पाठ-७ अन्तर्राष्ट्रिय बजार

पाठ-७    

अन्तर्राष्ट्रिय बजार

१. तल दिइएका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्‌ ।

(क) व्यापार सन्तुलन भनेको के हो ?

उतर:- एउटा देशले निश्चित अवधिमा बाँकी विश्वसँग गरेको निर्यात र आयात व्यापारको तुलनात्मक अवस्था व्यापार सन्तुलन हो।

 

(ख) भुक्तान सन्तुलन भनको के हो ?

उतर:- कुनै एक निश्चित समयावधि खासगरी एक वर्षभित्रमा कुनै एक देशले विश्वका बाकी देशहरुसँग गर्ने दृश्य वस्तु तथा अदृश्य सेवासँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबारको व्यवस्थित अभिलेखलाई भुक्तान सन्तुलन भनिन्छ।

 

(ग) स्वतन्त्र व्यापार नीतिको अर्थ बताउनुहोस्‌।

उतर:- सरकारले कुनै किसिमको नियन्त्रण नगरी वस्तु तथा सेवाहरूको निर्वाध आयात निर्यात हुन दिने नीति अवलम्बन गर्दछ भने यस किसिमको नीतिलाई स्वतन्त्र व्यापार नीति भनिन्छ।

 

(घ) स्वतन्त्रव व्यापार नीतिका कुनै दुई फाइदा लेख्नुहोस्‌ ।

उतर:- स्वतन्त्र व्यापार नीतिका कुनै दुई फाइदाहरु निम्नानुसार छन्:

i)  उत्पादनमा वृद्धि,

ii)  स्वस्थ्य प्रतिस्पर्धामा प्रवर्द्धन जस्ता फाइदा सिर्जना गर्दछ।

 

(ङ) संरक्षण नीति भनेको के हो?

उतर:- अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने वस्तुमा सहुलियत प्रदान गरी स्वदेशी उत्पादनलाई बढी प्रतिस्पर्धी बनाई स्वदेशी उद्योगहरुलाई प्रोत्साहित गर्ने नीतिलाई  संरक्षण नीति भनिन्छ।

 

(च) संरक्षण नीतिका कुनै दुई बेफाइदा लेख्नुहोस्‌।

उतर:- संरक्षण नीतिका कुनै दुई बेफाइदा निम्नानुसार छन्:

i)  संरक्षित उद्योगहरु अल्छी बन्छन्,

ii)  समाजमा आर्थिक असमानता निम्त्याउँछ,

 

) तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्‌ ।

(क) स्वतन्त्र व्यापारका फाइदाहरू व्याख्या लेख्नुहोस्‌ ।

उतर:- स्वतन्त्र व्यापारबाट प्राप्त हुने फाइदाहरू निम्न प्रकारका छन्‌ :

i)  उत्पादनमा वृद्धि:- स्वतन्त्र व्यापार नीतिका कारणले देशहरूले आफ्ना वस्तु तथा सेवाहरू अन्तर्राष्ट्रिय बजारमा बिकी गर्न पाउँछन्‌। त्यसैले हरेक देशले तुलनात्मक रूपमा कम लागतमा उत्पादन गर्न सकने वस्तुको उत्पादनमा विशिष्टीकरण प्राप्त गर्दछन्‌। फलस्वरूप उत्पादन क्षमता वृद्धि हुन जान्छ र उत्पादन लागतमा कमी ल्याउँछ।

ii)  उपभोक्ताहरूलाई फाइदा:- स्वतन्त्र व्यापारमा बजारमा उपभोक्ताले आफूलाई आवश्यक वस्तु तथा सेवाहरू छानी छानी किन्ने तथा उपभोग गर्ने अवसर प्राप्त गर्दछ। स्वतन्त्र व्यापारका कारण कम मूल्यमा गुणस्तरीय वस्तुको आयात हुने हुँदा उपभोक्ताहरूले वस्तु तथा सेवाको खरिद तथा उपभोगमा पूर्ण स्वतन्त्रताको अनुभव गर्न पाउँछन्‌।

