बैंक तथा वित्तीय संस्था

बैंक तथा वित्तीय संस्था

 लामो प्रश्न उत्तर :

. केन्द्रीय बैङ्कका परिचय दिई यसका कुनैवटा कार्यहरुको वर्णन गर्नुहोस्

उत्तर :- देशका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्थाहरुको गतिविधि नियमित गर्ने, मौद्रिक प्रणालीको सुदृढीकरण नियन्त्रण गर्ने उदेश्य लिएर स्थापना भएको सरकारी बैङ्कलाई केन्द्रिय बैङ्क भनिन्छयसलाई बैङ्कहरुको बैङ्क पनि भनिन्छ । 

केन्द्रिय बैङ्कका कुनै वटा कार्यहरुको वर्णन यस प्रकार गरिएका छन्

() नोट निष्काशन गर्नु :- केन्द्रिय बैङ्कको मुख्य काम धातु मुद्रा एवम् कागजको नोट निष्काशन गर्नु होयसरी नोट निष्काशन गर्दा निश्चित प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा सरकारी ऋणपत्रहरु धितोको रुपमा राख्नुपर्छ

() सरकारको   सल्लाहकारको रुपमा काम गर्नु :- केन्द्रिय बैङ्क सरकारको बैङ्क भएकाले यसले नेपाल सरकारको मन्त्रालय विभाग कार्यालयहरुका लागि आवश्यक बैङिकङ्ग सुविधा उपलब्ध गराउँछसाथै नेपालमा नेपाल राष्ट्र बैङ्कले सरकारको बैंक तथा वित्तिय क्षेत्रको विषयमा आर्थिक सल्लाहकार तथा नेपालको एजेन्टका रुपमा कार्य सम्पादन गर्दछ

() बैङ्कहरुको बैङ्क:- केन्द्रिय बैङ्कले अन्य बैङ्कहरुको स्थापना कार्य सञ्चालन गर्न अनुमति स्वीकृति दिने कार्य गर्दछसाथै अन्य बैङ्कहरुको व्याजदर निर्धारण, निक्षेप जम्मा गर्दा वा अन्य बैङिकङ्ग सुविधा प्रदान गर्दा केन्द्रिय बैङ्कले आदेश तथा सुझाव दिने कार्य गर्दछ

() विदेशी विनिमय माथि नियन्त्रण कायम गर्ने :- सरकारको विदेशी विनिमयको निती निर्माता नै केन्द्रिय बैंक होकेन्द्रिय बैङ्कले विदेशी मुद्रा खरिद तथा बिक्री गर्ने सम्पूर्ण कार्य गर्दछ यो कार्य गर्न अन्य बैङ्कहरुलाई पनि इजाजत दिन्छ

() बैंकिंग व्यवस्थाको विकास गर्ने :- केन्द्रिय बैङ्कले बैङिकङ्ग कारोबार गर्न चाहने व्यक्ति वा संस्थाका लागि केन्द्रिय बैङ्कमा नियमअनुसार जमानत राखेपछि मात्र कार्य संचालन गर्ने इजाजत प्राप्त गर्छन्आवश्यकताअनुसार बैङ्कहरुको निरीक्षण गर्ने, बैङ्कहरुलाई निर्देशन दिने, बैङ्कको विकासमा सहयोग पुर्याउने काम केन्द्रिय बैङ्कले गर्ने गर्दछ

() पुँजीको परिचालन राष्ट्र ऋण व्यवस्था :- केन्द्रिय बैङ्कले देशका विभिन्न भागमा छरिएर रहेका साना बचत रकमलाई एकत्रित गरी देश विकासका लागि पुंजी परिचालन गर्न मुद्रा बजार तथा पुंजी बजारको सृजना गर्दछसाथै विभिन्न विकासका कार्यक्रमहरु संचालन गर्न आवश्यक पर्ने पुंजी जुटाउन यस बैंकले सरकारको तर्फबाट विभिन्न किसिमका विकास ऋणहरु जारी गर्दछ

 

