पाठ-१० स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस

पाठ-१०

स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस

लेखाइ

१. अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस्‌ :

सङ्कुचित, विद्वेष, स्थानीयकरण, भोगवादी, अराजकता, संवर्धन

उतर:-

सङ्कुचित:- मानिसले सङ्कुचित भावना त्याग्नुपर्छ ।

विद्वेष:- समाजमा विद्वेष फैलाएर फाइदा लिने मानिसहरू थुप्रै हुन सक्छन्‌ ।

स्थानीयकारण:- स्थानीयकरणमा जनतालाई थुप्रै अवसरहरू दिन सकिन्छ ।

भोगवादी:- सहरमा भोगवादी चिन्तनको विकास व्यापक रूपमा हुँदै गएको छ ।

अराजकता:- समाजमा अराजकता सिर्जना गर्नेलाई समयमै तह लगाउनु पर्छु ।

संवर्धन:- कला साहित्य र संस्कृतिको संवर्धनमा राज्यको प्रमुख दायित्व हुनुपर्छ ।

 

२.तलका शब्दहरूको पयार्यवाची शब्द लेख्नुहोस्‌:

निन्दा, झगडा, शिष्ट, होडबाजी, विभेद, अस्मिता, कन्जुस, खराव, अनुचित

उतर:-

निन्दा – हिँसा

झगडा – कलह

होडबाजी – तछाडमछाड

विभेद – फरक व्यवहार

अस्मिता – अस्तित्व

कन्जुस – लोभी

खराब – खत्तम, बिग्रिएको

अनुचित – उचित नभएको खराब

 

३. स्थानीयकरण पक्षका वक्ताहरूका तर्कलाई आधार मानी तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्‌:

(क) मातृभाषाको के महत्त्व हुन्छ?

उतर:- मातृभाषा हाम्रा पुर्खाहरूका आविष्कार हुन्‌ । तिनमा मानव जातिको इतिहास सुरक्षित हुन्छ । मानिसले आफ्नो बाल्यकालमा सिकेका भाषा, चालचलन, चाहेर पनि विर्सन नसकिने भएकाले मातृभाषाको महत्त्व हुन्छ ।

 

(ख) किन पुर्ख्यौली पेसामा मानिसको बढी दक्षता हुन्छ?

उतर:- स्थानीयकरणमा आफ्नो क्षमता अनुसार जोसुकैले सानो ठूलो काम पाउँछ । कुनै पनि मानिसले आफ्नो पुर्ख्यौली पेसालाई नजिकबाट हेरेको हुन्छ । बारम्बार काम  गरेको हुन्छ । त्यसैले पुर्ख्यौली पेसामा मानिसको बढी दक्षता हुन्छ ।

 

(ग) स्थानीयकरणले कसरी पहिचानको रक्षा गर्छ?

उतर:- स्थानीयकरणले स्थानीय भाषा, क्षेत्र, जाति, प्रविधि, सीप, विचारको संरक्षण, संवर्धन र विकासको कुरा गर्छ । कुनै पनि भाषा, संस्कृति जाति सम्पूर्ण मानव जातिका सम्पत्ति भएकाले मानिसले आफ्नो बाल्यावस्थामा सिकेका हरेक कुराहरू भुल्न सक्दैनन्‌ । ती उनीहरूका जीवन पद्दति बनिसकेका हुन्छन्‌ । त्यसैले स्थानीयकरणले पहिचानको रक्षा गर्छ ।

 

(घ) स्थानीय सिपमा पनि विज्ञान हुन्छ भन्ने भनाइमा तपाईँ सहमत वा असहमत के हुनुहुन्छ? तर्क दिनुहोस्‌ । 

उतर:- स्थानीय सिपमा पनि विज्ञान हुन्छ भन्ने भनाइमा म सहमत छु किनभने स्थानीय सिपमा मानिसले लामो समय खर्च गरेको हुन्छ । त्यसको राम्रो नराम्रो सबै पक्षसँग परिचित हुन्छ ।