iii)  स्वदेशी वस्तुको बजार विस्तार:- स्वतन्त्र व्यापारले सस्तो तर गुणस्तरीय घरेलु वस्तु र सेवालाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने अवसर प्राप्त हुन्छ। फलस्वरूप घरेलु वस्तु तथा सेवाको बिक्री बढ्न गई बजार विस्तार हुन जान्छ।

iv)  स्वस्थ प्रतिस्पर्धामा प्रवर्धन:- स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दा मूल्य, गुणस्तर तथा परिमाण आदिमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। अन्य देशका वस्तुसँग प्रतिस्पर्धा गर्न उत्पादनमा नयाँ प्रविधि तथा बजार रणनीतिहरू अपनाउनुपर्दछ जसले गर्दा स्वदेशी उत्पादकहरूको प्रतिस्पर्धात्मक क्षमतामा विकास भई बजार विस्तारमा मदत पुग्छ।

v)  प्रविधिमा सुधार:- स्वतन्त्र व्यापारले कुनै पनि राष्ट्रलाई विश्वभर प्रयोगमा आएका आधुनिक प्रविधिहरू स्वदेशमा भित्र्याउने अवसर प्रदान गर्दछ। सूचनाको स्वतन्त्र रूपमा आदानप्रदान इन्टरनेटको व्यापक प्रयोग, यातायात र सञ्चारको तीव्र विकासले विश्व एउटा सानो गाउँमा रूपान्तरण भइसकेको छ। “नवीनतम प्रविधिको प्रयोगले उत्पादन परिमाण र गुणस्तरमा सुधार आई उत्पादक र उपभोक्ता दुवैलाई फाइदा हुन्छ।

 

(ख) संरक्षण नीतिका फाइदाहरू चर्चा गर्नुहोस्‌।

उतर:-संरक्षण व्यापार नीतिका फाइदाहरू यसप्रकार छन्‌ :

i) शिशु उद्योगको सुरक्षा:- विकासोन्मुख देशका प्रायः उद्योगहरू शिशु अवस्था वा सिक्ने अवस्थामा हुन्छन्‌। यी उद्योगहरू पुँजी लगानी, प्रविधि विकास तथा मूल्यसँग प्रतिस्पर्धा गर्न सक्दैनन्‌। यसर्थ विकासोन्मुख देशका नयाँ र शिशु अवस्थाका उद्योगहरू परिपक्व अवस्थामा नपुगुन्जेलसम्म संरक्षण नीतिले महत्त्वपूर्ण भूमिका खेल्दछ।

ii) व्यापार विभेदको अन्त्य:- स्वतन्त्र व्यापारमा संलग्न देशहरूले विदेशी बजारमा कम मूल्यमा तथा स्वदेशी बजारमा उच्च मूल्यमा वस्तु बिक्री गरी विभेदकारी नीति उत्पन्न गर्दछन्। यसले उपभोक्ताको उचित मूल्यमा वस्तुको खरिद गर्ने अधिकार हनन्‌ गर्दछ। तर संरक्षण नीतिले यस प्रकारका विभेदकारी रणनीति हटाई देशमा स्वस्थ व्यापारको वातावरण निर्माण गर्दछ।

iii) स्वदेशी मुद्राको बहिर्गमनमा रोक:- संरक्षण नीतिले देशका नागरिकहरूलाई देशमा नै उत्पादन भएका वस्तुको उपभोग गर्नका लागि प्रोत्साहन गर्दछ। सरकारले कर छुट तथा सहुलियत मूल्यमा स्वदेशी वस्तु उपलब्ध गरिदिने हुँदा देशको मुद्रा देशमा नै रहन जान्छ। फलस्वरूप स्वदेशमै पुँजी निर्माणको दर उच्च हुन गई उत्पादनमा वृद्धि, उच्च रोजगारी र प्रतिव्यक्ति आयमा वृद्धि ल्याउँछ । विदेशी वस्तु खरिदमा गरिने ठुलो धनराशि बाहिर जानबाट रोकिन्छ।

iv) आधारभूत उ्यागको प्रवर्धन:- कुनै पनि राष्ट्रको औधोगिक तथा आर्थिक विकासको पूर्व सर्तका रूपमा फलाम तथा स्टिल उद्योग, रबर तथा प्लास्टिक उद्योग, रसायन तथा सिमेन्ट उद्योगको विकास हुन जरुरी हुन्छ।  सरकारी संरक्षण नीतिले यस्ता उद्योगलाई कर छुट, कच्चा पदार्थ खरिद तथा निर्यातमा सहुलियत प्रदान गरी उत्पादनमा प्रोत्साहन दिन्छ। यस प्रकारका उद्योगको विकासबाट अन्य ठुला उद्योगको विकासमा पनि टेवा पुग्छु।

