सरकारी लेखाप्रणाली

सरकारी लेखाप्रणाली

छोटो प्रश्न उत्तर :

. नयाँ स्रेस्ता प्रणाली भनेको के हो ? यसका पाँचओटा उदेश्यहरुको संक्षेपमा वर्णन गर्नुहोस्।

उत्तर:- स्रेस्ताबाट प्राप्त हुनुपर्ने महत्वपूर्ण सुचना, तथ्याङ्क र अन्य आर्थिक वृतान्त पाउनका लागि प्रयोगमा ल्याइएको आधुनिक दोहोरो लेखा प्रणालीमा आधारित लेखा राख्ने सरकारी लेखा प्रणालीलाई नयाँ स्रेस्ता प्रणाली भनिन्छ । नयाँ स्रेस्ता प्रणालीका उदेश्यहरु यसप्रकार छन् :

() आर्थिक कारोबारहरुको अभिलेख ठिकसँग राख्ने:- नयाँ स्रेस्ता प्रणालीको प्रमुख उदेश्य सरकारी कार्यालयहरुमा हुने प्रत्येक आर्थिक कारोबारहरुको नियमअनुसार सम्बन्धित खाताहरुमा स्पष्ट देखिने गरी तुरुन्त अभिलेख राख्नु हो ।

() बजेटको सिमा उल्ङ्घन गर्न नदिने:- नयाँ स्रेस्ता प्रणालीको अर्को उदेश्य बजेटको सिमा उलङ्घन गर्न नदिनु हो । यस प्रणाली अन्तर्गत बजेट हिसाबको व्यवस्था गरिएकाले प्रत्येक कर्यालयले बजेटको निर्धारण गरेको सिमाभित्र रहेर खर्च गर्नु पर्दछ।

() बजेटका लागि आवश्यक विवरण उपलब्ध गराउनु :- नयाँ स्रेस्ता प्रणाली अन्तर्गत तयार गरिने खर्चको फाँटवारी तथा अन्य आर्थिक प्रतिवेदनले बजेट तयार गर्न आवश्यक पर्ने आर्थिक विवरणहरु उपलब्ध गराउँछन् ।

() जिन्सी समानको सुरक्षा गर्नु :- नयाँ स्रेस्ता प्रणाली अन्तर्गत सरकारी कार्यालयमा रहेका विभिन्न जिन्सी समान तथा सम्पत्तिहरुको यर्थाथ लेखा राख्ने हुँदा जिन्सी समानको सुरक्षा हुन जान्छ।

() लेखापरिक्षणमा सरलता ल्याउनु :- नयाँ स्रेस्ता प्रणाली अनुसार देशका सबै सरकारी कार्यालयहरुले एकै किसिमको लेखा राख्ने र तोकिएको अनुसार एउटै ढाँचाका फारामहरु प्रयोग गर्ने भएकाले लेखा परीक्षण कार्यमा सरलता हुन गएको छ।

 

. सरकारी लेखा व्यवसायिक लेखाबिच फरक लेख्नुहोस्

उत्तर:- सरकारी लेखा र व्यवसायिक लेखाबिच फरक यस प्रकार छन् :

सरकारी लेखा वा स्रेस्ता व्यवसायिक लेखा वा स्रेस्ता
 (क) यो स्रेस्ता जनतालाई सामाजिक र आर्थिक सेवा उपलब्ध गराउने उदेश्यले गरिन्छ । (क) यो स्रेस्ता आर्थिक अवस्थाको यथार्थ जानकारी लिने उदेश्यले तयार गरिन्छ ।
(ख) यो सेस्ता जनताप्रति उत्तरदायी हुन्छ । (ख) यो स्रेस्ता मालिकहरु प्रति उत्तरदायी हुन्छ ।
(ग) यो स्रेस्ता प्रचलित कानुन ऐन, नियम, परिपत्र, आदेश तथा बजेट द्वारा नियन्त्रित हुन्छ । (ग) यो स्रेस्ता व्यवसायका मालिकहरुद्वारा नियन्त्रित हुन्छ ।
  (घ) यो स्रेस्ता प्रचलित नियम कानुन तथा बजेटकको परिधिभित्र रहेर तयार गर्नुपर्छ ।  (घ) यो स्रेस्ता लेखाका सामान्य सिद्धान्त तथा व्यवसायको नियमअनुसार सञ्चालन हुन्छ ।
(ङ) यसले देशको आर्थिक गतिविधिको जानकारी गराउँछ। (ङ) यसले नाफा, नोक्सान, सम्पत्ति, दायित्व र पुँजीको बारेमा जानकारी दिन्छ।

 

३. सरकारी स्रेस्तामा लेखापरीक्षण किन आवश्यक ? आन्तरिक लेखापरीक्षण अन्तिम लेखापरीक्षण बीचमा रहेका भिन्नताहरु केके हुन् ?

