मुद्रा बैङ्किङ तथा गैर बैङ्किङ वित्तीय संस्था
१) तल दिइएका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्।
(क) बैङ्क भनेको के हो ?
उतर:- आधिकारिक वा संस्थागत रूपले ऋणको लेनदेन गर्ने संस्थाहरूलाई बैङ्क भनिन्छ।
(ख) नेपालको पहिलो वाणिज्य बैङ्क कुन हो?
उतर:- नेपालको पहिलो बाणिज्य बैङ्क नेपाल बैङ्क लिमिटेड हो।
(ग) नेपालको केन्द्रीय बैङ्क कहिले स्थापना भएको हो ?
उतर:- नेपालको केन्द्रिय बैङ्कको स्थापना वि.सं. २०१३ बैशाक १४ गते भएको हो।
(घ) पुँजी बजार भन्नाले के बुझिन्छ ?
उतर:- पुँजी बजार भनेको पुँजीको दीर्घकालीन कारोबार हुने वित्तीय बजार हो। सामान्यतय: एक वर्षभन्दा बढी अधिका लागि गरिने वित्तीय कारोबारहरु यो बजारबाट गरिन्छ।
२) तलका प्रश्नको छोटो उत्तर दिनुहोस् ।
(क) बैङ्कलाई विभिन्न शीर्षकअन्तर्गत वर्गीकरण गर्नुहोस्।
उतर:– कुनै पनि बैङ्कले विभिन्न किसिमका ग्राहकहरूको आवश्यकता पुरा गर्नका लागि विभिन्न कार्यहरु एकसाथ गर्न सक्दैनन्। त्यसकारण बैंकहरुले गर्ने कार्य, उद्देश्य, प्राथमिकता र विशिष्टीकरणका आधारमा विभिन्न वर्गमा विभाजन गरिएको हुन्छ। नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको मापदण्डअनुसार बैङ्कहरुलाई निम्नानुसार वर्गीकरण गरिएको छ।
(A) केन्द्रीय बैङ्क (Central Bank):- केन्द्रीय बैङ्क देशको बैङ्किङ र मौद्रिक व्यवस्था सुदृढ र नियमन गर्ने सरकारी निकाय हो त्यसैले यसलाई केन्द्रीय मौद्रिक अधिकारीको अधिकार प्राप्त हुन्छ। तसर्थ, यसले सरकार र अन्य बैङ्कहरूको संरक्षक र सल्लाहकारको रूपमा कार्य गर्दछ। यसको साथै राष्ट्रिय मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी पनि केन्द्रीय बैङ्कलाई रहेको हुन्छ। नेपालमा नेपाल राष्ट्र बैङ्क केन्द्रीय बैङक हो जसले मुद्रा निस्कासनदेखि बैङ्किङ क्षेत्रको नियमन गर्ने कार्य गर्दछ ।
(B) वाणिज्य बैङ्क(Commercial Bank):- आधिकारिक वा संस्थागत रूपले ऋणको लेनदेन गर्ने संस्थाहरूलाई बैङ्क भनिन्छ। राष्ट्रको उद्योग तथा वाणिज्य क्षेत्रलाई प्रबर्द्धन गर्न वाणिज्य बैङ्कको मुख्य भूमिका रहेको हुन्छ किनकी यसले विभिन्न क्षेत्रमा छरिएर रहेको सानो पुँजीहरूलाई सङ्कलित गरि पुँजी निर्माण र लगानीको लागि उद्योगी व्यवसायीहरूलाई सहयोग गर्दछ। व्यक्ति वा संस्थासँग बचतको रूपमा ऋण सङ्कलन गरी व्यक्ति वा संस्थालाई ऋण प्रदान गर्नु वाणिज्य बैङ्कको मुख्य कार्य हो। नेपाल बैङ्क लिमिटेड नेपालको पहिलो वाणिज्य बैङ्क हो । हालसम्म नेपालमा २८ ओटा बाणिज्य बैङ्क रहेका छन्।