v) रोजगारीमा वृद्धि:- संरक्षण नीतिले साना तथा कमजोर उद्योगको उत्पादन तथा वितरण क्षमतामा अभिवृद्धि ल्याउँछ। जसका कारण बढीभन्दा बढी श्रम तथा अन्य उत्पादनका साधनहरूको माग बढ्न गई नयाँ रोजगारी सिर्जना हुन जान्छ। तसर्थ बजारमा अति दक्ष,दक्ष, अर्ध दक्ष तथा अदक्ष मानिसहरुलाई रोजगारीकाे अवसरमा वृद्धि हुन्छ।

 

(ग) नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि संरक्षण नीति आवश्यक छ ? कारण दिनुहोस्‌ ।

उतर:- कुनै एउटा देशले आन्तरिक उधोगहरूलाई संरक्षण प्रदान गर्ने उद्देश्यले आयातमा गर्ने नियन्त्रण तथा निर्यातमा दिने सहुलियत पूर्ण नीतिलाई संरक्षण व्यापार नीति भनिन्छ । यस्तो व्यापार नीतिले आन्तरिक उधोगहरूलाई वैदेशिक प्रतिस्पर्धामा फाइदा पुर्याउँदछ । नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि संरक्षण नीति आवश्यक हुनुका कारणहरु निम्न लिखित छन् :

  • शिशु उधोगको संरक्षण गर्न
  • आर्थिक स्वावलम्बन गर्न
  • प्राकृतिक साधनहरुको सदुपयोग गर्न
  • रोजगारीमा बृद्धि गर्न
  • स्वदेशी मुद्राको बहिर्गमनमा रोका गर्न
  • व्यापार विभेदको अन्त्य गर्न, आदि।

 

(घ) अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको परिचय दिनुहोस्‌ ।

उतर:-शास्त्रीय अर्थशास्त्रीहरूका अनुसार दुई देशबिच हुने अन्तर्राष्ट्रिय व्यापारको मुख्य कारण दुई देशमा एकै वस्तु उत्पादन गर्दा हुने तुलनात्मक लागत लाभको अन्तर हो।

तुलनात्मक लागतको सिद्धान्तलाई सन्‌ १८१७ मा David Ricardo ले व्यवस्थित रूपले व्याख्या गरेका हुन्‌। तुलनात्मक लागत भन्नाले एउटा वस्तुलाई फरक देशमा उत्पादन गर्दा लाग्ने लागतको अन्तर हो । रिकार्डोका अनुसार, “हरेक देशले त्यस्ता वस्तुको उत्पादनमा विशिष्टीकरण हासिल गर्दछ, जुन वस्तुमा उसलाई अधिक तुलनात्मक लाभ वा न्यूनतम तुलनात्मक हानि पुग्छ ।”

यस नियमअनुसार दुवै देशले दुईमध्ये एक वस्तु उत्पादन र निर्यात गर्दछ, जसमा उसलाई तुलनात्मक लागत लाभ बढी रहन्छ वा तुलनात्मक लागत हानि अर्को वस्तुको तुलनामा कम पर्न जान्छ। यस सिद्धान्तलाई तलको तालिकाबाट थप प्रष्ट पार्न सकिन्छ:

 

देश

लागत

कपास (Cotton)

जुट (Jute)

श्रमघण्टा

प्रति के. जी.

अवसर लागत

श्रम घण्टा

प्रति के. जी.

