उत्पादनको मुल्य निर्धारण
(क) तल दिइएका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्।
१. बजार भनेको के हो?
उतर:-वस्तु तथा सेवा विनियमको लागि क्रेता र विक्रेताले आवश्यक अन्तरक्रिया गर्न सक्ने संयन्त्रलाई बजार भनिन्छ।
२. वित्तीय बजार भनेको के हो?
उतर:-अर्थतन्त्रमा अावश्यक दीर्घकालीन तथा अल्पकालीन बित्तको खरिद बिक्री हुने बजारलाई वित्तीय बजार भनिन्छ।
३. पूर्ण प्रतिस्पर्धाको बजार भनेको के हो?
उतर:-अत्याधिक मात्रामा क्रेता र समरूपी वस्तु उत्पादन गर्ने विक्रेताहरु भएकोले विक्रेताबिचको प्रतिद्वन्दिता नभई प्रतिस्पर्धाको अवस्था रहेको बजारलाई पूर्ण प्रतिस्पर्धाको भनिन्छ।
४. पूर्ण प्रतिस्पर्धाको बजारमा वस्तुको मूल्य निर्धारण कसरी हुन्छ?
उतर:-पूर्ण प्रतिस्पर्धा बजारमा वस्तुको मांगपक्ष र बिक्रीपक्ष बिचको अन्तरक्रियाबाट मूल्य निर्धारण गरिन्छ।
५. एकाधिकार बजारका कुनै दुई मुख्य विशेषता उल्लेख गर्नुहोस्।
उतर:-एकाधिकार बजारका कुनै दुईवटा विशेषता यसप्रकार छन्:
i) एक मात्र उत्पादक:-एकाधिकार भन्नाले एक मात्र उत्पादक रहेको बजार बुझाउने हुनाले वस्तुको उत्पादक, बिक्रेता वा संगठनकर्ता एउटै व्यक्ति हुन्छ।
ii) मूल्य निर्माता:-एक मात्र उत्पादक र प्रतिस्थापन वस्तुको शून्यता रहेकोले उत्पादकले मूल्यलाई प्रत्यक्ष वा पूर्तिमार्फत नियन्त्रण गर्न सक्दछ।
६. एकाधिकार बजारमा फर्म सन्तुलनमा हुनका लागि आवश्यक पर्ने दुई सर्तहरू के के हुन्?
उतर:-एकाधिकार बजारमा फर्म सन्तुलनमा हुनका लागि आवश्यक पर्ने दुई शर्तहरु निम्नप्रकार छन्:
i) सीमान्त आय र सिमान्त लागत समानता (MR=MC)
ii) सीमान्त लागत बढिरहेको अवस्था (MC is rising)
(ख) तलका प्रश्नको छोटो उत्तर दिनुहोस्।
१. पुर्ण प्रतिस्पर्धाको बजारका विशेषताहरु वर्णन गर्नुहोस्।
उतर:-पूर्ण प्रतिस्पर्दाको बजारका विशेषताहरु निम्न लिखित रहेका छन्:
i) क्रेता तथा विक्रेताहरूको अत्यधिक सङ्ख्या:-अत्याधिक मात्रामा उपस्थित क्रेता तथा विक्रेताको कारणले कुनै एक उत्पादकले वस्तुको मूल्य वा पूर्तिमा प्रभाव पार्न सक्दैन। तसर्थ बजार पूर्ण प्रतिस्पर्धी रहन क्रेता तथा बिक्रेताको सङ्ख्या अधिक रहनुपर्छ।
ii) समरूपी वस्तु:-पूर्ण प्रतिस्पर्धा कायम हुन वस्तु समरुपी हुनुपर्दछ किनकी फरक प्रकारका उत्पादनले उपभोक्तालाई प्रतिस्थापनको विकल्प प्रदान गर्दैन।
iii) उद्योगमा पस्ने र निस्कने स्वतंत्रता:- पूर्ण प्रतिस्पर्दा बजार कायम हुन कुनै पनि उत्पादकलाई उद्योगमा प्रवेश वा निस्कने स्वतन्त्रता हुनुपर्दछ जसले गर्दा अधिक मात्रामा उत्पादक रहन गई प्रतिस्पर्धाको अवस्था सिर्जना हुन्छ।