. वाणिज्य बैंकको परिचय दिई यसका कुनै वटा कार्यहरुको वर्णन गर्नुहोस्

उत्तर :- साधारण अर्थमा व्यापार तथा वाणिज्य क्षेत्रको विकासका लागि स्थापना भएका बैङ्कलाई वाणिज्य बैङ्क भनिन्छदेशको उद्योग, व्यापार वा बाणिज्य क्षेत्रलाई प्रोत्साहन गर्ने, संचालन सम्बन्धी कार्यमा सहयोग पुर्याउने उदेश्यले स्थापित बैंकलाई बाणिज्य बैङ्क भनिन्छबाणिज्य बैङ्कका वटा कार्यहरुको वर्णन निम्न अनुसार गरिएका छन् : –

() जम्मा स्विकार गर्नु :- वाणिज्य बैङ्कले व्यक्ति वा संस्थासँग छरिएर रहेका बचत रकमलाई जम्माकर्ताहरुको नाममा विभिन्न खाताहरु खोलेर जम्मा गर्ने कार्य गर्दछयसरी जम्माकर्ताहरुले बचत तथा मुद्धती खातामा रकम जम्मा गर्दा निश्चित दरले व्याज प्राप्त गर्छन भने चल्ती खातामा रकम जम्मा गर्दा व्याज पाईदैन

() ऋण प्रदान गर्नु :- वाणिज्य बैङ्कले सुन, चाँदी , हिरा, जिन्सी समान ,घर जग्गा तथा जमिन, कम्पनीको अंशको प्रमाणपत्र, शेयर आदि धरौटिका रुपमा राखि विभिन्न उद्योग, वाणिज्य तथा संस्थाहरुलाई ऋण प्रदान गर्ने कार्य गर्दछयसरी ऋण प्रदान गर्दा वाणिज्य बैङ्कले निश्चित व्याज रकम लिने गर्दछ

() रकम स्थानान्तरण :- वाणिज्य बैङ्कले बैक ड्राफ्ट, टि.टि. आदिका माध्यमबाट स्वदेश तथा विदेशका विभिन्न ठाँउहरुमा चाहेको बैंक मार्फत भुक्तानी पाउने गरी रकम पठाउने वा विभिन्न ठाँउबाट रकम ल्याइदिने कार्य गर्दछयसरी रकम स्थानान्तरण गर्दा यस बैङ्कले निश्चित दस्तुर लिने गर्दछ।

() विदेशी विनिमय सम्बन्धी कारोबार गर्ने :- वाणिज्य बैङ्कले केन्द्रिय बैङ्कबाट अनुमति लिएर विदेशी मुद्राको खरिद तथा बिक्री सम्बन्धी कारोबार वैदेशीक व्यापारमा भुक्तानी सम्बन्धी व्यवस्था मिलाई दिने कार्य गर्दछ

() एजेन्टको काम गर्ने :- वाणिज्य बैङ्कले ग्राहकहरुको तर्फबाट एजेन्ट भई कम्पनीको अंश खरिद बिक्री सम्बन्धी कार्यको जिम्मा लिने, अंशबाट प्राप्त हुने लाभांश संकलन गरिदिने, ऋणपत्रको व्याज बुझ्ने वा बुझाउने आदि कार्यहरु गर्दछयसरी कार्य गरेवापत यस बैङ्कले कमिशनका रुपमा केही रकम लिने गर्दछ।

() बहुमुल्य वस्तुहरुको सुरक्षा गर्ने :- वाणिज्य बैङ्कले ग्राहकहरुको सुन, चाँदी, हिरा तथा महत्वपूर्ण कागजपत्रहरु आदि सुरक्षित रुपमा राखिदिने विशेष प्रकारको दराज वा लकर्स उपलब्ध गराउँछयसरी सुरक्षा प्रदान गर्दा बैङ्कले केही रकम दस्तुर लिने गर्दछ

 

