पाठ-८ नेपालमा आर्थिक योजना

पाठ-८

नेपालमा आर्थिक योजना

१. तल दिइएका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्‌ ।

(क) आर्थिक योजना भनेको के हो?

उतर:- आर्थिक योजना भनेको देशको दीर्घकालीन आर्थिक विकासको लागि सिमित आर्थिक साधन बित्तको परिचालन गर्न राज्यद्वारा निर्मित नीति तथा कार्यक्रमहरूको आवधिक स्वरुप हो।

 

(ख) चौधौँ योजनाले वार्षिक औसत आर्थिक वृद्धिदर कति प्रतिशत पुग्याउने लक्ष्य राखेको छ ?

उतर:- चौधौँ योजनाले वार्षिक औसत आर्थिक वृद्धिदर १०.३ प्रतिशत प्रति वर्ष पुर्याउने लक्ष्य राखेको छ।

 

(ग) नेपालको चालु योजनाका उद्देश्य उल्लेख गर्नुहोस्‌ ?

उतर:- नेपालको चालु योजनाका मुख्य उद्देश्य गरिबी निवारण रहेको छ।

 

२. तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्‌ ।

(क) नेपालमा आर्थिक योजनाको विकासक्रम उल्लेख गर्नुहोस्‌।

उतर:- नेपालमा आर्थिक योजनाबद्ध विकासको इतिहास धेरै पुरानो छैन । वि.सं २००७ साल अघि राणाकालीन शासनमा आर्थिक योजनाका केही प्रयास भए पनि सफल भएको पाइँदैन। वि.सं. १९४९ मा राष्ट्रिय योजना समिति गठन गरी १५ वर्षीय योजना तर्जुमा प्रयास भएता पनि सफल हुन सकेन। यसै गरी राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा २० वर्षीय योजनाको घोषणा भए पनि कार्यान्वयन हुन सकेन।

नेपालमा वास्तविक रुपमा आर्थिक योजनाको सुरुवात र कार्वनयन विं.सं २०१३ सालबाट भएको हो। विं.सं २०१३ सालमा पहिलो पंचवर्षीय योजना लागू भए पश्चात हालसम्म नेपालमा १३ वटा आवधिक योजना पूरा भई विं.स. 2072 साल देखि 14 औं योजना चलिरहेको अवस्थामा छ। नेपालमा हालसम्म करिब ६० वर्षमा चौध ओटा योजना सम्पन्न भएका छन्‌ भने २०७६ श्रावणबाट पन्धौँ योजना सञ्चालनमा आएको छ।

हालसम्म योजनामा प्रथम योजना देखि दसौँ योजनासम्म पञ्चवर्षीय योजना र दोस्रो एघारौँ देखि चौधौँ योजनासम्म त्रिवर्षीय रहेका थिए भने चालु पन्ध्रौं योजना पनि  पञ्चवर्षीय रहेको छ। हालसम्म  चैध आेटा योजना मध्ये कुनै पनि योजनाले लक्षित आर्थिक उद्देश्य प्राप्त गरेको पाइँदैन।

 

(ख) आर्थिक योजनाको महत्त्व माथि प्रकाश पार्नुहोस्‌। 

उतर:- आर्थिक योजनाले सिमित साधनको उचित प्रयोग गर्न निर्देशित गर्ने हुनाले यसको महत्वहरु निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:

(i)  गरिबी निवारण:- हरेक देशमा रहेको गरिबीलाई विकासको मुख्य बाधक मानिन्छ। गरिबी नियन्त्रण गर्न सकिएन भने कुचक्रको रुपमा स्थापित भई दीर्घकालीन विकासमा नकरात्मक प्रभाव पार्दछ। तसर्थ देशको विकास गर्न विपन्न वर्गको आर्थिक समाजिक स्थितिलाई सुधार गरी गरिबी निवारण गर्नु योजनाको मुख्य उद्देश्य हो।

(ii)  बेरोजगारी घटाउन:- बेरोजगारीको समस्या विश्वव्यापी रूपमा भए तापनि अल्पविकसित देशहरूमा मूख्य समस्याका रुपमा रहिआएको छ। यसले देशको विकासमा धेरै बाधा पुर्याइरहेको हुन्छ। यो मुख्य समस्या समाधान गर्न बेरोजगारलाई सिपमुलक व्यवसायिक तालिम प्रदान गर्ने, बिना धितो सहुलियत ब्याजदरमा कर्जा दिने जस्ता प्रावधान राखी बेरोजगारी घटाउने कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ।