iv) पूर्ण ज्ञान:- कुनै एक उत्पादक वा क्रेतालाई बजारमा वस्तुको मूल्य, गुणस्तर वा मांग र पूर्ति बारेमा पूर्ण ज्ञान नभएमा क्रेता वा विक्रेताले गलत प्रभाव पार्न सक्दछन् जसले गर्दा प्रतिस्पर्धाको अवस्था रहदैँन। तसर्थ प्रतिस्पर्धाको लागि बजारको पूर्ण ज्ञान आवश्यक पर्दछ।
v) मूल्य स्वीकार्यता:- पूर्ण प्रतिस्पर्धामा कुनै एउटा फर्मले बजारलाई प्रभावित गर्न नसक्ने भएकोले हरेक उत्पादकले बजारमा निर्धारित मूल्यलाई स्वीकार गर्दछन्।
vi) साधनहरूको पूर्ण गतिशीलता:- पूर्ण प्रतिस्पर्धा कायम हुन बजारमा उत्पादनका साधनहरूको पूर्ण गतिशीलता आवश्यक पर्दछ किनकि गतिशील साधनको कारणले हरेक उत्पादकलाई छनोटको पूर्ण औवसर प्राप्त भई प्रतिस्पर्धा कायम हुन्छ।
२. एकाधिकार बजारका विशेषताहरु व्याख्या गर्नुहोस्।
उतर:- कुनै बस्तुको धेरै संख्यामा क्रेताहरू तर एकमात्र बिक्रेता रहेको बजार एकाधिकारि बजार हो। सरकारी संरक्षण, अत्याधिक ठूलो लगानी, प्रतिलिपि अधिकार, साधनमाथिको नियन्त्रण आदि कारणले एकाधिकारको सिर्जना हुन सक्छ। त्यस्तो बजारमा उत्पादित वस्तुको प्रतिस्थापन वस्तु पाइदैन जसले गर्दा सम्पूर्ण क्रेताहरु सोही वस्तु खरिद गर्न बाध्य हुन्छन्। एकाधिकार बजारका विशेषताहरूको व्याख्या निम्न लिखित छन्:
i) एक मात्र उत्पादक:-एकाधिकार भन्नाले एक मात्र उत्पादक रहेको बजार बुझाउने हुनाले वस्तुको उत्पादक, बिक्रेता वा संगठनकर्ता एउटै व्यक्ति हुन्छ।
ii) मूल्य निर्माता:-एक मात्र उत्पादक र प्रतिस्थापन वस्तुको शून्यता रहेकोले उत्पादकले मूल्यलाई प्रत्यक्ष वा पूर्तिमार्फत नियन्त्रण गर्न सक्दछ।
iii) प्रतिस्थापन वस्तुको अभाव:- यदि बजारमा वैकल्पिक वस्तुहरु उपलब्ध भएमा उपभोक्तले ती वस्तुहरुलाई प्रयोग गर्न सक्दछन् जसले गर्दा उत्पादकले वस्तुको एकाधिकार प्राप्त गर्न सक्दैन तसर्थ एकाधिकार बजारमा प्रतिस्थापन बस्तु हुनुहुँदैन।
iv) प्रवेश प्रतिबन्ध:- एकाधिकार कायम गर्न कुनै पनि नयाँ उत्पादकलाई बजारमा प्रवेश गर्न पूर्ण प्रतिबन्ध हुनुपर्दछ। यस्तो प्रतिबन्ध सरकारी, प्राकृतिक वा अन्य कारणले सृजना हुन्छ।
(ग) तलका प्रश्नको लामो उत्तर दिनुहोस्।
१. पूर्व प्रतिस्पर्धाको बजार भनेको के हो? यस्तो बजारमा वस्तुको मूल्य निर्धारण प्रक्रिया रेखाचित्रसहित वर्णन गर्नुहोस्।
