पाठ-९ अर्थशास्त्रमा तथ्याङ्क शास्त्र

पाठ-९

अर्थशास्त्रमा तथ्याङ्क शास्त्र

१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्‌ ।

(क) तथ्याङ्क शास्त्रको परिभाषा दिनुहोस्‌ ।

उतर:कुनै पनि विषयको परिमाणात्मक अध्ययन गर्ने विधालाई तथ्याड्कशास्त्र भनिन्छ। यसलाई दुई प्रकारले परिभाषित गर्ने गरेको पाइन्छ। विभिन्न  तथ्याङ्क शास्त्रीहरुले तथ्याङ्क शास्त्रलाई एक वचन र बहुवचनका रूपमा परिभाषित गरेका छन्।

(i)  एक वचनको रूपमा तथ्याङ्कशास्त्रको परिभाषा:- एक वचनको रूपमा तथ्याङ्कशास्त्रलाई एउटा विषयको रूपमा परिभाषित गरिएको छ। Croxton र Cowden का अनुसार, तथ्याङ्कशास्त्रलाई तथ्याङ्कहरूको सङ्कलन, प्रस्तुतीकरण, विश्लेषण र व्याख्या गर्ने विषयको रूपमा लिन सकिन्छ। यस परिभाषाअनुसार तथ्याङ्कशास्त्रमा तथ्याङ्कीय अध्ययनका विभिन्न चरणहरूलाई उल्लेख गरिएको छ जसअन्तर्गत तथ्याङ्क सङ्कलन, तिनको उचित व्यवस्थापन र प्रस्तुति, तथ्याङ्कको प्रतिनिधि मानहरूको गणना र तिनको विश्लेषण आदि पर्दछन्‌।

(ii)  बहुवचनको रूमा तथ्याङ्कशास्त्रको परिभाषा:- तथ्याङ्कशास्त्रलाई तथ्याङ्कको रूपमा पनि परिभाषित गरिन्छ। जसअन्तर्गत विभिन्न समान प्रकारका एकाइहरूको तथ्यलाई बुझाउँदछ। Horace Secrist का अनुसार, विभिन्न कारणहरूबाट निश्चित रूपले प्रभावित हुने, सङ्ख्यात्मक रूपमा व्यक्त गरिएका, निश्चित शुद्धता मापदण्ड पूरा गरेका, पूर्वनिर्धारित उद्देश्यका लागि व्यवस्थित रूपले सङ्कलन गरिएका र एक आपसमा तुलनायोग्य तथ्यहरूलाई नै तथ्याङ्क भनिन्छ। यस परिभाषाअनुसार निश्चित बिषय वा जनसंख्यासँग सम्बन्धित तथ्यहरू तथ्याङ्क हुन्‌।

 

ख) तथ्याङ्क शास्त्रका विषयवस्तुहरू के के हुन्‌? चर्चा गर्नुहोस्‌।

उतर:- तथ्याङ्क शास्त्रका विषयवस्तुलाई तथ्याङ्कीय विधि र व्यावहारिक तथ्याङ्क गरी दुई शीर्षकअन्तर्गत राखेर चर्चा गर्न सकिन्छ।

(i) तथ्याङ्कीय विधिहरू:- तथ्याङ्क शास्त्रमा प्रयोग हुने विधिहरू नै तथ्याङ्ककीय विधिहरू हुन्‌। अर्को शब्दमा तथ्याङ्कको सङ्कलन, वर्गीकरण, तालिकीकरण, प्रस्तुतीकरण, विश्लेषण र व्याख्या गर्न प्रयोग गरिने तरिका वा प्रक्रिया नै तथ्याङ्कीय विधिहरू हुन्‌।

