एकाइ-७ हाम्रो बिगत

एकाइ – ७

हाम्रो बिगत 

क) तलका प्रश्नहरूको अति संक्षिप्त उत्तर दिनुहोस् 

१) दिल्ली सम्झौता भनेको के हो ?

उत्तर: नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले भारतको राजधानी दिल्लीमा भएको वार्तालाई दिल्ली सम्झौता भनिन्छ।

 

२) नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत भए प्रकाशन भएको थियो ?

उत्तर: नेपालमा सर्वप्रथम २००८ साउनमा बजेट प्रस्तुत भई प्रकाशन भएको थियो।

 

३) पञ्चायती व्यवस्था भनेको के हो ? 

उत्तर:- गाउँ पाञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत, राष्ट्रिय पञ्चायत जाता संरचना मार्फत शासन चलाउने गरी सबै तहमा  राजा द्वारा नै निर्धारण गरिएका उम्मेदवारबीच मतदान भइ प्रतिनिधि ठानेर शासन सञ्चालन गर्ने राजा महेन्द्रलेद्वारा स्थापित शासन व्यवस्थालाई पञ्चायती व्यवस्था भनिन्छ।

 

४) पञ्चायती व्यवस्था अन्त्य हुने दुई कारण लेख्नुहोस्।

उत्तर:- पञ्चायती व्यवस्था अन्त्य हुने कारण केन्द्रीकृत शासनको निर्देशन हु- बहु पालन गर्नुपर्ने जनताका मानव अधिकार, मौलिक अधिकार र स्वतन्त्र का कणिठत हुनु नराम्रा कामको विरोध गर्नेलाई दामन गरिनु जानताको चेतनाको स्तर बाढनु थिए।

 

५) अन्तरिम मन्त्रीमण्डल भनेको के हो ?

उत्तर:- अन्तरिम मन्त्रिमण्डल भनेको अर्को स्थाइ  मन्त्रीमण्डल बन्ने वातावरण  नबने सम्म काम गर्नका लागि बनाइएको मन्त्रिमण्डल हो। यस्तो मन्त्रिमण्डलले निर्धारित समयमा तोकिएको जिम्मेवारी पूरा गर्छ।

 

६) राजनीतिक परिवर्तन भनेको के हो ?

उत्तर: राजनीतिक परिवर्तन भनेको एउटा व्यवस्थाका ठाउँमा अर्को प्रकारको  शासन व्यवस्था स्थापना हुनु हो। पञ्चायतको अन्त्य भए बहुदलीय परतन्त्र स्थापना हुनु वा संवैधानिक राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापन हुन राजनीतिक परिवर्तन हो।

 

७) विस्तारवाद भन्नले के बुझिन्छ ?

उत्तर:- सैन्यबल र हतियारको प्रयोगबाट अन्य राष्ट्रहरुलाई  आफ्नो पूर्ण बनाई आफ्नो राज्यको भूमि विस्तार गर्ने प्रवृतिलाई विस्तारवाद भनिन्छ।

 

८) दोस्रो सविधानसभाको मुख्य उपलब्धि हो ?

उत्तर:- दोस्रो संविधानसभाका मुख्य उपलब्धि सविधान  निर्माण हो।

 

९) २०१७  सालको काण्ड भनेको के हो ?

उत्तर:– महत्वकांक्षी राजा महेन्द्रले जननिर्वाचितच वी.पी. कोइरालाको प्रधानमन्त्रित्वमा गठन भएको  सरकारलाई विघटन गरी दलहरु माथि प्रतिबन्ध लगाई दलविहीन व्यवस्था  सुरु गरेको घटनालाई २०७६सालको काण्ड भनिन्छ।

 

१०) जनकपुर काण्ड भनेको के हो ? 

उत्तर :- पञ्चायतविरोधी युवाहरुद्वारा Raja Mahendra चढेको गाडीमाथि बम प्रहार (२०१८, जनकपुर) गरेको घट्नालाई जनकपुर काण्ड भनिन्छ।

 

११) एतिहासिक स्थलहरु भन्नाले के बुझिन्छ ?

