लागत तथा आय वक्ररेखाहरु
१. तलका प्रश्नहरूको अति सङ्क्षिप्त उत्तर दिनुहोस् ।
(क) लागत भनेको के हो?
उतर:- वस्तु तथा सेवाको उत्पादन गर्दा लाग्ने खर्चलाई लागत भनिन्छ।
वा
कुनै वस्तुको निश्चित एकाइ पादन गर्दा लाग्ने साधनहरूको कुल मूल्यलाई नै लागत भनिन्छ।
(ख) स्थिर लागत भनेको के हो ?
उतर:- अल्पकालमा स्थिर साधनमा गरिने खर्चलाई स्थिर लागत भनिन्छ ।
(ग) औसत परिवर्तनशील लागत भन्नाले के बुझिन्छ ?
उतर:- एक वस्तुको निश्चित एकाइ उत्पादन गर्दा लाग्ने प्रति एकाइ परिवर्तनशिल लागत नै औसत परिवर्तनशील लागत हो ।
(घ) सीमान्त लागत पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
उतर:- सीमान्त लागत पत्तालगाउने सुत्र निम्न लिखित छ:
MC=∆TC/∆Q
जहाँ,
MC = सीमान्त लागत(Marginal Cost)
∆TC = कुल लागतमा भएको परिवर्तन (change in Total cost)
∆Q = उत्पादन परिमाणमा भएको परिवर्तन(change in quantity produced)
(ङ) औसत कुल लागत र सीमान्त लागत वक्ररेखाको नमुना एउटै रेखाचित्रमा रचना
गर्नुहोस् ।
उतर:-
(च) औसत आय पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
उतर:- औसत आय पत्ता लगाउने सुत्र निम्न लिखित छ:
AR = TR÷Q
अथवा, AR = P×Q÷Q = P
जहाँ,
AR = औसत आय(Average revenue)
TR = कुल आय(Total revenue)
P = प्रति इकाइ मूल्य(Price per-unit)
Q = कुल बिक्री परीमाण(Total quantity sold)
औसत आय र वस्तुको मूल्य बराबर हुने हुँदा P = AR हुन्छ ।
(छ) सीमान्त आय भनेको के हो ?
उतर:- कुनै वस्तुको थप एक एकाई बिक्री गर्दा प्राप्त हुने अतिरिक्त मूल्यलाई नै सीमान्त आय भनिन्छ ।
(ज) पूर्ण प्रतिस्पर्धात्मक बजारमा औसत आय र सीमान्त आय समान हुनाको कारण बताउनुहोस् ।
उतर:- पूर्ण प्रतिस्पर्धात्मक बजारमा स्थिर मूल्यको कारणले औसत आय र सीमान्त आय दुबै समान हुन्छन् ।
२. तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस् ।
(क) कुल स्थिर लागत र कुल परिवर्तनशील लागतबिच के फरक छ, बताउनुहोस् ।
उतर:- कुल स्थिर लागत र कुल परिवर्तनशील लागत बिच निम्नलिखित फरकहरु तलको तालिकामा देखाइएका छन्:
कुल स्थिर लागत (TFC) |
कुल परिवर्तनशील लागत (TVC) |
१. अल्पकालमा स्थिर रहने साधनको कारणले
कुल स्थिर लागत सिर्जना हुन पुग्दछ । |
१. अल्पकालमा परिवर्तन गर्न सकिने साधनको कारणले कुल परिवर्तनशील लागत सिर्जना हुन पुग्दछ । |
२. कुल स्थिर लागत ले पुँजीगत ह्रासकट्टी, सुरक्षा, लागत, व्यवस्थापन खर्च आदि समेट्दछ । | २. कुल परिवर्तनशील लागत ले श्रमिकको ज्याला खर्च, कच्चा पदार्थको लागत, इन्धन खर्च आदि समेट्दछ । |
३. शून्यदेखि कुनै पनि उत्पादन स्तरमा कुल स्थिर लागत स्थिर रहन्छ । | ३. शून्य उत्पादनमा कुल परिवर्तनशील लागत शून्य रहन्छ भने उत्पादन परिमाण वृद्धि हुँदै जाँदा विभिन्न दरमा कुल परिवर्तनशिल लागत बढ्दै जान्छ । |