(C) बिकास बैङ्क (Development Bank):- देशमा निश्चित आर्थिक वा भौगोलिक क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले स्थापित बैङ्कलाई विकास बैङ्क भनिन्छ। नेपालको सर्न्दभमा कृषि बिकास बैङ्क यसको मुख्य उदाहरण हो । हाल नेपालमा विकास बैङ्कलाई बाणिज्य बैङ्क जस्तै कार्यहरू गर्ने गरी स्थापना गरिएको छ।
(ख) केन्द्रीय बैङ्कका कार्यहरूको सूची बनाउनुहोस् ।
उतर:– कनै पनि देशको केन्द्रीय बैङ्कले गर्ने प्रमुख कार्यहरू निम्न लिखित छन् :
(a) नोट निष्कासन गर्नु:- केन्द्रीय बैङकलाई मौद्रिक अधिकारीको रूपमा मुद्रा निष्कासन गर्ने एकाधिकार प्राप्त हुन्छ। केन्द्रीय बैङ्कले नोट निष्कासन मार्फत मौद्रिक एकरूपता र मुद्राको पूर्तिलाई नियन्त्रण गर्दछ किनकी मौद्रिक विविधताले समस्या सिर्जना गर्दछ भने मुद्राको अनियन्त्रित पूर्तिले मूल्यलाई अस्थिर बनाउँछ।
(b) सरकारको बैङ्कर, अभिकर्ता र सल्लाहकारको रूपमा कार्य गर्नु:- कुनै पनि केन्द्रीय आफ्नो सरकारको लागि बैङ्कर, एजेन्ट र सल्लाहकारको रूपुमा कार्य गर्नुपर्दछ। केन्द्रीय बैङ्कले सरकारी कारोवारको सहजकर्ताको भूमिका निर्वाह गर्दछ।यसैगरी सरकारद्वारा लिइने ऋण र भुक्तानी आदिमा केन्द्रीय बैङ्कले मुख्य भूमिका खेल्दछ। सरकारका लागि विदेशी मुद्रा खरिद गर्ने तथा बिक्री गर्ने कार्य पनि केन्द्रीय बैङ्कले गर्दछ । यस बाहेक, सल्लाहकारको रूपमा यसले सरकारलाई मौद्रिक नीति, वित्तीय नीति, मुद्रा बजार आदिको अवस्थाबारे सूचना र सल्लाह प्रदान गर्दछ।
(c) बैङ्कहरूको बैङ्कको रूपमा कार्य गर्नु:- केन्द्रीय बैङ्कले देशका अन्य बैङ्कहरूको बैङ्कको रूपमा कार्य गर्दछ। केन्द्रीय बैङ्कले मौद्रिक नीतिअनुरूप बैङ्कहरूको सुरक्षणराख्ने तिनका खाता सञ्चालन गर्ने, अन्तरबैङक भुक्तानी गरिदिने र आवश्यक समयमा बैङ्कहरूलाई ऋण प्रदान गर्ने कार्य गर्दछ।
(d) विदेशी मुद्राको संरक्षण गर्नु:- देशले विविध क्षेत्रबाट प्राप्त गरेको अन्तर्राष्ट्रिय मुद्राको संरक्षण केन्द्रीय बैङ्कले गर्दछ। देशले आर्जन गरेको विदेशी मुद्रा केन्द्रीय बैङ्कको कोषमा जम्मा गरिन्छ र निर्धारित नियमअनुसार विभिन्न व्यक्ति वा संस्थालाई आवश्यकता अनुसार उपलब्ध गराइन्छ। जसले गर्दा विदेशी विनिमय दर नियन्त्रणमा रहन्छ।
(e) आर्थिक सूचना र तथ्याङ्कहरू सङ्कलित र प्रकाशित गर्नु:- देशको आर्थिक उत्पादन र मौद्रिक उपलब्धतासम्बन्धी अध्ययन गर्ने र सोसँग सम्बन्धित तथ्याङ्कहरूको सङ्कलन र प्रकाशित गर्ने कार्य पनि केन्द्रीय बैङ्कको क्षेत्रभित्र पर्दछ। आर्थिक क्रियाकलापअनुसार आव्रश्यक पर्ने मुद्राको पूर्ति नियन्त्रण गर्न यस्ता तथ्याङ्कहरू अनिवार्य हुन्छन्।
