पाठ-१० तथ्याङ्कीय औजारहरू

पाठ-१०

तथ्याङ्कीय औजारहरू

तल दिइएका प्रश्नको छोटो उत्तर दिनुहोस्‌ ।

१. सूचकाङ्कका प्रकारहरू के के हुन्‌।

उतर:- सूचकाङ्कका प्रकारहरू निम्नअनुसार छन्:

  1. मूल्य सूचकाङ्क
  2. परिमाण सूचकाङ्क
  3. कुल मूल्य सूचकाङ्क

 

२. मूल्य सूचकाङ्क भनेको के हो।

उतर:- दुई समयबीच वस्तु वा समूहमा भएको मूल्यको सापेक्ष परिवर्तनलाई व्यक्त गर्ने एक विशेष प्रकारको अवसरलाई मूल्य सूचकाङ्क  भनिन्छ । यसलाई प्रतिशत, दर वा अनुपातमा व्यक्त गरिन्छ ।

 

३. मूल्य सूचकाङ्क निर्माणका चरणहरू लेख्नुहोस्‌।

उतर:- मूल्य सूचकाङ्क निर्माणका चरणहरूलाई निम्नलिखित तल प्रस्तुत गरिएको छ ।

(क) उद्देश्य निर्धारण:- मूल्य सूचकाङ्क निर्माणको पहिलो चरणमा यो निर्माण गर्नुको उद्देश्य प्रस्ट हुनुपर्दछ । कुन किसिमको मूल्य सूचकाङ्क निर्माण गर्ने भन्ने कुरा यसको उद्देश्यमा भर पर्दछ ।

(ख) आधार वर्षको छनोट:- जुन वर्षको आधारमा अन्य वर्षमा मूल्यमा भएका परिवर्तनहरूलाई तुलना गरिन्छ त्यही वर्षलाई आधार वर्ष भनिन्छ । यसलाई सन्दर्भ वर्ष पनि भनिन्छ र पादाङ्क शून्य (0) ले जनाइन्छ । जुन वर्षका लागि मूल्य सूचकाङ्क निर्माण गरिन्छ त्यो वर्षलाई चालु वर्ष भनिन्छ । यसलाई पादाङ्क एक (1) ले जनाइन्छ । मूल्य सूचकाङ्कका लागि छनोट गरिने आधार वर्ष सामान्य वर्ष हुनुपर्छ ।

(ग) वस्तुहरूको छनोट:- मूल्य सूचकाङ्क निर्माणका लागि प्रतिनिधि वस्तुहरूको छनोट गरिन्छ । वस्तुहरूको छनोट मूल्य सूचकाङ्क निर्माणको उद्देश्य र किसिममा भर पर्दछ । वस्तुहरू छनोट गर्दा प्रतिनिधि वस्तुहरू मात्र छनोट गरिन्छ ।

(घ) मूल्यको सङ्कलन:- मूल्य सूचकाङ्क निर्माणका लागि सङ्कलन गरिने मूल्य वस्तुका थोक मूल्य वा खुद्रा मूल्य कुन हुन्‌ भन्ने कुरा निश्चित गरिनुपर्छ र यस्ता मूल्यले बजारलाई प्रतिनिधित्व गर्नुपर्दछ । मूल्य सङ्कलनका स्रोतहरू पक्षपातरहित र भरपर्दा हुनुपर्दछ ।

(ङ) औसतको छनोट:- औसतका मापहरू विभिन्न किसिमका हुन्छन्‌ । अङ्कगणितीय मध्यक वा औसतका अन्य माप प्रयोग गरी मूल्य सूचकाङ्क निर्माण गर्ने भन्ने कुरा यकिन गर्नुपर्दछ ।

(च) भारको छनोट:- मूल्य सूचकाङ्क निर्माणका लागि छनोट गरिएका सबै वस्तुहरू उत्तिकै महत्त्वका हुँदैनन्‌ । त्यसैले समूहमा रहेका विभिन्न वस्तुहरूलाई तिनको सापेक्षिक महत्त्वका आधारमा उचित भार दिनुपर्दछ । विभिन्न वस्तुहरूलाई तिनको प्रयोग, खरिद वा उपभोगको परिमाणका आधारमा उपयुक्त भार दिइन्छ ।

(छ) विधिको छनोट:- मूल्य सूचकाङ्क निर्माण गर्ने विभिन्न विधिहरू छन्‌ । कुन विधि छनोट गर्ने भन्ने कुरा यकिन गरी सोही आधारमा मूल्य सूचकाङ्क निर्माण गर्नुपर्दछ । साधारण र भारित मूल्य सूचकाङ्कलाई सामूहिक विधि र मूल्यानुपात औसत विधिद्वारा गणना गर्न सकिन्छ ।

 

४. मूल्य सूचकाङ्क निर्माणमा आइपर्ने समस्याहरू के के हुन्‌ ?

