पाठ-७ प्रत्यागमन

पाठ-७         

प्रत्यागमन

१.शुद्ध गरी सार्नुहोस्‌:

सोभाले गहभरी आसु पारेर भनीन्‌ दाजु सँगएक वचन नसोधिकन जाने ?

उतर:- शोभाले गहभरि आँसु पारेर भनिन्‌, “दाजुसँग एक वचन नसोधीकन जाने ?”

 

२. तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस्‌ :

(क) टोल छिमेकमा शोभाको किन प्रशंसा भयो?

उत्तरः- रामु शोभाका सौतेनी देवर हुन्‌ । शोभाले उनलाई बिहे भएर आएदेखि नै लालनपालन र मातृत्व प्रदान गर्दै आएकी थिइन्‌ । डेढ वर्षमै टुहुरो बन्न पुगेका रामुलाई १६ वर्षकी शोभाले लालनपालनको जिम्मा लिएकी थिइन्‌ । डेढ वर्षको हुँदा आमा र वर्ष दिनको हुँदा बुबा बितेकाले रामुलाई मातृत्व प्रदान गर्दै संरक्षणको समेत सम्पूर्ण जिम्मेवारी शोभामाथि आएको थियो । शोभाले आफू बाइस वर्ष र रामु सात वर्षको हुँदा समेत एकोहोरो माया प्रदान गर्दै आएकी छन्‌ । यस्तो मातापिताविहीन शिशु रामुका लागि मातापिता भनेका शोभा र उनका श्रीमान्‌ निर्मल नै देखापर्छन्‌ । घरमा रामुले जे गरे पनि छुट छ । उनले भनेको वा चाहेको कुरा शोभाले र निर्मलले पुर्याइ दिँदै आएका छन्‌ । शोभाले सौतेनी देवरका रूपमा हेर्नुको सट्टा आफ्नै सन्तानका रूपमा व्यवहार गर्दै आएकी छन्‌ । रामुले शोभाबाट प्रशस्त मातृत्व सुख पाएका छन्‌ । त्यसैले शोभाको त्याग र रामुप्रति उनले गरेको असल व्यवहारलाई टोल छिमेकमा प्रशंसा भयो ।

 

(ख) शोभा र दुलही बज्यैका बिच के-कस्ता चारित्रिक अन्तरहरू देखिन्छन्‌?

उतर:- सामाजिक आदर्शोन्मुख कथाकार गुरूप्रसाद मैनाली (वि.सं. १९५७-२०२८) द्वारा लेखिएको ‘प्रत्यागमन’ कथाका पात्र शोभा र दुलही बज्यैका बिच ठूलो चारित्रिक भिन्नता देखिन्छ ।

शोभा त्यस घरमा आउँदा १६ वर्षकी थिइन्‌ । त्यस समयदेखि घर सम्हालेकी शोभालाई त्यस घरको अत्यन्तै माया थियो । तर दुलही बज्यै भरखर विवाह गरेर ल्याएको कारण उसलाई त्यस घरको माया नै थिएन । शोभा गरिब घर परिवारकी छोरी थिइन्‌ त्यसैले दु:खसुख बुझेकी, दु:ख गर्न सक्ने स्वभावकी थिइन भने दुलही सम्पन्न परिवारकी, छोरी, विवाहमा धेरै सम्पत्ति ल्याएकी, घमण्डी, अरूलाई मान्छे नै नभन्ने स्वभावकी थिइन्‌ । त्यसैले शोभा सहनशील, मेहनती, मिलनसार, दु:ख बुझेकी, राम्रो स्वभाव भएकी, परिवार चलाएर लामो समयदेखि बसेकी महिला थिइन भने दुलही सम्पन्न आफूलाई राम्री छु भन्ने घमण्ड भएकी, आफ्नो जिम्मेवारीबाट पन्छने खराब चरित्रकी महिला थिइन्‌ । त्यसैले यी दुईकाबिच ठूलो चारित्रिक अन्तर थियो ।

 