(ii) व्यावहारिक तथ्याङक:- हामीले दैनिक जीवनमा आर्थिक समस्या समाधानका लागी निर्णयहरू गर्दा तथ्याङ्कको व्याख्या वा निष्कर्षलाई आधार मानिन्छ। व्यावहारिक तथ्याड्कले तथ्याङ्कको व्याख्या वा निष्कर्षमा प्रयुक्त तथ्याङ्कीय विधिको अर्थशास्त्रमा प्रयोगलाई जनाउँछ। राष्ट्रिय आय, औद्योगिक उत्पादन, कृषि उत्पादन आदिसँग सम्बन्धित तथ्याङ्कीय अध्ययनहरू व्यावहारिक तथ्याङ्कका अंशमा पर्दछन्‌। व्यावहारिक तथ्याङ्कलाई वर्णनात्मक र वैज्ञानिक गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । वर्णनात्मक व्यावहारिक तथ्याङ्कले अनुसन्धानका लागि छनोट गरिएका समस्यालाई विगत र वर्तमानका तथ्याङ्क प्रयोग गरी तुलनायोग्य र सजिलै बुझून सकिने, बनाउनका लागि प्रयोग गरिने तथ्याङ्कीय विधिको सम्बन्धमा चर्चा गर्दछ। त्यसैगरी वैज्ञानिक व्यावहारिक तथ्याङ्कले विभिन्न सामाजिक, राजनीतिक र आर्थिक समस्या समाधानका लागि निर्णयहरू लिन तथा निष्कर्ष निकाल्नका लागि प्रयोग गरिने तथ्याङ्कीय विधिको सम्बन्धमा चर्चा गर्दछ।

 

ग) तथ्याङ्क शास्त्रका सीमाहरू उल्लेख गर्नुहोस्‌।

उतर:- तथ्याङ्कशास्त्रले कुनै पनि विषयसँग सम्बन्धित तथ्यहरूलाई  संख्यात्मक रुपमा विभिन्न तथ्याङ्कीय उपकरणहरूको प्रयोग गरि अध्ययन गर्दछ। यस्तो अध्यनका निम्नलिखित सीमाहरु रहेको पाइन्छ:

(i) तथ्याङ्शास्त्रले सङ्ख्यात्मक वा परिमाणात्मक तथ्यहरूको मात्र अध्ययन गर्दछ।

(ii) तथ्याङ्क विश्लेषणबाट प्राप्त निष्कर्ष वा नतिजा निश्चित हदसम्म मात्र सही हुन्छन्। शतप्रतिशत सही हुँदैन।

(iii) तथ्याङ्क शास्त्रमा प्रयुक्त आकडाहरुमा एकरुपता नभएको अवस्थामा यसबाट प्राप्त हुने निष्कर्ष गलत हुन्छ।

(iv) तथ्याङ्क शास्त्रका नियमहरु भौतिक र रसायन विज्ञानकाे नियम जस्तो सर्वमान्य नभएर औसतमा मात्र लागु हुन्छन्।

(v) तथ्याङ्कको दुरुपयोग हुनसक्छ।

 

घ) तथ्याङ्क शास्त्रका कार्य के के हुन्‌? उल्लेख गर्नुहोस्‌।

उतर:- तथ्याङ्क शास्त्रका कार्यहरूलाई निम्न लिखित बुँदामा उल्लेख सकिन्छ:

(i) विभिन्न तथ्यहरूलाई सङ्ख्यात्मक रूप दिएर विश्लेषण र व्याख्याका लागि-आधार प्रदान गर्नु

(ii) जटिल र अव्यवस्थित रूपमा रहेका सङ्ख्यात्मक तथ्यहरूलाई सरल र सङ्क्षिप्त रूपमा प्रस्तुत गरी सजिलै बुझून सक्ने बनाउनु

(iii) तथ्यहरूलाई तुलना गर्नका लागि योग्य बनाउनु

(iv) वर्तमान तथ्यहरूको विश्लेषण गर्नु र भविष्यका लागि पूर्वानुमान गर्नु

(v) नीति निर्माण गर्नमा सहयोग गर्नु।

 