उतर:- पूर्ण प्रतिस्पर्धात्मक बजार भनेको त्यस्तो बजार हो जसमा विक्रेताहरुको सङ्ख्या अधिक रहन्छ र क्रेता पनि बजारप्रति पूर्ण सचेत रहेका हुन्छन्। यस्तो बजारमा जहिलेपनि क्रेता (मांग) पक्षले वस्तुको मूल्य घटाउन चाहन्छ किनकि त्रिताले मूल्य कम भएमा बढी वस्तु खरिद गर्न खोज्नु स्वाभाविकै हो। त्यस्तै पूर्तिपक्ष अथवा विक्रेताले जहिले पनि वस्तुको मूल्य बढाउन चाहेको हुन्छ किनकि मूल्य बढे पुर्ति बढ्ने र मूल्य घटे पूर्ति घट्ने गर्दछ। यसरी एक पक्षले जहिले पनि मुल्य घटाउन चाहने र एक पल्ट घटाउन चाहने हुँदा यी दुई पक्षको अन्तरक्रियाबाट नै मूल्यनिर्धारण हुन्छ। यसको मतलब आपूर्तिकर्ताले केही मूल्य घटाउनुपर्ने हुन्छ भने माग पेक्षले केही बढी मूल्य तिर्न तयार हुनुपर्छ। अत: एउटा सन्तुलन विन्दु (equilibrium point) कायम हुन्छ जुन विन्दुमा दुवै पक्षको सन्तुष्टि पैदा हुन्छ अथवा दुवै पक्ष लिन दिन तयार हुन्छन्।
यसलाई तलको तालिकामा यसरी देखाउन सकिन्छ।
सुन्तलाको मूल्य |
माग |
पूर्ति |
रू.500 |
5000 |
25000 |
400 |
10000 |
20000 |
300 |
15000 |
15000 |
200 |
20000 |
10000 |
100 |
25000 |
5000 |
मूल्य रु.300 मा माग र पुर्ती दुबै पक्ष 15000 वटा सुन्तला दिन र लिन तयार छन्। यही रु.300 नै मुल्यनिर्धारण हुन्छ। यो मूल्य निर्धारणलाई चित्रमा यसरी देखाउन सकिन्छ:
माथिको रेखाचित्रमा OX-अक्षले सुन्तलाको परिमाण र OY अक्षले मूल्य जनाउदछ। यस रेखाचित्रमा DD रेखाले मागरेखा र SS रेखाले पूर्तिरेखा जनाउदछ। चित्रमा E विन्दुमा दुवै पक्षको अन्तरक्रिया भई 15000 वटा सुन्तलाको लागि रु.300 मूल्य कायम भयो। यो भन्दा कम वा धेरै मूल्यमा अन्तरक्रिया हुन वा दुवै पक्ष समानरुपमा सन्तुष्ट हुन सक्दैन। अतः दुवै पक्षको निरन्तरको अन्तरक्रियापछि प्राप्त हुन आएको साम्य विन्दु E मा नै सन्तुलित मूल्य निर्धारण हुन्छ।
२. एकाधिकार बजारको परिभाषा दिनुहोस्। त्यस्तो बजारमा वस्तुको मूल्य निर्धारण प्रक्रिया रेखाचित्रसहित वर्णन गर्नुहोस्।
उतर:-कुनै बस्तुको धेरै संख्यामा क्रेताहरु तर एक मात्र बिक्रेता रहेको बजार एकाधिकार बजार हो। यस्तो बजारमा उत्पादित वस्तुको प्रतिस्थापन वस्तु पाइँदैन जसले गर्दा सम्पूर्ण क्रेताहरु सोही वस्तु खरिद गर्न बाध्य हुन्छन्।
एकाधिकारमा एउटै फर्मको पूर्ण नियन्त्रण रहने भएपनि बढी मूल्यमा वस्तुको माग कम हुने भएकोले उत्पादकले बढी परिमाण बिक्री गर्न मूल्य कम गर्दै जाने हुनाले सीमान्त र अौषत आय दुबै एकाइ बिक्री वृद्धि हुँदा घट्दै जान्छन।
एकाधिकारी फर्मको उत्पादन सन्तुलनको लागि निम्न दुई शर्तहरु आवश्यक छन्:
i) सीमान्त लागत(MC)= सीमान्त आए(MR) (अन्तिम एकाइ उत्पादनमा लागत र आय समान रहेको)