४. कुल स्थिर लागत स्थिर रहने हुनाले यसको आधारमा उत्पादन स्तरको अनुमान गर्न सकिँदैन । | ४.कुल परिवर्तनशील लागत विभिन्न दरमा बृद्धि हुने हुनाले कुल परिवर्तनशिल लागतको आधारमा उत्पादन स्तरको अनुमान गर्न सकिन्छ । |
(ख) औसत कुल लागत र सीमान्त लागतको परिचय दिई औसत कुल लागत र सीमान्त लागत वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
उतर:- औसत स्थिर लागत (AFC) र औसत परिबर्तनशिल लागत (AVC) को जोडफललाई औसत कुल लागत भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा औसत कुल लागत कुल लागत (TC) र वस्तुको उत्पादन परिमाणको भागफल हो ।
कुनै पनि वस्तु वा सेवाको उत्पादन एक एकाइले बढाउँदा कुल लागतमा हुने परिवर्तनलाई सिमान्त लागत भनिन्छ । अर्को शब्दमा वस्तुको एक अतिरिक्त एकाइ उत्पादन गर्दा कुल लागतमा आउने परिवर्तनलाई सिमान्त लागत भनिन्छ ।
वस्तुको उत्पादन परिमाण (Q) | कुल लागत (TC) | औसत कुल लागत (ATC) | सीमान्त लागत (MC) |
1 |
90 |
90 |
….. |
2 |
100 |
50 |
10 |
3 |
105 |
35 |
5 |
4 |
115 |
27.75 |
10 |
5 |
135 |
27 |
20 |
6 |
180 |
30 |
45 |
माथिको तालिकामा वस्तुको उत्पादन परिमाण र कुल लागतको सहायताबाट सीमान्त लागत निकालिएको छ। वस्तुको उत्पादन परिमाण बढ्दै जाँदा सिमान्त लागत र अबत कुल लागत घट्दै गएको छ । तर वस्तुको ३ एकाइ उत्पादन हुँदा सिमान्त लागत न्युनतम अर्थात् रु ५ भएको छ र त्यसपछि उत्पादनमा भएको वृद्धिसँगै सिमान्त लागत बढ्दै गएको छ । माथिको तालिकाको आधारमा सीमान्त लागत बक्ररेखा र औसत कुल लागत बक्ररेखाको रचना तलको रेखा चित्रमा देखाइएको छ ।
माथिको रेखा चित्रको X-अक्षमा वस्तुको परिमाण र Y-अक्षमा सीमान्त लागत देखाइएको छ । सीमान्त लागत वक्ररेखालाई MC ले र औसत कुल लागत वक्ररेखालाई ATC ले जनाइएको छ । सीमान्त लागत वक्ररेखा र औसत कुल लागत वक्ररेखा वस्तुको उत्पादन परिमाण बढ्दै जाँदा क्रमशः घट्दै गएको छ। सीमान्त लागत वक्ररेखा वस्तुको ३ एकाइ उत्पादन हुँदा न्युनतम अर्थात रू.५ भएको छ तर त्यसपछि उत्पादनमा भएको वृद्धिसँगै सीमान्त लागत बक्ररेखा क्रमसः बढ्दै गएको छ ।
औसत कुल लागत वक्ररेखा ओरालो लागिरहेको अवस्थामा सीमान्त लागत वक्ररेखा औसत लागत वक्ररेखाभन्दा तलबाट पार हुन्छ । औसत कुल लागत वक्ररेखा न्यूनतम हुँदा सीमान्त लागत वक्ररेखाले यसलाई तलबाट काटेको हुन्छ । अर्थात् औसत लागत र सीमान्त लागत बराबर हुन्छन् । औसत लागत वक्ररेखा यसको न्यूनतम बिन्दुपछि क्रमश: बढ्न थाल्छ । औसत लागत वक्ररेखा बढिरहेको अवस्थामा सीमान्त लागत वक्ररेखा औसत लागत वक्ररेखाभन्दा माथिबाट पार हुन्छ । सीमान्त लागत वक्ररेखा औसत लागत वक्ररेखाभन्दा पहिले न्यूनतम बिन्दुमा पुग्छ । सीमान्त लागत वक्ररेखाको न्यूनतम बिन्दु औसत लागत बक्ररेखाको न्यूनतम बिन्दुभन्दा बायाँ तलपटि्ट पर्दछ । रेखाचित्रमा सीमान्त लागत र औसत लागत वक्ररेखाका न्यूनतम बिन्दुलाई क्रमश: M र N ले जनाइएको छ ।