अवसर लागत

(क)

1C = 2J

2

1J = 1/2C

(ख)

15

1C = 3J

5

1J = 1/3C

माथिको तालिका अनुसार देश (क) ले १ किलो कपास उत्पादन गर्न २ किलो जुटको त्याग गर्नुपर्दछ भने देश (ख) ले १ किलो कपास उत्पादन गर्न ३ किलो जुटको त्याग गर्नुपर्दछ । यहाँ देश ‘क’ ले देश ‘ख’ को भन्दा थोरै त्याग गर्नुपर्ने हुनाले उसलाई कपास उत्पादनमा तुलनात्मक लाभ ज्यादा छ र कपास उत्पादन र निर्यातमा विशिष्टीकरणको लाभ प्राप्त गर्नु उपयुक्त हुन्छ।

यसैगरी देश “क’ ले १ किलो जुट उत्पादन गर्न  ५ किलो कपास र देश ‘ख’ ले ४ किलो कपासको त्याग गर्नुपर्ने हुन्छ। यहाँ देश ‘ख’ ले देश “क’ को भन्दा कम त्याग गर्नुपर्ने हुँदा देश ‘ख’ लाई जुट उत्पादन र निर्यातमा विशिष्टीकरण हासिल गर्नु फाइदा हुन्छ।

उपयुक्त उदाहरणबाट देश ‘क’ ले कपास उत्पादन र निर्यात गर्दछ भने जुट आयात गर्दछ। यसैगरी देश ‘ख’ ले जुट उत्पादन र निर्यात गर्दछ भने कपास आयात गर्दछ।

 

(ङ) विश्व व्यापार सङ्गठनका उद्देश्यहरू उल्लेख गर्नुहोस्‌ ।

उतर:-विश्व व्यापार सङ्गठनले व्यापारलाई सही दिशा दिनका लागि केही रणनीतिक उद्देश्यहरू निर्धारण गरको हुन्छन्, जसका केही मुख्य उद्देश्यहरू यसप्रकार छन्‌:

i)  पारस्परिक लाभका आधारमा सदस्य राष्ट्र हरूबिचको व्यापार सम्बन्धी द्वन्द्व समाधान गर्ने,

ii)  सदस्य राष्ट्रहरूबिचमा भन्सार कर तथा अन्य करहरूमा कटौती गरी सरल बनाउने,

iii)  व्यापार विविधीकरण मार्फत सदस्य राष्ट्रहरूमा दिगो विकास प्राप्त गर्ने,

iv)  वैज्ञानिक तरिकाले वातावरणीय स्रोतको संरक्षण तथा प्रवर्धन गर्ने,

v)  सदस्य राष्ट्रहरूको रोजगारी, प्रभावकारी माग तथा वास्तविक आम्दानीमा वृद्धि गर्नेका लागि स्रोतको परिचालन गर्ने।

 

(च) साफ्टाका उद्देश्यहरू उल्लेख गर्नुहोस्‌ ।

उतर:-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (SAARC) मा आवद्ध राष्ट्रहरूले क्षेत्रीय व्यापारिक स्वतन्त्रताको उद्देश्य राखी सन्‌ १९९८ मा गरेको सम्झौताले उक्त राष्ट्रहरूबिच स्वतन्त्र व्यापार क्षेत्र (SAFTA) लाई परिभाषित गरेको छ।

यसका मुख्य उद्देश्य निम्नलिखित छन्:

i)  व्यापारसम्बन्धी अवरोध हटाउने र सम्बन्धित राष्ट्रबिच स्वतन्त्र रुपमा वस्तु आवतजावत गर्ने सुविधा प्रदान गर्ने,

ii)  स्वतन्त्र व्यापार क्षेत्रको स्वास्थ्य प्रतिस्पर्धालाई बढावा दिने र आर्थिक विकासको

iii)  ढाँचालाई ध्यान दिँदै राष्ट्रहरुबिच समतामूलक फाइदाहरु सुनिश्चित गर्ने,

iv)सम्झौता कार्यान्वयनको लागि प्रभावकारी संयन्त्र बनाउने,

v)पारस्परिक फाइदा विस्तार गर्दै थप क्षेत्रीय सहयोगको लागि आवश्यक रूपरेखा तयार गर्ने।

 

३) निम्नलिखित प्रश्नहरूको लामो उत्तर लेख्नुहोस्‌।

(क) स्वतन्त्र व्यापारको पक्ष तथा विपक्षमा आफ्ना तर्कहरू दिनुहोस्‌ ।

उतर:- देशको आन्तरिक र बाहृय उद्योगहरूलाई समान फाइदा हुने गरी कर, भन्सार महशूल तथा आयात निर्यातमा गरिने व्यवस्थालाई स्वतन्त्र व्यापार नीति भनिन्छ। स्वतन्त्र व्यापारको स्थितिमा बैदेशिक व्यापार स्वतन्त्रतापूर्वक चल्दछ। यस्तो व्यापारमा नीतिगत, प्रशासनिक वा कुनै प्रकारको आर्थिक रोकावट गरिँदैन।

