पाठ-८ बर्षा

पाठ-८     

बर्षा

लेखाइ

१. पाठका आधारमा सङ्क्षिप्त उत्तर लेख्नुहोस् ।

(क) वर्षा ऋतुका विशेषताहरू के के हुन् ।

उतर:- स्वच्छन्दतावादी कवि लक्ष्मीप्रसाद देवकोटा  (विं. सं. १०६६ – २०१६) द्वारा लेखिएको वर्षा कवितामा वर्षा ऋतुका विशेषताहरू निम्नअनुसार छन्:

  • आकास गड्गडाउँनु
  • पानी पर्नु
  • आकास गड्यागुडुङ गर्नु
  • वादल कालोमौलो हुनु
  • धुलो मैलो हराउनु
  • रोपाइँको माहोल हुनु
  • पृथ्वीले पीयुष प्राप्त गर्नु ।

 

(ख) बर्षा भएपछि प्रकृति र मानवमा के कस्ता परिवर्तनहरू देखा पर्छन्‌?

उतर:- बर्षा भएपछि प्रकृति र मानवमा थुप्रै परिवर्तनहरू देखा पर्छन्‌ । आकाशभन्दा बादलहरू मडारिन्‌ र गर्जिनु अनि वर्षा हुनु जस्ता प्रकृतिमा देखिने परिवर्तन हुन्‌ । बर्षाद भएपछि खहरे र खोलानाला सङ्गीत र भर्दै सुसाउन थाल्छन्‌ । उता मानवमा बर्सादले आशा र उमङ्गको भाव सञ्चार गरिदिन्छ । कृषकहरू आफ्ना औजार बोकेर घरबाट बाहिरिन्छन्‌ । खेतका गरामा युवायुवतीहरू उत्साह र उमङ्गगका साथ कृषिकर्ममा तल्लीन भएर लाग्छन्‌ र आनन्दको अनुभूति पनि त्यत्तिकै गर्छन्‌ । मानवमा उत्साह भरिदिने र भविष्यप्रति मिठो आशा जगाई कर्ममा लाग्नलाई प्रेरित गर्ने पनि वर्षा त्रतुले गर्दछ । वर्षा भएपछि प्रकृति र मानवमा यिनै परिवर्तनहरू देखा पर्छन्‌ ।

 

(ग) वर्षापछि रूखवृक्षहरूको कस्तो इच्छा हुन्छ

उतर:- वर्षापछि रूखवृक्षहरूको इच्छा मिठा-मिठा अमृत रसका लाखौं लाख बिज्जुले भर्ने हुन्छ । वृक्षले राम्रा-राम्रा फल पाउने र अरूले चाख्न योग्य बन्ने चाहना पनि हुन्छ । त्यसै शरद्‌ ऋतुमा पुगेपछि लचक्क लच्किने गरी दाना फल्न पाउने इच्छा पनि रुखवृक्षहरूको रहेको छ । त्यसै गरी खुसीले एक भई उठने र गाना गाउने आकाशबाट पीयूष धारा बर्सेको आनन्द लिने इच्छा पनि हुन्छ ।

 

(घ) वर्षालाई किन सुखको जलधिमा पौडिने समय भनिन्छ?

उत्तर:- वास्तवमा वर्षाको समयमा प्रकृति र मानव समाजमा एक किसिमको नयाँपन छाइरहेको हुन्छ । प्रकृतिले मानौँ मानव जगत्‌लाई व्युँझाइरहेको हुन्छ । आकाशमा बादलहरू मडारिन र गर्जिदै बर्षा हुन्छ । प्रचण्ड गर्मीपछि बर्षा हुँदा धर्ती हराभरा देखिन्छ भने मानवमा उत्साह मात्र होइन, भबिष्यप्रति आशा पनि पलाउन थाल्छ । फोहोर मैला पानीले बगाएर लैजाने र प्रकृति जगत्मा बाँच्ने मुजुरजस्ता प्राणीहरू पनि रमाइलो गरी नाच्न थाल्ने हुनाले वर्षालाई सुखको जलधिमा पौडिने समय भनिन्छ ।

 