(ग) औसत कुल लागत र सीमान्त लागतबिचको सम्बन्ध रेखाचित्रका सहायताले व्याख्या गर्नुहोस् ।
उतर:- औसत कुल लागत र सीमान्त लागतबिचको सम्बन्ध रेखाचित्रका सहायताले तल निम्न लिखित व्याख्या गरिएको छ ।
माथिको रेखा चित्रको X-अक्षमा वस्तुको परिमाण र Y-अक्षमा सीमान्त लागत देखाइएको छ । सीमान्त लागत वक्ररेखालाई MC ले र औसत कुल लागत वक्ररेखालाई ATC ले जनाइएको छ ।
औसत कुल लागत वक्ररेखा ओरालो लागिरहेको अवस्थामा सीमान्त लागत वक्ररेखा औसत लागत वक्ररेखाभन्दा तलबाट पार हुन्छ । औसत कुल लागत वक्ररेखा न्यूनतम हुँदा सीमान्त लागत वक्ररेखाले यसलाई तलबाट काटेको हुन्छ । अर्थात् औसत लागत र सीमान्त लागत बराबर हुन्छन् । औसत लागत वक्ररेखा यसको न्यूनतम बिन्दुपछि क्रमश: बढ्न थाल्छ । औसत लागत वक्ररेखा बढिरहेको अवस्थामा सीमान्त लागत वक्ररेखा औसत लागत वक्ररेखाभन्दा माथिबाट पार हुन्छ । सीमान्त लागत वक्ररेखा औसत लागत वक्ररेखाभन्दा पहिले न्यूनतम बिन्दुमा पुग्छ । सीमान्त लागत वक्ररेखाको न्यूनतम बिन्दु औसत लागत बक्ररेखाको न्यूनतम बिन्दुभन्दा बायाँ तलपटि्ट पर्दछ । रेखाचित्रमा सीमान्त लागत र औसत लागत वक्ररेखाका न्यूनतम बिन्दुलाई क्रमश: M र N ले जनाइएको छ ।
(घ) कुल, औसत र सीमान्त आयको परिचय दिनुहोस् ।
उतर:- कुल, औसत र सीमान्त आयको परिचय निम्न लिखित छन्:
कुल आय:- एउटा उत्पादकले कुनै खास समयावधिमा आफ्ना वस्तु वा सेवाको निश्चित परिमाण निश्चित मूल्यमा बिक्री गरी प्राप्त गरेको कुल रकमलाई कुल आय भनिन्छ । कुल आयलाई साङ्केतिक रुपमा यसप्रकार व्यक्त गर्न सकिन्छ:
TR = P×Q
जहाँ,
TR = कुल आय (Total revenue)
P = प्रति इकाइ मूल्य (Price per-unit)
Q = कुल बिक्री परीमाण (Total quantity sold)
औसत आय:- एउटा उत्पादकले वस्तु वा सेवाको प्रति एकाइ बिक्रीबाट प्राप्त गर्ने रकमलाई औसत आए भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा सम्पूर्ण उत्पादन विक्रीबाट प्राप्त आयमा प्रति एकाइ आय नै औसत आय हो । औसत आयलाई साङ्केतिक रुपमा यसप्रकार व्यक्त गर्न सकिन्छ:
AR = TR÷Q
अथवा, AR = P×Q/Q = P
जहाँ,
AR = औसत आय(Average revenue)
TR = कुल आय(Total revenue)
P = प्रति इकाइ मूल्य(Price per-unit)
Q = कुल बिक्री परीमाण(Total quantity sold)
औसत आय र वस्तुको मूल्य बराबर हुने हुँदा P = AR हुन्छ ।
सीमान्त आय:- कुनै वस्तुको थप एक एकाई बिक्री गर्दा प्राप्त हुने अतिरिक्त मूल्यलाई नै सीमान्त आय भनिन्छ । सीमान्त आयलाई साङ्केतिक रुपमा यसप्रकार व्यक्त गर्न सकिन्छ:
MR=∆TR/∆Q
जहाँ,
MR = सीमान्त लागत(Marginal revenue)
∆TR = कुल आयमा भएको परिवर्तन (change in Total revenue)
∆Q = बिक्री परिमाणमा भएको परिवर्तन(change in quantity sold)
