पाठ्ठ-३ उत्पादनका साधनको मुल्य निर्धारण सिद्धान्त

उत्पादनका साधनको मुल्य निर्धारण सिद्धान्त

(क) तलका प्रश्नको उत्तर दिनुहोस्।

१) ज्याला भनेको के हो?

उतर:- उत्पादन वा आय प्राप्तिको लागि प्रयोग गरिएको श्रम बापत् श्रमिकलाई प्रदान गरिने मूल्य नै ज्याला हो।

 

२) नगदी/मौद्रिक ज्यालाको परिभाषा दिनुहोस्।

उतर:- एउटा श्रमिकले उसको काम वापत प्राप्त गर्ने मौद्रिक रूपमा तोकिएको ज्याला  नै माैद्रिक ज्याला हो, जसमा अन्य सुविधा समावेश गरिँदैन।

 

३) वास्तविक ज्यालाका कुनै दुई निर्धारक तत्वहरु बताउनुहोस्।

उतर:– वास्तविक ज्यालाका कुनै दुई निर्धारक तत्वहरु यसप्रकार छन्:

i)  मौद्रिक ज्याला

ii)  मुद्राको क्रय शक्ति

 

४) जीवन निर्वाहस्तरकाे  ज्याला भनेको के हो?

उतर:- श्रमिकको लागि आवश्यक न्यूनतम आवश्यकता पूरा गर्न मात्र पुग्ने ज्यालादर जीवन निर्वाहस्तरको ज्याला हो।

 

५) ज्यालाको जीवन निर्वाह सिद्धांतका कुनै दुई अोटा आलोचना उल्लेख गर्नुहोस्।

उतर:- ज्यालाको जीवन निर्वाह सिद्धांत का कुनै दुई वटा आलोचना यसप्रकार छन्:

i)  ज्यालाको जीवन निर्वाह सिद्धान्त एकपक्षीय छ किनभने यो सिद्धान्तले श्रमको पूर्ति पक्षलाई जोड दिएर माग पक्षलाई  बेवास्ता गरेको छ।

ii)  श्रमिकहरूको आर्थिक अवस्था सुधारका सम्भावनाहरूलाई यो सिद्धान्तले  नकारेकाे हुँदा यो सिद्धान्तलाई निराशावादी सिद्धान्त मानिन्छ।

 

६) कुल ब्याजको परिभाषा दिनुहोस्।

उतर:- पूँजीको प्रयोग बापत ऋणीले ऋणदातालाई तिर्ने सम्पूर्ण भुक्तानी कुल ब्याज हो। जसले खुद ब्याज लगायत अन्य भुक्तानीहरू पनि समेट्दछ।

 

७) खुद ब्याज भनेको के हो?

उतर:- खुद ब्याज भनेको पुँजीको उत्पादकत्व वापत ऋणीले ऋणदातालाई  तिर्ने भुक्तानी हो।

 

८) ब्याजको शास्त्रीय सिद्धान्तअनुसार सन्तुलित ब्याजदर कसरी निर्धारण हुन्छ?

उतर:- ब्याजको शास्त्रीय सिद्धान्तअनुसार पूँजीको माग र पूँजीको पूर्ति बीचको अन्तरक्रियाद्वारा ब्याजदर निर्धारण हुन्छ।

 

९) ब्याजको शास्त्रीय सिद्धांतका कुनै दुई अाेटा आलोचना उल्लेख गर्नुहोस्।

उतर:– ब्याजको शास्त्रीय सिद्धान्त कुनै दुई अाेटा आलोचना निम्न लिखित छन्:

i)  अर्थशास्त्री जे.एम किन्सका अनुसार ब्याज शास्त्रीय अर्थशास्त्रीयहरुले भने जस्तै पूँजी लगानीका लागि गरिने बचतको मूल्य नभएर तरलता त्याग गरेबापतको पुरस्कार हो।

ii)  ब्याजको शास्त्रीय सिद्धान्त पूर्ण रोजगार सन्तुलनको अवास्तविक मान्यतामा आधारित छ। तर जे.एम. किन्सकाे भनाइमा पूर्ण रोजगार सन्तुलनको अवस्था वास्तविक जीवनमा पाउन कठिन हुन्छ।

 

१०) कुल नाफाको परिभाषा दिनुहोस्।

उतर:- उत्पादनको बिक्रीबाट प्राप्त कुल आयमा लगान, ज्याला, ब्याज र प्रवन्धकको तलब बापतको खर्च कटाई सकेपछि बाँकी हुन आउने रकम नै कुल नाफा हो।

 

११) खुद नाफा भनेको के हो?

