व्यापार
छोटो प्रश्न उत्तर :
१. बीजकको परिभाषा दिनुहोस् । विदेशी व्यापारमा प्रयोग हुने कुनै चारओटा बीजकको वर्णन गर्नुहोस् ।
उत्तर:- बिक्रेताले क्रेतालाई समानको विवरण, परिमाण, प्रतिएकाई मूल्य, जम्मा मूल्य आदि उल्लेख गरी पठाएको व्यापारिक पत्रलाई बीजक भनिन्छ। विदेशी व्यापारमा प्रयोग हुने कुनै चार ओटा बीजकको वर्णन यस प्रकार गरिएका छन्।
(क) लोको बीजक:- स्थानीय मूल्यमा नै मालसमान पठाउने वा बिक्री गर्ने सर्तमा बिक्रेताले क्रेतालाई पठाएको बीजकलाई लोको बीक भनिन्छ । यस्तो बीजकमा ढुवानी, बिमा तथा अन्य खर्चहरु समावेश गरिदैन ।
ख) एफ. ओ. बि. बीजक :- यस को पूरा रुप “ Free On Board Invoice” हुन्छ । जहाजसम्मको खर्च समावेस गरिएको बीजकलाई एफ ओ. बि. बीजक भनिन्छ ।
(ग) सी. एण्ड एफ. बीजक :- यसको पूरा रुप ” Cost and Freight Invoice ” हुन्छ । बिक्रेताले क्रेतालाई बीजक पठाउँदा बस्तुको मूल्य र पठाउँदा लाग्ने भाडा समावेश गरिएको बीजकलाई सी. एण्ड एफ. बीजक भनिन्छ ।
(घ) सी. आई. एफ बीजक :- यसको पूरा रुप ” Cost Insurance and Freight इन्वीओआईस” हो । वस्तुको मूल्य पठाउँदा लाग्ने भाडा र बिमा खर्च समेत क्रे ताले बेहोर्ने गरी पठाएको बीजकलाई सी. आई. एफ. बीजक भनिन्छ ।
(ङ) फ्राङ्को बीजक :- कुनै पनि बिक्रेताले आफ्नो गोदाम देखि क्रेताको गोदामसम्म ढुवानी गर्दा लाग्ने कुनै किसिमको खर्च बहन नगर्ने गरी पठाएको बीजकलाई फ्राको बीजक भनिन्छ।
२. स्वदेशी व्यापार भनेको के हो ? स्वदेशी व्यापार गर्ने तरिका वा विधिहरु क्रमिक रुपमा उल्लेख गर्नुहोस्।
उत्तर:- मुलुकभित्र नै वस्तुको बिक्री वितरण गरिने व्यापारिक कारोबारलाई स्वदेशी व्यापार भनिन्छ।
(क) सोधपुछ :- क्रेताले खरिद गर्न चाहेका मालसमान उपलब्ध गराउने सम्भावित बिक्रेतालाई मालसमान सम्बन्धी जानकारी लिन सोधनी पत्र पठाउँछ । उक्त पत्रलाई सोधपुछ भनिन्छ।
(ख) मूल्य सूची :- सोधपुछ पत्र प्राप्त गर्ने बिक्रेताले मालसमान सम्बन्धी जानकारी लिन चाहेका क्रेतालाई मालसमानको पूर्ण विवरण सहित मूल्य सूचि पठाउँछ।
(ग) खरिद आदेश :- बिक्रेताबाट मूल्यसूची र आवश्यक जानकारी प्राप्त भइसकेपछि खरिद गर्न चाहेको मालसमानको विवरण, संख्या, गुणस्तर अन्य आवश्यक सर्तहरु उल्लेख गरी बिक्रेताकहाँ खरिद आदेश पठाइन्छ।
(घ) मालसमानको सङ्कलन :- क्रेताबाट प्राप्त भएको खरिद आदेशमा उल्लेख भए बमोजिमका मालसमानहरु कुन – कुन गोदाम वा स्थानमा छन् । तिनीहरुलाई एकै ठाउँमा जम्मा गर्ने कार्य बिक्रेताको तर्फबाट गरिन्छ ।
(ङ) मालसमानको प्याकिङ :- बिक्रेताले बिक्री गर्ने मालसमानलाई क्रेता समक्ष सुरक्षित रुपमा सरल ढंगबाट ढुवानी गरी पुऱ्याउने उदेश्यले प्याकिङ गर्नुपर्छ।
३. विदेशी व्यापार भनेको के हो ? क्रमिक रुपमा यसका चारओटा तरिका वा विधिहरु उल्लेख गर्नुहोस् ।