 

(ङ) वातावरणीय सङ्कट निम्तिने कारण के हो? स्थानीयकरणले कसरी वातावरण संरक्षण गर्दछ ।

उतर:- वातावरणीय सङ्कट निम्तिने कारण विश्वव्यापीकरण हो किनकि यससँगै ठूला उद्योग र कल कारखानाहरू बने सहरीकरण बढ्दै गयो, बन जङ्गल मासिँदै गयो । तर स्थानीयंकरणले साना र घरेलु उद्योगमा जोड दिन्छ , सहरीकरणलाई नियन्त्रण गर्छ, बन जङ्गलको संरक्षण गर्छ र हानीकारक ग्याँस उत्पादन गर्ने कारखानाहरूको नियन्त्रण गर्छ त्यसैले स्थानीयकरणले वातावरणको संरक्षण गर्छ ।

 

(च) विश्वव्यापीकरणले स्थानीय मौलिक कुराहरू विस्थापित गरेको कुनै उदारहण लेख्नुहोस्‌ । 

उतर:- विश्वव्यापीकरणले सहरमा ठुला उद्योगहरू खोलिन्छन्‌ र उद्योग खोल्नाले साना स्थानीय उद्योगहरू धमाधम बन्द हुन थाल्छन्‌ । स्थानीय उत्पादनको मूल्य ठूला व्यापारीको हातमा जान्छ । स्थानीय स्वच्छ वातावरण विस्तारै प्रदूषित हुँदै जान्छ । वनजङ्गल नासिँदै जान्छ । हानीकारक ग्याँसहरूका कारण बातावरण प्रदूषण हुन्छ । तसर्थ विश्वव्यापीकरणले स्थानीय मौलिक कुराहरू विस्थापित गरेको पुष्टि हुन्छ । जस्तै ठूला उद्योगहरूले तानमा बुनिने कारखानाहरू विस्थापित हुनु ।

 

४. भाव विस्तार गर्नुहोस्‌ :

(क) खुला संसार, खुला परिवेशमा नै मानिसको प्रतिभा, क्षमता र मेहनतले फक्रने, फूल्ने र फैलिने मौका पाउँछ ।

उत्तरः- मानिसको प्रतिभा प्रस्फुटन हुन खुला वातावरणको आवश्यकता पर्दछ । स्थानीयकरणले सङ्कुचनको वातावरण सिर्जना गर्छ भने विश्वव्यापीकरणले फराकिलो वातावरण निर्माण गर्छ । खुला संसार निर्माण गर्ने विश्वव्यापीकरणमा मानिसले आफ्नो प्रतिभा, क्षमता र मेहनतले पक्रिने, फल्ने र फैलिने मौका पाउँछ । यस्तो वातावरण स्थानीयकरणमा प्राय: असम्भव हुने गर्छ भने विश्वव्यापीकरणमा सम्भव हुन्छ ।

मानिसलाई आफ्नो प्रतिभा र क्षमताको विकास गर्न राम्रो वातावरणको आवश्यकता पर्दछ । वर्तमान सन्दर्भमा भन्दा राम्रो वातावरण विश्वव्यापी रूपमा अवसरहरूमा पहुँच भए मात्र सम्भव हुन्छ । विना पहुँच प्रतिभा र क्षमता देखाउन सकिन्न । त्यसका लागि खुला वातावरण नभई हुन्न । खुला वातावरण भएन भने प्रतिभाले फक्रने, फुल्ने र फैलने मौका पाउँदैन । अत: विश्वव्यापीकरणले फराकिलो दायरा अँगाल्ने तथा प्रतिभा अनि क्षमताको सघैँ कदर गर्ने अवसर पनि प्रदान गर्ने हुनाले विश्वव्यापीकरणमा प्रतिभा, क्षमता, र मेहनतले प्रशस्त फक्रने र फैलने मौका पाउने कुरामा दुई मत छैन ।

 