उतर:- उत्पादकले वस्तुको उत्पादन प्रक्रियामा खरिद गरेका सम्पूर्ण साधनहरूको भुक्तानी, पुँजीको घिसावट खर्च, आफ्नो स्वामित्वका साधनको मूल्य, भुक्तानी, एकाधिकारी लाभ, अवसर लागत आदि कटाएर बेचेको आय नै खुद नाफा हो।

 

१२) प्रोफेसर नाइटका  अनुसार नाफा भनेको के हो?

उतर:- प्रोफेसर नाइटका अनुसार नाफा भनेको अनिश्चितता वहन गरेवापतको पुरस्कार हो। यस्तो अनिश्चितता बिमा गर्न सकिँदैन।

 

१३) आर्थिक लगान भनेको के हो?

उतर:- भूमिको कुल उत्पादकत्व र  उत्पादन लागत बिचको अन्तर नै आर्थिक लगान हो।

 

१४) झठेक्का लगायो भनेको के हो?

उतर:- निश्चित अवधिसम्म उत्पादनका साधन वा त्यसको सेवा प्रयोग गरेबापत प्रयोगकर्ताले साधन मालिकलाई दिने कुल वा वास्तविक भुक्तानी नै ठेक्का लगान हो।

 

१५) सीमान्त/लगानहीन भूमिको परिभाषा दिनुहोस।

उतर:– कुनै समाजमा खेती गरिएको मध्ये सबैभन्दा कम उत्पादकत्व रहेको भूमि सीमान्त भुमि हो।

 

(ख) तलाका प्रश्नको छोटो उत्तर दिनुहोस्।

१) मौद्रिक ज्याला र वास्तविक ज्यालाबिच फरक छुट्याउनुहोस्।

उतर:-उत्पादन कार्यमा प्रयोग भएको शारीरिक वा मानसिक श्रमको आर्थिक योगदान बापत भुक्तान गरिने मूल्यलाई ज्याला भनिन्छ। मौद्रिक र वास्तविक ज्याला बिचको भिन्नता निम्नलिखित तल प्रस्तुत गरिएको छ।

 

२) ज्यालाको जीवन निर्वाह सिद्धान्तको  व्याख्या गर्नुहोस्‌ ।

उतर:-ज्यालाको जीवननिर्वाहको सिद्धान्तको प्रतिपादन शास्त्रीय अर्थशास्त्री डेविड रिकार्डोले गरेका हुन्‌ । यो सिद्धान्त माल्थयसको जनसङ्ख्या सिद्धान्तमा आधारित रहेको छ। ज्यालाको जीवननिर्वाह सिद्धान्तको अनुसार दीर्घकालमा कुनै पनि श्रमिकको ज्याला त्यही स्तरको कायम हुन्छ । जति उक्त श्रमिकलाई आफ्नो जरुरी आवश्यकता पूर्ति गर्न आवश्यक हुन्छ। माल्थसले आफ्नो जनसङ्ख्या सिद्धान्तमा भनेका थिए कि जीवन स्तरमा हुने वृद्धिले गर्दा मानिसको उर्वरता बढ्दछ र जनसडख्यामा वृद्धि हुन्छ। यही तथ्यलाई आधार बनाएर रिकार्डोले ज्यालाको जीवननिर्वाहको सिद्धान्तमा के भन्दछन्‌ भने श्रमिकहरूको ज्याला दरमा वृद्धि भएमा उनीहरू बढी सन्तान जन्माउँछन्‌, जसले गर्दा श्रमको कुल पूर्तिमा वृद्धि हुन्छ र ज्याला न्यून स्तरमा नै झर्दछ। यदि श्रमिकको ज्याला कम हुन गएमा भने श्रमिकहरू आफ्नो दैनिक आवश्यकता पूरा गर्न असमर्थ हुन्छन्‌। फलस्वरूप रोगव्याधि, भोकमरी जस्ता प्रकरणहरूले गर्दा जनसङ्ख्याको विनाश हुन्छ। श्रमिकहरूको परिवार सङ्ख्या घट्न जान्छ र श्रमिकको पूर्ति घट्दछ । अन्तत: श्रमिकको ज्याला बढेर पुनः जीवननिर्वाहको स्तर बराबर नै पुग्दछ। यसर्थ श्रमिकलाई दिइने ज्याला सधै उसको जीवननिर्वाहको स्तरलाई धान्न’ सक्ने गरेर मात्र दिइनु पर्दछ । बजारमा वस्तु तथा सेवाहरूको मूल्य बढेर श्रमिकहरूको जीवनस्तर बढ्दछ भने ज्याला पनि बढाउनु पर्दछ र घट्दछ भने श्रमिकको ज्याला पनि घटाइनु पर्दछ। यसरी ज्यालालाई सधैँ जीवननिर्वाहको लागि पुग्ने गरी निर्धारित गर्नुपर्दछ। यदि ज्यालादर बढ्न नदिने हो भने जीवननिर्वाहको स्तरलाई पनि बढ्न दिइनु हुँदैन।