ii) सीमान्त लागत (MC) बृद्धि हुँदै गरेको (यसपछिको थप उत्पादनमा सिमान्त लागत सीमान्त आय भन्दा बढी हुने)
माथिको सर्तअनुसार उत्पादकको सन्तुलनलाई निम्न रेखा चित्रमा देखाइएको छ।
रेखाचित्रको X र Y अक्षमा क्रमशः वस्तुको परिमाण र मूल्य तथा लागत राखिएको छ। रेखाचित्रमा (AC) र (MC) क्रमश: औसत लागत वक्र र सीमान्त लागत वक्र हुन्। बिन्दु E सन्तुलनको अवस्था हो जहाँ सिमान्त लागत वक्रले सीमान्त आय रेखालाई तलबाट काटेको छ। तसर्थ यस विन्दुको उत्पादन परिमाण Q नै सन्तुलित उत्पादन हो। उक्त उत्पादन Q मा अाैसत आय OP बराबर रहेकोले वस्तुको मूल्य P निर्धारण हुन जान्छ। यसैगरी Q उत्पादनमा अाैषत लागत र अाैषत आयबिचको अन्तरले नाफालाई देखाउने हुँदा छायाँ परेको भाग (PCBA) असामान्य नाफाकाे अंश हो।
यसप्रकार एकाधिकारीले धेरैजसो अवस्थामा असामान्य नाफा आर्जन गर्दछ भन्ने प्रस्ट हुन्छ। तर अल्पकालमा वा अन्य असामान्य अवस्थामा घाटा वा सामान्य नाफामात्र भएपनि प्राय जसो असमान्य नाफा एकाधिकारी बजारको विशेषता हो।
३. पूर्ण प्रतिस्पर्धाको बजार र एकाधिकार बजारबिचका भिन्नताहरुल उल्लेख गर्नुहोस्।
उतर:-पूर्ण प्रतिस्पर्धा बजार र एकाधिकार बजारका मुख्य भिन्नताहरू निम्न लिखित छन्:
i) पूर्ण प्रतिस्पर्धा बजारमा विक्रेताहरुको सङ्ख्या अत्याधिक हुने गर्दछ भने एकाधिकार बजारमा बिक्रेताको सङ्ख्या एक मात्र हुने गर्दछ।
ii) पूर्ण प्रतिस्पर्धा बजारमा उत्पादित वस्तुहरु एकरूप हुने गर्दछ र तिनलाई एक अर्काले सजिलै प्रतिस्थापन गर्न सक्दछ भने एकाधिकार बजारमा उत्पादित वा बिक्री हुने वस्तुको कुनै प्रतिस्थापन वस्तु हुँदैन।
iii) पूर्ण प्रतिस्पर्धा बजारमा वस्तुको माग र पुर्तीकाे अन्तरक्रियाबाट मूल्य निर्धारण हुन्छ भने एकाधिकार बजारमा भने वस्तुको मूल्य निर्धारण उत्पादक (वा पूर्ति पक्षले) गर्दछ।
iv) पूर्ण प्रतिस्पर्धामा फर्महरुलाई उधोगभित्र पस्ने र निस्कने स्वतन्त्रता हुन्छ भने एकाधिकार बजारमा भने एक मात्र फर्म हुने हुँदा फर्म भन्नु र उद्योग भन्नु एउटै हुन्छ। जहा नयाँ फर्मलाई उद्योगमा प्रवेश गर्न प्रतिबन्ध हुन्छ।
v) पूर्ण प्रतिस्पर्दा बजारमा क्रेता तथा विक्रेताहरुलाई वस्तुको प्रचलित मूल्यको बारेमा पूर्ण ज्ञान हुन्छ भन्ने मान्यतालाई लिइन्छ भने एकाधिकार बजारमा भने क्रेताहरुलाई यसतो ज्ञान हुँदैन। अत: उत्पादकले निर्धारण गरेको मूल्य तिर्न क्रेताहरु बाध्य हुन्छन्।
सबै एकाइको राखिदिए राम्रो हुने थियो।
कक्षा 9 को पनि राखिदिदा राम्रो।
सबैको राखिदिने
rekha chitra haru pani post garni garnu na please