(f) साख नियन्त्रण गर्नु:- साख मुद्राले समग्र मुद्रा प्रदायको मुख्य भाग ओगटेको हुन्छ। तसर्थ यसलाई नियन्त्रण गर्नु केन्द्रीय बैङ्कको एक महत्त्वपूर्ण कार्य हो। बैङ्कहरू र वित्तीय संस्थाहरूद्वारा साख मुद्राको सिर्जना र विस्तार केन्द्रीय बैङ्कको निर्देशनअनुसार हुने गर्दछ।
(g) विनिमय दर स्थिर राख्नु:- विदेशी विनिमय दर, अर्थात् राष्ट्रिय मुद्रासँग विदेशी मुद्रा साट्ने दरमा परिवर्तन हुँदा अन्तर्राष्ट्रिय व्यापार र पुँजी पलायन वा आगमनमा प्रतिकूल प्रभाव पर्न सक्दछ। तसर्थ विनिमय दरको स्थिरता कायम गर्ने जिम्मा केन्द्रीय बैङकलाई दिइएको हुन्छ।
(h) विकाससम्बन्धी कार्यहरू गर्नु:- सर्वसाधारण जनताको स-साना तत्त्वहरूलाई देशको आर्थिक विकाससम्बन्धी कार्यमा लगाउनका लागि केन्द्रीय बैङ्कले देशका विभिन्न भागहरूमा विभिन्न बैङ्कहरू तथा वित्तीय संस्थाहरू स्थापना गर्न, लगानी निदेषित गर्न, क्षेत्रगत विकास प्रबर्द्धन गर्न सघाउ पुच्याउँदछ।
(ग) वाणिज्य बैङ्कका प्राथमिक र द्वितीय कार्यहरू छुट्याउनुहोस् ।
उतर:- वाणिज्य बैङ्कका प्राथमिक र द्वितीय कार्यहरू निम्नलिखित छन् :
प्राथमिक कार्यहरु
(a) निक्षेप स्वीकार गर्ने:- व्यक्ति वा विभिन्न सङ्घसंस्थाहरूले आफूसँग भएको निष्क्रिय पुँजीलाई बचत गर्नका लागि बैङ्कमा जम्मा गर्न ल्याउँछन् । त्यस्तो बचत स्वीकार गर्ने कार्य वाणिज्य बैङ्कहरूले गर्दछन। वाणिज्य बैङ्कहरूले यस्तो बचतमा बचतकर्ताहरूलाई ब्याज पनि दिने गर्दछ । यस्ता बैङ्कहरूले कानुनी मान्यता प्राप्त र विश्वासयोग्य हुने हुँदा मानिसहरू आफ्नो बचत बैङ्कमा जम्मा गर्न ल्याउँछन्। व्यक्ति वा संस्थाहरूसँग स्वीकार गरेको बचत रकमलाई बैङ्कले चल्ती,बचत र मुद्दती गरी तीन प्रकारका खाताहरुमा स्वीकार गर्दछ ।
(i) मुद्दती खाता:- जुन खातामा ग्राहकले बैङ्कमा बारम्बार रकम जम्मा गर्न वा झिक्न नपर्ने गरी रकम निश्चित अवधिका लागि जम्मा गर्ने व्यवस्था गरिएको हुन्छ त्यस्तो खातालाई मुद्दती खाता भनिन्छ। यस खातामा बचत खाता भन्दा बढी ब्याज प्राप्त हुन्छ।
(ii) बचत खाता:- जुन खातामा ग्राहकले आफूसँग भएको रकम चाहेको समयमा बैङ्कमा जम्मा गर्न सक्छ र एउटा निश्चित सीमा भित्र रहेर मात्र रकम झिक्ने व्यवस्था गरिएको हुन्छ त्यस्तो खातालाई बचत खाता भनिन्छ। यस खातामा जम्मा भएको रकममा बैङ्कले मुद्दती खाताको भन्दा कम ब्याज प्रदान गर्दछ।
(iii) चल्ती खाता:- बैङ्कका ग्राहकहरुले आवश्यकता परेको समयमा चाहेको जति रकम एकैदिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने व्यवस्था भएको खातालाई चल्ती खाता भनिन्छ। यसप्रकार खातामा राखेको पैसामा ब्याज प्राप्त हुँदैन।