. जीवन बिमा भनेको के हो ? यसका प्रकारहरु उल्लेख गर्नुहोस्

उत्तर :- मानिसको मृत्यू, वृद्धावस्था असमर्थताबाट उत्पन्न हुन सक्ने आर्थिक कठिनाईबाट बच्न गरिने बिमालाई जीवन बिमा भनिन्छ । 

जीवन बिमाका प्रकारहरुलाई यस प्रकार वर्णन गरिएका छन्:

() सावधिक जीवन बिमा :- दीर्घकालीन बचतका उदेश्यले निश्चित अवधिका लागि गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ

() आजीवन जीवन बिमा :- विमितको मृत्युपछि मात्र उसका हकवालाहरुले एकमुष्ट रकम भुक्तानी पाउने गरी गरिएको बिमालाई आजीवन जीवन बिमा भनिन्छ।

() बालबच्चाको शिक्षा विवाह सम्बन्धी सावधिक जीवन बिमा : – आफ्ना बालबच्चाहरुलाई राम्रो शिक्षा उपलब्ध गराउन वा उनीहरुका विवाहका लागि आवश्यक रकमको व्यवस्था गर्न अभिभाबहकद्वारा गराइने बिमालाई बालबच्चाको शिक्षा विवाह सम्बन्धी सावधिक जीवन बिमा भनिन्छ।

() म्यादी जीवन बिमा :- छोटो अवधिको लागि गरिने बिमालाई म्यादी जीवन बिमा भनिन्छअल्पकालीन ऋण भुक्तानी गर्नका लागि सुरक्षा प्रदान गर्ने उदेश्य म्यादी जीवन बिमाको हो

() अग्रिम भुक्तानी सावधिक जीवन बिमा :- यो बिमा सावधिक जीवन बिमा जस्तै हो l यसमा १५ वर्ष, २० वर्ष २५ वर्ष गरी तीन प्रकारले जीवन बिमा गरिन्छ।

 

४. चेक भनेको के हो ? यसका प्रकारहरुको वर्णन गर्नुहोस् l 

उत्तर:- बैङ्कमा जम्मा गरिएको रकम झिक्न प्रयाेग गरिने कागजातलाई चेक भनिन्छ। अर्को शब्दमा, खातवलाले उल्लेख गरेका रकम तोकिएको व्यक्ति वा बाहलालाई भुक्तानी दिनु भनी बैङ्कको नाममा जारी गर्ने लिखित र सर्तरहित आदेशलाई चेक भनिन्छ ।

रकम भुक्तानी लिने आधारमा चेकलाई बाहक चेक, आदेश चेक र रेखाङ्कित चेक गरी निम्न तीन भागमा विभाजन गरिएको हुन्छ।

(क) Bearer Cheque (बाहक चेक): बैंकमा चेक लिई आउने व्यक्ति वा पक्षलाई भुक्तानी दिनु भनी जारी गरिएको चेकलाई बाहक चेक भनिन्छ । बाहक चेकमा भुक्तानी पाउने पक्षको नाम र हस्ताक्षर जरुरी हुँदैन । यसप्रकारको चेक सजिलैसँग हस्तान्तरण गर्न सकिन्छ । बैंकमा चेक प्रस्तुत गर्ने व्यक्तिलाई बाहक भनिन्छ, जुन उक्त चेकको भुक्तानी प्राप्तकर्ता हुन्छ । यस चेक गलत व्यक्तिले भुक्तानी पाएमा समेत यस्तो चेकको कारोबारमा बैंक जिम्मेवार मानिँदैन ।

(ख) Order Cheque (आदेश चेक): चेकमा उल्लेख गरिएको पक्ष वा उक्त पक्षको आदेशअनुसारको व्यक्ति वा पक्षलाई मात्र भुक्तानी दिनु भनी जारी गरिएको चेकलाई आदेश चेक भनिन्छ । यसप्रकारको चेक अन्य व्यक्ति वा पक्षलाई दरपिठ (Endorsement) बाट मात्र हस्तान्तरण गर्न सकिन्छ ।