(ग) रामुले दाजु भाउजुको घर किन छाडे

उतर:- रामुले दुलही बज्यैलाई बिहे गरेर ल्याएपछि घरमा दुलहीबाट कुनै पनि सहयोग प्राप्त हुन सकेन । यसले गर्दा शोभालाई निकै गाह्रो भइरहेको थियो । घरभित्रको काम त परै जाओस्‌ दुलहीले आफ्नै कोठा पनि सफा गर्दिनथिन्‌ । यतिसम्म कि समयमा भात नखाइदिने, छरछिमेकीलाई खान नदिई मार्न लागे भन्ने र रामुले पनि श्रीमतीको कुरा सुनेर दाजुभाउजूप्रति पहिले जस्तो प्रेम र विनम्र साथ बोल्न छाडेकाले परिवारमा समस्या देखिन थाले । एक दिन दुलहीका कुरालाई लिएर दाजुभाइका बिच सामान्य भनाभन समेत भयो । यस्तो तनावयुक्त वातावरणमा बस्न नसक्ने टुङ्गोमा पुगेर रामुले दाजु भाउजूको घर छाडे ।

 

(घ) शोभाले आफ्नो कर्तव्य कसरी पुरा गरिन्‌?

उतर:- शोभा आकाश जत्तिकै फराकिलो छाती भएकी नारी थिइन्‌ । सौतेनी देवरलाई पूर्ण मातत्व प्रदान गर्नु र छरछिमेकीले समेत टीका टिप्पणी गर्नुको साटो  प्रशंसा गर्नुले उनको हृदयको विशालता स्वत: स्पष्ट हुन्छ । अनेक लाञ्छना लगाएर अलगै बस्न पुगेका र पुरै सम्बन्ध विच्छेद गरेका रामु बिरामी भएको थाहा पाउने बित्तिकै घरका सबै काम छोडेर शोभा देवरको स्याहारसुसारमा लागिन्‌ । दुलही बज्यै र देवरको क्रियाकलाप्रति टिप्पणी नगरी उनले रात दिन सेवा गरिन्‌ । कोठाको सरसफाइदेखि लुगा धुने, बच्चाको हेरचाह गर्ने, बिरामीलाई पथ्य कुरा बनाएर खान दिने र अन्त्यमा आफ्नै घर ल्याउने सम्मको काम गरिन्‌ । यसरी शोभाले आफ्नो कर्तव्य पूर्ण रूपमा पुरा गरिन्‌ ।

 

(ङ) प्रत्यागमनकथाको मुख्य आशय के हो?

उतर:- ‘प्रत्यागमन’ कथा गुरुप्रसाद मैनालीको एक चर्चित सामाजिक कथा हो । पारिवारिक विषयवस्तुमा आधारित भए पनि नेपाली समाजका समस्यालाई यसले उजागर गरेको छ । यस कथाले परिवारका सदस्यहरूबिच सधैं मेलमिलाप र सद्भाव कायम हुनुपर्छ, सानोतिनो कुरामा विवाद गर्नुको सटो फराकिलो हृदय पारेर अघि बढ्नुपर्छ । यसैगरी घनसम्पत्ति र कुल घरानाको धाक र रवाफ पनि देखाउनुहुन्न । मानिसको सोच र व्यवहार सदा सकारात्मक हुनुपर्छ । यस्ता कुराहरू हुन नसके परिवारमा कलह सिर्जना हुनु अनि अशान्ति मच्चिन्छ । परिवारमा शान्ति, समृद्धि र समुन्नतिका लागि परिवारिक मेलमिलाप, सद्भाव र असल व्यवहार आवश्यक छ भन्ने देखाउनु नै ‘प्रत्यागमन’ कथाको मुख्य आशय हो ।

 

३. यदि तपाईँ प्रत्यागमन कथाको रामुको ठाउँमा भएको भए आफ्ना छोराको पास्नीमा दाजु, भाउज्‌ र छोराछोरीलाई बोलाउनुहुन्थ्यो कि हुँदैनथ्यो ? तार्किक उत्तर दिनुहोस्‌ ।

उतर:- म प्रत्यागमन कथाको रामुको ठाउँमा भएको भए आफ्ना छोराको पास्नीमा दाजुभाउज्‌  र छोराछोरीलाई बोलाउँथे किनभने आफूलाई त्यो अवस्थामा पुर्याउने ती नै दाजुभाउज्‌  थिए । दाजुभाउजू नभएको भए रामुले नारकीय जीवन बाँच्नुपर्थ्यो । अरूबेला जे जस्तो  भए पनि आफ्ना घरमा कार्जे हुँदा बाबुआमा सरहका दाजु भाउजूलाई बोलाउनु पर्थ्यो ।  म त्यो स्थानमा भएको भए अगाडि भए गरेका गल्ती कमजोरीलाई सच्चाएर दाजुसँग माफी मागेर आफ्नो छोरोको पास्तीमा दाजु भाउजुलाई बोलाउँथे ।