उत्तर:- लेखा परीक्षणका आवश्यकतालाई निम्न लिखित बुंदाहरुमा प्रस्तुत गर्न सकिन्छ ।

() गल्ती तथा छलफलको जानकारी:- सरकारी स्रेस्तामा आन्तरिक तथा अन्तिम लेखापरीक्षण गरिने हुँदा भुलवश गरिएका गल्तीहरुका साथै गरेको छलकपट तथा हिनामिना पत्ता लाग्छ।

() आर्थिक स्थितिको चित्रण:- लेखापरीक्षणले सरकारी कार्यालयहरुको विभिन्न आर्थिक दस्ताबेजहरुको परीक्षण गर्ने हुँदा तिनीहरुको आर्थिक स्थितिको सही चित्रण गर्दछ ।

() साथै योजना तर्जुमा गर्न, कर निर्धारणमा सुविधा तथा सरकारी आर्थिक प्रशासनमा सहयोग हुने भएकाले सरकारी स्रेस्तामा लेखापरीक्षणको आवश्यकता पर्दछ ।

आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण्का बीचमा रहेका भिन्नताहरु यसप्रकार छन् ।

आन्तरिक लेखापरीक्षण अन्तिम लेखापरीक्षण
 (क) आन्तरिक लेखापरीक्षण व्यवसाय वा संस्था भित्रकै कर्मचारीबाट गराइन्छ।  (क) अन्तिम लेखापरीक्षण संस्थाकै ऐनमा उल्लेख भए अनुसार तोकिएको रजिष्टर्ड लेखापरीक्षकबाट गराइन्छ ।
 (ख) यो गल्ती सुधार्न र सुझाव दिने उदेश्यले गरिन्छ ।  (ख) गल्ती पत्ता लगाउने तथा छलफल भए दोषीलाई कारवाही गर्ने उदेश्यले गरिन्छ।
(ग) यसको कर्तव्य र दायित्व व्यवस्थापकले निर्धारण गरे बमोजिम हुन्छ । (ग) यसको कर्तव्य र दायित्व ऐनबमोजिम सत्यता प्रमाणित गर्ने हुन्छ ।
(घ) यो लेखापरीक्षण कार्यालयलाई सहयोग पुर्याउने उदेश्यले गरिन्छ। (घ) यो लेखापरीक्षण कार्यालयमा गलत प्रकृयाको नियन्त्रणका लागि गरिन्छ।
(ङ) सरकारी कार्यालयमा यो लेखापरीक्षण महा – लेखा नियन्त्रक वा निजका मातहतको को.ले.नि.का बाट खटाइएका कर्मचारीले गर्दछ । (ङ) यो लेखापरीक्षण महा लेखापरीक्षकको कार्यालयबाट वा सो कार्यालयले तोकेको लेखापरीक्षकबाट गराइन्छ ।

 

अतिछोटो प्रश्न उत्तर :

. नेपालमा नयाँ स्रेस्ता प्रणालीको परीक्षण प्रयोग कुन आर्थिक वर्षबाट सुरुवात भएको थियो।

उत्तर :- वि.स. २०१९ । २०२०

 

. कम्पनीको अन्तिम लेखापरीक्षण कसले गर्दछ

उत्तर :- कम्पनीको अन्तिम लेखा परीक्षण कम्पनीकै साधारण सभाबाट तोकिएको अधिकार प्राप्त लेखापरीक्षकहरुबाट गराइन्छ ।

 

जिल्लास्थित सरकारी कार्यालयहरुको अन्तिम लेखा परिक्षण कुन निकायले गर्दछ ?

उत्तर :- महालेखा परीक्षकको कार्यालय

 

. जिल्ला स्थित सरकारी कार्यालयको आन्तरिक लेखा परीक्षण कुन निकायले गर्दछ

उत्तर :- कोष तथा लेखा नियन्त्रक कार्यालय ।

 

. कुन स्रेस्ता प्रणाली नगदी कारोबारमा मात्र आधारित ?

उत्तर :- नयाँ प्रेस्ता प्रणाली।

 

. महालेखा परीक्षकको कार्यालयका प्रमुख को हुन्छन्

उत्तर :- महालेखा परीक्षकको कार्यालयका प्रमुख महा लेखा परिक्षक हुन्छन्।

 

. नेपालको अन्तरिम संविधान २०६३ अनुसार महालेखा परीक्षकको नियुक्ति कसले गर्दछ

उत्तर:- संवैधानिक परिषदको सिफारिसमा प्रधानमन्त्रीले गर्दछ।

 

.आन्तरिक लेखापरीक्षणको एउटा उदेश्य लेख्नुहोस्

उत्तर :- कुनै पनि संस्थाको हिसाब किताब र क्रियाकलापहरुको जाँच गर्नु आन्तरिक लेखा परीक्षणको एउटा उदेश्य हो।

Leave a Reply