ङ) अर्थशास्त्रमा तथ्याङ्क शास्त्रको महत्त्व बताउनुहोस्‌।

उतर:- अर्थशास्त्रका नियम र सिद्धान्तहरू प्रतिपादन गर्न र तिनको पुष्टि गर्नका लागि तथ्याङ्कको प्रयोग गरिन्छ। त्यसैले अर्थशास्त्रको आधारशिलाका रूपमा तथ्याङ्कलाई लिने गरिन्छ। अर्थशास्त्रमा तथ्याङ्क शास्त्रको महत्व निम्नलिखित छन्:

i) उपभोग:- समाजका विभिन्न वर्गको उपभोग खर्च थाहा पाउन तथ्याङ्क शास्त्र उपयोगी हुन्छ। उपभोग सम्बन्धी तथ्याङ्कबाट बजेट निर्माण गर्न र जीवनस्तर उकास्नमा सहयोग पुग्छ।

ii) उत्पादन:- उत्पादनका क्षेत्रमा के उत्पादन गर्ने, कति उत्पादन गर्ने, कसरी उत्पादन गर्ने, कसका लागि उत्पादन गर्ने जस्ता प्रश्नहरूको समाधानका लागि तथ्याङ्क शास्त्रको प्रयोग हुन्छ। तथ्याङ्ककै प्रयोगबाट उत्पादन, प्रक्रियाको, तुलनात्मक अध्ययन गरिन्छ। वस्तुको माग र पूर्तिको समायोजन र उत्पादन परिमाण निर्धारणका लागि उत्पादनसँग सम्बन्धित तथ्याङ्क धेरै महत्त्वपूर्ण र सहयोगी हुन्छन्‌।

iii) विनिमय:- वस्तुको विनिमय मूल्य, विदेशी मुद्राको विनिमय दर, आयात मूल्य, निर्यात मूल्य, भुक्तानी सन्तुलन आदिको अध्ययनका लागि तथ्याङ्क उपयागी हुन्छ।

iv) वितरण:- राष्ट्रिय आय कसरी उत्पादनका साधनहरू भूमि, पुँजी, श्रम र उद्यमीबिच वितरण गर्ने भन्ने समस्या समाधानका लागि तथ्याङ्कीय विधिहरूको प्रयोग गरिन्छ ।

v) राजस्व:- सरकारले विभिन्न स्रोतबाट कसरी आय प्राप्त गर्दछ भन्ने कुरा थाहा पाउन पनि तथ्याङ्क शास्त्रको आवश्यकता पर्दछ। सरकारले करदाताको कर तिर्ने क्षमता पत्ता लगाउन र कर उठाउन पनि तथ्याङ्कको सहायता लिन्छ।

 

) तथ्याङ्कका प्राथमिक र द्वितीयक स्रोतबिचका भिन्नताहरू देखाउनुहोस्‌।

उतर:- तथ्याङ्कका प्राथमिक र द्वितीयक स्रोतबिचका भिन्नताहरू निम्न लिखित तलका तालिकामा देखाइएको छ:

क्र. सं.

प्राथमिक स्रोत

द्वितीयक स्रोत

१)

अनुसन्धानकर्ताले आफ्नो उद्देश्यअनुरूप आफ्नै प्रयोजनका लागि संकलन गरेको नयाँ तथ्याङ्कलाई प्राथमिक तथ्याङ्क भनिन्छ । अनुसन्धानकर्ताले पहिले नै संकलन गरी प्रयोग गरिसकेको तथ्यांकलाई अन्य व्यक्तिले प्रयोग गरेमा त्यस्तो तथ्याङ्कलाई द्वितीय तथ्याङ्क भनिन्छ ।

२)

यस तथ्याङ्कमा मौलिक र विश्वासनियता हुन्छ । यस तथ्याङ्कमा मौलिक र विश्वासनियता कम हुन्छ।

३)

यस तथ्याङ्कको संकलनमा समय र मिहिनेत बढी लाग्छ । यस तथ्याङ्कको संकलनमा समय र मिहिनेत कम लाग्छ ।

४)

यो बढी खर्चिलो हुन्छ । यो कम खर्चिलो हुन्छ ।

 

) तथ्याङ्क सङ्कलन गर्ने नमुना छनोट र संगणना/जनगणना विधिबिचका भिन्नताहरू उल्लेख गर्नुहोस्‌।

उतर:- तथ्याङ्क सङ्कलन गर्ने नमुना छनोट र संगणना/जनगणना विधिबिचका भिन्नताहरू निम्न लिखित छन्:

क्र.सं.