२. सप्रसङ्ग व्याख्या गर्नुहोस् :

(क) बाली राम्रो, तृण अति हरा, वर्ष राम्रो कबूली

पारावार प्रभु-हृदयको फुट्छ सङ्गीत केली ।।

उतर:- प्रस्तुत पद्यांश कक्षा १० को नेपाली पुस्तक अन्तर्गत पर्ने ‘वर्षा’ कविताबाट साभार गरिएको हो । यस कविताका लेखक लक्ष्मीप्रसाद देवकोटा हुन्‌ । प्रकृतिप्रेमी कवि देवकोटाको जन्म वि.सं. १९६६ र मृत्यु वि.सं. २०१६ सालमा भएको थियो । उनले ‘वर्षा’ लाई मानवीकरण गर्दै यस समय खुसियाली छाउने सन्दर्भमा यो कवितांशक देखा परेको हो ।

ग्रीष्म क्रतुका बेला सूर्यका प्रचण्ड तापले शुष्क बनेका बोट बिरुवाले  वर्षा क्रतुको आगमनसँगै जीवन बाँच्न सञ्जीवनी प्राप्त गर्दछन्‌ । प्रकृतिले आफ्नो रूप फेर्छ । किसानले लगाएको बालीनाली सप्रिन थाल्दछ । घाँस, पात, दुबो आदि र वनस्पतिमा हरियाली छाउँछ । वर्षा भएपछि यो वर्ष राम्रो होस्‌, बालीनाली सप्रियोस्‌ भन्ने सबैले सदिच्छा राख्छन्‌ । यस्तो बेला समुद्ररूपी युवकको शक्तिशाली हृदयको सङ्गीतको प्रेमपूर्वक खेल देख्न सकिन्छ । अर्थात्‌ अद्भुत किसिमको प्राकृतिक सङ्गीतको सौन्दर्य यस बेला प्रस्फुटित हुन पुग्छ ।

वर्षा ऋतुले ल्याएको उमङ्ग र आनन्दको क्षणलाई प्रस्तुत गरिएको उक्त पङ्क्तिमा जटिल तत्सम शब्द तृण, हरा, पारावार, प्रभु -हृदय, सङ्गीत र कबुली, केली जस्ता कविद्वारा निर्मित शब्दहरूका माध्यमबाट प्रकृतिप्रमको भावलाई यहाँ प्रस्तुत गरिएको छ । मन्दाक्रान्ता जस्तो शास्त्रीय छन्द र अन्त्यानुप्रयासयुक्त भाषा शैलीका माध्यमबाट कविले प्रकृतिप्रतिको उच्च प्रेमलाई सशक्त र प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्‌ ।

 

(ख) लौ लौ गाओ दल दल वनै, वृक्ष हो उठ सारा

बर्से घैँटा घट घट गरी स्वर्ग-पीयूष धारा ।

उत्तर:- प्रस्तुत पद्यांश कक्षा १० को नेपाली पुस्तक अन्तर्गत पर्ने ‘वर्षा’ कविताबाट साभार गरिएको हो । यस कविताका लेखक लक्ष्मीप्रसाद देवकोटा हुन्‌ । प्रकृतिप्रेमी कवि देवकोटाको जन्म वि.सं. १९६६ र मृत्यु वि.सं. २०१६ सालमा भएको थियो । प्रकृतिप्रेमी कवि देवकोटाले प्रकृतिलाई एउटा शान्त, सुन्दर खुसियालीको मौसमका रुपमा प्रस्तुत गर्ने सन्दर्भमा माथिको कविता सिर्जना गरेका हुन् ।

कवि वर्षा ऋतुको उमङ्गमा अत्यन्त खुसी भएका छन्‌ । उनको खुसियाली प्रकृति जगत्‌मा गएर पोखिएको छ । उनी वनलाई समेत खुसी प्रकट गर्न आहवान गर्दछन्‌ । कवि वनलाई समूह समूह बनेर वर्षा ऋतुको  सुमधुर गीत गाउन आग्रह गर्छन्‌ । यति मात्र होइन वृक्षलाई अब चुप लागेर बस्ने भन्दा सक्रिय भएर उठ्ने बेला आएको कुरा उनी बताउँछन्‌ । यस बेला आकाशबाट पीयूष धारा बर्सिरहेको छ । घट घटको आवाजका साथ बर्सिएको पानीले सर्वत्र उमङ्ग छाएको छ । त्यसैले कवि वक्षहरूलाई समेत जाग्न र सक्रिय हुन यहाँ आहवान गर्छन्‌ ।

