एकाइ:- २ पाठ:- ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

एकाइ:- २ पाठ:- ६

अन्तर्राष्ट्रिय व्यक्तित्व

 

१) महात्मा गान्धी र फ्लोरेन्स नाइटिङ्गेलको जीवनीबाट सिक्न सकिने कुराहरू उल्लेख गर्दै आफ्नो साथीलाई पत्र लेख्नुहोस् ।

 

साथीलाई पत्र

मिति: २०७५/०५/२५

प्यारी साथी सोनाली

धेरै धेरै सम्झना

 

म यहाँ आराम छु र तिमी पनि त्यहाँ आरामै छ भन्ने कामना गर्दछु । आज म तिमीलाई महात्मा गान्धी र फ्लोरेन्स नाइटिङ्गेलबाट सिक्न सकिने कुराहरुको बारेमा जानकारी गराउँदै पत्रको मैदानमा उत्रिएको छु। 

तिमीले पनि महात्मा गान्धी र नाइटिङ्गेलको जीवनी पढ्यौ होला। कुनै महान व्यक्तिको जीवनी पढेर उनीहरूबाट हामीले पनि केही राम्रा कुरा सिक्नुपर्छ। महात्मा गान्धीले भारतलाई असोजको शासनबाट स्वतन्त्र बनाउने काम गरेका थिए। त्यसैगरी फ्लोरेन्स नाइटिङ्गेलले विश्वकै पहिलो नर्स बनेर मानव सेवामा योगदान दिएकी थिइन्। आफ्नो व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेर यी दुवैले देश र जनताको लागि जीवन बिताएका थिए। त्यसैले व यस्ता व्यक्तिको नाम इतिहासको पानामा सधै सुनौलो अक्षरमा लेखिएको छ।

  • हामीले पनि आफ्नो पढाइ पूरा गरिसकेपछि यो देशको लागि केही गरेर देखाउनुपर्छ।
  • . राजनीति, शिक्षा, स्वास्थ्य, विकास निर्माण, समाजसेवा, खेलकुद, गीतसङ्गीत, कृषि, विज्ञान आदि कुनै पनि क्षेत्रमा लागेर नाम राख्न सक्नुपर्छ।
  •  ‘साधा जीवन, उच्च विचार’ भन्ने मुख्य मन्त्रलाई व्यवहारमा उपयोग गर्नुपर्छ।
  • ठूलो उद्देश्य लिएर निरन्तर प्रयास गरिरहेमा एक न एक दिन सफलता प्राप्त गर्न सनेपालको सन्दर्भमा शान्तिपूर्ण विरोधका तरिकाहरू के के हुन सक्छन ? निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
  • तरः नेपालको सन्दर्भमा शान्तिपूर्ण तरिकाहरू : हाम्रो देशका राजनीतिक दलहरूले बेलाबेला बिरोधका कार्यक्रमहरू राख्छन् । विशेष गरी सरकारभन्दा बाहिर रहेका दलहरूले सरकारको विरोध गरेको देखिन्छ । कहिलेकाहीँ एउटय र अर्को दलका नेताहरू झगडा गर्छन् र विरोधमा उत्रिन्छन् । लोकतन्त्र भएको देशमा नराम्रो कामको बिरोध गर्न पाइन्छ । तर यस्तो विरोध शान्तिपूर्ण
  • हुनुपर्छ। यसका लागि राजनीतिक दलका नेताहरूले निम्न कुरामा ध्यान दिनुपर्छ : कुनै पनि राजनीतिक दल वा सङ्घ सङ्गठनले विरोधको नाममा चक्काजाम, बन्द, हड्ताल, तोडफोड, हत्या, हिंसा, आगलागी जस्ता कार्यक्रमहरू राखेर जनतालाई दुःख दिनु हुँदैन ।
  • उद्योग, व्यापार व्यवसाय र जनताको जीवनमा हानि हुने किसिमले विरोध गर्ने पार्टीलाई जनताले घृणा गर्छन् भन्ने कुरा विरोध गर्ने दलले पनि बुझ्न सक्नुपर्छ ।
  • यसका लागि हाम्रो देशका नेताहरूले माहात्मा गान्धीको पाठ पढेर त्यसबाट केही शिक्षा ग्रहण गर्नुपर्छ। कुनै पनि समस्याको समाधान वार्ताद्वारा निकाल्न सकिन्छ भन्ने कुरा बुझेर शान्तिवार्तालाई जोड दिनुपर्छ। वार्तामा बस्दा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थलाई त्यागेर देश र जनताको भलो हुने कुरालाई महत्त्व
  • दिनुपर्छ । ‘सादा जीवन उच्च विचार’ भन्ने विषयमा प्रवचनको नमुना तयार गर्नुहोस्। विद्यार्थी भाइबहिनीहरू । तलको उत्तरलाई उदाहरण मानेर प्रवचन/ वक्तृत्व वादविवाद लेख्ने तरिका सिक्नुहोस्।किन्छ। साथी सोनालीआजलाई यति नै, तिमी पनि यस विषयमा आफूलाई लागेका कुरा लेखेर पठाऊ है।

 

उही तिम्रो साथी 

अनिल गुप्ता

 

२)नेपालको सन्दर्भमा शान्तिपूर्ण विरोधका तरिकाहरू के के हुन सक्छन ? निष्कर्ष प्रस्तुत गर्नुहोस् ।

उतरः नेपालको सन्दर्भमा शान्तिपूर्ण तरिकाहरू

हाम्रो देशका राजनीतिक दलहरूले बेलाबेला बिरोधका कार्यक्रमहरू राख्छन् । विशेष गरी सरकारभन्दा बाहिर रहेका दलहरूले सरकारको विरोध गरेको देखिन्छ । कहिलेकाहीँ एउटय र अर्को दलका नेताहरू झगडा गर्छन् र विरोधमा उत्रिन्छन् । लोकतन्त्र भएको देशमा नराम्रो कामको बिरोध गर्न पाइन्छ । तर यस्तो विरोध शान्तिपूर्ण हुनुपर्छ। यसका लागि राजनीतिक दलका नेताहरूले निम्न कुरामा ध्यान दिनुपर्छ :

  •  कुनै पनि राजनीतिक दल वा सङ्घ सङ्गठनले विरोधको नाममा चक्काजाम, बन्द, हड्ताल, तोडफोड, हत्या, हिंसा, आगलागी जस्ता कार्यक्रमहरू राखेर जनतालाई दुःख दिनु हुँदैन
  • उद्योग, व्यापार व्यवसाय र जनताको जीवनमा हानि हुने किसिमले विरोध गर्ने पार्टीलाई जनताले घृणा गर्छन् भन्ने कुरा विरोध गर्ने दलले पनि बुझ्न सक्नुपर्छ ।
  • यसका लागि हाम्रो देशका नेताहरूले माहात्मा गान्धीको पाठ पढेर त्यसबाट केही शिक्षा ग्रहण गर्नुपर्छ। 
  • कुनै पनि समस्याको समाधान वार्ताद्वारा निकाल्न सकिन्छ भन्ने कुरा बुझेर शान्तिवार्तालाई जोड दिनुपर्छ। 
  • वार्तामा बस्दा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थलाई त्यागेर देश र जनताको भलो हुने कुरालाई महत्त्व दिनुपर्छ 

This Post Has One Comment

Leave a Reply