(b) ऋण दिनु:- वाणिज्य बैङ्कहरूको मुख्य उद्देश्य लगानीबाट प्राप्त ब्याजमार्फत नाफा आर्जन गर्नु हो। तसर्थ बाणिज्य बैङ्कले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई निश्चित ब्याजदरमा ऋण प्रदान गरेर नाफा कमाउँदछन्। बाणिज्य बैङ्कले प्रदान गर्ने ऋणहरू नगद, अधिविकर्ष,कल ऋण वा अन्य प्रकारका हुन्छन्। यसरी प्रदान गरिने ऋणहरू अल्पकाल वा दीर्घकालका लागि दिइएको हुन्छ।
द्वितीय कार्य (Secondary function)
(a) रकमको स्थानान्तरण गर्नु:-वाणिज्य बैङ्कहरूले केही सेवा शुल्क लिएर आफ्ना ग्राहकहरूको रकम एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने वा पठाउने काम गर्दछन् । यसको लागि वाणिज्य बैङ्कहरूले ड्राफ्ट, ट्राभलर चेक तथा विद्युतीय निर्देशनहरू प्रयोग गर्दछन्।
(b) ग्राहकहरूको अभिकर्ताको रूपमा कार्य गर्नु:-वाणिज्य बैङ्कहरूले आफ्ना ग्राहकहरूको अभिकर्ताको रूपमा कार्य गर्न सक्दछन् जसअनुसार साखपत्रहरूको भुक्तानी, लाभांश सङ्कलन, मौद्रिक भुक्तानी आदि सेवाहरू प्रदान गरी अभिकर्ताको कार्य गर्दछन्।
(c) सुरक्षणहरूको खरिद-बिक्री गर्नु:- वाणिज्य बैङ्कहरूले आफ्ना ग्राहकहरूको धितोपत्रहरू, सेयरहरू, बण्डहरू, ऋणपत्रहरू र यस्तै अन्य सुरक्षणहरूको खरिद-बिक्री गरी सेवा प्रदान गर्दछन्। यस्ता कार्यहरू ग्राहकहरूको अनुरोध अनुसार गरिन्छ।
(d) साखपत्रहरू सङ्कलन गर्नु:-वाणिज्य बैङ्कले चेक, ऋणपत्र जस्ता साख पत्रहरु आफ्ना ग्राहकहरूको आदेश अनुसार सङ्कलन गर्ने र भुक्तानी दिने कार्य गर्दछ।
(घ) मुद्रा बजार र पुँजी बजारबिच फरक छुट्याउनुहोस् ।
उतर:- मुद्रा बजार र पुँजी बजारबिच फरक निम्न लिखित छन् :
मुद्रा बजार |
पुँजी बजार |
1. मुद्रा बजारको केन्द्रीय बैंकसँग प्रत्यक सम्बन्ध रहेको हुन्छ । | 1. पुँजी बजारको केन्द्रीय बैङ्कसँग मुद्रा बजारमार्फत् अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । |
2. यसको बजारअन्तर्गत कारोबार हुने ऋणको अवधि एक वर्षभन्दा कमको हुन्छ । | 2. यस बजारमा एक वर्षभन्दा बढी समयको लागि ऋण कारोबार हुने गर्दछ । |
3. मुद्रा बजारमा प्रयोग हुने हरेक उपकरणहरु एक वर्ष वा सोभन्दा कम अवधिभित्र नै परिपक्क हुन्छन् । | 3. पुँजी बजारमा प्रयोग हुने हरेक उपकरणहरु एक वर्षभन्दा बढी समय पछि मात्र परिपक्क हुन्छन् । |
4. यस बजारमा छोटो अवधिको वित्तीय कारोबार हुने हुनाले जोखिमस्तर कम रहेको हुन्छ । | 4. यस बजारमा लामो अवधिको कर्जा भएको वित्तीय जोखिम बढी रहेको हुन्छ । |
(ङ) जीवन बिमा र निर्जीवन बिमाबिच फरक छुट्याउनुहोस् ।
उतर:- जीवन बिमा र निर्जीवन बिमाबिच फरक निम्न लिखित छन् ।
जीवन बिमा |
निर्जीवन बिमा |
1. यस अन्तर्गत मानवीय क्षतिको जोखिमलाई न्यूनिकरण वा क्षतिपूर्ति प्रदान गर्दछ । | 1. यस अन्तर्गत गैर मानवीय दुर्घटना वा क्षत्तिलाई न्यूनीकरण वा क्षतिपूर्ति गरिन्छ । |