 

४. प्रत्यागमबकथामा कथाकारले नेपाली समाजका के-कस्ता वास्तविकतालाई देखाउन खोजेका छन्, विवेचना गर्नुहोस् ।

उत्तरः:- कथाकार  गुरुप्रसाद मैनालीद्वारा लिखित ‘प्रत्यागनमन’ एक सामाजिक विषयवस्तुमा आधारित कथा हो । यसले नेपाली समाजको वास्तविकतालाई जीवन्त रूपमा उतारेको छ । नेपाली समाजको पारिवारिक स्थिति, मूल्य, मान्यता, रीति, परम्परा आदर्श आदिलाई यसले यथार्थ रूपमा प्रस्तुत गरी नैतिक सन्देश समेत दिएको छ ।

परिवारमा मिलेर बस्नु नेपाली समाजको ठुलो आदर्श हो । समाजमा परिवारका सदस्यहरू झगडा गर्नुको साटो आपसमा मिलेर बस्छन्‌ । लोग्ने र स्वास्तीका बिच कुनै प्रकारको तल बितल हुन्न । सानोतिनो कुरामा मनमोटाब भइहाले पनि त्यो क्षणिक हुन्छ । त्यसले कहिल्यै गम्भीर मोड लिन्न । नारीहरू उदार हृदयका हुन्छन्‌ । सौतेनी छोरो भए पनि मातृत्व स्नेह दिएर सहजै हुर्काउन सक्ने हृदयको विशालता र क्षमता उनीहरूले राख्छन्‌ । यही हृदयको विशालता रामुका दाजु निर्मल र भाउजू शोभाले देखाएका छन्‌ । डेढ वर्षको टुहुरो। राज्यको सम्पूर्ण जिम्मा लिएर आजीवन उसको भलाइ चाहनु निर्मल र शोभाको आदर्श चरित्रको विशिष्ट उदाहरण हो ।

नेपाली समाजमा पढेलेखे मानिसहरूलाई सम्मान गर्ने परम्परा छ । पढेलेखेका शिक्षित र जागिरेहरूलाई हेर्ने दृष्टिकोण नेपाली समाजमा सकारात्मक रहेको छ । त्यस्तै बिहे गर्दा कुल घरानकी केटी हेर्ने, इज्जतको ख्याल गर्ने परम्परा पनि नेपाली समाजमा विद्यामान छ । बिहे गर्दा दुलाहा र दुलही पक्षकाले सतर्कता अपनाउने, बिहेलाई साँस्कृतिक उत्सवकै रूपमा लिने, भोज भतेर गर्ने, छोरी मान्छेले बिहे गरेर गएपछि, माइतीको सम्पत्तिको धाक रवाफ देखाउने, सम्पन्न हुँदै गएपछि घरमा नोकर राख्ने, घरको डिलमा बसेर घुङ्गट तान्ने, छोराछोरीको पास्नी गर्दा आफन्त र इष्टमित्रहरूलाई बोलाउने जस्ता परम्परा र चलनहरू नेपाली समाजमा अद्यापि छँदै छन्‌ । यस्ता नेपाली समाजका वास्तविकतालाई यस कथाले अत्यन्त मार्मिक रूपमा उतारेको छ । पारिवारिक पृष्ठभूमिमा रचना गरिएको भए पनि यस कथाले नेपाली समाजका वास्तविकतालाई जीवन्त र प्रभावकारी ढङ्गमा उद्घाटन गरेको पाइन्छ ।

 

५. कथाको अन्तिम अनुच्छेद पढी चार अाेटा बुन्दा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् ।

उतर:- 

बँदाहरू:

– रामु आफ्नो सामान सहित ससुराली घरबाट प्रत्यागमन हुनु,

– दाजु, भतिजा, भतिजी सबै ओइलाएका फूल जस्ता हुन्‌,

– यो दृश्य देखेर रामुका गहभरि आँस्‌ आउनु,

– परिवारको यो अवस्था देखेर आफू र आफ्नो पौरखलाई रामुले धिक्कार्नु,

सारांश:

रामु आफ्नो सामान लिएर श्रीमतीलाई छोडेर पुन: दाजुभाउजूको घरमा आए । घरमा दाजु, भतिजा र भतिजी ओइलाएका फूल जस्ता भएका थिए । यो दृश्य देखेर रामुको गहभरि आँसु आए । परिवारको यो अवस्था देखेर आफू र आफ्नो पौरखलाई रामुले धरिक्कार्न थाले ।

जम्मा शब्द सङ्ख्या = ७७

सारांश गर्नुपर्ने सङ्ख्य = २६

सारांश गरिएको सङ्ख = ३३

 

६. सप्रङ्ग व्याख्या गर्नहोस्‌

(क)परमेश्वर, म कृतघ्न हुँ। मेरो पौरखलाई धिक्कार छ !

