पाठ- १३
जय भुँडी
१. तल दिएको अनुच्छेदबाट चार वटा मुख्य बुँदा टिपी एक तृतीयांशमा सारांश लेख्नुहोस् ।
बँदाहरू
i) मुगन शैलीमा निर्मित, वास्तुकलाको उत्कृष्ट नमुना भएको रामजानकी मन्दिर नेपालको पुरातत्विक, पौराणिक र धार्मिक धनुषा जिल्लाको जनकपुर धाम ऐतिहासिक सुन्दर नगरी हो।
ii) यस मन्दिरको बाहिरी भागले मुख्य मन्दिरलाई घेरेको छ भने यसको भित्री भागमा चारैतिर खुला प्राङ्गण छ ।
iii) मूल्यवान सङ्गमर्मरले निर्माण गरिएको पूर्वतर्फ मुल द्वार भएको मुल मन्दिरभित्र, सीता र रामका मूर्तिहरू छन् ।
iv) रामनवमी र विवाह पञ्चमीमा मेला लाग्ने यो मन्दिर वृषभानु कुमारीले नौलाख खर्च गरेर वि.सं. १९६७ माघ २६ मा प्रतिष्ठा गरिएको हो ।
सारांश
मुगल शैलीमा निर्मित, वस्तुकलाको नमूना भएको रामजानकी मन्दिर नेपालकोबपुरातात्विक, पौराणिक र धार्मिक स्तल धनुषा जिल्लाको जनकपुरमा पर्दछ । यस मन्दिरको बाहिरी भागले मुख्य मन्दिरलाई घेरेको छ भने भित्री भागमा चारैतिर खुला प्राङ्गण छ । मूल्यवान सङ्मर्मरले निर्माण गरिएको, पूर्वतर्फ मूल द्वार भएको मूल मन्दिरमा सीतारामका मूर्तिहरू छन् । रामनवमी र विवाह पञ्चमीमा मेला लाग्ने यो मन्दिर वृषभानु कुमारीले नौ लाख खर्च गरेर वि.सं. १९६७ माघ २८ मा स्थापित गरेकी हुन् ।
जम्मा शब्द सङ्ख्या = १८२
सारांश गर्नु पर्ने = ६०
सारांश गरिएको = ६२
२. पाठका आधारमा तलका प्रश्नको सडक्षिप्त उत्तर लेख्नुहोस् :
(क) ‘जय भुँडी‘ निबन्धले समाजमा विद्यमान कति प्रकारका भुँडीहरूको चित्रण गरेको छ?
उतर:- समाजमा विद्यमान चार प्रकार भुँडीहरूको चित्रण गरको छ । चार प्रकारका भुँडीहरू मध्ये पहिलो हाँडीघोप्टे हो । सकेसम्म अरूको भाग आफ्नै भुँडीमा घोप्ट्याउन खोज्ने, हाँडीको जस्तो मुख बाइरहने, धर्म, कर्मको ख्याल नगर्ने प्रवृति यसको हुन्छ ।
दोस्रो खाले भुँडी घ्याम्पे भुँडी हो । यो हाँडीघोप्टे भन्दा केही सानो भए पनि स्वभाव भने उस्तै हुन्छ । तेस्रो भुँडी टाकन टुकन भुँडी हो । यसलाई आफ्नो खाना जुटाउन धेरैतिर दारा डिच्याउनु पर्छ ।
चौथो भुँडी ठण्डराम भुँडी हो । यो प्रायः खोक्रै रहन्छ । हाडीघोप्टे र घ्याम्पेले ठण्डाराम भुँडीलाई खँगारेका हुन्छन् । यसरी यस निबन्धमा समाजभित्र चार खाले भुँडी विद्यमान छन् भनी पुष्टि गरेको छ।
(ख) समाजमा भुँडी भकुराभकुर गर्न थालेपछि कस्तो अवस्था सिर्जना भयो ?