उतर:- प्रश्न नम्बर ४ को उत्तर नै समस्याहरू हुन ।

 

५. भाररहित र भारित मूल्य सूचकाङ्कबिच फरक छुट्याउनुहोस्‌।

उतर:- भाररहित र भारित मूल्य सूचकाङ्कबिच फरक निम्न लिखित छन्:

मूल्य सूचकाङ्कको निर्माणका लागि छनोट गरिएका विभिन्न वस्तु वा आइटमहरू (Items) लाई समान महत्व बा भार दिएर मूल्य सूचकाङ्क निर्माण गरिन्छ भने त्यस्तो मूल्य सूचकाङ्कलाई साधारण अथवा भाररहित मूल्य सूचकाङ्क भनिन्छ । यसलाई साधारण सामूहिक विधि र साधारण मूल्यानुपात औसत विधि प्रयोग गरी निर्माण गर्न सकिन्छ । साधारण सामूहिक विधि प्रयोग गरी मूल्य सूचकाङ्क निर्माण गर्दा चालु वर्षका मूल्यको जोडलाई आधार वर्षको मूल्यको जोडले भाग गरिन्छ र भागफललाई 100 ले गुणा गरिन्छ । साधारण सामूहिक विधि प्रयोग गरी निर्माण गरिएको मूल्य सूचकाड्कलाई साधारण सामूहिक मूल्य सूचकाङ्क भनिन्छ ।

भारित मूल्य सूचकाङ्क गणना गर्नका लागि समूहमा रहेका विभिन्न वस्तुहरुलाई तिनको सापेक्षित महत्वका आधारमा उचित भारत दिइन्छ । भार उत्पादनको सङ्ख्या, उपभोक्ताको संख्या अथवा विवरणको सङ्ख्या हुनसक्छ । मूल्य सूचकाङ्क निर्माणका लागि परिमाणात्मक भारहरु जस्तै: उपभोग, खरिद वा बिक्री गरिएका वस्तुहरूको परिमाण पर्योग गरिन्छ ।

भारित सामूहिक विधि प्रयोग गरी निर्माण गरिएको मूल्य सुचकाङ्कलाई भारित सामूहिक मूल्य सूचकांक भनिन्छ ।

 

६. मूल्य सूचकाङ्कको महत्त्व लेख्नुहोस्‌।

उतर:- आर्थिक तथा व्यावसायिक विश्लेषणका लागि मूल्य सूचकाङ्कको निकै ठूलो महत्त्व र आवश्यकता रहेको पाइन्छ । मूल्य सूचकाङ्कको महत्त्व  निम्न अनुसार रहेको पाइन्छ :

(क) तुलनात्मक अध्ययन:- दुई समयको बिचमा मूल्य, आय उत्पादन आदिमा आउने उतार चढाब आदिलाई सूचकाङ्कको प्रयोगले निश्चित अङ्कमा व्यक्त गरी तुलनात्मक अध्ययन गरिन्छ ।

(ख) भावी आर्थिक नीतिको निर्माण:- सूचकाङ्कको सहायताले विगत वर्षहरूमा भएको परिवर्तनको प्रवृत्तिको अध्ययन र मूल्याङकन गरी आगामी दिनका लागि नीति निर्माण गर्न सकिन्छ।

(ग) आर्थिक प्रवृत्ति पत्ता लगाउनु:- सूचकाङ्कको सहायताले पहिला भएका परिवर्तनहरूको अध्ययन र विश्लेषण गरी आगामी दिनमा कस्तो परिवर्तन आउँला भनी अनुमान लगाउन सकिने हुनाले भविष्यको आर्थिक प्रवृत्ति पत्ता लगाउन सकिन्छ ।

(घ) जटिल तथ्याङ्कलाई सरल बनाउन:- कतिपय तथ्यहरूमा भएको परिवर्तनलाई प्रत्यक्ष तरीकाले नाप्न सम्भव नहुनाले सूचकाङ्कको सहायताले त्यस्ता जटिल तथ्यलाई सरल ढङ्गले तालिकामा प्रस्तुत गरी परिवर्तनको गणना गर्न सकिन्छ ।

(ङ) आर्थिक विकासको स्थिति दर्शाउनु:- सूचकाङ्कको प्रयोगबाट कृषि उत्पादन, औद्योगिक उत्पादन, वैदेशिक व्यापार आदिमा भएको परिवर्तन राष्ट्रिय आयमा के कस्तो प्रभाव पारेको छ वा पार्छ भनी आर्थिक विकासको स्थिति झल्काउने काम गरिन्छ ।

 

७. मूल्य सूचकाङ्कका सीमाहरू के के हुन्‌?

उतर:- सूचकाङ्कका धेरै महत्त्वपूर्ण उपयोगिता तथा विशेषताहरू भएता पनि यसका केही सीमाहरू पनि छन्‌ । जुन तल प्रस्तुत गरिएका छन्:

(क) सूचकाङ्कले कुनै घटना वा विषयको बारेमा अनुमानित परिवर्तन मात्र देखाउँदछ । जसले गर्दा यसमा शुद्धता निश्चित गर्न कठिन हुन्छ ।

(ख) यो नमूनामा आधारित हुनाले यसले सम्पूर्णताको प्रतिनिधित्व गर्न सक्दैन ।

(ग) आधार वर्षको छनोट गर्दा एक सामान्य वर्ष छान्नुपर्दछ, जुन निकै जटिल कार्य हो ।

(घ) यो एक विशिष्ट खालको औषत हुनाले यसले पनि औषत मानका समस्याहरू त्यत्तिकै सामना गर्नुपर्दछ ।

(ङ) सूचकाङ्कका फरक फरक विधिहरूले परिणाम पनि फरक फरक दिन्छन्‌ । जसले गर्दा कुन विधि बढि भरपर्दो छ, छुट्याउन कठिन हुन्छ ।

(च) उपयोग गरिने विभिन्न वस्तुहरूको परिमाणमा हुने परिवर्तन देखाउन मूल्य र परिमाण सूचकाङ्कहरू त्यति सफल हुँदैनन्‌ ।

Leave a Reply