(ख) स्थानीय उत्पादनहरू बढी लाभदायक, टिकाउ र अझ सङ्ग्रहणीय हुन्छन्‌ ।

उतर:- स्थानीय उत्पादनमा स्थानीय प्रकृति, संस्कृति, परम्परा, वातावरण, जनस्वास्थ्य आदिको ख्याल गरिएको हुन्छ । त्यसैले स्थानीय उत्पादनहरू बढी महत्त्वपूर्ण हुने गर्छन्‌ । स्वाभाविक रूपमा मानिसलाई आफ्नो स्थानीय उत्पादनहरू प्रिय लाग्छन्‌ । उनीहरू त्यसैमा अभ्यस्त हुँदै आउने भएकाले ती वस्तुहरू प्रिय लाग्नु स्वाभाविक मानिन्छ । ती उत्पादनहरू बढी भरपर्दा र टिकाउ पनि हुने गर्छन्‌ ।

निश्चय नै स्थानीय उत्पादनहरूमा स्थानीय तहकै सिप, प्रविधि आदिको प्रयोग भएको हुन्छ । उत्पादनमा लामो समयको अनुभव प्रयोग गरिन्छ । आफ्नो उत्पादनलाई बढी विश्वसनीय र भरपर्दो बनाउन उत्पादनकर्ताले सोच विचार गरेकै हुन्छ । मानिसहरू स्थानीय उत्पादनमै बढी भर पर्ने भएकाले उत्पादनकर्ताले आफ्नो उत्पादनलाई बढी प्रभावकारी बनाउनु आवश्यक छ । स्थानीय उत्पादन स्वास्थ्यका दृष्टिले बढी लाभदायक हुने र टिकाउ समेत हुन्छ । यस्ता विशिष्ट गुण भएकाले यी वस्तुहरू सङ्ग्रह गर्न योग्य पनि हुने गर्छन्‌ । अत: मानिसका लागि स्थानीय उत्पादनहरू नै लोकप्रिय, टिकाउयुक्त र सङ्ग्रहणीय रहेकाले महत्त्वपूर्ण हुने गर्छन्‌ ।

 

५. विश्वव्यापीकरणका राम्रा र नराम्रा पक्षहरू के के हुन्‌, तालिकामा देखाउनुहोस्‌ ।

उतर:- विश्वव्यापीकरणका राम्रा र नराम्रा पक्षहरू निम्ननुसार छन:

राम्रा पक्षहरू

नराम्रा पक्षहरू

क) विकासोन्मुख देशका लागि आवश्यक पर्ने पुँजी र प्रविधि विकसित देशबाट उपलब्ध हुने । क) यसले स्थानीय भाषा, धर्म, संस्कारलाई

प्रोत्साहन नगर्नु ।

ख) खुला संसारमा मानिसको प्रतिभा क्षमता

र मेहनतले फक्रने मौका पाउने ।

ख) उनीहरूले उत्पादन गरेका वस्तुको मूल्य उनीहरूले नै निर्धारण्‌ गर्नु ।
ग) राष्ट्रका मानिस अन्यत्र गएर राष्ट्रलाई पैसा पठाउने । ग) दया, माया, प्रेम, सद्भाव, समवेदना, जस्ता मानवीय विशेषता हराउनु ।
घ) उपभोक्ताहरूलाई वस्तु छान्ने अधिकार प्राप्त भएको । घ)यो शक्तिशाली राष्ट्रका पक्षमा मात्र हुनु ।
ङ) इमेल, इन्टरनेट, इ-लाइब्रेरी इमार्केटिङ जस्ता कुराको सुविधा हुने । ङ) रोबोटको प्रयोगले मानवीय श्रमलाई विस्थापित गर्नु ।

 