उतर:- हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल (वि.सं. १९९२ – २०३३) द्वारा लेखिएको ‘जय भुँडी’ निबन्धमा समाजमा भुँडी भकुराभकुर गर्न थालेपछि एकले अर्काको अस्तित्त्व स्वीकारेनन् ।
समाजमा भुँडीहरू एकअर्कामा भकुराभकुर गर्न थालेपछि बलिया भुँडीहरू घ्याम्पे भए कोही हाँडीघोप्टे भए त धेरै चाहिँ ठण्डाराम भए । यसरी ठूला बलिया भुँडीले साना भुँडीलाई ठण्डाराम बनाइदिए । आखिरमा थोरै हाँडीघोप्टे र घ्याम्पे भुँडीहरूले भकुरेर लाखौँलाई ठण्डाराम भुँडी बनाइ समाजमा विकराल स्थिति सिर्जना भयो ।
(ग) नेपालमा सबै नेपालको भुँडीपूजाको सौभाग्य कहिले पाउलान् ?
उतर:- हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल (वि.सं. १९९२ – २०३३) द्वारा लेखिएको ‘जय भुँडी’ निबन्धमा नेपालमा हाँडीघोप्टे र घ्याम्पेभुडीलाई तल लगाउन सके नेपालीहरूले भुँडीपूजाको सौभाग्य पाउलान् ।
लाखौं ठण्डाराम भुँडीहरूले भुँडीको उचित पूजा गर्न पाएका छैनन् र नैवेद्यको जोरजाममा लागि परेका छन् । तर घोप्टे र घ्याम्पे भुँडीहरू ङ्यारङ्यार ङुरङुर गरिहेका छन् । यीनले ९५ प्रतिशत भुँडीको माझमा अझै निहुँ खोज्दै छन् । जुन दिन ठण्डाराम भुँडीहरूले ती घ्याम्पे र घोप्टे भुँडीलाई दमाहा र मादल बनाउने छन् त्यतिखेर देखि नेपालमा सबै नेपालीले भुँडीपूजाको सौभाग्य पाउने छन् ।
(घ) ‘जय भुँडी‘ निबन्धको मूल ब्यङ्ग्य के हो ?
उतर:- हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल (वि.सं. १९९२ – २०३३) द्वारा लेखिएको “जय भुँडी’ निबन्धमा घुस खाने, अरूलाई अन्याय गरेर अरूको खाने प्रवृत्ति भएका मानिसको अन्त्य नभएसम्म समाजको विकास हुँदैन भन्ने कुरालाई मूल व्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ । मानिस भुँडीका लागि सबैथोक गर्न तयार हुन्छ । पद र प्रतिष्ठ प्राप्त गरेको व्यक्तिले पनि त भुँडीका लागि भ्रष्टचार गरिरहेका हुन्छन् । ठुलाले सानालाई सँधै हेपिरहेका हुन्छन् । ठूला हाँडी घोप्टे र घ्याम्पे भुँडीले ठन्डाराम भुँडीको भाग खोसेर आफ्नो ठूलो भुँडी झन धेरै ठूलो बनाइरहेका हुन्छन् । त्यसैले समाजमा विकास हुन नसकेको हो ।
तसर्थ समाजमा रहेका यस्ता भ्रष्टचारी, ,शोषक प्रवृत्ति भएका मानिसप्रतिको व्यङ्ग्य नैं ‘जय भुँडी’ निबन्धको मूल व्यङ्ग्य हो ।
३. ११ औँ अनुच्छेदबाट चार ओटा बुँदा टिपी एक तृतीयांशमा सारांश लेख्नुहोस् ।
बुँदाहरू:
i) सुरुमा काँचो तरुलले भुँडीपूजा गर्ने मानिसले आज पृथ्वीको कुनै भाग बाँझो नछोड्नु,
ii) एकले अर्काको अस्तित्त्व नस्वीकार्दा भुँडी भुँडीको लडाइ हुनु,
iii) बलिया भुँडी घ्याम्पे र हाँडीघोप्टे भए भने निर्धा ठण्डाराम हुनु,