(iii) विकासका पूर्वाधार निर्माण:- विकासका पुर्बधारहरु नै आर्थिक विकासका आधार हुन्। बिकासका पूर्वाघारहरू जस्तै: यातायातका लागि सडक, रेलवे  तथा विमानस्थलको निर्माण गर्न स्रोत र साधन योजनामा नै उल्लेख गरिएको हुन्छ। स्वास्थ्य क्षेत्रको सुघारका लागि प्राथमिक स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूको निर्माण, शिक्षाका लागि विद्यालय, क्याम्पस, विश्वविद्यालयहरूको स्थापना तथा सूचना र सञ्चारको क्षेत्रमा नवीनतम प्रविधिका संरचनाहरूको निर्माण, र साथै कृषि सुधारका लागि आघुनिक औजार तथा मेसिनको प्रयोग, सुरक्षित भण्डारण, बजारको सुनिश्चितता गर्न पनि योजनामा बजेट व्यवस्थ गर्नुपर्छ।

(iv) औधोगिक विकास गर्न:- आर्थिक विकासको अर्को बलियो आधार औधोगिक विकास हो। दैशमा घरेलु उधोग, साना तथा मझोला उद्योग, ठुला उद्योग स्थापनाका लागि ठूलो रकम आवश्यक पर्दछ। यस्ता उद्योगहरूको स्थापना तथा विकासका लागि आवश्यक नीति, कार्यक्रम र लगानी रकम राज्यले तै निर्धारण गर्ने गर्दछ। देशमा उपलब्ध पुँजी, जनशक्ति, कच्चा पदार्थ, प्रबिधिको अधिकतम उपयोग गरी औधोगिक क्षेत्रहरूको धेरैभन्दा धेरै विकास गर्नुपर्छ जसले देशको  आर्थिक विकासमा मद्दत पुर्याउँछ।

(v) आर्थिक वृद्धिदर बढाउन:- कुनै देशको आर्थिक विकास कति छ भन्ने थाहा पाउन आर्थिक वृद्धिदर  हेर्ने गरिन्छ। उच्च आर्थिक वृद्धिदरले तीव्र आर्थिक विकास भएको छ भन्ने देखाउँछ। उच्च आर्थिक वृद्धिदर हासिल गर्न उत्पादन मुलक क्षेत्रमा योजनाबद्ध ढंगले ठूलो धनराशी खर्च गर्न जरुरी हुन्छ। राज्यले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुमा जति धेरै लगानी गर्छ त्यति नै उच्च आर्थिक वृद्धिदर हासिल गर्न सक्छ। यसका लागि पनि आर्थिक योजनाको आवश्यकता पर्दछ।

 

३. तलका प्रश्नहरूको लामो उत्तर लेख्नुहोस्‌।

(क) आर्थिक योजनाका मुख्य मुख्य अङ्गहरू के के हुन्‌ ? वर्णन गर्नुहोस्‌।

उतर:- कुनै पनि देशमा आवश्यकताहरूको तुलामा साधन र श्रोतहरु कम हुन्छ। त्यसैले सिमित साधन र स्रोतको माध्यमबाट सकेसम्म धेरै आर्थिक उद्देश्य प्राप्त गर्नका लागि उपलब्ध भएका सिमित साधन र स्रोतलाई कसरी परिचालन गर्ने भने निर्देशित नीति र कार्यक्रम तथा परियोजनाहरूको समग्र स्वरुपलाई नै आर्थिक योजना भनिन्छ।

आर्थिक योजनामा समावेश हुनुपर्ने मुख्य मुख्य अङ्गहरु निम्नलिखित छन्:

(i) उद्देश्य(Objectives):- उद्देश्य छनोट योजना तर्जुमाको प्रथम चरण हो।  निश्चित उद्देश्य विनाश कुनै पनि योजना निर्माण गर्न सकिँदैन किनकि योजनाले निश्चित विकासको  परिकल्पना गरेको हुन्छ। त्यसैले योजना निर्माण गर्दा आर्थिक तथा समाजिक उद्देश्यहरु र तीसँग मेलखाने लक्ष्यहरू निर्धारण गरिएको हुन्छ।

(ii) लक्ष्य (Goals):- निर्धारित उद्देश्यहरुलाई परिमाणात्मक रुपमा व्यक्त गर्नुपर्दछ। उद्देश्यलाई लक्ष्य प्राप्तिको फलका रूपमा लिइन्छ। आर्थिक योजनाका लक्षहरुमा उच्च आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय वृद्धि गर्ने, गरिबी घटाउने, जनसंख्या नियन्त्रण गर्ने, शिक्षा, स्वास्थ्य, यातायात, सिँचाइ आदिमा परिमाणात्मक सुधार गर्ने हुन्छन्। यसतो लक्ष्यले योजनालाई निश्चित दिशा प्रदान गर्दछ।