ज्यालाको जीवननिर्वाह सिद्धान्तलाई ज्यालाको फलामे नियम (Iron or Bronze Law of Wage) पनि भनिन्छ। ज्यालाको यो सिद्वान्तलाई कार्लमार्क्सले मजदूरहरूको शोषणको व्याख्या गर्नका लागि पनि आधार बनाएका छन्‌।ज्यालाको यो सिद्धान्त ज्याला निर्धारणको बारे व्याख्या गर्न प्रतिपादन गरिएको थियो। पछि गएर उत्पादनका अन्य साधनहरू (भूमि; पुँजी, नाफा) मा पनि प्रयोग गरियो। यस सिद्धान्तको मुख्य निष्कर्ष कुनै पनि साधनको मूल्य त्यस साधनको “सीमान्त उत्पादकत्वले निर्धारण गर्दछ’ भन्ने रहेको छ। यदि कुनै कारणवश ज्याला घटी वा बढी भएमा पनि अन्तत: दीर्घकालमा ज्याला श्रमको सीमान्त उत्पादकत्व बराबर नै हुन पुग्दछ भन्ने मान्यता, यसले लिएको छ।

 

३) खुद ब्याज र कुल ब्याजबिच फरक छुट्याउनुहोस्।

उतर:- खुद ब्याज र कुल ब्याजबिच फरक निम्न लिखित छन् ।

खुद ब्याज

कुल ब्याज

1. खुद ब्याज पूँजीको आर्थिक उत्पादकत्वको मूल्य हो । 1. कुल ब्याज पुँजीको आर्थिक उत्पादकत्व लगायत ऋणका विभिन्न पदमा रहने जोखिमहरुको मूल्य हो ।
2. खुद ब्याज पुँजीको उत्पादकत्व मूल्य बाहेक अन्य पक्षहरुलाई समावेश गर्दैन । 2. यसले पुँजीको उत्पादकत्व मूल्य लगायत कर, जोखिम मूल्य, व्यवस्थापन आदिलाई समावेश गर्दछ।
3. आर्थिक सम्भावना वा नाफामा हुने वृद्धिअनुसार खुद ब्याज वृद्धि हुन सक्छ । 3. आर्थिक सम्भावना लगायतका जोखिमहरुमा हुने परिवर्तनले पनि कुल ब्याजमा परिवर्तन गर्न सक्दछ ।
4. यसले ऋणदाताले प्राप्त गर्नुपर्ने न्युनतम मूल्यलाई प्रतिनिधित्व गर्दछ । 4. यसले ऋणीले भुक्तान गर्नुपर्ने अधिकतम मूल्यलाई प्रतिनिधित्व गर्दछ ।

 