उत्तर:- आफ्नो देशभन्दा बाहिर अन्य देशहरुसँग सामानहरु खरिद र बिक्री गर्ने व्यापारलाई विदेशी व्यापार भनिन्छ ।
विदेशी व्यापार गर्ने तरिकाहरु यस प्रकार छन् : –
(क) सोधपुछ :- क्रेताले विदेशबाट खरिद गर्न चाहेको मालसमान उपलब्ध गराउने सम्भावित बिक्रेतालाई मालसमान सम्बन्धी जानकारी लिन पठाएको पत्रलाई सोधपुछ भनिन्छ।
(ख) मूल्य सूची :- सोधपुछ पत्र प्राप्त गर्ने बिक्रेताले मालसमान सम्बन्धी जानकारी लिन चाहेका क्रेतालाई मालसमानको पूर्ण विवरण सहित मूल्य सूचि पठाउँछ।
(ग) आदेश पत्र :- बिक्रेताहरुबाट मूल्य सूची र आवश्यक जानकारी प्राप्त भएपछि तिनीहरुको अध्ययन र विश्लेषण गरी एक वा एकभन्दा बढि बिक्रेताबाट मालसमान खरिद गर्ने निर्णय लिइन्छ । त्यसपछि वस्तु खरिद गर्न आदेश पत्र पठाइन्छ।
(घ) मालसमानको सुम्पाइ:- बिक्रेताले खरिद आदेश पत्र प्राप्त भए पछि आदेश बमोजिम मालसमान ढुवानी साधनलाई जिम्मा दिइन्छ । ढुवानीकर्ताले मालसमान जिम्मा लिएपछि क्रेतालाई समान बुझाई सकेपछि त्यसको प्रमाण लिखित रुपमा लिने कार्यलाई मालसमानको सुम्पाइ भनिन्छ।
(ङ) विदेशी बीजक:-बिक्रेताले मालसमानको साथै ढुवानी गरेको साधनको बारे पूर्ण रुपमा दिएको विवरणलाई बीजक भनिन्छ । जसमा मालसमानको संख्या, गुणस्तर, प्रतिएकाई मूल्य, बीमा आदि कुराहरु समावेश गरिएको हुन्छ ।
४. स्वदेशी व्यापार किन आवश्यक हुन्छ ? स्वदेशी तथा विदेशी दुवै व्यापारमा प्रयोग गरिने प्रलेखहरु वा कागजातहरु के के छन् ? लेख्नुहोस् l
उत्तर :- स्वदेशी उत्पादकहरुबाट उत्पादन गरिएका वस्तुहरुलाई देशका विभिन्न क्षेत्रमा छरिएर बसेका उपभोक्ताहरुसम्म पुर्याइ बिक्री बितरण गर्नका लागि स्वदेशी व्यापारको आवश्यक हुन्छ । स्वदेशी र विदेशी दुवै व्यापारमा प्रयोग हुने प्रलेखहरु निम्न अनुसार छन् ।
(क) सोधपुछ:- क्रेताले विदेशबाट खरिद गर्न चाहेको मालसमान उपलब्ध गराउने सम्भावित बिक्रेतालाई मालसमान सम्बन्धी जानकारी लिन पठाएको पत्रलाई सोधपुछ भनिन्छ ।
(ख) मूल्य सूची:- सोधपुछ पत्र प्राप्त गर्ने बिक्रेताले मालसमान सम्बन्धी जानकारी लिन चाहेका क्रेतालाई मालसमानको पूर्ण विवरण सहित मूल्य सूची पठाउँछ ।
(ग) मालसमानको ढुवानी:- बिक्री गरिने मालसमानको प्याकिङ भइसकेपछि उपयुक्त ढुवानीको साधन मार्फत क्रेतालाई मालसमान पठाउने व्यवस्थालाई मालसमानको ढुवानी भनिन्छ।
घ) बीजक :- बिक्रेताले मालसमानको साथै ढुवानी गरेको साधनको बारे पूर्ण रुपमा दिएको विवरणलाई बीजक भनिन्छ । जसमा मालसमानको संख्या, गुणस्तर, प्रतिएकाई मूल्य, बीमा आदि कुराहरु समावेश गरिएको हुन्छ ।
५. स्वदेशी र विदेशी व्यापार बिचको कुनै पाँचओटा भिन्नता उल्लेख गर्नुहोस्।
उत्तर :- स्वदेशी र विदेशी व्यापार बिचको कुनै पाँचओटा भिन्नताहरू यसप्रकार छन् l
क्र. सं. | स्वदेशी व्यापार | विदेशी व्यापार |