2. मानव जीवनमा हुने दुर्घटना, रोग आदिलाई सुरक्षा प्रदान गर्दछ । | 2. कृषि, व्यवसाय, सवारी, चोरी, भूकम्प आदि गैर मानवीय र प्राकृतिक रूपले हुने क्षतिलाई सुरक्षा प्रदान गर्दछ । |
3. जीवन बिमा लामो अवधिको लागि सुरक्षा प्रदान गर्ने प्रवृत्तिको हुन्छ । | 3. निर्जीवन बिमाले प्राय एक वर्षभित्रको क्षतिलाई मात्र समेट्दछ । |
4. बिमाङ्कको रकम बराबरको क्षतिपूर्ति प्रदान गरिन्छ । | 4. क्षतिको मूल्याङ्कनको निश्चित प्रतिशत क्षतिपूर्ति गरिन्छ । |
३) निम्न लिखित प्रश्नहरूको लामो उत्तर लेख्नुहोस्:
(क) बाणिज्य बैङ्कको परिचय दिई यसका कार्यहरू वर्णन गर्नुहोस् ।
उतर:– नाफा कमाउने उद्देश्यले व्यापारिक प्रयोजनका लागि खोलिएको बैङ्कलाई वाणिज्य बैङ्क भनिन्छ । साधारणतया यस्तो बैङ्क निजीक्षेत्रकाे अग्रसरतामा स्थापना हुने गर्दछ, तर नेपाल भने सरकारी क्षेत्रको अग्रसरतामा पनि नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बाणिज्य बैङ्क गरी दुईओटा वाणिज्य बैङ्कहरू स्थापना भएका छन्। निजी क्षेत्रबाट भने ११ ओटा वाणिज्य बैङ्कहरू स्थापना भइसकेका छन् । यसका कार्यहरू निम्नानुसार छन्।
प्राथमिक कार्यहरु
(a) निक्षेप स्वीकार गर्ने:- व्यक्ति वा विभिन्न सङ्घसंस्थाहरूले आफूसँग भएको निष्क्रिय पुँजीलाई बचत गर्नका लागि बैङ्कमा जम्मा गर्न ल्याउँछन् । त्यस्तो बचत स्वीकार गर्ने कार्य वाणिज्य बैङ्कहरूले गर्दछन। वाणिज्य बैङ्कहरूले यस्तो बचतमा बचतकर्ताहरूलाई ब्याज पनि दिने गर्दछ । यस्ता बैङ्कहरूले कानुनी मान्यता प्राप्त र विश्वासयोग्य हुने हुँदा मानिसहरू आफ्नो बचत बैङ्कमा जम्मा गर्न ल्याउँछन्। व्यक्ति वा संस्थाहरूसँग स्वीकार गरेको बचत रकमलाई बैङ्कले चल्ती,बचत र मुद्दती गरी तीन प्रकारका खाताहरुमा स्वीकार गर्दछ ।
(i) मुद्दती खाता:- जुन खातामा ग्राहकले बैङ्कमा बारम्बार रकम जम्मा गर्न वा झिक्न नपर्ने गरी रकम निश्चित अवधिका लागि जम्मा गर्ने व्यवस्था गरिएको हुन्छ त्यस्तो खातालाई मुद्दती खाता भनिन्छ। यस खातामा बचत खाता भन्दा बढी ब्याज प्राप्त हुन्छ।
(ii) बचत खाता:- जुन खातामा ग्राहकले आफूसँग भएको रकम चाहेको समयमा बैङ्कमा जम्मा गर्न सक्छ र एउटा निश्चित सीमा भित्र रहेर मात्र रकम झिक्ने व्यवस्था गरिएको हुन्छ त्यस्तो खातालाई बचत खाता भनिन्छ। यस खातामा जम्मा भएको रकममा बैङ्कले मुद्दती खाताको भन्दा कम ब्याज प्रदान गर्दछ।
(iii) चल्ती खाता:- बैङ्कका ग्राहकहरुले आवश्यकता परेको समयमा चाहेको जति रकम एकैदिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने व्यवस्था भएको खातालाई चल्ती खाता भनिन्छ। यसप्रकार खातामा राखेको पैसामा ब्याज प्राप्त हुँदैन।