४) ब्याजको शास्त्रीय सिद्धान्त व्याख्या गर्नुहोस्।

उतर:– ब्याज भन्नाले पुँजीको उत्पादकत्व बापत ऋणीले ऋणदातालाई भुक्तान गर्नु पर्ने मूल्य भन्ने बुझिन्छ। तसर्थ ब्याजले पुँजीको प्रवाहलाई निर्धारण गर्न मुख्य भूमिका खेलेको हुन्छ।

शास्त्रीय अर्थशास्त्रीहरूले ब्याजको निर्धारण प्रक्रियालाई बजार सिद्धान्तको आधारमा व्याख्या गरेका छन्‌। यो सिद्धान्तले ब्याजको निर्धारणमा पुँजीको माग र पूर्तिको अन्तर्क्रियाबाट हुने विश्वास गर्दछ। उक्त सिद्धान्त अनुसार ब्याजदरको निर्धारणको लागि अर्थव्यवस्थामा पुँजीको कुल माग र पूर्ति बराबर हुनु पर्दछ जुन तल चर्चा गरिएको छः

(क) पुँजीको माग:- शास्त्रीय धारणामा पूँजीको माग लगानी गर्नका लागि गरिन्छ। तसर्थ लगानी नै पुँजीको माग हो। ब्याजदरले पुँजीको लागतलाई बुझाउँदछ। तसर्थ बढी ब्याजदरमा थोरै पुँजी र कम ब्याजदरमा धेरै पुँजीको माग हुने गर्दछ।

(ख) पुँजीको पूर्ति:- अर्थतन्त्रमा पुँजीको पूर्तिको मुख्य स्रोत बचत हो। शास्त्रीय धारणामा बचत गर्ने क्षमता केबल भूमिपति र पुँजीपति वा उत्पादकहरूसँग मात्र हुन्छ र बचतको मुख्य स्रोत पुँजीपतिहरूले प्राप्त गर्ने नाफा हो। बचतबाट ब्याजको रूपमा आम्दानी प्राप्त हुने हुनाले बढ्दो ब्याजदरले बढी बचत र घट्दो ब्याजदरले न्यून बचतको सिर्जना गर्दछ। तसर्थ पुँजीको पूर्ति र ब्याजदर बिच धनात्मक सम्बन्ध रहेको हुन्छ।

(ग) ब्याजदरको निर्धारण:- पुँजीको लगानी मागभन्दा पूँजीको पूर्ति बढी भएमा ब्याजदर घट्न जान्छ भने पुँजीको लगानी माग पूर्तिभन्दा कम भएमा ब्याजदर घद्न जान्छ। तसर्थ ब्याजदरको निर्धारण हुनको लागि पुँजीको लगानी माग र बचत मार्फत्‌ पुँजीको पूर्ति समान हुनु पर्दछ।

 

५) खुद नाफा र कुल नाफा बिच फरक छुट्याउनुहोस् ।

उतर:- खुद नाफा र कुल नाफा बिच फरक निम्न लिखित छन् ।

खुद नाफा

कुल नाफा

1. खुद नाफा भनेको कुल आय र कुल लागत (व्यक्त र अव्यक्त दुवै लागत) बिचको अन्तर हो । 1. कुल नाफा भनेको कुल आय र कुल व्यक्त लागतबिचको अन्तर हो ।
2. यसले उद्यमीको उद्यमशीलताको मूल्य समेट्दछ । 2. उद्यमीले सामाजिक सुरक्षा (समाजिक विमा) वापत गर्नुपर्ने भुक्तानी तत्व समेटेको हुन्छ।
3. खुद नाफालाई शुद्ध नाफा पनि भनिन्छ । 3. खुद नाफामा उद्यमीको एकाधिकार नाफा र आकस्मिक लाभ समावेश हुन्छन् ।
4. खुद नाफा = कुल नाफा -अव्यक्त लागत 4. कुल नाफा = कुल आय – व्यक्त लागत

 

६) नाफाको अनिश्चिता वहन सिद्धान्त व्याख्या गर्नुहोस्।

उतर:- नाफाको अनिश्चित सिद्धान्तका व्याख्याता एफ. एच, नाइट हुन्‌। उनका अनुसार कुनै पनि व्यवसायीले जोखिम वहन गरेवापत नाफा प्राप्त गर्दछ । यस्तो जोखिमलाई दुई भागमा बाँडिएको छ:

(क) ज्ञेय (ज्ञात) जोखिम:- यो त्यस्तो जोखिम हो जसको बारेमा पहिले नै अनुमान एवम्‌ जानकारी प्राप्त गरेको हुन्छ । त्यसकारण उद्यमीले बिमा गरी यो जोखिम वहन गर्न बिमा कम्पनीलाई बाध्य बनाउँछ । अत: आफूले जोखिम वहन नगर्ने हुँदा व्यवसायीले यसमा नाफा पाउँदैन ।

(ख) अज्ञेय (अज्ञात) जोखिम:- यो त्यस्तो जोखिम हो जसको व्यवसायीलाई पूर्व जानकारी नहुने कारणले गर्दा बिमा गर्न सक्दैनन्‌। जस्तैः उपभोक्ताको रुचि फेसन, स्वादमा परिवर्तन, वस्तुको मूल्यमा ह्रस आदि जोखिमहरू यसअन्तर्गत पर्दछन्‌। प्रोफेसर नाइटले यसप्रकारका बिमा गर्न नसकिने जोखिमलाई अनिश्चितता भनेका छन्‌। यही अनिश्चितता बहन गरेबापत व्यवसायीलाई प्राप्त हुने नाफालाई नाफाको अनिश्चितता भनिन्छ।

 

७) आर्थिक लगान र ठेक्का लगान बिच फरक छुट्याउनुहोस् ।

उतर:- आर्थिक लगान र ठेक्का लगान बिच निम्न लिखित फरक छन् ।

आर्थिक लगान 

ठेक्का लगान

1. आर्थिक लगानलाई शुद्ध लगानी पनि भनिन्छ । 1. ठेक्का लगानलाई कुल लगान पनि भनिन्छ ।
2. कुनैपनि उत्पादनका साधनको वर्तमान आजबाट उक्त साधनको हस्तान्तरणीय आय घटाउँदा बाँकी हुन जाने बचत नै आर्थिक लगान हो । 2. निश्चित अवधिसम्म उत्पादनका साधन वा त्यसको  सेवा प्रयोग गरेबापत प्रयोगकर्ताले साधन मालिकलाई दिने कुरल भुक्तानी ठेक्का लगान हो ।
3. यसमा भूमिपतिले भूमिको सुधारका लागि गरेका खर्चबापत मोहीले भूमिपतिलाइ दिने भुक्तानी समावेश हुँदैन । 3. साधन मालिक र साधन प्रयोगकर्ताबिचको सम्झौताका आधारमा ठेक्का लगान तय हुन्छ ।
4. आर्थिक लगान भूमिबाट मात्र प्राप्त नभएर उत्पादनका अन्य साधनहरु पुँजी, श्रम, उद्यमीबाट पनि प्राप्त हुन्छ । 4. ठेक्का लगानमा आर्थिक लगानका अतिरिक्त साधनका सुधार गरेबापत लिइने भुक्तानीहरु पर्दछन ।

 