(क) | मुलुकभित्र नै वस्तुको बिक्री वितरण गरिने व्यापारिक कारोबारलाई स्वदेशी व्यापार भनिन्छ। | आफ्नो देशभन्दा बाहिर अन्य देशहरुसँग सामानहरु खरिद र बिक्री गर्ने व्यापारलाई विदेशी व्यापार भनिन्छ । |
(ख) | यसमा जोखिम कम हुन्छ। | यसमा जोखिम बढी हुन्छ। |
(ग) | यसमा एउटा मात्र देश समावेश हुन्छ। | यसमा दुई वा दुई भन्दा बढी देशहरू समावेश हुन्छन्। |
(घ) | यो व्यापारमा खरिद र बिक्री गर्दा स्वदेशी मुद्रा भुक्तानी गरिन्छ वा प्राप्त हुन्छ। | यो व्यापारमा खरिद र बिक्री गर्दा विदेशी मुद्रामा भुक्तानी गरिन्छ वा प्राप्त हुन्छ। |
(ङ) | यो व्यापार गर्दा राष्ट्रिय नियम, कानून लागू हुन्छन्। | यो व्यापार गर्दा अन्तराष्ट्रिय नियम, कानून लागू हुन्छन्। |
६.स्वदेशी र विदेशी व्यापार बिचको कुनै पाँचओटा सामान्ताहरु उल्लेख गर्नुहोस्।
उत्तर :- स्वदेशी र विदेशी व्यापार बिचको कुनै पाँचओटा सामान्ताहरु यसप्रकार छन् l
(क) स्वदेशी र विदेशी दुबै व्यापारमा वस्तु र सेवाको विनिमय हुन्छ l
(ख) स्वदेशी र विदेशी दुबै व्यापारमा दुई पक्ष (क्रेता र विक्रेता) हुन्छन् l
(ग) स्वदेशी र विदेशी दुबै व्यापारको मुख्य उदेश्य नाफा कमाउने हुन्छ l
(घ) स्वदेशी र विदेशी दुबै व्यापारमा सामाजिक सम्बंध स्थापित हुन्छ l
(ङ) स्वदेशी र विदेशी दुबै व्यापारमा क्रेता र विक्रेता बिच ऐच्छिक खरिद, बिक्री हुन्छ l
७.व्यवसायमा प्रयोग गरिने कुनै पाँचओटा भुक्तानीका साधनहरूको संक्षेपमा वार्णन गर्नुहोस्।
उत्तर:- व्यवसायमा प्रयोग गरिने कुनै पाँचओटा भुक्तानीका साधनहरू यसप्रकार छन्।
(क) प्रतीत पत्र (Letter of Credit):-अन्तर्राष्ट्रिय व्यापारमा वैकमार्फत कागजपत्रका आधारमा भुक्तानी दिने पद्धतिलाई प्रतीतपत्र भनिन्छ । आजको विश्व व्यापारमा बैङ्कमा प्रतीतपत्र खोलेपछि मात्र निर्यातकर्ताले सामान पठाउन सुरू गर्छ। यसप्रकार निर्यातकर्ताको आफ्नो कारोबारको मूल्य भुक्तानी गर्ने दुई देशको बैङ्कबीच खाता खोली बैङ्क जमानी बसी कारोबार गरेको पात्रलाई प्रतीतपत्र भनिन्छ।
(ख) चेक:- खातावालाले यति रकम फलाना वा लिई आउनेलाई भुक्तानी दिनू भनी दिइने आदेशलाई चेक भनिन्छ । यो बैङ्कलाई खातावालाले छापिएको निर्दिष्ट फाराम भरी लिई आउने बाहक वा आफैंलाई यति रकम दिनु भनी लेखिदिएको लिखित आदेश हो । चेकमा नाम, मिति, खाता नम्बर, रकम अङ्क र अक्षर दुवैमा स्पष्टसंग लेख्नुपर्छ। चेकमा खातावालाले दस्तखत नमुनाबमोजिम सही गर्नुपर्छ ।
(ग) ए.टी.एम. कार्ड:-ए.टी.एम. कार्ड आधुनिक बैङ्किङ प्रणालीअन्तर्गतको बैङ्कमा रकम जम्मा गरी बैङ्क खाता खोल्ने ग्राहकले बैङ्क रकम प्राप्त गर्ने अत्याधुनिक र शीघ्र प्रविधियुक्त माध्यम वा साधन हो। ए.टी.एम. को विस्तृत रूप Automated Teller Machine हो । ए.टी.एम. कार्ड प्राप्त गर्न ए.टी.एम. सुविधा भएका बैङ्कमा खाता खोल्ने बैङ्क ग्राहकले निश्चित प्रक्रिया पूरा गरी कार्डको पिन नम्बरसहित गोप्य रूपमा प्राप्त गरी प्रयोगमा ल्याउन सक्छ ।