६. विश्वव्यापीकरणका दुष्प्रभाव हटाउन स्थानीयकरण आवश्यक छ, विवेचना गर्नुहोस्‌ ।

उतर:- विश्वव्यापीकरणका दुष्प्रभावहरू थुप्रै देखिएका छन्‌ । यिनलाई हटाउनु आवश्यक भइ सकेको छ । विश्वव्यापीकरणका उत्पादनहरू तत्कालको आवश्यकता पुरा गर्ने  खालका मात्रै हुने गर्छन्‌ । क्षणिक हुन्छन्‌, ती धेरै टिकाउ र सङ्ग्रहणीय हुन सक्दैनन् । त्यसैलै स्थानीयकरण गरेर विश्वव्यापीकरणको दुष्प्रभाव हटाउन आवश्यक भएको छ ।

आज विश्वव्यापीकरण वातावरणीय विनाशको मुख्य कारक बनेको छ । ठुल्ठुला उद्योग तथा कलकारखाना खुल्ने र सहरीकरण हुँदै जाँदा वनजङ्गल नासिँदै गएको छ । यसले गर्दा आज वातावरण प्रदूषित बनेको छ । यसैगरी वातावरण प्रदूषित भएका कारण ओजोन तहको नाश भई पृथ्वीमा जीवको अस्तित्व सङ्कटग्रस्त बनेको छ । यस्ता नकारात्मक कुराहरूमाथि नियन्त्रण गर्ने काम स्थानीयकरणले मात्रै गर्न सक्छ । स्थानीयकरणले मानिसलाई जाति, धर्म, परम्परा, क्षेत्र आदिका आधारमा विभाजन गर्नुका साथै सबैलाई प्रोत्साहित र संरक्षण गर्छ ।

विश्वव्यापीकरणले स्थानीय मौलिकता र बहुउपयोगी वस्तुहरूलाई विस्थापित गर्ने काम गर्छ । यसले गर्दा स्थानीय मौलिक उत्पादनहरू कमजोर हुने र स्थानीय तहका पेसा, संस्कृति, परम्परा आदि क्रा लोप हुने जोखिम बढ्छ । विश्वव्यापीकरणले स्थानीय मौलिक वस्तुप्रति विकर्षणको भाव पैदा गरिदिने हुनाले यसको संरक्षण स्थानीयकरणबाटै सम्भव रहेको देखिन्छ । स्थानीय उत्पादनहरू बढी टिकाउ, भरपर्दो र सङ्ग्रहणीय हुने हुनाले यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

विश्वव्यापीकरणले स्थानीय भाषा, क्षेत्र, जाति, प्रविधि, सिप, विचार आदिको संरक्षण तथा संवर्धन गर्नुको सट्टा तिनको विस्थापन गर्छ । पुर्खाहरूले आबिष्कार गरेका र मान्दै आएका कुरा विस्थापित बन्दा मानिसले रिक्तताको अनुभव गर्छ । आफ्नो जीवन अपूर्ण भएको अनुभूति विश्वव्यापीकरणले ल्याइदिन्छ । मानिस सबै कुराले भरिपूर्ण बनाउने काम स्थानीयकरणले गर्छ ।

विश्वको अर्थतन्त्रलाई एकलौटी बनाउने काम विश्वव्यापीकरणले गर्छ । यसले स्थानीय अर्थतन्त्रलाई ध्वस्त पारी परनिर्भर बनाइदिन्छ । जसले गर्दा अनेकौं समस्याहरू सिर्जना हुन्छन्‌ । यसको संरक्षण पनि स्थानीयकरणबाट मात्र सम्भव छ । विश्वव्यापीकरणमा रोजगारी सहजै पाइने भनिए पनि भाषा, सिप, वातावरण आदिका कारणले त्यो सुलभ छैन । त्यसमा देखिने समस्याको निराकरण गर्दै स्थानीयकरणले रोजगारीको सिर्जना गरी मानिसको जीवनलाई सहज बनाउन सक्छ । यसरी विश्वव्यापीकरणका थुप्रै दुष्प्रभावहरू हटाउन स्थानीयकरण आवश्यक रहेको स्पष्ट छ ।

 

This Post Has One Comment

Leave a Reply