प्रकृतिप्रेमी कवि देवकोटा वर्षा ऋतुमा छाएको उमङ्गलाई प्रस्तुत गर्छन्‌ । उनी मानवलाई मात्र होइन प्रकृतिलाई समेत आनन्दमा समाहित हुन आहवान गर्छन्‌ । केही सरल र मिठासपूर्ण तत्सम शब्द र ठेट नेपाली शब्दको प्रयोग अनि मन्दाक्रान्दा छन्द र अन्त्यानुप्रयासयुक्त (सारा, धारा) शब्दावलीका माध्यमबाट प्रकृतिप्रेमसम्बन्धी भावलाई यहाँ प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।

 

३. कविले वर्षाकवितामा प्रकृतिको वर्णन कुन रूपमा गरेका छन्‌, विवेचना गर्नुहोस्‌ ।

उतर:- आधुनिक नेपली साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी काव्यधारा अग्रणी प्रतिभा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘वर्षा’ शीर्षकको कवितामा वर्षा ऋतुकातुका बेला प्रकृति र मानवमा देखिने परिवर्तनलाई अत्यन्त भावुकताका साथ प्रस्तुत गरिएको छ । उनलाई प्रकृतिका हरेक गतिविधिले भावुक र संवेदनशील बनाइदिन्छ । वर्षा ऋतुकातुका बेला प्रकृति र मानवमा देखिएको परिवर्तनलाई ‘वर्षा’ कवितामा उनले स्वाभाविक रूपमा प्रस्तृत गरेका छन्‌ ।

वर्षा शब्दले बर्साद, पानी पार्ने काम, पानीको बर्साद आदि अर्थ प्रकट गर्छ । मौसम र प्राकृतिक अवस्था अनुसार वर्षभरिका दुई दुई महिनाका दरले फेरिने वातावरणको स्थिति वा त्यसअनुसार हुने समय विभाजनलाई ‘ऋतु’ भनिन्छ । कविले यस कवितामा वर्षा ऋतुको महिमागान गरेका छन्‌ । अत: वर्षा ऋतु प्राकृतिक समय विभाजन अनुसार श्रावण र भाद्र महिनामा पर्दछ । समयचक्र अनुसार ग्रीष्म ऋतुपछि र शरद्‌ ऋतुअघि आउने ऋतु नै वर्षा ऋतु हो । श्रावण र भाद्र यी दुई महिना वर्षा ऋतुका महिना हुन्‌ र यस अवधिमा हुने बर्सादले समस्त चराचरलाई नवजीवन र नवस्फूर्ति प्रदान गर्छ ।

प्रचण्ड गर्मीको मौसमपछि आउने वर्षा ऋतुले समस्त चराचर र जनमानसबाट आत्मीय स्वागत पाएको हुन्छ । बर्सादको आगमनले कविका अनुसार नयाँ जीवनको सञ्चार हुन्छ । वर्षा हरर गर्दै वायुपङ्खी विमान चढेर अनेक गर्जन सहित आउने गर्छ । बिजुलीका झिल्का झिल्कीले धर्तीलाई चम्किलो पार्दै डाँडापाखा एवम्‌ चुचुरोलाई समेत चम्काउने काम गर्छु । चराहरू मेघको आवाजले त्रसित बने पनि आनन्दको वर्षा भइरहेको हुन्छ । पृथ्वी धानले सजिएकी हुन्छिन्‌ । चपला युवतीहरूले धान रोपिरहेका बेला बिजुलीले मिठो सङ्गीतको धुन प्रवाहित गर्छ । कृषकहरू फलको आश गर्दै मेहनत साथ काम गरिरहेका देखिन्छन्‌ । यस्तो बेला कवि वनलाई समूह समूह बनाएर अघि बढ्न आहवान गर्छन्‌ । यो एउटा रस मिलनको चाड हो भन्ने कविलाई लागेको छ । यस्तो बेला सुखरूपी जलधिमा डुब्नु नै श्रेयस्कर हुने कविलाई लागेको छ ।