नमुना छनोट विधि

संगणना/जनगणना विधि

१)

तथ्याङ्क सङ्कलन गर्दा अध्ययन वा अनुसन्धान क्षेत्रका सम्पूर्ण एकाइहरू मध्ये केही एकाइहरू लाई नमुनाका रुपमा छनौट गरिन्छ भने सो विधिलाई नमुना छनोट विधि भनिन्छ । अध्ययन वा अनुसन्धान क्षेत्रमा रहेका सम्पूर्ण एकाइबाट तथ्याङ्क सङ्कलन गरिन्छ त्यसलाई संगणना/जनगणना विधि भनिन्छ ।

२)

अनुसन्धानको क्षेत्र व्यापक हुँदा यो विधि उपयोगी हुन्छ । अनुसन्धानको क्षेत्र सिमित हुँदा यो विधि उपयोगी हुन्छ ।

३)

यो विधिद्वारा तथ्याङक सङ्कलन गर्दा समय, मिहिनेत र खर्च कम लाग्छ । यो विधिद्वारा नमुना सङ्कलन गर्दा समय, मिहिनेत र खर्च बढी हुन्छ ।

४)

नमुनाको सङ्ख्या पर्याप्त नभएमा वा छनौट तरिका सहि नभएमा परिणामस्वरूप प्राप्त निष्कर्ष सही हुँदैन । यो विधिबाट सङ्कलित तथ्याङ्क बढी भरपर्दा र विश्वासिला हुन्छन् ।

५)

यो विधि प्रयोग गर्नका लागि विशेषज्ञ सेवाको आवश्यकता पर्दछ । यो विधि प्रयोग गर्नका लागि विशेषज्ञ सेवाको आवश्यकताका साथसाथै धेरै व्यक्तिको आवश्यकता पर्दछ।

 

) तथ्याङ्क वर्गीकरणको अर्थ र यसको प्रयोजनको बारेमा चर्चा गर्नुहोस्‌।

उतर:- सङ्ख्यामा प्रस्तुत गर्न सकिने तथ्यहरूको सङ्कलनलाई नै तथ्याङ्क भनिन्छ । सङ्कलन गरिएका आँकडाहरू सत्य र विश्वाशीला हुनुका साथै तिनीहरूको मान सङ्ख्यात्मक हुनुपर्दछ ।

सङ्कलन गरिएको कोरा तथ्याङ्कलाई कुनै खास विशेषताका आधारमा विभिन्न समूह वा वर्गमा विभाजन गर्ने प्रक्रियालाई तथ्याङ्क वर्गीकरण भनिन्छ । तथ्याङक वर्गीकरण नगरिँदा कोरा रूपमा छरिएर रहने हुनाले अध्ययन अनुसन्धानबाट खास निष्कर्ष निकाल्न नसकिने हुनाले यसको आवश्यकता पर्दछ । त्यसैले निम्न प्रयोजनका लागि तथ्याङ्कको वर्गीकरण गरिन्छ :

(i) तथ्याङ्कलाई सङ्क्षिप्त रूपमा प्रस्तुत गर्न:- छरिएर ठूलो समूहमा रहेका अव्यवस्थित तथ्याङ्कबाट अनावश्यक आँकडाहरू हटाई सङ्क्षिप्त रूपमा प्रस्तुत गर्न वर्गीकरणको प्रयोग गरिन्छ जसबाट तथ्याङ्कलाई सजिलैसँग बुझन सकिन्छ।

(ii) तथ्याङ्कको तुलना गर्न:- छरिएर रहेका तथ्याङ्कहरूलाई दुई वा सोभन्दा बढी समूहमा वर्गीकरण गरिएपछि तथ्याङ्कका समूहहरूको बिचमा तुलनात्मक अध्ययनका लागि निकै सजिलो हुने हुनाले वर्गीकरणको प्रयोग निकै उपयोगी मानिन्छ ।

(iii) अन्तरसम्बन्धको अध्ययन गर्न:- दिइएको तथ्याङ्कलाई दुई वा सोभन्दा बढी विशेषताका आधारमा वर्गीकरण गर्नाले ती आधारहरू वा विशेषताहरूको अन्तरसम्बन्धको अध्ययनका लागि निकै सजिलो हुन्छ ।