उत्तर: विभिन्न ऐतिहासिक काल खण्डमा निर्माण हुँदै आएका महत्वपूर्ण दरबारदेखि धार्मिक स्थल र अन्य वस्तुहरू रहेको ठाउँलाई ऐतिहासिक स्थल भनिन्छ।

 

ख) तलका प्रशन्हरु को छोटो  उत्तर दिनुहोस्

१) पुस्तकालय वा इन्टरनेटको प्रयोग  वा राजनीतिक जानकार व्यक्तिहरूसँग कुराकानी गरी दोस्रो जनआन्दोलन र यसपछिका उपलब्धि   एवम् जनताका विचार सम्बन्धमा सोधखोज गर्नुहोस्। तपाईँका आफ्ना राए एवम् प्राप्त  गएका विचार समेत समेटी निम्नलिखित उपशीर्षकहरूमा आधारित भई प्रतिवेदन तयार पार्नुहोस् र  कक्षामा प्रस्तुत गर्नुहोस् ।

क) उद्देश्य

ख) पाता लागेका कुराहरु

उत्तर:-

क) उदेश्य:

दोस्रो जनआन्दोलनका कारण तथा उपलब्धि पहिले आउनु

ख) पाता लागेका कुराहरु: 

  •  जनताले शासन प्रणाली परिवर्तन गर्न चाहेका
  • तत्कालीन राजा ज्ञानेन्द्रको महत्वकङक्षा बढेको
  • जानताको अन्दोलन सफल भएको
  • जनतामा राजनीतिक चेतना विकास भएको
  • संविधानसभाको चुनाव भएको 
  • राज्यको अन्त भइ राष्ट्रपतिको निर्वाचन भएको
  • जनताको राजनीतिक चेतना वृद्धि भई अधिकारका लागि चेतना बढेको

 

२) अन्तरिम शासन विधान २००७ र नेपाल अधिराज्यको संविधान २०१५ का दुई- दुईवटा मुख्य विशेषता लेख्नुहोस् ।

उत्तर: नेपालको अन्तरिम शासन विधान २००७ का विशेषताहरु:

  • मौलिक हकको व्यवस्था
  • स्वतन्त्र न्यायपालिका
  • लोककल्याणकारी राज्यको अधार
  • कार्यकारीणी अधिकार राजा र मन्त्रीपरिषदमा

नेपाल अधिराज्यको संविधान २०१५ का विशेषताहरु:

  • बहुदलीय प्रजातन्त्र
  • सबै धान मूल कानुन
  • स्वतन्त्र संवैधानिक अङ्ग
  • श्री ५ को सक्रिय भूमिका

 

३) वि .सं २०५६ देखि हालसम्म भएका आर्थिक र समाजिक उपलब्धिहरु लेख्नुहोस् ।

उत्तर: बि.सं  २०४६ देखि हालसम्म भएका आर्थिक र समाजिक उपलब्धिहरु:

  • व्यापार वृद्धि
  • सामाजिक सहभागिता वृद्धि
  • रोजगारीका अवसर वृद्धि
  • समाजिक खोजी निजको भावना र दमनमा कमी
  • उधोगधन्दा स्थापना
  • वित्तीय संस्थाको स्थापना

 

४) एतिहासिक तथा पुरातात्विक स्थलहरु लाई किन सरक्षण गर्नुपर्छ ?