(ङ) पूर्ण प्रतिस्पर्धाको बजारको परिचय दिई यस्तो बजारमा कुनै एउटा फर्मको कुल, औसत र सीमान्त आय वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
उतर:- पूर्व प्रतिस्पर्धाको बजारमा समरुपी वस्तु बिक्री गर्ने र खरिद गर्ने क्रेताहरूको संख्या अधिक हुन्छ । यस्तो बजारमा फर्मले वस्तुको मूल्यलाई प्रभाव पार्न सक्दैनन् । फर्मले उद्योगमा निर्धारित मूल्यमा वस्तु वा सेवा बिक्री गर्नुपर्ने हुन्छ । यस्तो बजारमा वस्तु वा सेवाको मूल्य अथवा फर्मको औसत आय स्थिर हुन्छ। त्यसैले वस्तु वा सेवाको हरेक अतिरिक्त एकाइको बिक्रीबाट प्राप्त हुने आय अथवा सीमान्त आए पनि उही बजार मूल्य सँग समान हुन जान्छ । यसले गर्दा फर्मको सिमान्त आय र औसत आय बराबर हुन्छ ।
पुर्ण प्रतिस्पर्धाको बजारमा कुल आय, औसत आय र सीमान्त आयलाई तलको तालिकामा प्रस्तुत गरी देखाइएको छ ।
बस्तुको बिक्रि परिमाण(Q) | औसत आय/ मूल्य (रू. मा) (AR=P) | कुल आय (रू. मा) (TR=P×Q) | सीमान्त आय (रू. मा) (MR=∆TR÷∆Q) |
1. |
5 |
5 |
5 |
2. |
5 |
10 |
5 |
3. |
5 |
15 |
5 |
4. |
5 |
20 |
5 |
5. |
5 |
25 |
5 |
6. |
5 |
30 |
5 |
7. |
5 |
35 |
5 |
माथिको तालिकामा वस्तुको मूल्य समान अर्थात् रु.5 छ । फलस्वरूप वस्तुको जति एकाइ बिक्री गरे पनि औसत आय र सीमान्त आय समान अर्थात् रु.5 हुन्छ । वस्तुको 1 एकाइ बिक्री गर्दा कुल आय रु.5 भएको छ । वस्तुको परिमाण 1 एकाइबाट बढाउँदै 7 एकाइमा पुर्याउँदा कुल आय पनि रु.5 बाट क्रमश: बढेर रु.35 भएको छ ।
कुल आय र वस्तुको उत्पादन परिमाणबिचको सम्बन्ध देखाउने वक्ररेखालाई कूल आय वक्ररेखा भनिन्छ । त्यसैगरी औसत आय र वस्तुको उत्पादन परिमाणबिचको सम्बन्ध देखाउने वक्ररेखालाई औसत आय व्रक्ररेखा भनिन्छ । सीमान्त आय र वस्तुको उत्पादन परिमाणबिचको सम्बन्ध देखाउने वक्ररेखालाई सीमान्त आय वक्ररेखा भनिन्छ । पुर्ण प्रतिस्पर्धाको बजारमा कुल आय, औसत आय र सीमान्त आय रेखालाई माथिको तालिकाका आधारमा रचना गरी तलको रेखाचित्रमा देखाइएको छ ।
माथिको रेखाचित्र को X-अक्षमा वस्तुको बिक्री परिमाण र Y- अक्षमा कुल, औसत र सीमान्त आय मापन गरिएको छ । कुल आय रेखालाई TR रेखाले, औसत आय रेखालाई AR रेखाले र सीमान्त आय MR रेखाले जनाइएको छ । कुल आय रेखा उद्गम बिन्दुबाट सुरु भई स्थिर दरमा उकालो लागेको छ। कुल आय रेखा उद्गम बिन्दुबाट सुरु हुनुले वस्तुको बिक्री परिमाण शून्य हुँदा कुल आय पनि शून्य हुन्छ भन्ने कुरालाई देखाउँछ । यहाँ कुल आय रेखा सिधा रेखा छ । औसत आय रेखा X-अक्षभन्दा 5 एकाइ माथिबाट X-अक्षसँग समानान्तर भई सिधा रेखाका रूपमा दायाँतिर अगाडि बढेको छ । यसको मुख्य कारण पूर्ण प्रतिस्पर्धाको बजारमा वस्तुको मूल्य अथवा औसत आय स्थिर हुनु हो । पूर्ण प्रतिस्पर्धाको बजारमा औसत आय र सीमान्त आय बराबर हुने हुँदा औसत आय रेखा र सीमान्त आय रेखा एक आपसमा समाहित भएका छन् ।