(b) ऋण दिनु:- वाणिज्य बैङ्कहरूको मुख्य उद्देश्य लगानीबाट प्राप्त ब्याजमार्फत नाफा आर्जन गर्नु हो। तसर्थ बाणिज्य बैङ्कले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई निश्चित ब्याजदरमा ऋण प्रदान गरेर नाफा कमाउँदछन्। बाणिज्य बैङ्कले प्रदान गर्ने ऋणहरू नगद, अधिविकर्ष,कल ऋण वा अन्य प्रकारका हुन्छन्। यसरी प्रदान गरिने ऋणहरू अल्पकाल वा दीर्घकालका लागि दिइएको हुन्छ।
द्वितीय कार्य (Secondary function)
(a) रकमको स्थानान्तरण गर्नु:-वाणिज्य बैङ्कहरूले केही सेवा शुल्क लिएर आफ्ना ग्राहकहरूको रकम एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने वा पठाउने काम गर्दछन् । यसको लागि वाणिज्य बैङ्कहरूले ड्राफ्ट, ट्राभलर चेक तथा विद्युतीय निर्देशनहरू प्रयोग गर्दछन्।
(b) ग्राहकहरूको अभिकर्ताको रूपमा कार्य गर्नु:-वाणिज्य बैङ्कहरूले आफ्ना ग्राहकहरूको अभिकर्ताको रूपमा कार्य गर्न सक्दछन् जसअनुसार साखपत्रहरूको भुक्तानी, लाभांश सङ्कलन, मौद्रिक भुक्तानी आदि सेवाहरू प्रदान गरी अभिकर्ताको कार्य गर्दछन्।
(c) सुरक्षणहरूको खरिद-बिक्री गर्नु:- वाणिज्य बैङ्कहरूले आफ्ना ग्राहकहरूको धितोपत्रहरू, सेयरहरू, बण्डहरू, ऋणपत्रहरू र यस्तै अन्य सुरक्षणहरूको खरिद-बिक्री गरी सेवा प्रदान गर्दछन्। यस्ता कार्यहरू ग्राहकहरूको अनुरोध अनुसार गरिन्छ।
(d) साखपत्रहरू सङ्कलन गर्नु:-वाणिज्य बैङ्कले चेक, ऋणपत्र जस्ता साख पत्रहरु आफ्ना ग्राहकहरूको आदेश अनुसार सङ्कलन गर्ने र भुक्तानी दिने कार्य गर्दछ।
(ख) केन्द्रीय बैङक भनेको के हो ? यसका मुख्य कार्यहरू व्याख्या गर्नुहोस्।
उतर:- देशको मुद्रा व्यवस्थालाई संचालन र नियन्त्रण गर्न सरकारद्वारा स्थापना गरिने देशको सर्वोच्च बैंकलाई नै केन्द्रीय बैङ्क भनिन्छ। यसले वाणिज्य बैंकहरु तथा अन्य वित्तीय संस्थाहरुलाई नियन्त्रण गर्ने, निर्देशन दिने एवम् नोट निष्कासन गर्ने जस्ता महत्वपूर्ण कार्यहरु गर्दछ। नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैङ्क हो। कुनै पनि देशको केन्द्रीय बैङ्कले गर्ने प्रमुख कार्यहरू निम्न लिखित छन् :
(a) नोट निष्कासन गर्नु:- केन्द्रीय बैङकलाई मौद्रिक अधिकारीको रूपमा मुद्रा निष्कासन गर्ने एकाधिकार प्राप्त हुन्छ। केन्द्रीय बैङ्कले नोट निष्कासन मार्फत मौद्रिक एकरूपता र मुद्राको पूर्तिलाई नियन्त्रण गर्दछ किनकी मौद्रिक विविधताले समस्या सिर्जना गर्दछ भने मुद्राको अनियन्त्रित पूर्तिले मूल्यलाई अस्थिर बनाउँछ।