iv) माक्सले भुँडीपूजाको समान पद्धति सोचे तर ठूला भुँडीले त्यसलाई उडाए अनि ठण्डारामहरूले चाहिँ त्यता ध्यान दिनु ।
सारांश
सुरुमा काँचो तर तरुलले भुँडीपूजा गर्ने मानिसले आज पृथ्वीको कुनै भाग बाँझो राख्न चाहँदैन । एकले अर्काको अस्तित्व नस्वीकार्दा भुँडी भुँडीको लडाइ भयो । बलिया भुँडी घ्याम्पे र हाँडीघोप्टे भए भने निर्धा भुँडीहरू ठण्डाराम हुन पुगे । माक्सले भुँडीपूजाको समान पद्धति सोचे । ठूला भुँडीले त्यसलाई उडाए तर ठण्डारामहरूले चाहिँ आज त्यतै ध्यान दिँदैछन् ।
जम्माँ शब्द सङ्ख्या = ११२
सारांश गर्नु पर्ने शब्द सङ्ख्या = ३८
सारांश गरिएको शब्द सङ्ख्या = ४५
४. के जय भुँडी‘ निबन्धमा निबन्धकारले भने जस्तै कुनै दिन उन्नाइसौं महापुराणका रूपमा भुँडी पुराण जोडिएला, तार्किक उत्तर दिनुहोस् ।
उतर:- हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल (वि.सं: १९९२ – २०३३) द्वारा लेखिएको ‘जय भुँडी’ निबन्धमा निबन्धकारले अनेक प्रकारका भुँडीको कल्पना गरी भुँडीका कथा सुनाएका छन् ।
प्रत्येक मानिसमा रहेको र संसारका सबै मानिस त्यसैको लागि लडिरहेका छन् । यसरी खानाका लागि वा भुँडीका लागि सबै मानिस विश्वमै लडिरहेका छन् । ठूला भुँडीवालाहरूले साना भुँडीवालाहरूलाई सँच्चै दवाइरहेका हुन्छन् । माक्सले भने जस्तै सबै खाले भुँडीलाई समान आहार दिनु पर्ने नीति संसारले अङ्गिकार गरेमा लेखकले लेखेको यो ‘जय भुँडी’ निबन्धको महिमा बढ्ने छ । तर पुराणमै जोडिएर उन्नइसौँ महापुराण हुन्छ भन्ने कुरा काल्पनिक मात्र हो ।
५. व्याख्या गर्नुहोस् :
(क) भुँडी जीवनकी निर्मात्री र विश्वकी अधिष्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणी मात्रको प्रमुख कर्तव्य हो । ।
उतर:- संसारमा सबै मानिसमा भुँडी जोडिएको छ । भुँडी भए पछि त्यसलाई समयमा खान दिनु पर्छ । यसलाई लेखकले विश्वकी सर्वोच्च देवी ठानेका छन् । यसलाई मानिस मात्र होइन ईश्वरले पनि मान्नु परेको थियो । जोसुकै जस्तासुकै महात्मा, पण्डितजी, ज्ञानी, मूर्ख, विद्वान आदिसँग भुँडी छ । भुँडीका लागि लाडाइँ, झगडा, काटाकाट मारामार भएका छन् । संसारमा जे जस्ता व्यक्तिहरू उत्पति भए ती सबै भुँडीकै कारण उत्पति भए । राजा आफू र आफ्ना प्रजाको भुँडीका लागि लड्यो, लेखकले आफू र आफ्नो परिवारको भुँडीका लागि लेख्यो, नेताहरू पनि आफू र आफ्ना जनाताका भुँडीका लागि लडे, सहिदहरू देश र जनताका भुँडीका लागि मरे । यसरी भुँडीका लागि विश्वमा कस्ता कस्ता मानिस उत्पत्ति भए त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधिष्ठात्री हुन, जसको पूजा आजा गर्नु प्राणीको प्रमुख कर्तव्य हो ।
