Durga thapa magar

    Science mathematics plz in Google

  4. Dawa

    I need Computer science also please sir.

Leave a Reply