(iv) अन्य तथ्याङ्कीय कार्यलाई सरल बनाउन:- छरिएर रहेका अव्यवस्थित तथ्याङ्कहरूलाई समान गुणका आधारमा वर्गीकरण गरिसकेपछि अन्य तथ्याङ्कीय कार्यहरू जस्तैः तालिकीकरण, चित्र तथा लेखाचित्रमा प्रस्तुतीकरण, तथ्याङ्कको व्याख्या विश्लेषण र गणितीय अध्ययनका लागि निकै उपयोगी मानिन्छ ।

 

१०. तथ्याङ्क वर्गीकरणका विधिहरू वर्णन गर्नुहोस्‌।

उतर:- सङ्कलन गरिएको तथ्याङ्कलाई व्यवस्थित र सरल तरिकाले अध्ययत र विश्लेषणका लागि उपयुक्त हुने गरी तथ्याङ्कको प्रकृति र अनुसन्धानको उद्देश्यलाई आधार मानी निम्न तरिकाले वर्गीकरण गरिन्छ :

(i) भौगोलिक वर्गीकरण:- सङ्कलित तथ्याङ्कलाई क्षेत्र वा ठाउँ विशेषलाई आधार मानी वर्गीकरण गर्नुलाई भौगोलिक वर्गीकरण भनिन्छ । जस्तै: तराई, पहाड, हिमाल आदिका आधारमा भएको वर्गीकरण ।

(ii) समय क्रमानुसार वर्गीकरण:- सङ्कलित तथ्याङ्कलाई समय क्रमका आधारमा वर्गीकरण गर्नुलाई समय क्रमानुसारको वर्गीकरण भनिन्छ । यसमा दिन, हप्ता, महिना, वर्ष, पञ्चवर्ष आदिलाई आधार मानिन्छ । विभिन्न समयमा भएको उत्पादन, खर्च, आम्दानी आदि यस वर्गीकरणअन्तर्गत पर्दछन्‌ ।

(iii) गुणात्मक वर्गीकरण:- सङ्ख्यामा प्रस्तुत गर्न नसकिने तथ्याङ्कहरूको सङ्कलनलाई तिनीहरूको गुणका आधारमा वर्गीकरण गर्नुलाई गुणात्मक वर्गीकरण भनिन्छ । यो वर्गीकरणलाई कहिलेकाहीँ व्याख्यात्मक वर्गीकरण पनि भनिन्छ । यसअन्तर्गत खासगरी वर्ण, धर्म, लिङ्ग, चरित्र, पेसा, क्षमता आदिको वर्गीकरण पर्दछ ।

(iv) परिमाणात्मक वर्गीकरण:- सङ्कलित तथ्याङ्कलाई सङ्ख्याका आधारमा वर्गीकरण गर्नुलाई परिमाणात्मक वर्गीकरण भनिन्छ । प्राप्ताङ्क, उमेर, तौल, मूल्य, नाफा, नोक्सान, बिक्री, खर्च, उत्पादन आदिलाई यसअन्तर्गत वर्गीकरण गरिन्छ ।

 

११. विशेषतागत तालिका र वर्गान्तर तालिकामा के फरक छ, लेख्नुहोस्‌।

उतर:- विशेषतागत तालिका र बर्ग आन्तारिक आमा निम्नअनुसारको फरक पाइन्छ ।

क्र.सं.

विशेषतागत तालिका

वर्गान्तर तालिका

१)

संख्यामा प्रस्तुत गर्न नसकिने तथ्यहरूको गुणात्मक पक्षलाई मात्र आधार मानी तथ्याङ्कको वर्गीकरण गरी तालिकामा प्रस्तुत गरिन्छ । सङ्कलित तथ्याङ्कका संख्यात्मक मानहरुलाई विभिन्न वर्गान्तरमा विभाजन गरे तालिकामा प्रस्तुत गरिन्छ ।

२)

यसमा प्रत्येक गुनको लागि एउटा मात्र मान्न राखिन्छ । एक वा सो भन्दा बढी पदहरू रु एउटै वर्गान्तरमा भित्र पर्दछन् ।

३)

उदाहरण:

श्रेणी

विधार्थी सङ्ख्या

प्रथम

10

दृतीय

30

तृतीय

15

उदाहरण:

प्राप्ताङ्क

विधार्थी सङ्ख्या

0-10

10

10-20

15

20-30

18

Leave a Reply