(घ) बैङ्क ड्राफ्ट (Bank Draft):- बैङ्क ड्राफ्ट भनेको एक बैङ्कले आफ्नो शाखा, उपशाखा या एजेन्सीलाई तोकिएको रकम तोकिएको व्यक्ति, फर्म वा कम्पनीलाई भुक्तानी गर्नु भन्ने बैङ्क आदेश हो । बैङ्कबाट ड्राफ्ट बनाइसकेपछि सो बैङ्क ड्राफ्ट सम्बन्धित व्यक्तिकहाँ पठाइन्छ अनि बैङ्कमा पेस गरेपछि त्यस बैङ्क ड्राफ्टमा उल्लिखित रकम भुक्तानी प्राप्त हुन्छ।
(ङ) इलेक्ट्रोनिक ट्रान्सफर (Electronic Transfer):- एक बैङ्कबाट अर्को बैङ्कसम्म कम्प्युटरको माध्यमबाट दूर संचारको सहयोगमा रकम स्थानान्तरण गर्ने प्रक्रिया वा तरिकालाई इलेक्ट्रोनिक ट्रान्सफर भनिन्छ । इलेक्ट्रोनिक ट्रान्सफरका लागि इन्टरनेट जस्तै तर अत्यन्त सुरक्षित अन्तर्राष्ट्रिय दूर सञ्चार सञ्जाल निर्माण गरिएको हुन्छ। यो कम्प्युटरमार्फत् सञ्चालित हुन्छ।
अतिछोटो प्रश्न उत्तर :
१. ATM को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- ATM को पूरा रुप “Automated Teller Machine” हो।
२. WTO को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- WTO को पूरा रुप “World Trade Organization” हो ।
३. SWIFT को विस्तारित रुप लेख्नुहोस् ।
उत्तर :- SWIFT को विस्तारित रुप “Society For World Wide International Financial Transaction” हो ।
४. GATT को विस्तृत रुप लेख्नुहोस् ।
उत्तर :- GATT को विस्तृत रुप “General Agreement on Tarrifs and Trade” हो ।
५. SAFTA को विस्तारित रुप लेख्नुहोस् ।
उत्तर :- SAFTA को विस्तारित रुप “South Asian Free Trade Area” हो ।
६. SAPTA को विस्तारित रुप लेख्नुहोस् ।
उत्तर :- SAPTA को विस्तारित रुप “South Asian Preferential Trade Agreement” हो ।
७. CIF को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- CIF को पूरा रुप “Cost, Insurance and Freight Invoice” हो ।
८. CF को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- CF को पूरा रुप “Cost and Freight Invoice” हो ।
९. FOB को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- FOB को पूरा रुप “Free Board Invoice” हो ।
१०.व्यापारमा प्रयोग गरिने कुनै चार वटा भुक्तानीका साधनहरुको नाम लेख्नुहोस् ।
(क) प्रतीतपत्र (ख) चेक (ग) ATM कार्ड (घ) बैंक ड्राफ्ट
११. प्रतीत पत्र भनेको के हो ?
उत्तर :- अन्तराष्ट्रिय व्यापारमा बैङ्क मार्फत कागजपत्रका आधारमा भुक्तानी दिने पद्धतिलाई प्रतीत पत्र भनिन्छ ।
१२.विदेशी व्यापारमा मूल्य सूची कसले कसलाई पठाउँछ ?
उत्तरः– विदेशी व्यापारमा मूल्य सूची निर्यातकर्ताले आयातकर्तालाई पठाउँछ ।
१३. विदेशी व्यापारमा सोधपुछ पत्र कसले कसलाई पठाउँछ ?
उत्तरः– विदेशी व्यापारमा सोधपुछ पत्र आयातकर्ताले निर्यातकर्तालाई पठाउँछ l