एकाइ:- १ पाठ -४
खानेपानी
१) मानवजीवनमा खानेपानीको महत्व बुदागत रुपमा लेख्नुहोस् ।
उत्तर: मानवजीवनमा खानेपानीको महत्व
- सुध पानी पिएर स्वास्थ्य रहन,
- खाना पकाउन
- सागसब्जी र फलफूलहरु पखाल्न
- भाडा साफ गर्न
- सौचालकको प्रयोग गर्न
- लुगाकपडा धुन
- घरको सरसफाइ गर्न
- घरपालुवा जनावरलाई खुवाउन तथा नुहाइ दिन
२) नेपालमा खानेपानीको वर्तमान अवस्थाको छ चर्चा गर्नुहोस् ।
उत्तर: नेपालमा खानेपानीको वर्तमान अवस्था
विभिन्न क्षेत्र | खानेपानी वर्तमान अवस्था | |
क | हिमाली र पहाडी क्षेत्रको अवस्था | हिमालय र पहाडी क्षेत्रका धेरैजसो गाउँ वस्तीहरुमा धारा पुग्न सकेको छैन। खानेपानी लिनका लागि घरभन्दा धेरै टाढाका नदी,कुवा र प्राकृतिक धाराहरुमा धाउन पर्ने बध्याता छ। खानेपानीका कतिपय स्रोतहरूमा फोहर मिसिएको पानी हुन सक्छ। जसले गर्दा विभिन्न प्रकारका रोग ले सताउने गरेको पाइन्छ। |
ख | तराई क्षेत्रको अवस्था | तराईका धेरैजसो बस्तीहरुमा जमिनमुनिबाट निकालिने टयुबेलको पानी प्रयोग गरिन्छ। यसको पानीमा आर्सेनिक नामको विषादी मिसिएर आउने हुँदा मानिसहरुलाई पेट र छालाको रोगले सताएको देखिन्छ। |
ग | शहरी क्षेत्रको अवस्था | शहरी क्षेत्रमा धाराहरु बितरण भएपनि आवश्यक मात्रामा पानी वितरण भएको छैन सहर बजारमा कतिपय स्थानमा खानेपानीको पाइप र ढलको पाइप एकआपसमा मिसिएर दुषित पानी वितरण भइरहेको अवस्था पनि छ। |
३) तपाईंको घरको धारामा पानी नआएको हुनाले पानीको लाइन मर्मत गरिदिन खानेपानी समिति वा संस्थानलाई अनुरोध गर्दै एक पत्र लेख्नुहोस् ।
उत्तर:
मिती: २०७/३/७
श्रीमान् कार्यालय प्रमुख,
खानेपानी संस्थानको कार्यालय,
वीरगंज ।
विषय: धारामा पानी नआएको बारेमा ।
महोदय,
मेरो घर बीरगञ्ज महानगरपालिका वार्ड नं 11 माइस्थानमा पर्छ। घरमा धारा जोडेको आठ वर्ष भयो। धारा जोडेदेखि नै लगातार आइरहेको थियो। खाने पानीको महशुल पनि हामीले समय बुझाउँदै आएका छौं। विगत १५ दिनदेखि हाम्रा धारामा एक थोपा पनि खानेपानी झरेको छैन। हिजो आज हामी घरबाट आउने आर्सेनिक मिसिएको पानी पिउन बाध्य भएका छौं। धारमा पानी आउन छाडेपछि हामीलाई पिउने पानीको समस्या भएको छ। नुहाउने तथा लुगा धुने काममा पनि उस्तै समस्या बढेको छ। त्यसैले जतिसक्दो चाँडो हाम्रो घरमा आउने खानेपानीको लाइन मरम्मत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
निवेदक
नन्दकिशोर यादव
विरगञ्ज महानगरपालिका
वडा न. ११
घर नं. ५८