एकाइ-1, पाठ-३:- सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा

पाठ-३

सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा

 अभ्यास

1.  कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस् ।

उत्तर:- धारापानी, ज्येष्ठ १२/कोभिड १९ को सङ्क्रमण फैलिदै गएकोदेखि स्थानिय गाउँपालिकाका सदस्यहरू, स्वास्थ्य कार्यकर्ता तथा समाजसेवीहरूले कोभिड १९ को सङ्क्रमण नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रमको आयोजना गरे । गाउँपालिका सदस्यहरू, स्वास्थ्य कार्यकर्ताहरू तथा समाजसेवीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकी मास्क लगाई बजार परिक्रमा गरे । भौतिक दुरी कायम राखौँ, मास्क लगाऔं, हात मिचिमिचि धोऔँ र भीडभाडमा नजाऔं भन्ने पंक्तिहरू प्लेकार्डमा लेखिएका थिए । सहभागिहरुले आफूले पनि बाचौँ र अरूलाई पनि बचाऔं लेखेका ब्यानहरु बोकेका थिए ।

2.  पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर:- सिप: क्षेत्रभ्रमण (दन्तकाली मन्दिर, धरान)

दुहवी

१२/५/२०७५

साथी सुजाता

मिठो सम्झना

हिजो तिमीले गएको शनिबार के गर्यो भनेर सोधेकी थियौ । म गएको शनिबार धरानको दन्तकाली मन्दिर हेर्न गएकी थिएँ । दन्तकाली मन्दिरको छोटो चिनारी म यहाँ लेख्दैछु । यो मन्दिर धेरै पुरानो हो । यो शक्तिपीठ हो । यहाँ कुनै देवीदेवताको मूर्ति छैन । भनिन्छ सतीदेवीको दाँत यहाँ झरेको हुनाले यहाँ मन्दिर बनाइएको हो । यस मन्दिरमा सानो बट्टाभित्र सतीदेवीको दाँत भनी सुरक्षित राखिएको छ । उहिले शाहवंशीय राजाहरूले पश्चिम नेपालबाट ब्राह्मण ल्याई  पुजारी राखेका थिए । हालसम्म उनैका सन्तानले यो मन्दिरमा पूजाआजा गरी काम सम्हाली रहेका छन् । यो मन्दिर संचालनका लागि गुठीको रूपमा जग्गा राखिएको छ ।  दशैँमा यहाँ पूजाआजा गरिन्छ । अष्टमी र नवमीका दिन  पशु बलि दिइन्छ । आजकल छेउछाउमा पुजासामाग्री बेच्ने मानिसहरूको पसल प्रशस्तै देखिन्छन् । बजारबाट यहाँसम्म आउने मोटर गुड्ने सडक छ । यहाँबाट धरानको राम्रो दृश्य देखिन्छ ।  यहाँ धर्मशाला पनि रहेको छ । भक्तजनको भीड प्रायः भइरहन्छ ।

तिमी पनि विदामा आऊ र सँगै मन्दिर हेर्न जाऔला । तिम्रो आमाबुबालाई मेरो सादर प्रनाम ।

उही तिम्रो साथी

बिना

3.  सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।

उत्तर:- सामाजिक अध्ययनमा प्रयोगहुने सिपहरु निम्नलिखित छन :

i)  नक्सा अध्ययन गर्ने र नक्सा उतार्ने सिप

ii)  विभिन्न विधाका माध्यम गीत, कविता, चित्र, निबन्ध, संवाद, नाटक, चिठी, आदिबाट भाव अभिव्यक्त गर्ने सिर्जनात्मक सिप

iii)  समाचार,  सम्पादकीय लेखन,  सम्पादकलाई चिठी, सामाजिक  सञ्जालकाबाट विचार व्यक्त गर्ने, समाचार सङकलन र लेखन प्रस्तुति गर्ने सिप

iv)  छलफल, सहयोग, सहकार्य, मेलमिलाप, आदि सिप

v)  स्तम्भ चित्र, चक्रचित्र, रेखाचित्र आदिमार्फत् तथ्याङ्क प्रस्तुति गर्ने सिप

vi)  समयरेखा, वंशावली, व्यक्तिवृत आदि एतिहासिक घटनालाई प्रस्तुतिकरण गर्ने सिप

vii)  सर्वेक्षण, क्षेत्रभ्रमण, अन्तर्वार्ता, अवलोकनको योजना बनाउने, कार्यसम्पादन गर्ने र प्रतिवेदन तयार गर्ने सिप

viii)  प्रदर्शन, प्रवचन, वक्तृत्वकला, कार्यपत्र लेखन तथा प्रस्तुतिकरण सिप

This Post Has 2 Comments

Leave a Reply