उत्तर: ऐतिहासिक तथा पुरातात्विक स्थल अरुलाई संरक्षण गर्नु पर्ने कारणहरु

  • धर्म संस्कृति र परम्पराको  रक्षा गर्न
  • समाजिक सद्भाव र एकता कायम राख्न
  • देश वा प्रदेशहरूको आम्दानी बढाउन
  • भावी पुस्ताहरुलाई यतिहासिक वस्तुहरूको ज्ञान दिलाउन
  • पर्यटन व्यवसायको विकासमा सहयोग पुर्याउन
  • आफ्नो इतिहासलाई सधैँजसो राख्न
  • राष्ट्रिय गर्नलाई विश्वासम परिचित गराउन

 

५) साम्राज्यवाद र उपनिवेशवादका मूलभूत फरक लेख्नुहोस्।

उत्तर:- कुनै देशले आफ्नो समान बेच्न वा कच्चा पदार्थ  संकलन गर्न अरु कुनै देशलाई आफ्नो मात्र नियन्त्रणमा राख्यौं भने त्यसलाई उपनिवेयश  भनिन्छ। शक्तिशाली राष्ट्रहरुले विशेषत: गरिब राष्ट्रलाई आर्थिक प्रयोजनले उपनिवेश बनाउने गर्दछ। यसमा देशलाई कब्जामा लिइ आफ्नो परिणत तर नियन्त्रणमा राखिन्छ। युरोपेली मुलुकले एसिया, अर्फिका र अमेरिकाका मुलुकहरुमा उपनिवेश कायम गरेका थिए।  साम्राज्यवाद भनेको चाहिँ राज्य विस्तार गर्ने भावना हो। यसतो भावनाले आफ्ना छिमेकी राज्यलाई युद्धबाट आफ्नो अधीनमा पारे आफ्नो राज्य विस्तार गरेर ठूलो देशमा शासन गर्ने प्रयास हुन्छ। 

 

गा) तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्

१) पञ्चायती व्यवस्थाको उदय सम्बन्धमा प्रकाश पार्दै आफ्ना साथै लाई चिट्ठी  लेख्नुहोस।

पल्पा

२०७५/ ५ /२४

प्रिय मित्र सुनिल 

सप्रेम सम्झना,

तिमीलाई सन्चै होला। मलाई पनि  यहाँ ठिकै छ।आज म तिमीलाई पांच आयतें व्यवस्ता उदय हुनुका कारणहरु लेखेर पठाउदै छु २००७ सालमा राणा शासनको अन्त्य हुदा  जनताले पूर्ण प्रजातन्त्र प्राप्त गर्न सकेनन्। पूर्ण अधिकार प्राप्त भएन। विधान सभाबाट संविधान निर्माण पनि भएन। दिल्ली सम्झौता गर्यो तर यसको कार्यान्वयन भएन। राजनीतिक दल पनि अनुभव र परिपक्वताका दृष्टिले कमजोर देखिए। राज्यमा आफै शक्तिशाली भएर शासन गर्ने महत्वकांक्षा बढ्यो। उनले शुरुदेखि नै  प्रजातन्त्रमा विश्वास गरेनन्। राजनीतिक दलहरुमा आपसमै फुट भयो। नयाँ प्राकृतिक संसदीय व्यवस्थालाई उनीहरुले संस्थागत गत गर्न सकेनन् । जनचेतना पनि कमजोर रह्यो। देशमा भ्रष्टाचार र बेला ढिलासुस्ती बढे। फलस्वरूप नेपालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको स्थापना गरेका हुन्। पञ्चायती व्यवस्थाको उदय कारण यिनै हुन्।ल  त मित्र आजलाई यति नै। पत्राचार गरेरहौँला।

उही तिम्रो मित्र 

पप्पु शाह

 

२) द्वितीय विश्वयुद्धमा कारण तथा परिमाणहरु उल्लेख गर्नुहोस्‌।

उत्तर:- द्वितीय विश्व युद्धका प्रमुख कारणहरु निम्नलिखित थिए:

क) उग्रराष्ट्रवादको उदय:- प्रथम विश्वयुद्धपछि जर्मनीले  अपमानजनक सन्धिमा  हस्तक्षर गर्नुपरेको थियो। उ यसको बादल लिन  चाहान्थ्यो। फलस्वरूप जर्मनी लगायत जापान र इटलीमा पनि राष्ट्रबाद विकास भयो। यसले अन्ततः विश्वयुद्ध निम्त्यायो।