(च) एकाधिकार बजारको परिचय दिई एकाधिकारी फर्मको औसत र सीमान्त आय वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
उतर:- एकाधिकार बजारमा एकमात्र विक्रेता भएकोले मूल्य र मागबिच विपरित सम्बन्धलाई ध्यानमा राखेर विक्रेताले मूल्य बढाएमा घटी र मूल्य घटाएमा बढी परिमाण बिक्री गर्न सक्दछ । तसर्थ कुल आय निश्चित बिन्दुसम्म बढ्दछ र पछि घट्न थाल्छ । त्यस्तै औसत आय र सीमान्त आय दुवै बिक्री एकाइ बढेसँगै घट्दै जान्छन् । नेपालको सन्दर्भमा नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकम केही एकाधिकार प्राप्त संस्थाहरु हुन् । एकाधिकार बजारमा कुल आय, औसत आय र सीमान्त आयलाई तलको तालिकामा प्रस्तुत गरिएको छ ।
वस्तुको मूल्य/ औसत आय (रू. मा) (P=AR=TR÷Q) | वस्तुको बिक्री परिमाण(Q) | कुल आय(रू. मा) (TR=P×Q) | सीमान्त आय(रू. मा) (MR=∆TR ÷∆Q) |
10 |
1 |
10 |
10 |
9 |
2 |
18 |
8 |
8 |
3 |
24 |
6 |
7 |
4 |
28 |
4 |
6 |
5 |
30 |
2 |
5 |
6 |
30 |
0 |
4 |
7 |
28 |
-2 |
माथिको तालिकामा वस्तुको बिक्री परिमाण बढाउँदै जाँदा मूल्य पनि क्रमशः घट्दै गएको छ । तर वस्तको बिक्री परिमाण बढाउँदै जाँदा कुल आय भने बढ्दै गएर अधिकतम भई त्यसपछि घट्न गएको छ । त्यसैगरी वस्तुको बिक्री परिमाण बढ्दै जाँदा सीमान्त आय क्रमश : घट्दै गएर शून्य र त्यसपछि ऋणात्मक भएको छ । माथिको तालिकाका आधारमा एकाधिकार बजारमा औसत आय, सीमान्त आय र कुल आय रेखाहरूको रचना गरी तलको रेखाचित्रमा देखाइएको छ ।
माथिको रेखाचित्रको X-अक्षमा वस्तुको बिक्री परिमाण र Y- अक्षमा औसत र सीमान्त आय मापन गरिएको छ । औसत आय रेखालाई AR रेखाले जनाइएको छ । यसलाई एकाधिकारी फर्मको माग रेखा पनि भनिन्छ । यो रेखा ऋणात्मक झुकावको छ । यसले एकाधिकारी फर्मले वस्तुको बढी परिमाण बिक्री गर्नका लागि उक्त वस्तुको मूल्य घटाउनुपर्ने कुरालाई देखाउँछ । माथिको रेखाचित्रमा सीमान आय रेखालाई MR रेखाले जनाइएको छ । एकाधिकारी फर्मको सीमान्त आय वस्तुको मूल्यभन्दा कम हुने हुँदा सीमान्त आय रेखा माग रेखाभन्दा तलबाट पार हुन्छ । यहाँ वस्तुको ६ एकाइ बिक्री गर्दा कुल आय रेखा अधिकतम बिन्दुमा पुगेको छ भने सीमान्त आय रेखाले X-अक्षलाई छोएको छ अथवा सीमान्त आय शून्य भएको छ । यसपछि वस्तुको बिक्री परिमाण बढाउँदै जाँदा कुल आयरेखा ओरालो लाग्न थाल्छ भने सीमान्त आय रेखा ऋणात्मक हुन्छ ।
Ramro x pdf mail gardinu hola
अङ्ग number ko चित्र किन xaina
सीमान्त लागत बक्ररेखा किन उ आकारको हुन्छ??
nice sir
Exercise ma vanda bahek ko important kuraharu haldinuvakovye hami studentlai padnw sajilo hunthyo ki?
Its good book my teach in nepali medium thank you
Bakrarekha taaa xainaaaa taaaaaa 😥😥
Teita
I love you 🤟
Thanks sir to help all students
Good sir
I want to join ur page
SEE Based question haru rakhnuhola hai sir
Thanks support me