(iii) नीति (Policy):- आर्थिक विकासको लक्ष्य र उद्देश्य हासिल गर्न नीतिको आवश्यकता पर्दछ। राज्यका फरकफरक क्षेत्रको सन्तुलित विकासका लागि सोहीअनुरुपको नीति निर्माण गरी लागू गर्नुपर्दछ। सामान्यता आर्थिक योजनामा आर्थिक प्रशासनिक विकास व्यापार शिक्षा स्वास्थ्यजस्ता नीतिहरु निर्माण गरी लागु गरिन्छ। यस्ता नीतिहरूले योजनाको लक्ष्य तथा उद्देश्य प्राप्तिमा सहयोग गर्दछन्।

(iv) प्राथमिकता(Priorities):- सिमित साधन र स्रोतहरुको कारणले हरेक क्षेत्र र पक्षमा असीमित लगानी गर्न सकिँदैन। यसर्थ सिमित साधनबाट असिमित आवश्यकता पूरा गर्न आवश्यकताहरूको स्तर हेरेर राज्यले प्राथमिकता निर्धारण गर्नुपर्दछ।

(v)  कार्यक्रम (Programmes):- आर्थिक योजनाको उद्देश्य प्राप्तिका लागि तयार गरिने विस्तृत कार्यविधि सहितको निर्दिष्ट सहायक योजनालाई कार्यक्रम भनिन्छ। कुनै पनि राज्यको आर्थिक योजनाको सफलता त्यसको आर्थिक, सामाजिक तथा प्रशासनिक कार्यक्रमको सफलतामा निर्भर गर्दछ। उदाहरणका लागि नेपालको साक्षरता शतप्रतिशत हासिल गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा सञ्चालन गरेका सबै शैक्षिक कार्यक्रमहरुबाट प्रत्येक नागरिकहरुले सामान्य लेखपढ गर्नसक्ने गरी कार्यक्रमहरु सञ्चालन हुन जरुरी हुन्छ।

(vi) अनुगमन तथा मुल्यांकन(Monitoring and evaluation):- योजना कार्यान्वयनको तहमा कार्यक्रम निर्माण, आर्थिक व्यवस्थापन र प्रशासनिक संरचनाको व्यवस्थाहरूको समुचित सदुपयोग भए नभएको जिम्मेवारी तहबाट नियमित अनुगमन गर्नुपर्दछ। यसका साथै भइसकेको कामको आवधिक मूल्याङ्कन गरी उपलब्ध स्रोत र साधनबाट निर्दिष्ट लक्ष्य निर्धारित समयमा हासिल हुन सक्ने वा नसक्ने अवस्था मुल्यांकन गर्न अत्यन्त जरुरी हुन्छ।

 

(ख) आर्थिक योजना निर्माणका प्रक्रियाहरू उल्लेख गर्नुहोस्‌।

उतर:- राष्ट्रिय आर्थिक योजनाले देशको समग्र आर्थिक साधनको उचित परिचालन र वितरण गरी दिगो आर्थिक वृद्धि र विकास हासिल गर्न सहयोग पुर्याउनु पर्ने हुनाले योजना तजुर्मा एउटा संवेदनशील र महत्वपूर्ण विषय हो। राष्ट्रिय योजना आयोगले नेपालमा आर्थिक योजना निर्माण गर्दा निम्न चरणहरू अवलम्वन गर्दछ:

(i) पूर्व योजनाहरूको मूल्याङ्कन तथा अन्य योजनाहरुको अनुमान:- योजना आयोगले नयाँ योजना निर्माण गर्दा पूर्व योजनाहरु कतिको सफल वा असफल भए सोको मूल्याङ्कन गर्न अति आवश्यक हुन्छ। विगतको आयोजनामा देखिएका सबै कमीकमजोरीहरुको समीक्षा गर्दै नयाँ योजना निर्माण गर्दा ती कमजोरीहरु नदोहोरिने गरी तयार गर्नुपर्दछ। साथै योजना आयोगले नयाँ योजनाका लागि प्रस्ताविक आम्दानी तथा खर्चको अनुमानित विवरण पनि प्रस्ताव गर्नुपर्दछ।

(ii) नयाँ योजनाहरूको प्रस्ताव सङ्कलन तथा प्रस्तुतीकरण:- योजना आयोगले नयाँ योजना निर्माण गर्दा सरकारको केन्द्रीय तहदेखि प्रदेश तथा स्थानीय तहसम्मका निकायहरूसँग भविष्यमा गर्नुपर्ने कार्यक्रमहरूको प्रस्ताव माग गरिन्छ। योजना आयोगले आफैले पनि राष्ट्रिय प्राथमिकतामा राखेर गर्नुपर्ने आयोजनाहरूको प्रस्ताव आफै तयार गरी प्रस्तुत गर्ने गर्दछ।