स्वतन्त्र व्यापारको पक्ष

:- स्वतन्त्र व्यापारको पक्षमा साधारणतया निम्नानुसारका तर्कहरू प्रस्तुत गरिएका छन्‌:

i) खुला व्यापारअन्तर्गत सबै देशहरूले श्रम- विभाजनको माध्यमद्वारा वस्तुहरूको उत्पादनमा विशिष्टीकरण प्राप्त गर्दछन्‌, जसले गर्दा उत्पादनमा वृद्धि हुनाका साथै उत्पादन लागतमा कमी आउँछ र बढी गुणस्तरयुक्त वस्तुहरूको उत्पादन हुन्छ।

ii) स्वतन्त्र व्यापारको स्थितिमा उपभोक्ताहरूले न्यून मूल्य र गुणस्तरीय वस्तु प्राप्त गर्दछन्‌।

iii) स्वतन्त्र व्यापारको स्थितिमा उद्योगहरूको स्थानीयकरणलाई प्रोत्साहन मिल्दछ।

iv) खुला व्यापारको स्थितिमा उपभोक्ताहरूले विदेशी वस्तुहरूको उपभोग गर्ने अवसर प्राप्त गर्दछन्‌।

v) खुला व्यापारअन्तर्गत सबै वस्तुहरूको बजारको क्षेत्र विस्तृत बन्न पुग्दछ ।

vi) खुला व्यापारको स्थितिमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्ने हुनाले उत्पादन विधि र उत्पादन-प्रविधिमा सुधार आउँछ ।

vii) राष्ट्रिय प्रतिस्पर्धाको कारणले गर्दा खुला व्यापारको स्थितिमा कुनै पनि देशमा धिकारी व्यवसायको स्थापना हुन सक्दैन।

viii) स्वतन्त्र व्यापारको स्थितिमा अन्तर्राष्ट्रिय सम्पर्क, अन्तर्राष्ट्रिय सद्भाव र अन्तर्राष्ट्रिय वृद्धि हुन्छु।

 

स्वतन्त्र व्यापारको विपक्ष

:-स्वतन्त्र व्यापारको विपक्षमा साधारणतया निम्नानुसारका तर्कहरू प्रस्तुत गरिन्छन्‌ :

i) राष्ट्रहरु बिचको पारस्परिक भेदभाव र अविश्वासले गर्दा खुला व्यापारको नीति सफल हुन सक्दैन।

ii)स्वतन्त्र व्यापारको कारणले विकासशील राष्ट्रहरू आर्थिक रूपले विकसित देशहरू माथि पराधिन बन्न पुग्दछन् जसले गर्दा ती देशको राजनैतिक स्वतन्त्रता प्रतिकूल हुन जान्छ।

iii)स्वतन्त्र व्यापारको स्थितिमा एक देशका आर्थिक समस्या तथा कठिनाइहरू अरु देशमा फैलिने खतरा बढ्दछ।

iv)खुला व्यापारको स्थितिमा चुरोट, रक्सी आदि हानिकारक वस्तुहरूको पनि आयात र उपभोग हुने हुनाले जनताको स्वास्थ्यमा प्रतिक्‌ल प्रभाव पर्दछ।

v)खुला व्यापारले अल्पविकसित देशहरूलाई हानि पुर्याउँछ, किनकी विभिन्न प्राविधिक समस्याहरूको कारणले गर्दा अविकसित देशका उत्पादनहरूले विकसित देशका उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन्‌।

vi)खुला व्यापारको स्थितिमा अत्याधुनिक प्रविधिहरूको प्रयोग हुने हुनाले यसले परम्परागत घरेलु उद्योग, साना तथा मझौला उद्योगहरूमाथि प्रतिकूल प्रभाव पार्दछ र घरेलु उद्योगहरू लोप हुने स्थितिमा पुग्दछन्‌।

vii)खुला व्यापारले शिशु उद्योगहरूको विकासमा बाधा पुग्याउँदछ किनकी यस्ता उद्योगहरूले पनि बहुराष्ट्रिय कम्पनीहरूसँग खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