(ख) उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्यय ग्रहणका तरिकाहरू विभिन्न किसिमका हुन्छन् ।
उतर:- वाहिरबाट हेर्दा मानिसका भुँडी सबै एकै खालै देखिन्छन् । मानिसका आयतनका हिसावले पनि भुँडी उत्रै होलान् तर ती भुँडीमा पस्ने खाद्यान्न चाहिँ फरक हुन सक्छ । त्सलाई खाने तरिका फरक हुन सक्छ । भुँडीभुँडीको समूह मिलेर देश वा समाजको भुँडी बन्छ । देशले के खाने भन्ने कुराको निर्धारण त्यसको विकास र उन्नतिमा भर पर्छ । ठूला देशले ठूलै खाना खान्छन् साना, गरिब मुलुकका भुँडी सादा ठण्डाराम नै हुन्छन् । समाजमै पनि कुनै भुँडीहरू घ्याम्पे र हाँडीघोण्टे हुन्छन्, तिनले ठण्डाराम भुँडीको सारा खाद्यान्न खाइदिन्छन । कतिपय भुँडीलाई घुसरूपि खाद्यान्न चाहिन्छ, कतिपयलाई सामान्य दुई छाक भए पुग्छ । तसर्थ उस्तै र उत्रै भए पनि प्रत्येकको बेग्लै आयतन हुन्छ र नैवेद्यय ग्रहणका तरिकाहरू फरक हुन्छन् । त्यसैले लेखकले भुँडीहरूलाई हाँडीघोप्टे, घ्याम्प, टाकट टुकन र ठण्डाराम गरी चार प्रकारमा विभाजन गरिदिए र तिनमा प्रवेश गर्ने नैवेद्यय फरक फरक हुन्छ भनिदिए ।
६. पाठको दोस्रो अनुच्छेद अनुलेखन गर्नुहोस् ।
उतर:- परलोकका निम्ति होइन यसै लोकका निम्ति नसुनी नहुने र परोपकारका निमित्त होइनब आत्मोपकारका निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीक प्राणको नाम हो – ‘भँडी पुरान ।’ भुँडी विश्वकी सर्वोच्च देवी हुन्, जसलाई मान्छले मात्र होइन, देवाधिदेव महादेवले पनि मान्नुपरेको थियो । हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइन्ट हुन्, बुद्ध हुन् कि कफ्यूसियस हुन् सबै देवात्माहरू भुँडीबाट मत्यलोकमा अवरोहण गरेका हुन् । महर्षि हुन् कि मसर्क हुन :सन्त हुन् कि………, हुन्, सबै दार्शनिकहरू भुँडीबाट निर्मित भएर देखाब परेका हुन् । वाल्मीकि हुन् कि होमर हुन् टाल्सटाय हुन कि टैगोर हुन, दाँते हुन कि देवकोटा हुन्, सम हुन् कि सेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो । अलेक्जेनडर हुन कि चाङ्गेज खाँ हुन, लिङ्कन हुन कि लेलिन हुन्,बनेपोलियन हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह हुन, सबै नेताहरूको उद्गम स्थल भुँडी नै हो । त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधिष्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणी मात्रको प्रमुख कर्तव्य हो ।
७. तलका वाक्यलाई शुद्ध गरी कापीमा सार्नुहोस् :
(प्रत्येक भुडी मिलेर देश वा समाजको विसाल भुँडी बन्छ र विशाल विशाल पनि जुट्दा भुँडीको बिराट् रूप वोध हुन्छ ।)
उतर:- प्रत्येक भुँडी मिलेर देश र समाजको विशाल भुँडी बन्छ र विशाल विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ ।