एकाइ-६, पाठ-१:- बजार व्यवस्थापन

एकाइ ६: व्यवसाय अभिमुखीकरण

पाठ-१ 

बजार व्यवस्थापन

अभ्यास

१. बजार व्यवस्थापन भनेको के हो, लेख।

उत्तर:-  बजारमा कस्ता वस्तु बेच्न सकिन्छ र उपभोक्तालाई के कस्ता सामग्रीको आवश्यकता छ भन्ने कुराको जानकारी हुनुपर्छ । ती आवश्यकता पुरा गर्नका लागि उनीहरूले कति खर्च गर्न सक्छन् र कति परिमाणमा सामग्री खरीद गर्ने गर्दछन् भन्ने कुरालाई योजनाबद्ध तरिकाले व्यवस्थित गर्नु नै बजार व्यवस्थापन हो।

 

२. बजार व्यवस्थापन किन महत्त्वपूर्ण छ, व्याख्या गर ।

उत्तर:- आफूसँग बढी भएको सामग्री बिक्री वितरण गर्न र आवश्यक सामग्री खरिद गरी आफूलाई पर्ने सामानको चाँजोपाँजो मिलाउने कामलाई बजार व्यवस्थापन भनिन्छ । बजार व्यवस्थापनबाट कस्तो प्रकृतिको वस्तुलाई कहाँ लगेर कसरी बिक्री प्रकृतिको वस्तुलाई कहाँ लगेर कसरी बिक्री वितरण गर्ने भन्ने सम्बन्धमा व्यवस्था मिलाइएको हुन्छ । बजार व्यवस्थापनबाट उत्पादित सामग्रीलाई बजार सम्म क्रेता र बिक्रेताका बिचमा सामानको अथवा वस्तुको किनवेच गर्न सजिलो हुन्छ । यसबाट उत्पादित वस्तु बिग्रिएर जाने डर हुँदैन । उत्पादकले उत्पादन गरेका वस्तुबाट विक्री वितरण गरेर नाफा लिन पाउँछ । ग्राहक अथवा क्रेताले आफ्नो रुचि र माग अनुसारका वस्तु किन्न पाउँछन्। त्यसकारण बजार व्यवस्थापन ज्यादै नै महत्त्वपूर्ण रहेको छ ।

Leave a Reply