(ग) Crossed Cheque (रेखाङ्कित चेक): चेकको देब्रे भागमा दुईवटा समानान्तर रेखाहरूसहित जारी गरिएको चेकलाई रेखाङ्कित चेक भनिन्छ । चेक हराएमा वा चेकको रकम अन्य पक्षलाई हस्तान्तरण हुनबाट सुरक्षा प्रदान गर्न रेखाङ्कित चेकको प्रयोग गरिएको हुन्छ । यस्तो चेकको भुक्तानी चेक लिई आउने व्यक्तिलाई नभई भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुन्छ ।

 

५. चेकका आठओटा नियमहरु लेख्नुहोस् l 

 उत्तर:-चेकका आठओटा नियमहरु यसप्रकार छन्:

(क) चेकमा लेखिएको मिति स्पष्ट हुनुपर्छ । बैंकले तोकेको म्याद नाघेको र आगामी दिनको मिति हुनुहुन्न ।

(ख) भुक्तानी पाउनेको नाम, थर वा ठेगाना स्पष्ट रूपमा लेख्नुपर्दछ।

(ग) अङ्क र अक्षरमा लेखेको रकम ठीक, दुरुस्त हुनुपर्दछ । 

(घ) चेकमा खाता नम्बर ठीकसँग लेखिएको हुनुपर्छ ।

(ङ) चेकमा रहेको खातावालाको हस्ताक्षर नमुना अनुसारको हुनुपर्छ।

(च) ग्राहकको नाममा बैंक खातामा पर्याप्त रकम हुनुपर्दछ ।

(छ) चेकमा केरमेट गरेको भए सो ठाउँमा खातावालाको हस्ताक्षर भएको हुनुपर्दछ । 

(ज) चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनुपर्छ । 

 

अतिछोटो प्रश्न उत्तर :

. वित्तिय संस्थाको अर्थ लेख्नुहोस्

उत्तर :- विभिन्न क्षेत्रमा छरिएर रहेको पुँजीलाई बचतका रुपमा संकलन गरी आवश्यक क्षेत्रमा लगानी गर्ने संस्थालाई वित्तीय संस्था भनिन्छ

 

. दुईओटा वित्तीय संस्थाको प्रकार लेख्नुहोस्

उत्तर :- दुईओटा वित्तिय संस्थाको प्रकार निम्न छन्

() बैंक

() बिमा

 

. आदेश चेक भनेको के हो?

उत्तर :- चेकमा तोकिएको व्यक्तिलाई मात्र रकम भुक्तानी दिने चेकलाई आदेश चेक (Order Cheque) भनिन्छ

 

. रेखांकित चेक वा क्रस चेक भनेको के हो?

उत्तर :- चेकको वायाँपट्टिको माथिल्लो कुनामा दुई समानान्तर रेखा तानी दुई रेखाको बिचमा Account Payee Only लेखेको चेकलाई रेखांकित चेक भनिन्छ

 

. बाहक चेक भनेको के हो?

उत्तर :- जुन सुकै व्यक्तिलाई पनि बैङ्कले भुक्तानी दिने चेकलाई वाहक चेक भनिन्छ

 

. रेखांकित चेकमा तुरुन्त रकम झिक्न पाइन्छ कि पाइदैन ?

उत्तर :- रेखांकित चेकबाट तुरुन्त प्राप्त हुँदैनपहिला आफ्नो बैंक खातामा जम्मा गर्नुपर्छ

 

. चेकको अनादर वा अप्रतिष्ठा भनेको के हो?

उत्तर :- कुनै कारणवस बैङ्कले चेकको रकम भुक्तानी गर्न अस्विकार गर्दछ भने यसलाई चेकको अनादर भनिन्छ

 

. विमा भनेको के हो?

उत्तर :- मानव जीवनमा आइपर्ने विभिन्न प्रकारका अनिश्चितता जोखिमबाट छुटकारा दिलाउनको लागि आएको आवधारणालाई बिमा भनिन्छ

 

. विमाका कुनै दुई प्राथमिक कार्यहरु लेख्नुहोस्

उत्तर :- बिमाका  कुनै दुई प्राथमिक कार्यहरु निम्न छन् : –

() निश्चितता प्रदान गर्नु

() सुरक्षा प्रदान गर्नु

 

१०.बिमा कति प्रकारका छन् ?

