पाठ-११ लक्ष्मीपुजा

पाठ-११

लक्ष्मीपुजा

लेखाइ

१. तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्‌ : 

(सुचित, उत्सुक, आभा, टन्टा, वाक्पटु, उत्फुल्ल, स्मृति, असीम, आच्छादित, दीप)

उतर:- 

सुचित = लालाले लगाएको लुगाले उ गरिब हो भन्ने सुचित गर्थ्यो ।

उत्सुक = लक्ष्मीपूजा कसरी मनाउने भनेर तिनै जाना उत्सुक थिए ।

आभा = लालको मुखमा आनन्दको आभा (प्रकाश) थियो।

टन्टा = तिहारको समयमा केही मानिस खाल राख्ने टन्टामा थिए ।

वाक्पटु = मानचा गफी अनि वाक्पटु थियो ।

उत्फुल्ल = लक्ष्मीपुजा गर्ने बेलामा लालको मुख उत्फुल्ल (प्रसन्न) थियो

स्मृति = आमा ओछ्यानमा हुनुहुन्छ भन्ने स्मृति लाललाई थियो ।

असीम = भाइले सिनेमा हेरेर आज असीम (धेरै) आनन्द लियो ।

आच्छादित = रुपियाँ पैसाको छनछन र ‘मारा’ ‘मारा’ को आवाजले सहर आच्छादित थियो ।

दीप = तिहारको समयमा घरभरि दीप जल्छन्‌ ।

 

२. पाठका आधारमा तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्‌:

(क) लाल, मान र प्रेमले कुन कुन विषयमा कुराकानी गरे ?

उतर:- लाल, मान र प्रेमले भोलिपल्टको लक्ष्मीपूजाको विषयमा कुराकानी गरे ।

 

(ख) लक्ष्मीपूजाका दिन सबैतिर रमाइलो भइरहँदा पनि लाल र उनकी आमा भने किन खुसी भएनन्‌ ?

उतर:- लक्ष्मीपूजाका दिन सबैतिर रमाइलो भइरहँदा पनि आफ्नो घरमा आर्थिक सङ्कट भएकाले र लालकी आमा बिरामी भएकीले लाल र उनकी आमा भने सुखी भएनन्‌ ।

 

(ग) लक्ष्मीपूजाका दिन बजारमा के कस्तो चहलपहल थियो ?

उतर:- लक्ष्मीपूजाका दिन बजार सफा थियो । बजारमा ठेलमठेल मान्छेहरू थिए । पसलमा घुइँचो थियो । मानिसको भिड थियो । कसैको हातमा खानेकुराका पोका, कसैको हातमा फलफुल, कसैको हातमा रुपियाँ पैसाका लक्कु, कोही मोलतोल गर्नमा आनन्द लिइरहेको थिए

 

(घ) लक्ष्मीपूजाका लागि चाहिने सामानहरू के के हुन्‌ ?

उतर:- लक्ष्मीपूजाका लागि चाहिने सामानहरू मिठाइ, अविर, फूल, पैसा, आदि हुन्‌ । लालले कसरी

 

(ङ) लालले कसरी लक्ष्मीपूजा सम्पन्न गर्यो ?

उतर:- कुनामा राखिएको मैलो काठको बाकस माथि पेडा र लड्डु राख्यो अबिर निकाल्यो, ती मिठाइ थालमा हाल्यो खल्तीबाट किचिमिची भएर ओइलाएको फुल झिक्यो र खल्तीमा भएको पाँच पैसा राखेर पूजा गर्यो ।

 

३. लक्ष्मीपूजा कथामा बालमनोविज्ञानको प्रयोग के कसरी भएको छ, विवेचना गर्नुहोस्‌ ।

उतर:- मनोवैज्ञानिक कथाकार गोविन्दबहादुर मल्ल ‘गौठाले’ (वि.स. १९७९) द्वारा लेखिएको ‘लक्ष्मीपूजा’ कथामा केटाकेटीको मनोविज्ञानलाई प्रस्तृत गरिएकी छ । सामाजिक, सांस्कृतिक, चाडवाड मनाउन चलेको होडबाडीले गर्दा आर्थिक विपन्न भएका मानिसका लागि चाड मनाउने कार्य एकदमै बोझिलो भएको छ । अर्काको देखासिकी गर्न खोज्ने गरिब विपन्न वर्गका बालबालिकाहरू कसरी चोरी गर्न बाध्य भएका छन्‌ भन्ने कुरालाई मनोबैज्ञानिक ढङ्गले प्रस्तुत गरिएको छ । समाजका विपन्न वर्गमाथि सबैँ आर्थिक विपत्ति आइरहने तथा निम्न वर्गका बालबालिकाहरूको मानसिकतामा यही आर्थिक सङ्कटले अन्तद्वन्द्व सिर्जना गर्ने बालमनोवैज्ञानिक यथार्थको उद्घाटन कथामा कथाकारले गरेका छन्‌ ।