ख) आर्थिक संकट:- प्रथम विश्वयुद्ध ले धेरै देशमा धनजनको क्षति भयो ।यसबाट युरोपमा आर्थिक संकट देखियो। जर्मनीको फलाम खानी नै खोसियो।  यसर्थ आर्थिक उन्नतीका लागि विभिन्न यसले युद्ध गर्न चाहे।

ग) राष्ट्रसङ्घको असफलता:- प्रथम विश्वयुद्को अन्त्यसँगै शान्ति स्थापनार्थ राष्ट्रसङ्घको स्थापना भयो को थियो तर यो आफ्नो कार्यमा असफल भयो ।यो असफलताका कारण सक्तिसम्पन्न्न र   उग्र राष्ट्रवादीको चाहनालाई   कसैले रोक्न सक्दैन।

घ) बेरोजगारी:- प्रथम विश्वयुद्धपछि धेरै युवाहरु बेरोजगार बन्ने। युद्ध मैदानमा जान् पाए रोजगार पाइने भएकाले उनीहरुले सेनामा भर्ती भई युद्ध गर्न चाहे

 

३) दिुतिय विश्वयुद्धका परिमाण हरु निम्नलिखित छन्:

क) संयुक्त राष्ट्र सङ्घको स्थापना: द्वितीय विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापना भयो। यसको उद्देश्यले विश्वमा पुनः युद्ध हुन नपाओस् भन्ने थियो भने यसलाई दुितिय विश्वयुद्धको महत्वपूर्ण परिणमा मानिन्छ।

ख) अन्तर्राष्ट्रिय ध्रुवीकरण : दोस्रो विश्वयुद्धपछि संसारका ठूला र शक्तिशाली राष्ट्रहरू दुई समूहमा विभाजित हुन पुगे। पुँजीवादी देशहरूको नेतृत्व अमेरिकाले गर्यो भने साम्यवादी देशहरूको नेतृत्व   रसियाले गर्यो। साम्यवाद र पुँजी दुई विपरीत धुवको  रुपमा देखा परे।  यिनीहरुले आफना समर्थकहरु बढाउनको लागि ठूला प्रतिस्पर्धा गरे

ग) हिटलर र मुसोलिनीजास्ता तानाशहको पतन: दोस्रो विश्वयुद्धले जर्मनीका हिटलर र इटालीका मुसोलिनीजस्ता तानाशाहहरु को पतन गरायो। युद्ध र निरंकुशताबाट समस्याहरूको दिगो समाधान हुँदैन भन्ने कुराको   सन्देश थियो।

घ) शक्तिशाली राष्ट्रको रुपमा अमेरिकाको उदय: दोस्रो विश्वयुद्धपछि अमेरिका विश्वकै एक शक्तिशाली राष्ट्रको रुपमा देखा पर्यो। अमेरिकाले विश्वका अन्य राष्ट्रहरूको आन्तरिक मामिलामा हस्ताक्षेप सुरु गर्यो। विशेष गरी समयवादको पतन गराउन अमेरिका लागि पर्यो। 

This Post Has 4 Comments

  1. Nitish sah

    Yes, want to read it

  2. Asmita karki

    २००७सालकाे क्कान्तिका कारणहरु उल्लेख गरि बणन गनुहाेस्

  3. Nomakanta basyal

    1)जनताद्वारा निर्वािचत विधान सभाले संविधान निर्माण गर्ने २) ५ जना नेपाली काङ्ग्रेस र ५ जना राणाहरू गरि १० जना सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने ३)श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने ४)वैधानिक राजा त्रिभुवन नै हुने ५)फौजदारी अभियोग लागिपरेका बाहेक अरु राजबन्दीलाई बिनासर्त रिहा गर्ने

  4. Aasha Rai

    Please next exercise

Leave a Reply