(b) सरकारको बैङ्कर, अभिकर्ता र सल्लाहकारको रूपमा कार्य गर्नु:- कुनै पनि केन्द्रीय आफ्नो सरकारको लागि बैङ्कर, एजेन्ट र सल्लाहकारको रूपुमा कार्य गर्नुपर्दछ। केन्द्रीय बैङ्कले सरकारी कारोवारको सहजकर्ताको भूमिका निर्वाह गर्दछ।यसैगरी सरकारद्वारा लिइने ऋण र भुक्तानी आदिमा केन्द्रीय बैङ्कले मुख्य भूमिका खेल्दछ। सरकारका लागि विदेशी मुद्रा खरिद गर्ने तथा बिक्री गर्ने कार्य पनि केन्द्रीय बैङ्कले गर्दछ । यस बाहेक, सल्लाहकारको रूपमा यसले सरकारलाई मौद्रिक नीति, वित्तीय नीति, मुद्रा बजार आदिको अवस्थाबारे सूचना र सल्लाह प्रदान गर्दछ।
(c) बैङ्कहरूको बैङ्कको रूपमा कार्य गर्नु:-केन्द्रीय बैङ्कले देशका अन्य बैङ्कहरूको बैङ्कको रूपमा कार्य गर्दछ। केन्द्रीय बैङ्कले मौद्रिक नीतिअनुरूप बैङ्कहरूको सुरक्षणराख्ने तिनका खाता सञ्चालन गर्ने, अन्तरबैङक भुक्तानी गरिदिने र आवश्यक समयमा बैङ्कहरूलाई ऋण प्रदान गर्ने कार्य गर्दछ।
(d) विदेशी मुद्राको संरक्षण गर्नु:- देशले विविध क्षेत्रबाट प्राप्त गरेको अन्तर्राष्ट्रिय मुद्राको संरक्षण केन्द्रीय बैङ्कले गर्दछ। देशले आर्जन गरेको विदेशी मुद्रा केन्द्रीय बैङ्कको कोषमा जम्मा गरिन्छ र निर्धारित नियमअनुसार विभिन्न व्यक्ति वा संस्थालाई आवश्यकता अनुसार उपलब्ध गराइन्छ। जसले गर्दा विदेशी विनिमय दर नियन्त्रणमा रहन्छ।
(e) आर्थिक सूचना र तथ्याङ्कहरू सङ्कलित र प्रकाशित गर्नु:- देशको आर्थिक उत्पादन र मौद्रिक उपलब्धतासम्बन्धी अध्ययन गर्ने र सोसँग सम्बन्धित तथ्याङ्कहरूको सङ्कलन र प्रकाशित गर्ने कार्य पनि केन्द्रीय बैङ्कको क्षेत्रभित्र पर्दछ। आर्थिक क्रियाकलापअनुसार आव्रश्यक पर्ने मुद्राको पूर्ति नियन्त्रण गर्न यस्ता तथ्याङ्कहरू अनिवार्य हुन्छन्।
(f) साख नियन्त्रण गर्नुः- साख मुद्राले समग्र मुद्रा प्रदायको मुख्य भाग ओगटेको हुन्छ। तसर्थ यसलाई नियन्त्रण गर्नु केन्द्रीय बैङ्कको एक महत्त्वपूर्ण कार्य हो। बैङ्कहरू र वित्तीय संस्थाहरूद्वारा साख मुद्राको सिर्जना र विस्तार केन्द्रीय बैङ्कको निर्देशनअनुसार हुने गर्दछ।
(g) विनिमय दर स्थिर राख्नु:- विदेशी विनिमय दर, अर्थात् राष्ट्रिय मुद्रासँग विदेशी मुद्रा साट्ने दरमा परिवर्तन हुँदा अन्तर्राष्ट्रिय व्यापार र पुँजी पलायन वा आगमनमा प्रतिकूल प्रभाव पर्न सक्दछ। तसर्थ विनिमय दरको स्थिरता कायम गर्ने जिम्मा केन्द्रीय बैङकलाई दिइएको हुन्छ।
(h) विकाससम्बन्धी कार्यहरू गर्नु:- सर्वसाधारण जनताको स-साना तत्त्वहरूलाई देशको आर्थिक विकाससम्बन्धी कार्यमा लगाउनका लागि केन्द्रीय बैङ्कले देशका विभिन्न भागहरूमा विभिन्न बैङ्कहरू तथा वित्तीय संस्थाहरू स्थापना गर्न, लगानी निदेषित गर्न, क्षेत्रगत विकास प्रबर्द्धन गर्न सघाउ पुच्याउँदछ।
Thank you so much… Got all the answers 🥀❤️