उतर:- प्रस्तुत गद्यांश कक्षा १० को नेपाली विषय अन्तर्गत पर्ने ‘प्रत्यागमन’ कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार गुरूप्रसाद मैनाली हुन्‌ । उनको जन्म वि.सं. १९५७ र मृत्यु वि.सं. २०२८ सालमा भएको थियो । रामुलाइ आफ्नो श्रीमतीले राम्रो नगरे पछि भाउजू गएर उपचार गरेकी छिन्‌ । त्यसपछि उनले आफ्नी श्रीमतीलाई छोडेर आफ्नो घर आएपछि आफूलाई धिक्कार्दै आफैँसँग भनेको प्रसङ्ग हो ।

डेढ वर्षको उमेरमा आफ्ना बुबाआमा गुमाएका रामुलाई आफ्ना दाजुभाउजूले अध्यापन गराएका थिए । पछि एमएस्सी गरी प्राध्यापक भएका रामले एउटी सम्पत्न परिवारकी केटी विवाह गर्यो । बुहारीको निहँमा दाजुभाइमा भनाभन भएपछि रामु आफ्नो ससुराली घरमा गएर बस्छ । बुहारी स्वार्थी र घमण्डी भएका कारण आफ्नो श्रीमान बिरामी हुँदा पनि माइत गएर बसेकी थिइन् । बिरामी हुँदा आफ्नी भाउजूले सेवा गरी निको पारेकी छिन्‌ । त्यसैले रामु आफ्नी श्रीमतीलाई छाडेर आफ्नै दाजुको घरमा जान्छ । घरमा दाजु, भतिजा भतिजीको दयनीय अवथा देखेर रामु आफूलाई धिक्कार्छ र आफ्नो पौरखप्रति आफूलाई सराप्छ भन्ने आसयलाई माथिको अंशले बताउन खोजेको छ ।

सरल भाषा गद्य शैली र आफ्नो गल्ती स्वीकार गर्ने मानिस महान हुन्छन् भन्ने आशयका कारण माथिको अंश उत्कृष्ट बनेको छ ।

 

(ख) अहो! संसार कति मतलबी छ ।।

उतर:- प्रस्तुत गधांश कक्षा १० को नेपाली पुस्तक अन्तर्गत पर्ने ‘प्रत्यागमन’ कथाबाट साभार गरिएको हो । यस कथाका लेखक गुरुप्रसाद मैनाली हुन् । उनको जन्म वि.सं. १९५७ र मृत्यु वि.सं. २०२८ सालमा भएको थियो । उनको ‘नासो’ कथा लेखी नेपाली कथा साहित्यमा आधुनिकता भित्र्याएका हुन्‌ । छोराको दाजु, भाउजू, भतिजा, भतिजी कसैलाई नबोलाउँदा शोभा रुदै मनमनै सारा कुरा सम्झदा आएको प्रसङ्ग हो ।

मानिस स्वार्थी प्राणी हो । आफूलाई पर्दा ऊ दु:खी हुन्छ तर आफूले निभाउने कर्तव्य चाहिँ निभाउन कन्जुस्याइँ गर्छ । रामुलाई डेढ वर्षको उमेरदेखि पालेर एउटा देशको होनहार व्यक्ति बनाएका, दाजुभाउजूलाई पछि उसले आफन्त जस्तो व्यवहार पनि गरेको छैन । आफ्नो घरको छोराको पास्नीमा आफ्ना बाबुआमा जस्ता दाजुभाउजलाई पनि उसले बोलाएको छैन । तसर्थ मानिस आफूलाई पर्दा दु:खी हन्छ । परेका बेला कसैले सहयोग गरेको छ भने त्यसलाई उसले चटक्कै बिर्सन्छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ।

सरल भाषा, गद्य शैली र आफूलाई पर्दा अरूले सहयोग गरिदिउन भन्ने आशय र अरूलाई पर्दा वा आफूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बेलामा पन्छिने मतलबी हुने मानिसको प्रवृत्तिलाई व्यङ्ग गरिएको आशयले माथिको अंश उत्कृष्ट बनेको छ।