सामाजिक रूपमा चलिआएको चाडपर्व मनाउने बाध्यताले बालमानसिकतामा नराम्रो असर पार्ने तथा त्यस्ता परम्पारको निरन्तरताका लागि बालकले चोरेर भएपनि सन्तुष्टि प्राप्त गर्न सक्ने यथार्थ बालमनोविज्ञानलाई यस कथामा देखाइएको छ । आफ्नी आमा बिरामी भएको अवस्थामा लालले गाउँमा चोरेर ल्याएका सामानले जानीनजानी लक्ष्मीपूजा गरेको बालमनोविज्ञानलाई देखाइएको छ । बिपन्तताका कारण एउटा बालकले चोरी गरेर भए पनि पूजा गरेको बालमनोविज्ञानलाई यस कथाले प्रस्तुत गरेको छ ।

‘लक्ष्मीपूजा’ कथामा सांस्कृतिक सन्दर्भलाई जोड्दै एउटा बालकको लक्ष्मीपूजा गर्ने तिब्र इच्छालाई मनोवैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिएको छ । लक्ष्मीपूजा जस्तो सांस्कृतिक चाडले बालकका क्रिया प्रतिक्रियामा पार्ने असरलाई देखाइएको छ । यस कथामा निर्धन र टुहुरो लालजस्तो बालक लक्ष्मीपूजा कसरी मनाउँछ, भन्ने सूक्ष्म विषयलाई मनो वैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिएको छ । चोरेर ल्याएको माटाको दियो, लड्डु, पेडा, ओइलाएको फूल, अविर आदिद्वारा लालले आमासँग पूजाको विधि सोधेर लक्ष्मीपूजा गर्नु यस कथाको बालमनोबैज्ञानिक पक्ष हो।

चारैतिर लक्ष्मीपजाको रमझम देखेर बालपात्र लाल पनि आफ्ना घरमा पूजा गर्न उत्साहित हुन्छ । बाबु सानैमा मरेको र आमा बिरामी भएर थलिएकी अवस्थामा आमाले भने अनुसार सिपाही दाइले पूजासामग्री नल्याएपछि लालले आफैँ पूजासामग्री चोरेर ल्याई पूजा गरेको छ । गरिबी र अभावमा पालिए तापनि लालले यस अनौठो विधिबाट लक्ष्मीपूजा सम्पन्न गरेको छ । यसरी गरिब, दुहुरो बालकको सांस्कृतिक चाडप्रतिको आस्था र विश्वासलाई यस कथामा सूक्ष्म रूपमा बालमनोवैज्ञानिक दृष्टिकोणले विश्लेषण गरिएको छ ।

 

४.  तलका बुँदा समेटी गोविन्दबहादुर मल्ल गोठालेको जीवनी लेख्नुहोस ।

उतर:- गोविन्दबहादुर मल्ल ‘गोठाले’ आधुनिक नेपाली साहित्यका एक चर्चित प्रतिभा हुन्‌ । वि.सं. १९७९ साल असार २६ गतेका दिन काठमाडौँको ओमबहालमा जन्मेका गोठालेका आमाबुबाको नाम क्रमश : आनन्दमाया मल्ल र ऋद्धिबहादुर मल्ल थियो । यिनले आई एस्सीसम्मको औपचारिक शिक्षा हासिल गरेका थिए । गोठालेले कथा, उपन्यास र नाटकका क्षेत्रमा ठुलो योगदान पुर्याएका छन्‌ ।

गोठालेका कथा: कथा सङ्ग्रह (२००६) कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बार कथा (२०५२) आदि कथा सङ्ग्रहहरू, पल्लो घरको झ्याल (२०१६), अपर्णा २०५३), शीर्षकका दुइटा उपन्यास र भुसको आगो (२०१८), दोष कसैको छैन (२०२७), च्यातिएको पर्दा (२०३९), भोको घर (२०३४) जस्तो नाट्यकृतिहरू प्रकाशित भएका छन्‌ । सामाजिक, मनोवैज्ञानिक कथा, उपन्यास र नाटक लेख्थे गोठालेले नेपाली साहित्यमा ठुलो योगदान दिएबापत त्रिभुवनप्रज्ञा पुरस्कार (२०४२), वेदनिधि पुरस्कार (२०४७), पहलमानसिंह स्वाँर पुरस्कार (२०५७) जस्ता सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत गरिएको थियो । यस्ता विशिष्ट प्रतिभाको मृत्यु २०६७ साल मङ्सिर २७ गतेका दिन भएको पाइन्छ ।

 

Leave a Reply