(iii) छलफल:- यो आयोजना निर्माणका क्रममा गरिने सबैभन्दा महत्वपूर्ण चरण हो। आयोगको नेतृत्वमा हुने छलफलमा राष्ट्रिय योजना आयोगका सदस्यहरुको राष्ट्रिय विकास परिषदका सदस्यहरु मन्त्रालय का सचिव हरु क्षेत्रगत विषय का विज्ञहरु सहभागी हुने गर्दछन्। यस प्रकार हुने छलफलले योजना आयोगलाई नयाँ योजना निर्माण रुपरेखा तयार गर्न मदत गर्दछ।

(iv) उद्देश्य निर्धारण:- हरेक योजनाको दीर्घकालीन लक्ष्य आर्थिक विकास भए पनि छोटो अवधिमा सो प्राप्त गर्द  नसकिने हुनाले एक आवधिक योजनाले प्राप्त गर्न सक्ने लक्ष्यहरु सहितको उद्देश्य निर्धारण गरिन्छ। सो उद्देश्यको आधारमा सम्पूर्ण साधन र नीति परिचालन गरिन्छ। तसर्थ, उद्देश्य निर्धारण योजना तर्जुमाको एक मुख्य अङ्ग हो।

(v) अन्तिम योजना:- राष्ट्रिय योजना आयोगले उपयुक्त सम्पूर्ण प्रक्रिया पुरा गरी विभिन्न सरोकारवालाहरूको राय सुझाव समेट्दै योजनाको अन्तिम दस्तावेज तयार गरी राष्ट्रिय विकास परिषदलाई स्वीकृतिको लागि अनुरोध गर्दछ।

 

(ग) नेपालको चालु योजनाका मुख्य विशेषताहरू लेख्नुहोस्‌।

उतर:- नेपालको हाल चालु भइरहेको योजना चौधौँ हो । यो योजना आर्थिक वर्ष २०७३/७४ बाट सुरु भई आर्थिक वर्ष २०७५/७६ सम्म सञ्चालनमा रहने छ । चौधौं योजना सङ्घीय स्वरूपको शासकीय व्यवस्थासहितको संविधान जारी भई त्यसमा अन्तर्निहित आर्थिक सामाजिक सिद्धान्त कार्यान्वयन गर्ने पहिलो योजना हो । नेपालको संविधानबाट परिलक्षित, राष्ट्रिय अर्थतन्त्रलाई समाजवाद उन्मुख, आत्मनिर्भर, स्वतन्त्र तथा उन्ततशील बनाउने सोचलाई कार्यान्वन गर्दै दिगोपनसहितको समृद्धिको मार्गमा राष्ट्रलाई अगाडि बढाउनेतर्फ यो योजना उन्मुख रहेको पाइन्छ ।

दिगो विकासका लक्ष्यहरू हासिल गर्दै २०८७ सम्म मध्यम आम्दानी भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने गरी यो योजना तर्जुमा भएको छ । त्यसैगरी रोजगारीमुखी र न्यायोचित वितरणसहितको आर्थिक वृद्धि हासिल गर्न सरकारी साथै निजी तथा सहकारी क्षेत्रलाई परिपूरक रूपमा परिचालन गर्नु आवश्यक छ । यी तीन ओटै क्षेत्रबाट थप लगानी र लगानीको उत्पादकत्व वृद्धिको माध्यमबाट उच्च आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति, आयलाई छिट्टै मध्यम आम्दानी भएको मुलुकमा स्तरोन्नति गर्ने र अन्तत: दिगो आर्थिक समृद्धि हासिल गर्नेतर्फ चौधौँ योजना केन्द्रित छ । चौधौँ योजनाका मुख्य विशेषताहरू निम्न प्रकारका छन्‌ :

सोच (Vision):-

-स्वाधीन, समुन्तत तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र एवम्‌ समृद्ध नेपाली ।

लक्ष्य (Goal):-

-सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै मध्यम आय भएका मुलुकको स्तरमा पुग्ने ।

उद्देश्य (Objectives):-

-उत्पादनशील रोजगारी उन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्धारा द्रुत गतिमा गरिबी न्यूनीकरण गर्दै आर्थिक सामाजिक रूपान्तरण गर्नु ।

परिमणात्मक लक्ष्य (Quantitative Goal):-

-चौधौँ योजनाका प्रमुख आर्थिक सामाजिक लक्ष्य तल उल्लेख गरेबमोजिम कायम गरिएका छन् ‌:

Leave a Reply