यसरी कवि देवकोटाले यस कवितामा प्रकृतिलाई मित्र वा साथीका रूपमा हेर्दै वर्षा ऋतुले प्रकृति र मानवमा पारेका प्रभावको बर्णन गरेका छन्‌ । वर्षाले प्रकृति र मानवमा उत्साह, उमङ्ग र सञ्जीवनी प्रदान गर्छ । यो एउटा जीवनदायी शक्ति हो भन्ने भावलाई यस कवितामा देवकोटाले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्‌ ।

 

४. वर्षाकविताको मूल भाव लेख्नुहोस्‌ ।

उतर:- कवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित “वर्षा” एक प्रकृतिपरक कविता हो । यस कवितामा देवकोटाले वर्षाकालीन समयमा प्रकृतिका गतिविधिहरू के कस्ता हुन्छन्‌ र तिनले प्रकृति र मानव जीवनमा कस्तो प्रभाव पारेका हुन्छन्‌ भन्ने कुरालाई मुख्य रूपमा प्रस्तुत गरेका छन्‌ । अत: प्रकृतिप्रेम नै यस कविताको मुख्य भाव हो ।

वर्षाले प्रकृति र मानवमा नयाँ जीवन सञ्चार गर्छ । वर्षाको अभावमा समस्त चराचर र प्राणीको अस्तित्व सङ्कटमा पर्छ । प्रचण्ड गर्मीपछि वर्षा ऋतुको आगमनले प्रकृति र मानव जगत्‌मा हर्षको बहार छाएको छ । आकाशमा बादल मडारिँदै बिजुली चम्केर बर्साद हुँदा समस्त धर्तीमा प्राण सञ्चार भएको छ । कृषकहरू आफ्नो कृषिकर्ममा लागेका छन्‌ भने वृक्ष र मानव बाहेक अन्य प्राणी खुसीले फुरुङ्ग भएका छन्‌ । सबैतिर खुसी र बहार ल्याइदिने वर्षाको महिमागान गरिएको यस कवितामा प्रकृतिप्रेम र संस्कतिप्रेमको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।

 

५. तलका कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्‌ :

प्रश्नहरु

(क) घर खासमा कसले बनाएका हुन्‌?

उतर:- घर खासमा कर्मी र ज्यामीले बनाएका हुन्‌ ।

 

(ख) हामीले किन रिस र राग त्याग्नुपर्छ?

उतर:- मानिसको जीवन क्षणिक र नाशवान्‌ भएको हुनाले हामीले रिस, राग त्याग्नुपर्छ ।

 

(ग) हामी सबै मिलीजुली बस्नुपर्नाको कारण के हो?

उतर:- हामी सबै मिलीजुली बस्नुपर्नाको कारण घाम र पानी छल्नै पर्नाले हो ।

 

(घ) माथिको कवितांशको मुख्य भाव के हो?

उतर:- मानिसको जीवन क्षणिक र नाशावान्‌ भएको हुनाले लोभ, लालच नगर्नु र घमन्ड नगरी सबैसँग मिलीजुली जीवन बिताउनुपर्छ भन्नु नै माथिको कवितांशको मुख्य भाव हो।

 

(ङ) सकलआखिरशब्दको अर्थ लेख्नुहोस्‌।

उत्तर:- सकल – सम्पूर्ण, सबै, समग्र, पुरा

आखिर – अन्त्यमा, सबैभन्दा पछि, परिणाममा

 

६. पाठमा भएका तलका शब्दहरुलाई प्रचलित वर्णविन्यासअनुसार सच्याएर अभ्यास पुस्तिकामा लेख्नुहोस :

हवैन, नतरसून्, बिजूली, यौटा, ऊठ

उतर:- हवैन      होइन

नतरसून्   नतर्सियून

बिजूली    बिजुली

यौटा       एउटा

ऊठ        उठ