 

() संरक्षण नीतिको पक्ष तथा विपक्षमा आफ्ना तर्कहरू दिनुहोस्‌ ।

उतर:- कुनै एउटा देशले आन्तरिक उद्योगहरूलाई संरक्षण प्रदान गर्ने उद्देश्यले आयातमा गर्ने नियन्त्रण तथा निर्यातमा दिने सहुलियत पूर्ण नीतिलाई संरक्षण व्यापार नीति भनिन्छ । यस्तो व्यापार नीतिले आन्तरिक उद्योगहरूलाई वैदेशिक प्रतिस्पर्धामा फाइदा पुर्याउँदछ।

संरक्षण नीतिकाे पक्षहरू तर्कहरू

:- यस्तो नीतिका निम्न पक्षहरू यसप्रकार रहेका छन:

(i)शिशु उद्योगको संरक्षण:- संरक्षण व्यापार नीतिले भर्खरै विकसित हुन लागेका आन्तरिक  उधोगहरुलाई बहुराष्ट्रिय कम्पनीहरूसँगको प्रतिस्पर्धाबाट बचाउँदछ। जसले गर्दा यस्ता उधोगहरुले आफ्नो उत्पादन र प्रतिस्पर्धी क्षमता विकास गर्ने अवसर प्राप्त गर्दछन।

(ii) आथिर्क स्वावलम्बन:- संरक्षण व्यापार नीतिले आन्तरिक उत्पादकहरूलाई वृद्धि हने अवसर प्रदान गर्दछ। जसले गर्दा राष्ट्रिय आवश्यकता अनुसारका उद्योगहरू विकसित हुन गई राष्ट्रिय अर्थतन्त्र स्वावलम्बी हुन पुग्दछ।

(iii) प्राकृतिक साधनको सदुपयोग:- संरक्षण व्यापार नीतिले बाह्य उद्योगहरूका प्रवेशमा नियन्त्रण गर्दछ। जसले गर्दा देशको आन्तरिक प्राकृतिक साधनको उपयोग राष्ट्रिय आवश्यकता अनुरूप हुन जान्छ। अर्को शब्दमा प्राकृतिक साधनको अति दोहनबाट बचाउन संरक्षण व्यापार नीति आवश्यक हुन्छ।

(iv) रोजगारी:- संरक्षण व्यापार नीतिले आन्तरिक उद्योगहरूको विकासमा सहयोग गदछ। उद्योग तथा व्यापारको क्षेत्रमा व्यापक रोजगारीको अवसर सिर्जना हुन पुग्दछ। तसर्थ संरक्षण व्यापार रोजगारीको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ।

(v) भुक्तान सन्तुलन:- एउटा अर्थतन्त्रले बाँकी विश्वसँग निश्चित अवधिमा गरेको व्यापारिक (दृश्य) र गैर व्यापारिक (अदृश्य) लेनदेनको तुलनात्मक अवस्थालाई भुक्तान सन्तुलन भनिन्छ। संरक्षित व्यापारले निर्यातलाई वृद्धि गरी आयात नियन्त्रण गर्ने हुनाले भुक्तान सन्तुलनको अवस्था अनुकूल हुने बढी सम्भावना रहेको हुन्छ।

 

संरक्षण नीतिको विपक्षका तर्कहरू

:- यसतो नीतिकाे विपक्षका तर्कहरू निम्नलिखित छन्:

(i) औद्योगिक विकासमा बाधा:- आन्तरिक संरक्षणको कारणले आन्तरिक उद्योगहरूले प्रविधि, गुणस्तर, प्रतिस्पर्धी क्षमता आदिमा विशिष्टता हासिल गर्न कठिन हुन्छ।

(ii) आर्थिक असमानता:- संरक्षण प्राप्त गर्ने हुनाले आन्तरिक उत्पादन उद्योगसँग सम्बन्धित वर्ग दिनदिनै धनी हुँदै जाने हुँदा आर्थिक असमानतामा वृद्धि हुन्छ।