(ग) तलाका प्रश्नको लामो उत्तर दिनुहोस्।

१) ज्यालाको जीवन निर्वाह सिद्धान्त आलोचनासहित व्याख्या गर्नुहोस।

उतर:- ज्यालाको जीवननिर्वाहको सिद्धान्तको प्रतिपादन शास्त्रीय अर्थशास्त्री डेविड रिकार्डोले गरेका हुन्‌ । यो सिद्धान्त माल्थयसको जनसङ्ख्या सिद्धान्तमा आधारित रहेको छ। ज्यालाको जीवननिर्वाह सिद्धान्तको अनुसार दीर्घकालमा कुनै पनि श्रमिकको ज्याला त्यही स्तरको कायम हुन्छ । जति उक्त श्रमिकलाई आफ्नो जरुरी आवश्यकता पूर्ति गर्न आवश्यक हुन्छ। माल्थसले आफ्नो जनसङ्ख्या सिद्धान्तमा भनेका थिए कि जीवन स्तरमा हुने वृद्धिले गर्दा मानिसको उर्वरता बढ्दछ र जनसडख्यामा वृद्धि हुन्छ। यही तथ्यलाई आधार बनाएर रिकार्डोले ज्यालाको जीवननिर्वाहको सिद्धान्तमा के भन्दछन्‌ भने श्रमिकहरूको ज्याला दरमा वृद्धि भएमा उनीहरू बढी सन्तान जन्माउँछन्‌, जसले गर्दा श्रमको कुल पूर्तिमा वृद्धि हुन्छ र ज्याला न्यून स्तरमा नै झर्दछ। यदि श्रमिकको ज्याला कम हुन गएमा भने श्रमिकहरू आफ्नो दैनिक आवश्यकता पूरा गर्न असमर्थ हुन्छन्‌। फलस्वरूप रोगव्याधि, भोकमरी जस्ता प्रकरणहरूले गर्दा जनसङ्ख्याको विनाश हुन्छ। श्रमिकहरूको परिवार सङ्ख्या घट्न जान्छ र श्रमिकको पूर्ति घट्दछ । अन्तत: श्रमिकको ज्याला बढेर पुनः जीवननिर्वाहको स्तर बराबर नै पुग्दछ। यसर्थ श्रमिकलाई दिइने ज्याला सधै उसको जीवननिर्वाहको स्तरलाई धान्न’ सक्ने गरेर मात्र दिइनु पर्दछ । बजारमा वस्तु तथा सेवाहरूको मूल्य बढेर श्रमिकहरूको जीवनस्तर बढ्दछ भने ज्याला पनि बढाउनु पर्दछ र घट्दछ भने श्रमिकको ज्याला पनि घटाइनु पर्दछ। यसरी ज्यालालाई सधैँ जीवननिर्वाहको लागि पुग्ने गरी निर्धारित गर्नुपर्दछ। यदि ज्यालादर बढ्न नदिने हो भने जीवननिर्वाहको स्तरलाई पनि बढ्न दिइनु हुँदैन।

ज्यालाको जीवननिर्वाह सिद्धान्तलाई ज्यालाको फलामे नियम (Iron or Bronze Law of Wage) पनि भनिन्छ। ज्यालाको यो सिद्वान्तलाई कार्लमार्क्सले मजदूरहरूको शोषणको व्याख्या गर्नका लागि पनि आधार बनाएका छन्‌।ज्यालाको यो सिद्धान्त ज्याला निर्धारणको बारे व्याख्या गर्न प्रतिपादन गरिएको थियो। पछि गएर उत्पादनका अन्य साधनहरू (भूमि; पुँजी, नाफा) मा पनि प्रयोग गरियो। यस सिद्धान्तको मुख्य निष्कर्ष कुनै पनि साधनको मूल्य त्यस साधनको “सीमान्त उत्पादकत्वले निर्धारण गर्दछ’ भन्ने रहेको छ। यदि कुनै कारणवश ज्याला घटी वा बढी भएमा पनि अन्तत: दीर्घकालमा ज्याला श्रमको सीमान्त उत्पादकत्व बराबर नै हुन पुग्दछ भन्ने मान्यता, यसले लिएको छ।

ज्यालाकाे जीवन निर्वाहको सिद्धान्तको आलोचना:

(क) यो सिद्धान्तले जीवनस्तरलाई के कुराले निर्धारण गर्छ भन्ने कुराको व्याख्या गरेको छैन्‌।

(ख) यो सिद्धान्त श्रमको शोषणमा आधारित छ।

(ग) यसले ज्याला बढ्दा जनसङ्ख्या पनि बढ्छ भन्ने गलत मान्यता राखेको छ।

(घ) यसले जनसङ्ख्यालाई सजिलै घटबढ हुनसक्ने तत्त्वको रूपमा अव्यवहारिक व्याख्या गरेको छ।

(ङ) यो सिद्धान्त दीर्घकालको मान्यतामा आधारित छ। तर दीर्घकालमा अनुमान गरेभन्दा। फरक अवस्थाहरू सिर्जना हुन्छन्‌। |

This Post Has One Comment

Leave a Reply