उत्तर :- बिमा मुख्य गरी दुई प्रकारका छन् : –

() जीवन बिमा Life Insurance)

() निर्जीवन बिमा (Non Life Insurance)

 

११.नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ?

उत्तर :- नेपाल बैंक लिमिटेडको स्थापना वि. सं. १९९४ सालमा भएको हो।

 

१२.केन्द्रिय बैंकको स्थापना सर्वप्रथम कहिले भएको हो।

उत्तर :- केन्द्रिय बैंकको स्थापना सर्वप्रथम स्विडेनमा सन् १६५६ मा भएको हो

 

१३. बेलायतमा केन्द्रिय बैङ्कको स्थापना कहिले भएको हो ?

उत्तर :- बेलायतमा केन्द्रिय बैङ्कको स्थापना सन् १६९४ मा भएको हो

 

१४. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?

उत्तर :- नेपाल राष्ट्र बैङ्कको स्थापना वि. सं. २०१३ साल बैशाख १४ गते भएको हो

 

१५. नेपालको पहिलो बैंक कुन हो ?

उत्तर :- नेपालको पहिलो बैंक  नेपाल बैक लिमिटेड हो।

 

१६. नेपालको सबैभन्दा पुरानो वाणिज्य बैकको नाम लेनुहोस्

उत्तर :- नेपालको सबैभन्दा पुरानो वाणिज्य बैङ्कको नाम राष्ट्रिय वाणिज्य बैंक हो । यसको  स्थापना वि. सं. २०२२ मा भएको हो।

 

१७. नेपाल राष्ट्र बैंकले निष्कासन गरेको सबैभन्दा ठूलो नोट कति रुपियाँको हो ?

उत्तर :- नेपाल राष्ट्र बैंकले निष्कासन गरेको सबै भन्दा ठूलो नोट ,००० रुपैयाँ हो।

 

१८. नागरिक लगानी कोष भनेको के हो?

उत्तर :- सर्वसाधारण जनता तथा संस्थागत रुपमा कार्यरत कर्मचारी वर्गलाई बचत गर्न प्रोत्साहित गरी लगानीका अवसरहरु बढाउन तथा पुँजी बजारको विकासमा गतिशिलता ल्याउने उदेश्यले स्थापना गरिएको वित्तिय संस्थालाई नागरिक लगानी कोष भनिन्छ

 

१९. नेपालमा नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

उत्तर :- नेपालमा नागरिक लगानी कोषको स्थापना २०४७ साल चैत्र गते भएको हो

 

२०. कर्मचारी सञ्चय कोषले गर्ने कुनै एउटा काम लेख्नुहोस्।

उत्तर :- कोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ताको कोष कट्टी रकमको अधावधिक हिसाब राखी विवरण उपलब्ध गराउने काम कर्मचारी सञ्चय कोषको एउटा काम हो।

 

२१. नेपालको केन्द्रिय बैंकको नाम के हो ?

उत्तर :- नेपालको केन्द्रिय बैङ्कको नाम नेपाल राष्ट्र बैंक हो

 

२२. नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ती कसले गर्छ ?

उत्तर :- नेपाल राष्ट्र बैङ्कको गभर्नरको नियुक्ती नेपाल सरकारले गर्छ

 

२३. बैंक  भनेको के हो?

उत्तर :- रुपैयाँ पैसाको कारोबार गर्ने कानुन बमोजिम सङगठित संस्थालाई बैंक भनिन्छ

 

२४. बैंक ड्राफ्ट भनेको के हो ?

उत्तर :- बैङ्क ड्राफ्ट भनेको एक बैङ्कले आफ्नो शाखा, उपशाखा या एजेन्सी बैंकलाई तोकिएको रकम तोकिएको व्यक्ति, फर्म, वा कम्पनीलाई भुक्तानी गर्नु भन्ने बैंक आदेश हो

Leave a Reply