(iii) एकाधिकार:- सरकारी संरक्षण प्राप्त उद्योगहरूले प्रतिस्पर्धीलाई बजारबाट पाखा लगाइ एकाधिकार निर्माण गर्ने सम्भावना अत्याधिक रहन्छ।

(iv) उपभोक्ता अधिकार हनन्‌:- वैदेशिक उद्योगको प्रवेशमा हुने रोकले उपभोक्ताहरू सीमित उत्पादन उपयोग गर्न बाध्य हुने हुँदा मूल्य र गुणस्तरमा ठगिने सम्भावना रहन्छ।

(v) निरन्तर अनुदानको खतरा:- संरक्षित उद्योगहरू प्रतिस्पर्धी क्षमता विकासभन्दा निरन्तर आनुदान प्राप्त गर्न कोसिस गर्दछन्‌।

(vi) आर्थिक सम्बन्ध:- संरक्षण व्यापारले अन्तर्राष्ट्रिय आर्थिक व्यापारिक सम्बन्ध साँघुरो पार्ने खतरा रहन्छ।

 

(ग) अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको आलोचनात्मक रूपमा व्याख्या गर्नुहोस्‌ ।

उतर:- शास्त्रीय अर्थशास्त्रीहरूका अनुसार दुई देशबिच हुने अन्तर्राष्ट्रिय व्यापारको मुख्य कारण दुई देशमा एकै वस्तु उत्पादन गर्दा हुने तुलनात्मक लागत लाभको अन्तर हो।

तुलनात्मक लागतको सिद्धान्तलाई सन्‌ १८१७ मा David Ricardo ले व्यवस्थित रूपले व्याख्या गरेका हुन्‌। तुलनात्मक लागत भन्नाले एउटा वस्तुलाई फरक देशमा उत्पादन गर्दा लाग्ने लागतको अन्तर हो । रिकार्डोका अनुसार, “हरेक देशले त्यस्ता वस्तुको उत्पादनमा विशिष्टीकरण हासिल गर्दछ, जुन वस्तुमा उसलाई अधिक तुलनात्मक लाभ वा न्यूनतम तुलनात्मक हानि पुग्छ ।”

यस नियमअनुसार दुवै देशले दुईमध्ये एक वस्तु उत्पादन र निर्यात गर्दछ, जसमा उसलाई तुलनात्मक लागत लाभ बढी रहन्छ वा तुलनात्मक लागत हानि अर्को वस्तुको तुलनामा कम पर्न जान्छ। यस सिद्धान्तलाई तलको तालिकाबाट थप प्रष्ट पार्न सकिन्छ:

 

देश

लागत

कपास (Cotton)

जुट (Jute)

श्रमघण्टा

प्रति के. जी.

अवसर लागत

श्रम घण्टा

प्रति के. जी.

अवसर लागत

    (क)

1C = 2J

2

1J = 1/2C

(ख)

15

1C = 3J

5

1J = 1/3C

माथिको तालिका अनुसार देश (क) ले १ किलो कपास उत्पादन गर्न २ किलो जुटको त्याग गर्नुपर्दछ भने देश (ख) ले १ किलो कपास उत्पादन गर्न ३ किलो जुटको त्याग गर्नुपर्दछ । यहाँ देश ‘क’ ले देश ‘ख’ को भन्दा थोरै त्याग गर्नुपर्ने हुनाले उसलाई कपास उत्पादनमा तुलनात्मक लाभ ज्यादा छ र कपास उत्पादन र निर्यातमा विशिष्टीकरणको लाभ प्राप्त गर्नु उपयुक्त हुन्छ।

यसैगरी देश “क’ ले १ किलो जुट उत्पादन गर्न  ५ किलो कपास र देश ‘ख’ ले ४ किलो कपासको त्याग गर्नुपर्ने हुन्छ। यहाँ देश ‘ख’ ले देश “क’ को भन्दा कम त्याग गर्नुपर्ने हुँदा देश ‘ख’ लाई जुट उत्पादन र निर्यातमा विशिष्टीकरण हासिल गर्नु फाइदा हुन्छ।

उपयुक्त उदाहरणबाट देश ‘क’ ले कपास उत्पादन र निर्यात गर्दछ भने जुट आयात गर्दछ। यसैगरी देश ‘ख’ ले जुट उत्पादन र निर्यात गर्दछ भने कपास आयात गर्दछ।

अन्तरराष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तलाई निम्वानुसार आलोचना गरेको पाइन्छ:

i)  दुई देश दुई वस्तुको गलत मान्यतामा आधारित:- अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्त दुई देशबिच दुई वस्तुको मात्र व्यापार हुन्छ भन्ने मान्यतामा आधारित छ। तर यथार्थमा अन्तर्राष्ट्रिय व्यापार दुईभन्दा बढी देशहरूबिच विभिन्न प्रकारका वस्तुहरूको कारोबार हुन सक्छ।

ii) श्रम लागतमा मात्रै आधारित:- अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तले श्रमको लागतलाई एक मात्र उत्पादन लागतका रूपमा लिएको छ। तर बास्तवमा वस्तु तथा सेवाको उत्पादनमा श्रमका साथसाथै भूमि, पुँजी र सङ्गठन जस्ता उत्पादनका अन्य साधनहरूको प्रयोग गरिने भएकाले ती साधनको लागत पनि समावेश गर्नुपर्दछ।

iii) उत्पादनमा स्थिर प्रतिफल नियम:- यस सिद्धान्तको हरेक उत्पादनमा स्थिर प्रतिफल नियम मात्रै लागु हुन्छ भन्ने मान्यता गलत छ। वास्तवमा उत्पादनमा बढ्दो प्रतिफल वा घट्दो प्रतिफल पनि उत्तिकै क्रियाशील भइरहेको हन्छ।

iv) यातायात खर्च समावेश नगरिनु:- तुलनात्मक लागत सिद्धान्तले अन्तर्राष्ट्रिय व्यापारमा यातायात खर्च “लाग्दैन भन्ने मान्यता राख्छ। तर अन्तर्राष्ट्रिय व्यापारमा संलग्न देशले यातायात खर्च व्यहोर्नु परेको छ।

 

(घ) नेपालले विश्व व्यापार सङ्गठनको सन्दर्भमा सामना गर्नु परेका चुनौतिहरू उल्लेख गर्नुहोस्‌।

उतर:- नेपालले विश्व व्यापार सङ्गठनको सन्दर्भमा सामना गर्नु परेका चुनौतिहरू निम्नलिखित छन्:

(i) विश्व व्यापार सङ्गठनका विकसित र शक्तिशाली राष्ट्रहरूले विकासोन्मूख र कमजोर राष्ट्रबाट सस्तो मूल्यमा प्रार्कतिक स्रोत, कच्चा पदार्थ र श्रमशक्ति खरिद गरि वस्तु उत्पादन गर्ने र कमजोर राष्ट्रहरूलाई नै महँगोमा बेच्ने हुँदा बिकासोन्मूख र कमजोर राष्ट्रहरुले आफ्नो क्षमता अभिवृद्धि गर्ने र विश्व बजारमा आफनो प्रतिस्पर्धात्मक उपस्थिति देखाउने कुरा एउटा चुनौतीको रुपमा रहेको छ।

(ii) विश्व व्यापार सङ्गठनले मुल्य गुणस्तर तथा परिमाणका आधारमा उच्च तुलनात्मक लाभ भएका वस्तुको मात्र विश्व व्यापार सुनिश्चित गर्ने भएकाले सबै उत्पादकहरूले अवसर नपाउन सक्छन्‌।

(iii) बहुराष्ट्रिय तथा बहुपक्षीय कम्पनीको पुँजी लगानीले ‘गरिब तथा विकासशील राष्ट्रलाई उपनिवेश बनाउँदै लैजाने डर रहन्छ।

(iv) विश्व व्यापार संगठनका सर्तहरुका कारण प्रतिस्पर्धा गर्न नसक्ने, परम्परागत, शिशु उद्योगका उत्पादनको घरेलु बजार पनि गुम्ने स्थिति रहेको छ।

(v) खुला बजार तथा न्यून भन्सार दर कायम गर्नुपर्ने कारण विदेशी वस्तुको बाढी आउन सक्छ। जसले गर्दा एकातिर स्वदेशी उत्पादनले बजार गुमाउँछ भने अर्कोतिर देशको भुक्तान सन्तुलन प्रतिकुल हुन जान्छ।